text
stringlengths 1
287k
|
---|
गजल
गजल
भाष्कर काजी
12, 2009, 9:12
भाष्कर काजी
हरेक निर्णयमा देश चुक्यो मेरोसगरमाथाको गौरव झुक्यो मेरो ।नेतै पाल्न पुग्दैन, आफ्नो ढुकुटीपराईको दानमा देश ढुक्यो मेरो ।सन्ततीले, बन्दुकको भाषा सिकेआतंकको त्रासले देश सुक्यो मेरो ।दक्षिणतिर, सिमा साँघुरिदै गर्दाशिर निहुराईकन देश लुक्यो मेरो ।मालीकले नै, आफ्नो भन्ने बिर्सेपछिभुस्याहा कुकुर झैँ देश भुक्यो मेरो ।लथालीङ्ग, कैले भीरमा कैले तिरमालक्षविहिन हिँड्दा देश रुक्यो मेरो ।रुँघा ७ , रुकुम हाल: त्रि.बि. कीर्तिपुर, काठमाण्डौ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भूपेन्द्र नीराजन
12, 2009, 9:04
वालापनमै भए जस्तो लाग्थ्यो हिँजोसम्म ।हेर्दा हेर्दै वैँश फूल्यो भयौ लटरम्म ॥फक्रिएको थुँगा जस्तै लोभ लाग्दो रुप ।सुकोमल अंगहरु जिउडाल टम्म ॥कस्ति थियौ हिजो अस्ति कस्ति भयौ आज ।हेरिरहुँ जस्तो लाग्छ नाच्दा छम्म छम्म ॥पुग्ने आँट छैन के भो आज तिम्रो सामु ।देख्दै खेरी लाग्छ नशा किन झम्म झम्म ॥पो.ब.नं. १०४५४,काठमाडौँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रदीप चापागाईं
12, 2009, 8:55
महल छोडी हेर्ने गर खरका ति छानाहरुजिउन कती गार्हो हुन्छ पल्टाई हेर पानाहरु तिमी पूर्ण छौ भन्दैमा संसार पूर्ण हुन्न यहाँजाउ हेर ति गरीबका नाङलो पाथी मानाहरु सुखसयल तिमीलाई घरी घरी पछ्याउँछ रुन्छन् हजार भोक भोकै नपाएर खानाहरु हुनेलाई थपी थपी नहुनेलाई अझै रित्तोत्यही दु:खी माथी पर्छ असिनाका दानाहरु कस्तो रै'छ सृष्टी यहाँ अचम्म छ देख्दा पनिबनायौ नि किन दैव ठुला अनि सानाहरु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सुबेश घिमिरे
12, 2009, 8:49
विपुल बक्र बाटा धुँवा झैं जिन्दगानीसब अबयब हलुका रुवा झैं जिन्दगानी ॥बिकट बिगत देखिन् फगत नाँद मात्रैप्रतिध्वनी जब मिल्छ कुवा झैं जिन्दगानी ॥बिषम मोड थुप्रै; थापी बाजी अनेकौंमुकुल रहर हार्ने जुवा झैं जिन्दगानी ॥ लाख लाख जिजीविषा ढुंगा पुज्नै भनेरहठ गरी चुँडिएको पालुवा झैं जिन्दगानी ॥नबुझी केके गम्थ्यो वैरागी यो जीवनमातर फगत बगरको बालुवा झैं जिन्दगानी ॥
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निस्तेज
10, 2009, 7:47
नयाँ छन् बहाना नयाँ चालबाजी थियौ जनहितैषी बन्यौ घोर नाजी जहाजै पुरानो सडेको छ भित्ता र आँधी ठुलो के गरोस् खै जहाजी गयौ बास दरबारकै छेउमा गै थियौ नि म जस्तै बन्यौ आज काजीमहङ्गो रासन र टि.भी. छ सस्तो त्यसै भित्र हेर्छु अचेल सागभाजीभयो के र मैले दिएँ साथ तिम्रोसभामा बसाल्यौ अझै हेर पाजीयही भा’छ शङ्का तिमी जाली हौ किनयाँ दीप बाल्थे हुँदैनौ नि राजीबैतडी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजु सुब्बा
8, 2009, 8:40
पछाडि पछाडि पद्चापको आवाज थियो सुनसान रात सुन्यताको राज थियो डरले दौडिरहेँ अन्ध्यरो थियो परिवेस निन्द्रामा मस्त समस्त समाज थियो कत्ती रुएँ कत्ती कराएँ हर पयरमा एक्लै म वरिपरि धोकेबाज थियो अनुहार धुई आँफैलाई हेरेँ चिन्नसकिन आँफैमा आज अपरिचितको ताज थियो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कोप बहादुर थापा
8, 2009, 8:37
तिमीलाई सम्झेर रोएँ भुलेका व्यथा वल्झेर रोएँ एक्लो म यात्रा हिडेको थिएँ तिम्रै छेउमा अल्झेर रोएँ कहाँ देखुँ भैरन्छ तिमीलाई मीठा मीठा कुरा कल्पेर रोएँ सक्तिन भन्न म मनको पीडा भुलेका व्यथा पल्झेर रोएँ तिमीलाई सम्झेर रोएँ भुलेका व्यथा वल्झेर रोएँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राकेश कार्की
8, 2009, 7:44
राकेश कार्की
लौ गोरु ब्याएर हरुवाहरुले देश चलाउँदा भएसांसद नै नभइ प्रधानमंत्री, मंत्री पलाउँदा भए डोकोमा पानी अडियो खोलो उत्तरतिर बग्योजनमत पाएको जनसरकार पनि ढलाउँदा भए पुच्छर लुकाएर कुदेको ङ्च्चि दाँत देखाएकोबिर्सि कर्कलाको पातमा मोती फलाउँदा भए जितने कोही तराई आधी कोही गणतन्त्रवादीउछृङ्खलताले सरकारको हड्डी गलाउँदा भए नेपाली जनताको खुट्टो सधैँ नाङ्गो रित्तोगोल्डेन बुट लाउनेले नै संविधान छलाउँदा भए आफ्नाको खुट्टो तानी देशलाई छिड्की हानीबिदेशीको सलाई मागी मागी देश जलाउँदा भए
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राज कुमार पुडासैनी
5, 2009, 1:42
कुनै चीज नयाँ केहि म देखुँ तिमीलाई| भन कुनै अर्कै नाम म राखुँ तिमीलाई || भुले'नी तिमीलाई सम्झिन सकियोस |हर भेटको यादमा सजाउँ तिमीलाई || रत्ति भर पाप त्यो मनमा न आवोस |सम्झिन सजिलो नाम राखुँ तिमीलाई || अरुले बोलाउँछ्न् सजिलै तिम्रो नाम |मायालु या अरु केहि म भनुँ तिमीलाई || नुवाकोट,हाल: बेल्जियम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राजन कार्की
2, 2009, 9:40
घर चुन्छौ कि फूल गलहत्त्याएको बेलामनै चुन मनले लत्त्याएको बेला बलियो मियो खोज्छन् पाकेका धानले काँचो परालले गोरु मत्त्याएको बेला उडाउँने हो कि अझै नलेखेको कागत ताली पड्काउँदै हावा बत्त्याएको बेलाचिनाऊ बराल्लिनेलाई पसिनाको सुगन्ध रंगीन पानीले मगज रत्त्याएको बेला। झट्टै सारि हाल हुर्किसकेका बेर्नाहरुघामपानीले पनि माटो पत्त्याएको बेला
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भूपेन्द्र नीराजन
2, 2009, 9:35
नाता गहिरो जोडेर, जानेलाई संझिएँ ।थाहै नदिई तोडेर, जानेलाई संझिएँ ॥ कसैसित एक बचन मेरो खबर बारे । सोध्दै नसोधी छोडेर, जानेलाई संझिएँ ॥ दोबाटोमा कुर्ने बानी परेपछि मलाई । अन्तै पाईला मोडेर, जानेलाई संझिएँ ॥ मुटु भित्र राखेर बन्द गर्दा ढोकाहरु ।छाति लात्ताले फोडेर, जानेलाई संझिएँ ॥ नाता गहिरो जोडेर, जानेलाई संझिएँ ।थाहै नदिई तोडेर, जानेलाई संझिएँ ॥ पो.ब.नं.- १०४५४, काठमाडौँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दिलिप आचार्य
28, 2009, 3:50
गाजलु आँखाले उनको सबलाई घायल गर्न सक्छ नशालु मुस्कानले उनको सबलाई पागल गर्न सक्छ ।प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा थाहा हुन्छ कोही किन, कसैको लागि मर्न सक्छ ।औंशीको रातमा' नि उज्यालो छ झलझली थाहा थे' न उनको रुपले यती प्रकाश छर्न सक्छ ।त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी जस्को र्स्पर्शले मृत वृक्ष फेरी सर्न सक्छ ।न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको उनलाई पाउन 'दिलीप' आफै दिलीपबाट झर्न सक्छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
28, 2009, 3:35
आच्छु ! नझडकाल भिज्या केस चिसो लाग्छ फेरिअंग अंग उदाङगै छाडे मनले के के माग्छ फेरि मन्द मुस्कान पोख्छ्यौ झन झन कर्के नजर हेरी पापी हुन्छ भन्छन मन, मन्मै के के पाक्छ फेरि रुजेकी छ्यौ भिजेकी छेयौ मादक चालमा नबढ अगि थुमथुमाउ कसोरी, म भित्रको पुरुष जाग्छ फेरिछोए बात लाग्ने, हेरे माद लाग्ने ,नलोभ्याउ तिमी कोल्टे फेर्दा फेर्दै कल्पनामै मेरो निद भाग्छ फेरिरुप शिल यसै राम्रो, फिजाउछ्यौ कामुक हेराइ अझै बहकिए भने कतै, मनले त के के ताक्छ फेरि
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रकाश लामिछाने
26, 2009, 7:43
धेरैधेरै, सुत्यौ युवा, उठ्नु पर्छ अब ।फूट्दाफूट्दा, क्षीण भयौं, जुट्नुपर्छ अब ।।चुस्नु चुसे, ब्वाँसाहरु, मिली देशलाई आज ।हातमा मुङग्रा ,लिई तिन्लाई, कुट्नुपर्छ अब ।।ब्वाँसाहरु, धुर्त हुन्छन, शब्दजालले बेर्छन ।जोडले तानौ, कुटील जालो, चुट्नुपर्छ अब ।।धैर्यधैर्य, भन्छन तिनले, फकाउन हाम्लाई ।धैर्यताको, त्यो ‘झूर’ बाँध, फुट्नुपर्छ अब ।।यो देश भयो, हाँडी जस्तै, धेरै भुटिइयौ हामी ।त्यै हाँडीमा, यिन्लाई राखि, भुट्नुपर्छ अब ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आशांक उपाध्याय
26, 2009, 7:39
पुष्पवेली नझुकेको देखियो कि कता कति रवी पुगे कवि छुटे लेखियो कि कता कति कर्तव्यपथ भुल्दै जाने संकेतले बताउदैछ वेद अनि पुराणहरु मेटियो कि कता कति गीता कुरान बाइबल सत्मार्गका कथा छाडी शकुनीको पासा शैली भेटियो कि कता कति रामायणमा पढेको थें विभिषण सत्यपक्षी मेघदुतको खुंडा आइ रेटियो कि कता कति धर्ति पनि नशिंदैछ विज्ञानले भन्यो अरे ! धर्मसत्य भाग्न लाग्यो, लखेटियो कि कता कति
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दिनेश राज ज्ञवाली
26, 2009, 7:37
भोलिको चोट आज, सहेको राम्रो बीचमा अलि दुरी, भएको राम्रो ।सिमाना भन्छ लौन टालन आजैदेखिन्छ कहाँ गाग्रो, चुहेको राम्रो ।बाँधेर हात कस्ले भेटायो लक्ष्य नजमी सधैं नदी, बहेको राम्रो ।नहोस श्राप कुनै आमाको यस्तो जिउँदै मर्नु भन्दा, तुहेको राम्रो ।सम्झेर लेखनाथ दिनेश झस्क्यो फलेको बृक्ष ओहो ! नुहेको राम्रो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
21, 2009, 7:39
साथ आयौ र पो नत्र मैले पाउँने कसरी आउँने इसारा दियौ र पो नत्र धाउँने कसरी ।शिशा झैँ चर्किएको मेरा मनका इच्छाहरु उमारी दियो रहर र पो नत्र सजाउँने कसरी ।फुटेका थे मनका मेरा मुरली र बाँसुरी जोडि दियौ तिमीले र पो नत्र बजाउँने कसरी ।एक्लो लाग्थ्यो सधैँ शहरको बीचमा पनि हेरि दियो बैशलाई र पो नत्र लजाउँने कसरी ।नियतिले सधै भरि बिरहमा डुवाए थियो खुशी दियौ मनलाई र पो नत्र हँसाउँने कसरी ।२८ अक्टुबर ००९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डा. नवराज सुब्बा
21, 2009, 12:06
डा. नवराज सुब्बा
तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुवै आँखामा आँसु एकै बगेनन् कि क्या होआफूलाई नै घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्यो कि कसो गलामा म बस्दा बस्दै चुँडिएको माला बनेंछु । सत्याग्रहमा कहिल्यै बस्दै बसेको म होइन ओढेकै थिएँ घामछाँया हाड छाला बनेंछु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भूपेन्द्र नीराजन
20, 2009, 1:10
जे जे भन्यौ सबैथोक मानेर भुल गरिएछ । हजारौँमा तिमीलाई छानेर भुल गरिएछ ॥ बिराएर मुल बाटो चिप्लिएर लडेकीथ्यौ ।समातेर हात फेरी तानेर भुल गरिएछ ॥तिम्रो पछि नलाग् भन्दै संझाउन खोज्नेलाई ।झोक्किएर उल्टै ढुङगा हानेर भुल गरिएछ ॥तिम्रा बारे चर्चा गर्ने साथी भाइ सबैलाई ।सबैभन्दा ठूलो शत्रु ठानेर भुल गरिएछ ॥जे जे भन्यौ सबैथोक मानेर भुल गरिएछ । हजारौँमा तिमीलाई छानेर भुल गरिएछ ॥
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कृष्ण थापा
20, 2009, 12:50
अस्थिरता अराजकता, धेरै बेर नबुझिने हाँडीगाउँको मेला होकि, खै बुझेर नबुझिने नौटंकी छ सडकमा, रमिते पो भयौं हामी तिमी उस्तै,उस्तै छु म, हेराहेर नबुझिने देशको भाग्य लेख्छु भन्दै, धेरै आए धेरै गए खै के के लेखे कुन्नि , केरमेर नबुझिने धेरै पछि संदेश आयो, सबै शुभसंदेश भन्थे कति सारो धमिलो हँ, यो अक्षर नबुझिने उज्यालोका बाटोहरु, अरु नै थे' कृष्णपक्ष ! किन बाल्छ्स तँ अगुल्टो, यहिंनेर नबुझिने ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
केशब आचार्य
20, 2009, 12:47
तिमी बाहेक पिरतिको गीत मैले गाएको छैन सत्य ठान अरुसँगप्रीत मैले लाएको छैन । हृदयको पानाभरी नमेटिने बाचाहरु दिलभित्र अरु कुनै गैर आँखा छाएको छैन । लामो यात्रा जिन्दगीको कोलाहल र भिडहरुमा न्यानो माया तिम्रो बाहेक कहींबाट पाएको छैन । आफ्नो भन्नु पनि तिमी पराया पनि तिमी अंगालोभरिको माया साट्न कही पनि धाएको छैन । अमेरिका
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आशांक उपाध्याय
20, 2009, 12:42
एकान्तमा टोह्लाएर बस्नु हुदैन एक्लै हुदैमा खरानी घस्नु हुदैन कहिले कसैले झुक्याउन खोज्लान अपरिचितको जालमा फस्नु हुदैन भनिदेलान माया धेरै गर्छु भनि अप्ठ्यारो भासमा पस्नु हुदैन कति बन्धन खुकुलै राखे बेश नबुझी जिन्दगीलाई कस्नु हुदैन नराम्रो पनि राम्रै लाग्छ त्यो बेला झरे पछि बुझिन्छ, खस्नु हुदैन
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिलविवश भट्ट ‘कञ्चन’
18, 2009, 2:46
आज तिमीले मलाई भावनामा बगायौरिसाएकी थियौ कुन्नी किन्न फकायौ साँचो माया तोडिए जोडिदैन भन्छन मरेको थियो त्यो माया कसरी जगायौकसैको बाध्यता कसैको रहर हुँदो रहेछकहाँ गयो दिलको राजा कसरी छकायौ परिबन्धले कहीलेकाँही यस्तै बनाउदो हो परे होलान पीडाहरु त्यसलाई नी भगायौएक्लो परिवेशमा हुर्केको मान्छे न हुँ मसुतेको थिए उठाउन मिर्मिरेमा बाजा बजायौ शिखरपुर९ शितलकुञ्ज,बैतडी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
17, 2009, 7:23
गरिस् उजुरी डर लाग्योदेखाईस् खुकुरी डर लाग्योरगतमा समानता छैनछैन सिन्दुरी डर लाग्योको पहाडी को मधेशी होनहान छुरी डर लाग्योतेरो अडाडि झुक्न पनिलाग्यो मजबुरी डर लाग्योमलाई नमारी शान्त हुन्नस्मार निष्ठुरी डर लाग्योरेडियो कोहलपुर एफ.एम. बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राज कुमार पुडासैनी
17, 2009, 6:02
भुल भयो माफ गर, जीन्दगीमा धेरै भयो |हिंड्दा हिंड्दै आधी बाटो, पुगे पछि थाहा भयो || होइन रै'छ जीन्दगी यो, मैले मात्रै सोचे जस्तो |पाइल्यै पिच्छे झेलै झेल, हिंडे पछि थाहा भयो || संगै जीउने सँगै मर्ने, सातै जुनी संगै काट्ने |व्यर्थै रै'छ बाचा-कसम, तोडे पछि थाहा भयो || आफ्नो मात्रै नाम लेख्यौ, मेरो नाम बिचमै काट्यौ |पारख रै'छौ पासा फ्याँक्न, हारे पछि थाहा भयो || तिमी बाहेक मेरो अरु, पुग्ने ठाउँ छैन भन्थ्यौ ||सपनाको जालमा पार्यौ, ब्युँझे पछि थाहा भयो || नुवाकोट, हाल बेल्जियम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
खेमराज नेपाल
14, 2009, 11:37
एउटा प्रश्न गर्नु थियो गोप्य वात भन्नु थियो ।दीलको नाता कसोगरी तिमीसँग जोड्नु थियो ।।सुन्छु तिमी फूल जस्ती जून जस्ती शीतल अझै ।सवै गाउछन् तिम्रो गीत प्रीत मैले लाउनु थियो ।।डाँडा माथि माथि चडे सागर बेसी कति कति ।धर्ती पाताल कही छैनौं स्वर्ग अझै खोज्नु थियो ।।कुन मन्दीरकी देवी तिमी कहानेर वासस्थान ।भेट्ने गरी आउदा खेरी मन्को माला गाँस्नु थियो ।।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सबिन सिंह
12, 2009, 7:54
आँखा चिम्लनु र खोल्नुको के अर्थ रह्यो । पत्थरको मूर्तीसँग राख्न बाँकि के तर्क रह्यो ।। बलियो गाँठो नफुस्किने भन्थे,चुँडिएछ । मनै मारिगएपछि राख्न बाँकी के शर्त रह्यो ।। सपनाको जहाजमा सयर गर्ने रहर अझै छ । अनिश्चित विपना,मनलाइ डस्ने सर्प रह्यो ।। संसारको घेरा तिम्रै वरिपरि बुनेको थिँए । तिमीबिना शरद पनि मेरो लागि नर्क रह्यो ।।काठमाडौं
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आशांक उपाध्याय
12, 2009, 1:26
यात्रा शुरु गर्दा खेरि लक्ष्य हाम्रो पारि थियो हास्दै खेल्दै रमाउदै यात्रा हाम्रो जारी थियोप्रारम्भ मै यात्रालाई सामल तामल ठिक्क ठाक्क एक्लै बोक्नै नसकिने गुन्टा पनि भारी थियो कहिले छिटै हिड्ने अनि कहिले थकाई मार्दै मार्दै थकाई मार्न खोला बिचमा वर पिपलु छहारी थियो झर्न खोज्दा तिम्रा आशुँ मेरा ओठले रोकिदिन्थेंबाटै भरी जता ततै ब्वाँसा लुक्ने घारी थियो यात्रा संगै माया पनि अझ गाढा बन्दै गयो तिमि संगै नाच्ने गाउने माया फुल्ने बारी थियो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दिनेश राज ज्ञवाली
5, 2009, 2:17
चोखो माया बोकी आउँछु बाँकि सास रोकी आउँछु ।हराउने है अब हामी घर ताल्चा ठोकी आउँछु ।हेर्न लगाई हात चिना तिथि गते तोकी आउँछु ।तिम्रो सुख मेरो संसार ।यहि पाठ घोकी आउँछु ।दिनेशले सोध्दा लाजले ।भन्यौ ओठ टोकी आउँछु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
हरिप्रसाद भण्डारी
2, 2009, 11:34
धेरै युद्ध भए यहाँ पार तर्न सकिएन यो देशको अभावमा भाव भर्न सकिएन ।यो देशलाई धेरै माथि उठाउने मन थियो सकुनीको छल सधै, पासा हर्न सकिएन ।आतङ्कले पन्जा फिजाई ऐया आत्थु गराउँदारगत बग्ने घाउ माथि मलहम छर्न सकिएन ।धेरै रगत दान भयो आफन्तलाई बचाउनदेशको लागि एक थोपा दान गर्न सकिएन ।लाग्छ सारा जीवन अब देशकै लागि अर्पण गरुँतर सहिद हुने गरी अघि सर्न सकिएन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
दिलिप आचार्य
1, 2009, 1:12
मेरो साथामा जव तिम्रो सम्मोहनी साथ हुन्छ । औंशीको अध्याँरो नी' पूणिर्माको रात हुन्छ । नवोलेरै सोधें मैले, मौनता मै जवाफ दियौ, कस्लाइ के था' तिमी म मा नजरबाटै वात हुन्छ । छिमेकीको चियो चर्चा सामाजको वन्धनलाई छाड, प्रेमीको न कुनै धर्म, न त कुनै जात हुन्छ । अर्ध-मुर्छित, अर्ध-चेतन, वेहोश नै छु शनै: शनै, उनको समिप्यमा यो कस्तो गजव मात हुन्छ । यौटै मात्र आशा लीइ वाचेँको छ यो प्रेमी ‘दिलीप’, एक दिन त मेरो हातमा जरुर तिम्रो हात हुन्छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सतिश त्रिपाठी
1, 2009, 1:07
नझर्दै फुल चढाउ मन्दिरमा नसर्दै भुल चढाउ मन्दिरमा !दृष्टि अनेक, यथार्थ एक नजरको धुल चढाउ मन्दिरमा नहासी जिबन जिउनु के ?जिबनको शुल चढाउ मन्दिरमा लानु के छ खाली हात !स्वार्थको हुल चढाउ मन्दिरमा नलडी उठ्नुको मजा कहाँ हारको तुल चढाउ मन्दिरमा लुकाइ कस्तुरी खोज्नु छ के ?दु:खको मुल चढाउ मन्दिरमा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भूपेन्द्र नीराजन
28, 2009, 7:36
वादल झैँ उड्छु भन्छ्यौ झरना झैँ झर्छु भन्छ्यौ ।आकाशका तारा टिपी पोल्टा भरी भर्छु भन्छ्यौ ॥बरालिन्छ्यौ किन त्यसै भावनामा बहकिन्छयौ ।यो मायाको सागर एक्लै पौडिएर तर्छु भन्छ्यौ ॥यथार्थमा बाँच्न सिक्नु पर्छ भन्दा के गल्ति भो । हेलाँ गर्यो भन्छयौ ब्यर्थै झुन्डिएर मर्छु भन्छ्यौ ॥छँदै छैन के दिउँ त भएको सब सुम्पिसकेँ ।नयाँ साथी खोजी किन अन्तै डेरा सर्छु भन्छ्यौ ॥शंका लाग्छ अचेल तिम्रो आनी बानी बदलियो ।ठिक्क पार्न मात्र मलाई धेरै माया गर्छु भन्छ्यौ ॥पो.ब.नं.- १०४५४, काठमाडौँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
28, 2009, 7:33
भैँ झरेको पात रै’छ जिन्दगीसपनीमा गरेको बात रै'छ जिन्दगीबगैँचामा फुलेको सुन्दर फूल ठान्थेँदुर्गन्ध फैल्याउँने जात रै'छ जिन्दगीहातेमालो गरेर जीवन बिताउँ भन्थेँआफैँ भोग्नुपर्दा घात रै’छ जिन्दगीदुःखसुख सिक्काको ठान्थेँ दुईपाटोमुटुभरि पीडाको खातैखात रै’छ जिन्दगीबुझ्न चाहेँ जिन्दगी केके नै हो भनिसौदाबाजी गरिने हाट रै’छ जिन्दगी२४ अक्टुबर ००९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
27, 2009, 5:12
मुस्कानमा अर्कै अर्थ मुखले हुन्न भन्छ्यौढेपिएर आँफै आउछ्यौ फेरि छुन्न भन्छयौप्यासी प्यासी देखी रछु चुलबुले नयन तीको हुन्छ त्रिप्त प्रेम रसले फेरि टुन्न भन्छयौबन्दी भाछु मन भरि उम्की जाउ अब कहाँपासोमा पारेर जन्दिन जाल बुन्न भन्छ्यौके सपना के बिपना सबै तिम्रा कैद छनमन पन सबै थुनेर फेरि थुन्न भन्छ्यौनखरा नपार भो मुटु दुख्छ जिस्कदा पनिमेनका तिमी फेरि सुर्पन्खा चुन्न भन्छयौ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
23, 2009, 6:52
प्रत्येक दिनमा एकजना पागल हुन्छएकैछिनमा एकजना पागल हुन्छयसरी नै गजल लेख्ने हो भने तआफ्नै अधिनमा एकजना पागल हुन्छगजल लेख्नु त्यत्तिको सजिलो छैनहुन्छ कठिनमा एकजना पागल हुन्छसाँवाको ब्याज तिरे जस्तै हो साहित्यरिनै रिनमा एकजना पागल हुन्छमान्नुस् कपिल, नाकिमा र नदिशहामी तीनमा एकजना पागल हुन्छरेडियो कोहलपुर, बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सतिश त्रिपाठी
23, 2009, 6:47
साँझ ढल्यो रात पर्यो तिम्रो बाटो कुरी बसें अर्कै शहर जुन सर्यो तिम्रो बाटो कुरी बसें आँखा भरी तिम्रै सपना मन भरी तिम्रै याद गह भिज्यो शित झर्यो तिम्रो बाटो कुरी बसें रहर भिज्दा सिरानीमा बाँझै बस्यो हरेक रात तिनै रातले ऐठन गर्यो तिम्रो बाटो कुरी बसेंबलेशीको बाछिटामा मनको प्यास मेट्न खोजें जुँगा भिज्दै मन भर्यो तिम्रो बाटो कुरी बसें
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
जितेन्द्र मल्ल
23, 2009, 6:33
टाढा जान्छु भन्छौ बाटो,छेक्ने छैन तिम्रो कसमफेरी तिम्रो मन्को दैलो, टेक्ने छैन तिम्रो कसमबाँचिदिन्छु यो जिन्दगी,अन्जान बनी सधैं भरी देखे पनि तिमीलाई, देख्ने छैन तिम्रो कसम भावनामा डुबेर नै, बदलिन सक्छ मनतिम्रो मन छुने गीत, लेख्ने छैन तिम्रो कसमरोएको छ मन मेरो,तिम्रो पनि उस्तै होलाआशुले नै तर पीडा, सेक्ने छैन तिम्रो कसमखुशी चाहे दु:ख पाए, चेति सके अब मैलेत्यै दल्दलमा फेरी मुटु,फेक्ने छैन तिम्रो कसम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आनन्द अस्मानी
15, 2009, 7:00
पीरतीको बात मीठोपीरतीकै घात मीठो ।चुम्नपाए निष्ठुरीकोछोडिएको हात मीठो ।सँगै हिँड्ने सहेलीकोकुरा मीठो, जमात मीठो ।कहिलेकाँही एकान्तमाविताएको रात मीठो ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गोपी कृष्ण काफ्ले
15, 2009, 6:51
चरी भई उड्न सके तिहारमा आउँथे होलासेल रोटी कटुस ओखर मैले खान पाउँथे होला धेरै बर्ष भई सकेछ दिदी बहिनी नभेटेको यसपाली त भाई टीका मैले पनि लाउथे होलाझिलीमिली रातभरी मादलुको तालमासंगी साथीसँग मिली देउसी भैलो गाउथें होला सयपत्री र मखमलीको माला सजाई छातीभरीअजम्बरी जीवनको आशिष पनि पाउँथे होला
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गोपाल झापाली
14, 2009, 10:00
गोपाल झापाली
एक घुट्को पानी पिउन खुन बेच्छौं अरे अचेल,तिहुनको नुन किन्न सुन बेच्छौं अरे अचेल । ओठ भरि हासो बोकि हाँस्थ्यौ अस्ति अस्ति,मन बाल्न भनि तिमि जून बेच्छौं अरे अचेल ।फूल रोप्यौ काँडा फल्यो,चिनी चुक भयो,बैगुनीलाई तिर्न पनि गुन बेच्छौं अरे अचेल ।फुटेका छन् पैताला सुसेली गीतहरुमा,थाहै नपाई बाँसुरीको धुन बेच्छौं अरे अचेल ।साउनको झरी उस्तै चैतको धुप पनि,हिंउदको स्याँठ छेक्न ऊन बेच्छौं अरे अचेल ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
14, 2009, 12:39
उकालो ओरालो आउँछ जान्छएकचोटी पालो आउँछ जान्छत्यो बेला कसैलाई थाहै हुदैनबिस्तारै भुइचालो आउँछ जान्छसङ्घर्ष गरेर बाँच्न सिक अँध्यारो उज्यालो आउँछ जान्छथाहै नहुने कस्तो शिकारीकुनबेला गोठालो आउँछ जान्छअरुलाई किन दोष दिन्छौचोर बिरालो आउँछ जान्छरेडियो कोहलपुर, बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
सतिश त्रिपाठी
13, 2009, 2:14
साँझ ढल्यो रात पर्यो तिम्रो बाटो कुरी बसें अर्कै शहर जुन सर्यो तिम्रो बाटो कुरी बसें आँखा भरी तिम्रै सपना मन भरी तिम्रै याद गह भिज्यो सित झर्यो तिम्रो बाटो कुरी बसें रहर भिज्दा सिरानीमा बाँझै बस्यो हरेक रात तिनै रातले ऐठन गर्यो तिम्रो बाटो कुरी बसेंबलेशीको बाछिटामा मनको प्यास मेट्न खोजें जुँगा भिज्दै मन भर्यो तिम्रो बाटो कुरी बसें
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिश्व घिमिरे
13, 2009, 12:11
धेरै भएछ नपिएको अनि गजल नसिएको । मात्नु छ आज म त्यसैलेतिम्रो चुम्वन नलिएको । भोगमा समभोग मजा तथापि रात नदिएको । मदिरा चित्र गजलमा नकोरेर त नजिएको । फिनल्याण्ड
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बसन्त“विवश”आचार्य
9, 2009, 11:11
पाईदैन पुण्य त्यसै फुल चढाएर वग्छ कहाँ मनको वह आँसु वगाएर जव काट्यो समाजले हाम्रो प्रेमको कुरा टाढा भयौ सारा दोष मलाई लगाएर जस्ले भन्थ्यो पिरतीले जीवन मगमगाउँछ छाड्यो उसले ह्रदयमा घाउ वनाएर पिरतिको गोरेटोमा अव पाईला चल्ने छैनन् वाच्ँन सक्छु अव एक्लै मुटु जलाएर रुदाँरुदँै तिमी आयौ हास्न सिकायौ पहाड फोर्दै पीरहरुको बाँच्न सिकायौ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिलासी पागल
8, 2009, 5:08
मुर्झाएको झार झै नहुँ अलिकति पानी हाल्न आउ हराएको पागल झै नहुँ मलाई चाडै सम्हाल्न आउ अध्यारोमा पथ भुलेको यात्री झै भौतारिदैछु म मार्गनिर्देश गर्न मलाई प्रेमको दियो बाल्न आउ यही हो जुर्मुराउने बेला भन्छन सबै बुढापाकाहरुले तिमीपनि हृदयमा प्रितका केही रहरहरु पाल्न आउ साथमा हाँसो गर्दाखेरिको पलभर पनि कति प्यारो यसरी नै ठटटा गर्दै सधैं बिलासीलाई दाल्न आउ कल्पनामा मनका धेरैधेरै रहरहरु तुन्दै बस्छु ममेरा ती सारा कल्पनालाई यथार्थमा ढाल्न आउ सम्हाल्ने कोही पनि नभएर चर्किदैछ मेरो संसार दावा गर्दै मेरै हौ भनी सब छिद्रहरु टाल्न आउसुनसरी हुन्छ भन्छन एकबार मिल्ने जवानी यो बगरको पत्थर झै नहुँ कतै बेला छदै गाल्न आउ डटी हिडने अठोट गर्दै बिघ्नबाधाहरुमा नि दुईचार कदम सँगसंगै प्रीतिपथमा चाल्न आउ प्रीतिपथमा यात्रा गर्दा दुश्मन हुनसक्छ दुनियाँ साथमा बाँच्न नपाइएमा संगै ज्यान फाल्न आउ फेदीखोला -९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिनोद खड्का
6, 2009, 9:00
मदिरा भनी म पिईरहेथे जहर पो रहेछ नशा भनी म ढल्मलिएथॆ रहर पो रहेछ कामुक तिम्रा प्रस्तुती, नसालु चालहरु फोहोर नाली बटुलेर बहने नहर पो रहेछ लैला मजनु र रोमियो जुलियट नक्कल गर्थीन स्वार्थै स्वार्थले च्यापिएको बहर पो रहेछ प्रेमको पवित्र यात्रा भनी अझै अघी बढिरहेथे बॆदाग जीन्दगीमा बदनामीको ठहर पो रहेछ हर रात जवानीमा फर्किन्छ डिस्को क्लव भन्थे परिचय गुमाएर बाँच्नेहरुको शहर पो रहेछ हाल - दोहा कतार
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आचार्य प्रभा
6, 2009, 8:51
घना मेरो केशराशी भित्रै सधैं हराउ तिमी हावाको चिसो स्पर्श बनी छुन आउ तिमी हुनेछु म सधैं तिम्रै पर्खाइमा हरप्रहर मीठो पवन बनेर सदा म सामु छाउ तिमी निश्चल तलाउ छ यो मन न त माझी छ कोहीडुंगा मनको निश्चिन्तले अब चलाउ तिमी ग्रसित छु सधैं म बिछोडको त्रास र चिन्ताले जाँदैछौ खुशी लिइ नभुल्ने कसम खाउ तिमी (अमेरिका )
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
केशब आचार्य
6, 2009, 8:43
बैँशालु त्यो उमेरमा तातो हावा चल्न सक्छ मात धेरै चड्यो भने जवानी त्यो ढल्न सक्छ पुर्णिमाको जूनसँगै मन्द मन्द हिँडे पनि सामिप्यमा दुई जोवन तात्तिएर बल्न सक्छ चिसो हुन्छ कहिलेकहीं बाधिएको रात पनि एक्लो मन कहिले काहीं आगोसरी जल्न सक्छ मनै त हो ढुङ्गासरी जत्तिसुकै बाँधे पनि चिसो हुन्छ फलाम तर भट्टी भित्र गल्न सक्छ (अमेरिका )
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
5, 2009, 11:39
पुरानो भए गलबन्दी हजुर उधारे हुन्छमन भित्र मैलो भए मनैले बढारे हुन्छहर साँझ तिम्रो बैठक मधु साला भित्रमत्ति बिग्रे बिस्तारै बाँनि सुधारे हुन्छआज मात्र होइन दिन भोलि बाँकीनै छकैले प्याला नरित्याइ दिन गुजारे हुन्छजिन्दगीको बाटो लमतन्न तेर्सि रहेछसमयले छाडि सक्यो चेत उघारे हुन्छ इन्देणीपोखरी ३, खोटाङ्ग दिक्तेल
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
देवराज लामिछाने 'साइप्रेस'
5, 2009, 12:03
लाखौंमा एकछिन प्रीत काली हर धड्कन सँगै मीत कालीसंगीत बनी गुन्जन्छु म सुनमा सुगन्ध गीत कालीजून हुँ म उदाउँछु साँझमा जुनेली रातकी शीत काली बसेकी छन आँखैमा उनी नबिज्ने कस्ती हीत काली प्रेममा हार धेरै नै देखेमेरो त साच्चै जीत काली रामनगर-७, नवलपरासीहाल: एडिलेड, अष्ट्रेलिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भिम न्यौपाने
4, 2009, 11:56
मिसाबट हुन्छ जुनमा पनि ख्याल गर्नु नम्बरी सुनमा पनिसहयोग पाउदैमा खुसि नहुनुकपट हुनसक्छ गुनमा पनियो कस्तो समाज छ है हाम्रोफरक छुटाउछन खुनमा पनि महँगीले नै आकास छुदै गयो भने अँशबँढ हुन्छ एकदिन नुनमा पनि
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
26, 2009, 2:35
झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योतिधेरै भो खुशी निभेको आउ उषा लाली पोतीपसिना माग्ने माटो रगतको छिटामा रम्दैनश्रम र शिप कदर भए फल्छ यही मोतीसदभाबको बाताले आस्थाको छानो कसमझरी छेकिन्छ कहाँ आर्काको छातामा ओतीभोक किन्न सकिन्न चौरासी बेन्जन भए नीअंऋत हुन्छ बरु पसिनाले कमाको रोटीखुशीको जमरा पलाओस हर नेपाली मनमाअटल होस शान्ति बिबेक देउ सरस्वती
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
स्खलीत सावन
22, 2009, 11:00
अतित त्यो संझी ल्याउँदा मुटुको घाउ दुख्दो रै'छ रोक्न जति खोज्यो झनै आँसुको भेल छुट्दो रै''छ लत्याई गयौ मन्दिरमा खाएका ति कसमहरु वेईमानीको खेल अघि देउता पनि झुक्दो रै'छ वासनालाई अंगालेर भावनालाई ठुक्य्राउनेवैगुनीको सामु पुग्दा गुन त आंफै लुक्दो रै'छ सच्चाई, धर्म, ईमान्दारको अस्तित्व नै मेटिएछफट्याईं, धोका, कपटले पो आंटेपछि पुग्दो रै'छ तड्पीदैछ 'सावन' अझै जिन्दगीमा तिमी विना अध्यांरो रात, एक्लै हिड्दा गन्तव्यमा चुक्दो रै'छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रकाश बन्जरा 'बिहानी'
22, 2009, 10:47
यसपाली नी तिम्रो चोली फेरीएन मेरी सानीगरिवलाइ यसपालीनी हेरीएन मेरी सानीधनि मनि जति सबै दशैँ द्धारा घेरीएछन्ढुङ्गे गाह्रो कमेरोले घेरीएन मेरी सानी दशैँ आयो भन्थ्यौ तिमी दशा आको रै छ घरमानाङ्गो आङ्गमा एक धरो बेरीएन मेरी सानी अधिकारका कुराहरु हाम्ले जति गरे पनिसँविधानमा एक अक्षर केरिएन मेरी सानीकोहि जालान जहाज चढि लाखौँ लाख खर्च गरी यसपाली त घोर्ले खसि शेरिएन मेरी सानीसाउने चउर ९ खोटाङ्ग हाल दोहा-कतार
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
कपिल अन्जान
22, 2009, 10:42
ढुङ्गा मुटुमाथी राखेर पनि हेरेंअचानोमा यो छाती राखेर पनि हेरेंजीन्दगी बदल्न मैले के गरिन र ?मन्दिरमा फूलपाती राखेर पनि हेरेंतेरो पुर्खाको इतिहास खै के छ भन्थेछेउ छेउमा किँराती राखेर पनि हेरेंमलाई देख्नेले मान्छे होइनस् भन्थेअनेक अनेक प्रजाती राखेर पनि हेरेंकसैले पागल भन्थे कसैले गजलकारतिमीहरु जस्तै साथी राखेर पनि हेरेंरेडियो कोहलपुर एफ.एम. बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
देवराज लामिछाने 'साइप्रेस'
21, 2009, 7:35
तिम्रा अधर तयार छन नन्दन पो किन चाहियो तिम्रो आँचल नै काफी छ बन्धन पो किन चाहियो खेलिरहुँ जस्तो लाग्ने सुन्दर त्यो वक्षस्थल न्यानोपन मिलिरा'छ आगो दनदन पो किन चाहियो जवानीको भल्को छुट्यो तितर बितर भयो क्यार म स्वयंम नै हाजिर भएँ क्रन्दन पो किन चाहियो पवित्रताको चाहिन्न प्रमाण कस्ले के भन्ने डर म स्वयंम नै साक्षी भए चन्दन पो किन चाहियो ज्यान त एउटा 'साइप्रेस' हजुर तिमी त्यस्को छहारीयही हामी सन्तुस्ट भए लन्डन पो किन चाहियो रामनगर-७, नवलपरासी हाल: एडिलेड, अष्ट्रेलिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निरोज
17, 2009, 11:36
हजारीले फूलबारीमा पानी हाल्दै गर्दा देखेँलत्रीएको लामो कपाल सँभाल्दै गर्दा देखेँअबेरसम्मै उभिएरै बरण्डामा एकटकलेपूणिमाको रातमा जून नियाल्दै गर्दा देखेँलचकदार जिउको क्या जादु छ हिडाईमा’ निढल्की हिड्ने मयूरले झै पाइला चाल्दै गर्दा देखेँरातो सारीमा सजिएर निस्कईथ्यौ घरबाटरै’ छ जान मन्दिरमा दियो बाल्दै गर्दा देखेँवास्नादार धूप जलाई श्रद्धाले शिर झुकाउँदैत्यहि कालेलाई पाउ भनि बर माग्दै गर्दा देखेँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
17, 2009, 10:57
माया दिएर घात गर्दै धिकार्न रोज्यौ किन रित्ती सकेको आँशु अझै निखार्न खोज्छौ किन हाल्दै थिए मलम पट्टी पुरानै चोटहरुमाचहयाएको घाउमा नून छर्किन खोज्छौ किन अञ्जानैमा चोट लाग्यो सारा मुटु भरी भरीत्यही चोट दिने भाला तिखार्न खोज्छौ किन बनाउदै थिएँ एक्लै जीउने मनका आधारहरुचोखो माँयाँ दिन्छु भन्दै बिगार्न खोज्छौ किन इन्द्रेणीपोखरी ३ खोटाङ्ग, दिक्तेल हाल: हङ्गकङ्ग
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
14, 2009, 7:54
दरो छैन भन्छन चिप्लेला पाउ हजुरकोहार्दा नि जित हुने हुन त दाउ हजुरकोबहाबको धार बुझी खियाउनु आँफै अबअरुको भर पर्दा डुब्ला नि नाउ हजुरकोकुन सपना छर्नु भो घाम नपुग्या गाममाचर्चाको शिखरमा पुगेछ हाउ हजुरकोप्रभूको कृपा हजुरको भक्ती तथास्तु भो किआजभोली वढ्या छ सर्बत्र भाउ हजुरकोकोठामा बसी छाना जलाउनु हुन्न लैलैमाजले पछि दुख्दैन र आफ्नै घाउ हजुरको
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिलासी पागल
14, 2009, 12:27
तिमीलाई नै कल्पी आज रातैभरी जाग्दैछु म ताराहरु खस्दा तिम्रै लागि खुशीहरु माग्दैछु म दुनियाँसँग त बिरानो नै थिए तिमीलाई नि गुमाउदा बिना गन्तब्य नै जिन्दगीलाई एकोहोरो हाक्दैछु म तिमीबाट जति नै पिडाहरु पाए पनि यो जिन्दगीमा तिमीलाई खुशी मिलोस भन्दै देवीदेवता भाक्दैछु म चोटहरुले अति गाह्रो हुँदा गजलमा बहहरु पोखिएनी सकेसम्म दुनियाँसामू आफ्नो हृदयलाई ढाक्दैछु म देखाउन नसक्दा तिमीले दिएका घाऊहरु कतै पनि खाटा नै नबसेर अहिलेसम्म भित्रभित्रै पाक्दैछु म सबैले अनमोल भन्ने चोला मेरो लागि भिन्न हुँदा दुनियाँले थुक्ने थाहा हुँदाहुँदै आज यो बाटो लाग्दैछु म 'हार्नू-मर्नू'भनी तिमीले हालेका ती सारा सरापहरु खेर कतै नजाउन भनी आँफैले काललाई डाक्दैछु म
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बलदेव भट्टराई
14, 2009, 12:24
असल हौ तिमीलाई ठानी प्रीत लाइदिए बहार त्यो आउँला भनी प्रीत लाइदिए फूल रोपी हिंडेंथे म काँडा उम्रेछौ घोच तिमी पुगेसरी प्रीत लाइदिए काँध हाली अघि लाए आशनमा पुग्यौछल अब अन्धो मानी प्रीत लाइदिए उज्यालोको लागि थियो बाजी ज्यानकोछर कालो ध्रिष्ट बनी प्रीत लाइदिए नँगिने जनता सामु आउनेछ दिन सही बस्लान् नसोच पाजी प्रीत लाइदिए डडेलधुरा हाल: कोरिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
आनन्द अस्मानी
13, 2009, 10:30
भत्किँदा भत्किँदै मैदान भएछु ।म’त तिम्रो प्रेमको बयान भएछु ।आँशुले भिजेका परेली उघार्छुआफ्नै आँगनमा चिहान भएछु ।नदेखे तिमीलाई पनि रुन्छ मनपागल पागल समान भएछु ।उडेर जाँउ कहाँकहाँ सम्म मआँधी बेहरी र तुफान भएछु ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रकाश बन्जरा 'बिहानी'
13, 2009, 10:24
बढ्दैछ जवानी झन्झन तिम्रोसबैले कहानी गर्छन तिम्रोतारिफ गर्ने छ रे आनी बानीधिरमा राखे आफनो मन तिम्रोमोहनी मलाइ पो लगाइ छाड्यौकोइली झैँ बोली बचन तिम्रोखुसि नै बस्छौ खुसाए मलाइगरिदिएँ बाचा बन्धन तिम्रोहसिली सानी के राम्रो बानीमार्दिन इच्छा मकन तिम्रोसाउनेचउर ९ खोटाङ्गहाल: दोहा कतार
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
निरोज
13, 2009, 10:18
तिमीले मन नपराएको भए म अरु कसैको हुन्थ्ये आँखा जुधाउन डराएको भए म अरु कसैको हुन्थ्येगाई गोठालो जुन जङ्गलमा म जान्थ्ये नगई त्यहिबाख्रा अन्तै चराएको भए म अरु कसैको हुन्थ्येएकान्तको भेटघाट हाम्रो बारम्बार हुन्थ्यो जहाँकस्दा अङ्गालो कराएको भए म अरु कसैको हुन्थ्येगल्ती गर्दा’नि धैर्य गरि सम्झाई रह्यौ सधैँ सधैँकान उठबस गराएको भए म अरु कसैको हुन्थ्येमन चोरेर कलेजी माझमा लुकाई राखिछ्यौअन्त कतै हराएको भए म अरु कसैको हुन्थ्येदेउराली ३, नवलपरासी
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
मोहन मणि लम्साल
6, 2009, 11:27
जानु रैछ ऑशु मेरा सुकाएर गयौ आफ्ना जती सबै वाचा फुकाएर गयौसीसा जस्तै हुन्छ भन्थौ मान्छेको मनसिसै माथि पत्थरले हिर्काएर गयौ रैछन सारै मलिला तिम्रा ति हातहरु जाही जूही भन्दै सिस्नो हुर्काएर गयौ उन्नू पर्छ माला भनी संगै टिप्यौ फूलमाला उन्ने मनकै डोरी चुडाएर गयौ सिधा बाटो संग संगै हिंडे केही बेर पुगे पछि दोबाटोमा झुक्याएर गयौ के थाहा परायालाई दुखे पनि मनआफ्नै ठानेकाले घाऊ उक्काएर गयौहाल - सूडान
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राज कुमार पुडासैनी
5, 2009, 7:26
फूल फुल्ने कुरा गर बसन्तको कुरा गर सँधै हाँसी खुशी जिउने सपनाको कुरा गर जीन्दगी यो कहिले आगो, कहिले पानी जस्तै रै'छ मनको आगो जलाई देउ शितलको कुरा गर संघर्ष हो भन्छन जीवन त्यसैगरी बित्ने रै'छ पुरानो दिन बिर्सिएर नयाँ दिनको कुरा गर अनमोल जीन्दगी यो जिउन जाने सुख रै'छ पुर्णिमाको जुन जस्तै उज्यालोको कुरा गर फूल फुल्ने कुरा गर बशन्तको कुरा गर सँधै हाँसी खुशी जिउने सपनाको कुरा गरनुवाकोट, हाल: बेल्जियम
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
5, 2009, 7:18
राजनीतिको खेलमा दुई दुना चार हुन्न क्यारेजनता सधैं घटाऊमा नेता बेस्त गुन्न क्यारेभोग रोगमा कोलाहाल रुवाबासी देश भरीकानमा ठेडी जाकिएछ कि छाडे सुन्न क्यारेगन्हाउदा गन्हाउदै पनि कस्तो बिबशता हो योनाक थुनेरै भए नि छाडेनौ फोहोरै चुन्न क्यारेएक मुठी बिपना दिए हुन्थ्यो भोग मेटनथेग्नै हम्मे भो होड छ फेरि सपनै बुन्न क्यारेकुपोषनले सुकेको शरीरमा रगत के होलाजातै उडुसको जती चुसे नि हुन्न टुन्न क्यारे
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
खेमराज नेपाल
3, 2009, 7:23
एउटा चिठी आयो भन्थे तिमीलेनै पठायौंकी कोमल दीलको कोठा भित्र आफ्नो मान्छे सजायौकी खवर गर्छु भन्थेउ राजा बेला बेला आउछु भन्थेउ नाम छैन निसान छैन अन्तै बाटो बिरायौकी कस्तो ठाउँ कस्तो गाउँ दवाई पानी हुन्छ हुन्न कति नीठूर रैछौ दैव साँच्चै टाडा भैदीयौकी नाता गोता सबै टाडा ईष्ट मित्र टाउको मोड्छन तिम्लाई पर्खी बसेकीछु देउता कतै विर्सीयौकी लाखौं मान्छे दोबाटोमा सबको देख्छु मायाँ प्रिती हाम्रो सानो संसारको बाटै तिम्ले मोड्दीयौकी []
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
3, 2009, 7:08
खडेरीमा घामको कुरा नगरेकै जातीबैगुनीको नामको कुरा नगरेकै जातीएकलासमा छाडि जाने रैछ बैमानीनिष्ठूरीको गामको कुरा नगरेकै जातीतिम्रो मेरो हाम्रो भन्दै सारा मेरो भन्नेबैमानिको कामको कुरा नगरेकै जातीतिता मिठा जिन्दगी आधा जीइ सकियोमिलन त्यो सामको कुरा नगरेकै जातीइन्द्रेणीपोखरी ३, खोटाङ्ग३० जूलाइ ००९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बलदेव भट्टराई
1, 2009, 7:51
गाए गजल भनी तिम्रो गीतलाई सजाए महल भनी तिम्रो प्रीतलाई भत्किजाने बालुवाको बाँध यो होइन पुष्प गुच्छा चढाइ दिए तिम्रो रीतलाई कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊम त आफ्नै ठानिदिन्छु तिम्रो जीतलाई सबैतिर शान्ति छर्दै प्रजातन्त्र आऊ थोपा पिइ 'बल' अमृतझैं, तिम्रो शीतलाई डडेलधुरा हाल: कोरिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बसन्त“विवश”आचार्य
1, 2009, 7:33
तिम्रै कारण भएको छु वदनाम यो शहरमा लागेको छ खुसिभरि लगाम यो शहरमान वोल्छ कोहि दिल खोलेर न मुस्काउछ सुन भन्दा महंगो छ मुस्कान यो शहरमा क्षितिजमा मेल हुन्छ आकाश र धरतिकोछैन हाम्रो भेट हुने दोभान यो शहरमा मौसम झै वदलिन्छन् वचनका रङहरु भेटिदैन ईमान कतै वेईमान यो शहरमा आफ्नै अस्तित्वलाई वुझ्न नसकेपछि वनेको छ फूल पनि चट्टान यो शहरमा तुलसीपुर, दाङ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
31, 2009, 10:38
मन भित्र लाग्छ काउकुति कता कतातिम्ले स्पर्स दिँदा यताउति कता कताखुलाई दिउँकी सारा मेरा मनको कुराअँधेरीले चुमेको अनुभुति कता कताउर्लन्छन् कति चाहाना मुटु भरि भरिभन्ने गर्छु सपनीमा सुतिसुति कता कतानशा बैशको लुकाउ भन्छु पोखि दिन्छगायि दिउँ कि कामदेवको स्तुति कता कताइन्द्रेणीपोखरी ३, खोटाङ्ग३१ अगष्ट ००९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
स्वयंम्बर सिंह लामा
29, 2009, 11:03
यसपालीको दशैंमा म पनि घर आउने भो आमामाथमा आँकुरा सिउँरेर पिङ खेल्न पाउँने भो आमागोड्दै होलीन् सानी बहिनी सयपत्री फूलको बोटधेरै पछि तिम्रो हातले मैले टिका लाउने भो आमा बर्षौं सम्म हिड्न पाईन गाउँ बेँसीको गोरेटोमा बर भञ्ज्याङको चौतारीमा मैले सेलो गाउँने भो आमाबोलाउनु है दिदी बहिनी डाँडा पारी खबर पठाईयो पालीको दशैं तिहार उल्लाषले छाउने भो आमापाण्डे बाजे झ्याम्टामादल, साङ्गे भाईले डम्फू बजाउयसपाली त गाउँ बेँसीमा रमाईरमाई धाउँने भो आमा नेत्रकाली७, सिन्धुली, हाल: कतार []
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रकाश बन्जरा 'बिहानी'
29, 2009, 10:55
भमरा बनि आएँ भने फूल बनि दिनु सानीतिर्खाएँछु प्यासमा भने मूल बनि दिनु सानीथाक्दै आए कहिँ कतै प्रेम रुपि सँसारबाट छहारीमा दुःख मेट्ने टुल बनि दिनु सानीमाया माथि बर्सिएर भेल बाढी आयो भने मुटुमाथि ढुङ्गा राखि पुल बनि दिनु सानी मनै त हो बरालिँदै दायाँ बाँया लाग्न सक्छ देखे पनि नदेखेझैँ भुल बनि दिनु सानी साउने चउर ९ खोटाङ्ग, हाल: दोहा कतार
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राकेश कार्की
28, 2009, 5:49
राकेश कार्की
आँधी, बतास, समुद्र गहमा यत्तिखेरबगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर जीन्दगीको ओझेलमा कसरी रमाउँमिठास छैन गुलियो महमा यत्तिखेर थियो जो अब छैन मनको छेवैमादु:खी रहेछु पोखिएको बहमा यत्तिखेर फुलि नै रहेँथे म बिझाएँ कसरीनजानी तिम्रो मुटुको तहमा यत्तिखेर
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बलदेव भट्टराई
28, 2009, 5:46
म वारि वगरमा बस्दा तिमी पारि गइ बस्यौ पहाडझैं म चुलिंदामा ज्वालामुखी भइ फुट्यौ अटल मुहान हौ सम्झी बग्न लाग्दा तिमीसँगै धोकेबाज निक्लेउ प्रियसी खहरे तिमी भइ सुक्यौ पवित्र बोट तुलसी ठानी यो दिल बारीमा रोप्दा झुक्याउदि रैछौ मायालु सिस्नु तिमी भइ पोल्यौ माहुरी घार भान परि मह काढ्न लाग्दादुबिधामा पो रैछु म, अरिंगाल तिमी भइ टोक्यौ मोहकतामा छाँद हाली परिगए म फन्दामा,नगरि "बल" सजाउभन्दा काँडा तिमी भइ घोच्यौ डडेलधुरा हाल: कोरिया
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
27, 2009, 7:02
तिमी फूल भै फुल्दा पात बन्न सकिनबर्णन गर्ने तिम्रो म बात बन्न सकिनबिहानीको बतासले हाँगाबट झरि दिँदा टिपि ल्याई सजाउने म हात बन्न सकिनरङ्गीनछ यो जगत तिम्रो मिठो मुस्कानलेतिम्रो सौन्दर्य हेरि म घात बन्न सकिनबसन्त बहार सँगै तिमी मग मगाउँदातर तिम्रो निम्ति म सौगात बन्न सकिनइन्द्रेणी पोखरी ३, खोटाङ्ग२२ अगष्ट ००९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
17, 2009, 10:50
तिम्रो हेराइमा लाग्थ्यो मायाको अनुराग थियोखोतलेर हेर्दा देखे त्यहाँ त दागै दाग थियोतिम्रो मनको बस्ती भरि फुल फुल्थे कती थरीमुर्झायौ कि अचेल तिम्री मन बेजान बाग थियोसमयको भेलमा मेल भो मन्मा आश पलायोमुटु तिम्रो होस स्पन्दन मेरो यही माग थियोबाटो एउटै यात्रा एउटै भाग्यको कुरा हो कितिमीले फुल पायौ काँडै काँडा मेरो भाग थियो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
एकलव्य राज
17, 2009, 10:38
पिलाई दियौ जहर,तिम्रो प्यारको बनि आउँछु रहर, तिम्रो प्यारको प्याला प्याला पिउदै म ढलेपिनछोड्दिन म शहर, तिम्रो प्यारको तिमी रैछौ् गजल गीतसंगीतको गाउँदै छु वहर, तिम्रो प्यारको भन्छौ भन सुन्नसक्छु जति मलाई सहन सक्छु कहर, तिम्रो प्यारको याद आउँछ घरीघरी वितेका पलरसाई दिन्छ नहर, तिम्रो प्यारको बयरवन ३ हरकपुर मोरङ्ग हाल: दोहा, कतार
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
खगेन्द्र थापा
17, 2009, 10:28
मेची रोयो काली रोयो लगाऔं पानीपट्टी बरुहीरामोती भन्दा प्यारो यही धर्तीको मट्टी बरुबल बुद्धि विवेक लगाई शिखर चुमे सभ्यहरु मन पोल्दैन स्वार्थीको धाउछन् सधै भट्टी बरुस्वाभिमानी देशभक्तले अपमान खप्नु भन्दाचाहिंदैन डनलपसोफा नीको लाग्छ चट्टी बरुविवेकीले काम गर्छन् विवेकहीनले कुरै मात्रथेत्तरा भए अगुवाहरु थाप्छन् हाने झट्टी बरुहत्या हिंसा पखालेर दीगो शान्ति ल्याऔ अबभाषण मात्रै गर्नेहरुलाई गरौं अब कट्टी बरु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
11, 2009, 4:41
थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्योलप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्योदेखेको हुन्न रहेछ लेखिएकी रहेनछ्यौ शायदभाग्यले पनि यही अभागीलाई नै छली नै रह्योजुनी जुनी पुराउछु भन्थ्यौ हाम्रो नाता बार बारतिम्ले गाड्या मायाको चिनो हेर्दा हेर्दै ढली नै रह्योअधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनिदियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्योमुटु भित्र दुखेका अतीत घरि घरि घोच्छन किनरोक्दा रोक्दै पनि आँखाको त्यो गोरेटो गली नै रह्यो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिश्व घिमिरे
4, 2009, 12:42
शिकायत् हजुरको धोकालाई बेकार भोसान्त्वना म मुर्छिदो भोकालाई बेकार भो। अन्तरघातको गोलिले कलेजो छेडेछसंयोग त्यो झरेको खोकालाई बेकार भो। कत्ति सकस स्मृतीका भारी थेग्नलाईबसन्त सुस्केराको झोकालाई बेकार भो। घाउ अन्तस्करणमा आलै छ अझपनिस्पर्श चर्हाउदा फोकालाई बेकार भो। फिनल्याण्ड
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
राकेश कार्की
29, 2009, 5:18
राकेश कार्की
उखेलेर परेली सिलिक्क राम्रीपाउडर क्रीमले टिलिक्क राम्री कसो कसो गरेर आफुले आफ्नैफोटो खिच्छिन् किलिक्क राम्रीसमाजलाई हानेको फेशन जानेकोपुतली नै जस्तो झिलिक्क राम्रीहाउ भाउ कटाक्ष अँध्यारोमा पनिदियो झैँ बलेकी पिलिक्क राम्रीहेर्नेको नजरमा छुनेको मुटुमाघाम झैँ झुल्किने मिलिक्क राम्री
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
इखालु रमेश गेलाल
29, 2009, 4:54
अतित बल्झियो मुटु पनि बेगतिमा धड्कीयो सोनीअनयासै अप्ठ्यारो भो श्वासपनि अड्कीयो सोनी भुलेको थिएँ फूलवारीको सुगन्धमा रमाउनकिन किन धेरैपछि फूलको साथ खड्कीयो सोनी लालीमय उषासँगै ओठको मुस्कान पछ्याउँदा सारा व्यथा हुँडल्लिएर मथिङ्गल चड्कीयो सोनी खहरेमा मोती खोज्नु बेकारको चाहाना थियो सम्झाउन हजार खोजे तर यो मन भड्कीयो सोनी जुनेली त्यो रातमा तारा बीच तिम्लाई खोज्दा आफ्नै कथा बारुद बनि फेरि आज पड्कीयो सोनी खोटाङ बजार-१,खोटाङ हाल: अलखोर,कतार
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
प्रकाश बन्जरा 'बिहानी'
28, 2009, 6:34
हुरी बनी पस्न खोज्छौ मनभित्रै बस्न खोज्छौ सहिरहेँ अचानो भै खुकुरी भै खस्न खोज्छौ चाहेर या नचाहेर मलाइ नै डस्न खोज्छौ स्वार्थ थियो सायद तिम्रोअँगालोमा कस्न खोज्छौ हाका हाकी भने हुन्छ किन चिप्लो घस्न खोज्छौ साउने चउर -९, खोटाङ्ग
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
27, 2009, 7:00
प्रथम भेटमा तिमीले सलामी दियौदोस्रो भेटमै फेरी बदनामी दियौ चाहान्थे जिन्दगी उदाहरण बनोस सबले घृण गर्ने कहानी दामी दियौ आशा थियौ प्रभातको किरण हेर्ने मेरै सामु पहाड ल्याइ थामी दियौ पालेको थिएँ अजम्बरी बाँच्ने रहर किन यति चाँडै मलामी दियौ २६ जूलाइ, ०९
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिश्व घिमिरे
26, 2009, 8:22
पापी तिम्रै काम हो यो चुसि छाड्या डाम हो यो। के ले ढाक्ने लज्जा मैले नाङ्गिसक्या नाम हो यो। जाने खाने ठाउँ कता हाँसिसक्या गाम हो यो। के नै बाँकि जीन्दगीमा खपिराख्या घाम हो यो। फिनल्याण्ड
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
वि.पी. शर्मा पोख्रेल
22, 2009, 8:20
मैनबत्ती बले झै बल्दैछ रे राजनीति यसो उसो खोई कसो चल्दैछ रे राजनीति गिरिजा बावु अझै नै तगडा नै हुनुहुन्छ प्रचण्डले गर्दा खेरी गल्दैछ रे राजनीति माधवले खाए कसम संविधान बनाई छाड्ने संकटको घडी टर्याछैन जल्दैछ रे राजनीति कुर्सीको नै तछाड मछाड जनता चाही हेर्या हेर्यै नेताज्यूहरु कै गोजी भित्र फल्दैछ रे राजनीति लखनपुर-४ झापा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
डिल्लीराम डाँगी
22, 2009, 7:58
मनको कुरा भन्दिन भन्छ्यौब्यर्थमा तगारो बन्दिन भन्छ्यौ ।जीवनमा कठिनाइँ झेल्न बिर्सीभिरको बाटो खन्दिन भन्छ्यौ ।सफलताको मिठो कथा नकोर्दैआकासका तारा गन्दिन भन्छ्यौ।सँगै यात्रा गर्ने रहरहरु मारेरप्रेमको रथ तान्दिन भन्छ्यौ । []
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिष्णु नन्द चाम्लिङ्ग
22, 2009, 7:53
प्रियसीको नजरमा कति कति डुले हजुरपरेलीका ओठ भरी कयौ चोटि फुले हजुर तिम्लॆ बाटो भुले देखि यो मन कति फाटे सम्झनाकै धागो बनाई कयौ चोटि तुने हजुर तिम्रो यादले पिरोलीदा आँशु कति झरे मधुरसमा आफुलाई नै कयौ चोटि घूले हजुर बतासले मगमगाउदो फूलको बास्ना छर्दा तिम्रो यादमा कल्पि बस्दा आफुलाई भुले हजुर [] इन्द्रणी पोखरी ३, खोटाङ्ग, दिक्तेल
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
केदार श्रेष्ठ 'गगन'
21, 2009, 4:42
अब कसैसँग मायाप्रीति लाउँदिन म तिम्रै लागि मठमन्दिर धाउँदिन म । गयौ टाढा मुर्छा पारी मुटुमा छुरा धसी रुँदै-रुँदै दौडिदै तिम्रो पछि आउँदिन म । एकैछिन रमाए नि घातक हुँदो रैछ माया प्रेम-पत्र पढी अब कहिले पनि रमाउँदिन म । लुक्दैभाग्दै हिड्छौ तिमी गगनभन्दा मािथमेरै अघि हिँडे हुन्छ झुक्किएर नि समाउँदिन म । भीमस्थान-५सिन्धुली
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
उमेश राई 'अकिन्चन'
21, 2009, 4:24
झुल्कियर अस्ताउने घाम जिन्दगीलेखिएर मेटी जाने नाम जिन्दगीझरीबादल आँखाभरी लुकामारी खेल्दै, खियासंगै जिउनुपर्ने फलाम जिन्दगीलेखान्तले लेखेर कि आफै झर्छ तारा,एउटा छोटो सिसिरको याम जिन्दगीइन्द्रेनी आकाशमा कत्तिनै रहन्छ र?दुईपल सम्झनाको सलाम जिन्दगी |
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
बिश्व घिमिरे
19, 2009, 4:39
मेरो सारंगीले प्रीत गायोहारी आँफू तिम्रो जीत गायो । रित्तो खोक्रोले पाएन केहीसुकेकै घक्रोले हीत गायो । यात्रा त छ नी गन्तब्य छैनबिराई बाटो साईत गायो । दुई बिस भो फिरेन दिनधिक्कार्दै पापिकै गीत गायो । फिनल्याण्ड
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
गोपाल झापाली
14, 2009, 7:13
गोपाल झापाली
कति गर्नु सधै कुरा दुखि राख्या माढी जस्तोएकछि गरौ बात मुस्ताङ पुग्या गाडी जस्तो माघ कटे'सी कसले सोध्थ्यो मकलमा बल्या आगोमकैको सधै चर्चा बिर्सिराख्या हाडी जस्तोहास्ने बेला आयो अव नाच्ने सँगै हात समाई मन दुख्ने घाउ विसाऔ कोशीको त्यो बाढी जस्तोआकाशको कुरा गरौ जुन अनी घामको पिननिसासिने अब छोडौ एकलासको झाढी जस्तो दमक- झापा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
14, 2009, 2:01
एउटा बुद्ध चाहियो भन्छ मलाई मेरो माटोबोलाम कसो गरि जताततै बन्द भाछ बाटोपसिनाको थोपाले लेख भन्छ ईतिहास फेरिकसरी लेख्नु बारुद छ कलममा मसीको साटोजपतपको आरध्य जगमा गौतम बुद्ध बनेहाँस्छ अचेल सिस्नो सित तेही तपोभूमिको पाटोसदभाबको लाली गुराँस फुल्यो भन्थे पाखामाके फुल्थ्यो अझै लथपथिएको रैछ रगतको टाटोएउटा सबालले घोची रहन्छ अस्मिता माथिबहादुर बादुर भयौ अब हामी बाठो कि लाटो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
केदार श्रेष्ठ 'गगन'
14, 2009, 1:58
मलाई पराई ठान्यौ ठिकै छ मुखमै लात हान्यौ ठिकै छ । जिवनसाथी बनाउछु भन्दाभन्दै अर्कैलाई आफ्नो मान्यौ ठिकै छ । म छु सुदामा धनीहरुको अघि कुवेरलाई तिमीले रोज्यौ ठिकै छ । 'गगन'को तारालाई छाडि तिमीले लालटिनलाई आफूतिर तान्यौ ठिकै छ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
उमेश राई 'अकिन्चन'
14, 2009, 1:46
फूल पनि झरेपछि माटो हुन्छकाँडा पनि टेकेपछि बाटो हुन्छ कहाँ हुन्छ जून सधै आकाशमा मौसम पनि चिसो र तातो हुन्छ उदाउदै गर्दा घाम हेर क्षितिजमात्यो पनि शुरुवातमा रातो हुन्छ चिन्दैन दुनिया असली मान्छेइमान्दार पनि यहाँ लाटो हुन्छ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
ईन्द्र क्षेत्री 'पकवान'
12, 2009, 4:44
एकलासमा स्वर सुनेँ, कोलाहलमा बोर भएँ सपनाका कुरा सम्झी,यसै हर्ष बिभोर भएँ कैयोँ राती भोँतारिँदै, उडिहिडेँ जुनकिरि झैँ,अन्त सुस्ताउँ मन नमान्ने, उनको द्वारमा चोर भएँ खोज्दा कतै गाउँ नपाइ, शीर लुकाउने ठाउँ नपाइहालै बनेँ सन्यासी म, सुकुम्बासी पोहोर भएँ घाम-छायाँ यो जीन्दगानी, कतै अागो कतै पानी,कति साउन सुक्खा परेँ, कति फागुन घनघोर भएँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |
गजल
गजल
भुपेन्द्र महत
9, 2009, 4:59
तिम्रो यादमा मैले भए जति आँसु पिएको छुनआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छुनाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमामन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छुकस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौआखिर खुशी दाइजो दि आँसु मैले लिएको छुउजाड उराठ हृदयमा आशाको मुना भाँचीबिना अर्थको जिबन एकचोटि फेरि जिएको छुकतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थैतिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । |