Unnamed: 0.1
int64 0
2.76M
| Unnamed: 0
int64 0
2.78M
| catagory
stringclasses 518
values | heading
stringlengths 1
251
⌀ | text
stringlengths 1
651k
⌀ | date
stringlengths 1
2.18k
⌀ | link
stringlengths 31
161
| clean_categories
stringclasses 33
values |
---|---|---|---|---|---|---|---|
929,549 | 943,988 | null | प्यूठानमा ११ जनाको आरडीटी पोजिटिभ, स्वाब भैरहवा पठाउने तयारी | प्यूठान — जिल्लामा ११ जनामा आरडीटी पोजिटिभ देखिएको छ । प्यूठान नगरपालिका ९ मरन्ठानास्थित क्वारेन्टाइनमा बसेकाहरुको मंगलबार आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । मरन्ठानाको गुरीगाउँमा ३, धगेमा १, बुढादेवीमा ७ जनाको आरडीटी पोजिटिभ देखिएको हो ।/n/nस्वास्थ्य कार्यालय प्यूठानका अनुसार २१ देखि ३८ वर्ष उमेर समूहका ८ पुरुष र ३ महिला छन् । एक जना लमजुङबाट र बाँकी काठमाडौंबाट आएकाहरु हुन् । /nआरडीटी पोजिटिभ देखिएका र सँगै क्वारेन्टाइनमा बसेका २९ जनाको पीसीआर परीक्षणका लागि स्वाब भैरहवा पठाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । यसअघि प्यूठान नगरपालिका २ स्थित सिद्धार्थ हलमा रहेका दुई जनामा पनि आरडीटी पोजिटिभ देखिएको थियो । पछि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो । | 2020 | https://ekantipur.com/pradesh-5/2020/05/12/158928369045863503.html | national |
1,536,992 | 1,551,431 | खेलकुद समाचार | नेपाललाई पानीले डुबायो ! यूएई एक रनले विजयी |
३० चैत, काठमाडौं । यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यका साथ मलेसिया पुगेको नेपालले झड्का व्यहोरेको छ । पानीले बिथोलेको खेलमा नेपाल यूएईसँग डीएल मेथडका आधारमा मात्र एक रनले हारेको छ ।
नेपालले हरि चौहान र भीम सार्कीको अर्धशतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको यूएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानीले खेल रोकियो ।
लगातार पानी परेपछि डीएल मेथडबाट यूएई मात्र एक रनले विजयी भएको घोषणा भयो ।
नेपालको सुरुवात राम्रो थिएन । २२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ११५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । रित गौतमले ४४ रन जोडे ।
तर, डीएलमा जाँदा राम्रो सुरुवात गर्न नसक्दाको मूल्य चुकाउन पुग्यो ।
६ देशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष टोली यू-१९ विश्पकपमा पुग्नेछ । सबै देशले २-२ खेल खेल्दा कुवेत र ओमानको समान ४-४ अंक छ भने नेपालको र ओमानको २-२ अंक छ । मलेसिया र सिंगापुर भने अंकबिहीन छन् । | २०७५ चैत ३० गते १६:२४ मा प्रकाशित | https://www.onlinekhabar.com/2019/04/757852 | sports |
610,625 | 623,729 | मनोरञ्जन | ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यू गरिरहेकी तारा सुतारिया ‘अर्जुन रेड्डी’ बाट बाहिरिइन् |
करण जोहरको निर्माणमा बनिरहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यू गरिरहेकी अभिनेत्री तारा सुतारिया अभिनेता शाहिद कपूरको नयाँ फिल्म ‘अर्जुन रेड्डी’ बाट बाहिरिएकी छिन् ।
यसअघि शाहिदको जोडीको रुपमा तारा सुतारियालाई साइन गरिएता पनि अहिले भने उनको ठाउँमा नयाँ अभिनेत्री हुनेछिन् ।
हालै शाहिद दोस्रो सन्तानको पिता भएका छन् । यही कारण फिल्मको छायाँकन मितिमा केही फेरबदल भएको छ । फिल्मको मिति परिवर्तन भएसँगै तारालाई यस फिल्ममा समय दिन मुस्किल भएको छ ।
ताराले फिल्मका लागि समय दिन नसक्ने भएपछि फिल्म निर्माता तथा ताराबीचको समझदारीमा यो निर्णय भएको हो । अब यस फिल्मकी अभिनेत्री को हुनेछिन् भन्नेबारेको खुलासा केही दिन पछाडि मात्रै हुनेछ ।
हाल सुत्केरी बिदा लिएर बसेका शाहिद केही समय पछि मात्रै यस फिल्मको काममा फर्किनेछन् । यसै फिल्मका लागि शाहिदले आफ्नो लुक परिवर्त गर्न सुरु गरिसकेका छन् ।
यता तारा सुतारियाको हातबाट ठूलो प्रोजेक्ट फुस्किए पनि उनी अभिनेता टाइगर श्राफका साथ ‘स्टुडेन्ट अफ द ईयर २’ मार्फत डेब्यू गरिरहेकी छिन् । धर्मा प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा काम गर्ने सपना बलिउडका जो कोही कलाकारका लागि सपना साकार भए सरह नै हुन्छ ।
तसर्थ ताराका लागि यस फिल्म मार्फत बलिउड डेब्यू गर्न पाउनु भनेको सपना साकार भएसरह भएको छ । | भदौ २२, २०७५ शुक्रबार १३:१६:२
| https://ujyaaloonline.com/story/6171/2021/12/19/kashiraj-dahal-view | entertainment |
246,343 | 258,716 | null |
बाढीपहिरोले ध्वस्त हेलम्बुका कहालीलाग्दा दृश्य (फोटोफिचर)
|
काठमाडौं, असार ६ : मेलम्ची नदीमा असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँगै हेलम्बु गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ।
हेलम्बु-१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोले मेलम्ची थुनिर आएको ठूलो बाढीका कारण केही मानवीय क्षतिसँगै अर्बौंका भौतिक संरचना ध्वस्त भएको हो।
बाढीपहिरोमा परी चार महिलासहित २३ जना बेपत्ता रहेको गाउँपालिकाले जनाएको छ। बेपत्ता हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ।
बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत रहेको बताइएको छ। सोही ठाउँमा पहिरो खसेर फेरि मेलम्ची थुनिन सक्ने र मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रमा फेरि ठूलो बाढी आउने सम्भावना रहेकाले सतर्क हुन अपिल गरिएको छ।
बाढीले वितण्डा मच्चाउँदा हेलम्बु(१ मा दुईवटा मोटरेबल पुलसँगै अर्बौंको संरचना बगाएको वडाध्यक्ष अध्यक्ष मिङमार लामाले बताए। तीव्र विकासको गतिमा अगाडि बढिरहेको हेलम्बुमा धेरैको घर बताएको, राम्रो ठाउँ कतै बाँकी नरहेको उनको भनाइ छ।
हेलम्बुवासीले कहिल्यै नसोचेको विपत्ति आइदिँदा भर्खरै गति समात्दै गरेको विकास चार/पाँच दशक पछाडि धकेलिएको आँकलन त्यहाँका अगुवाहरूले गरेका छन्।
हेलम्बु गाउँपालिका किउलमा रहेको टाउट्र माछा फार्म, इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन बगाएको छ। बाढीपहिरोले हेलम्बुमा बनाइएका सडक संरचना पनि ध्वस्त बनाएको छ।
हेलम्बु गाउँपालिकाका चनौटे बजार, किउल, तालामाराङ, ग्याल्थुम, तिपेनी हुदै मेलम्ची नगारपालिकाको मेलम्ची बजार डुबानमा पर्दा जनजीवन अस्तव्यस्त बनेको छ। धेरै घरपरिवार विस्थापित भएका छन्।
कति घर बगेका छन् भने कतिका पुरिएका छन्। हेलम्बु र मेलम्चीवासीले राहतभन्दा पनि ध्वस्त संरचना र बस्ती पुनःस्थापनाको योजना ल्याउन सरकारसँग आग्रह गरेको छ।
| Sunday, 20th June 2021 2:53:00 pm | https://kathmandupress.com/news/38206 | news |
271,216 | 283,619 | economy |
मेलम्ची खानेपानी आयोजना : पाइपलाइनको काम १० किमी मात्र बाँकी
|
काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाले एक हजार किलोमिटर पाइपलाइनको काम सम्पन्न गरेको छ । खानेपानीको पहिलो चरणमा १ हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नु पर्नेमा अब १० किलोमिटर मात्र काम बाँकी छ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अन्तिम अवस्थामा पुगेको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले जानकारी दिएको छ ।
खानेपानी मन्त्रालयका अनुसार मेलम्चीको पानी उपत्यकामा आइसकेपछि नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि पानी वितरण गर्ने तयारी छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा रहेको निर्देशनालयको भनाइ छ । अब बाँकी काम सम्पन्न हुने चरणमा रहेको छ । निर्देशनालयका अनुसार थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको र थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।
पीआईडी प्रमुख कमलराज श्रेष्ठले चक्रपथभित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न हुने अवस्थामा पुगेको र दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुने जानकारी दिए । “चक्रपथ बाहिरको क्षेत्रलाई याङ्ग्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ, मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा हुन्छ,” उनले भने, “पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ ।”
मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको उनले बताए । पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उनको भनाइ छ । “मेलम्ची आएपछि ६ महिनाको समय टेस्टिङमा लाग्ने छ, मेलम्चीको १७ करोड लिटर पानीमध्ये, टेस्टिङका लागि २ करोड नयाँ पाईपलाईबाट र अरु केयुकेएलको पुरानो पाइपलाइनबाट वितरण गरिने छ” श्रेष्ठले भने । उनका अनुसार दोस्रो चरणको कामका लागि पनि सम्झौता भइसकेको छ ।
खानेपानी विज्ञहरूले भने पाइपलाइन परीक्षणका क्रममा त्रुटी आए मेलम्चीको पानी उपत्यकाबासीको धारामा आउन तीन महिना लम्बिन सक्ने बताएका छ । “म त अब खासै अन्य प्राविधिक समस्या आउने देख्दिनँ, प्राविधिक समस्या नआएको भए त मेलम्चीको काम सकिइसकेको थियो, यतिबेलासम्म उपत्यकामा मेलम्चीको पानी आइसक्थ्यो,” खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्याय भन्छन्, “हुन त पाइपलाइन ट्रायलको समयमा पनि समस्या आउन सक्छ, समस्या आयो फेरि २-३ महिना रोकिन सक्छ, यद्यपी अब मेलम्ची आउन समय लाग्दैन ।”काराेबारबाट
प्रकाशित: २६ मंसिर २०७७ ०७:१५ शुक्रबार | २६ मंसिर २०७७ | https://kendrabindu.com/economy/185709-1612474200.html | economy |
1,917,938 | 1,932,384 | mainnews | स्थानीय तहका छ दर्जन नमुना कानुन |
नरेन्द्र सापकोटा
काठमाडौँ, भदौ ५ गते । सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्न छ दर्जन नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । कानुनको अभावमा स्थानीय तहलाई सेवा प्रवाहमा सहजीकरण गर्न अप्ठ्यारो भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षको अवधिमा छ दर्जन नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको हो ।
स्थानीय सरकार सञ्चालन ऐनमा सरकारले स्थानीय तहको काममा सहजीकरण गर्न आवश्यक नमुना कानुन निर्माण गरी स्थानीय तहमा पठाउने उल्लेख छ । स्थानीय तहको निर्वाचनपछि अहिलेसम्म ७३ वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सङ्घीय मामिला शाखा उपसचिव तुलसीराम अर्यालले मन्त्रालयबाट स्थानीय सरकार सञ्चालन ऐनअनुसार आवश्यक नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाइएको बताउनुभयो । मन्त्रालयले हरेक वर्ष १२ देखि १८ वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाउँदै आएको छ ।
“मन्त्रालयले बनाएको नमुना कानुनलाई स्थानीय तहका गाउँ र नगरसभाले आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्दै आएका छन्,” उहाँले भन्नुभयो–“मन्त्रालयले स्थानीय तहलाई पठाएको नमुना कानुनले सङ्घीयता कार्यान्वयनमा थप सहज भएको छ ।” टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, गाउँ/नगरपालिका सञ्चालन निर्देशिका, प्रदेश प्रतिष्ठान ऐन, गाउँपालिका/नगरपालिकाको सञ्चित कोषको आन्तरिक लेखा परीक्षणसम्बन्धी कार्यविधि, स्थानीय आर्थिक विकास रणनीति, गाउँपालिका/नगरपालिका अनुमगन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, गाउँ नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन नमुना कार्यविधि निर्माण गरी स्थानीय तहलाई पठाइएको हो । त्यस्तै गाउँ र नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि, स्थानीय तहको मध्यकालीन खर्च संरचना तर्जुमासम्बन्धी कार्यविधि, स्थानीय विपत्पूर्व तयारी तथा प्रतिकार्य योजना, स्थानीय विपत् जोखिम न्यूूनीकरण रणनीति कार्ययोजना तर्जुमा कार्यविधि, स्थानीय तहमा सङ्क्षिप्त तथा प्रारम्भिक वातावरणीय अध्ययनसम्बन्धी कार्यविधि र विपत् व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन सिकाइ केन्द्र लगायतका छ दर्जन नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाइएको छ ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले मन्त्रालयबाट स्थानीय तहका लागि आवश्यकताका आधारमा नमुना कानुन उपलब्ध गराउँदै जाने र संविधानको अनुसूची ८ मा उल्लिखित २२ वटा एकल अधिकार क्षेत्र भित्र गरी कम्तीमा पनि स्थानीय तह आफैँले ४४ वटा कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले केही स्थानीय तहले शिक्षा, स्वास्थ्य, पूर्वाधार लागयतका केही कानुन निर्माण गरे पनि अन्य कानुन निर्माण गर्न सकेका छैनन् ।
| भाद्र ५ २०७८ | https://gorkhapatraonline.com/mainnews/2021-08-21-44847 | news |
15,959 | 15,959 | साहित्यरकला | ‘लक्का जवान’ निर्माणको घोषणा |
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लक्का जवान’ निर्माण घोषणा गरिएको छ ।
शिवहरि पौडेलले निर्देशन गर्ने चलचित्रमा दीलिप रायमाझी, शिवहरि पौडेल, किरण केसी, सुरेन्द्र केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेललगायतको अभिनय रहनेछ ।
कमेडी जानरामा निर्माण हुने चलचित्र चैत ७ गते रिलिज हुनेछ ।
‘लक्का जवान’ शिवहरिकोे पहिलो फिचर फिल्म निर्देशन हो । | बुधबार, साउन १५, २०७६ | https://baahrakhari.com/news-details/208061 | literature |
2,576,250 | 2,592,254 | samachar | काठमाडौंमा डेंगुको जोखिम |
उपत्यकाबाहिरका जिल्लाहरुमा यो. वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिएकाकाले काठमाडौं उपत्यका पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले जनाएका छन् ।
सरुवा रोग चिकित्सक तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका केही स्थानमा डुंगुको किटाणु भेटिएको महाशाखाले उपत्यकाका केही स्थानमा डेंगुको किटाणु भेटिएकाले सतर्क रहन सुझाव दिएको छ ।
डेंगु ज्वरो एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्छ । कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा मात्रै उत्पन्न हुन्छ र यसले दिनमा मात्रै टोक्छ । डेंगु भाइरस संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा डेंगुको संक्रमण हुन्छ । | आइतबार, भदौ १, २०७६, १६:३८:०० | https://shilapatra.com/detail/10348 | news |
817,881 | 832,320 | null | कांग्रेस नेता जोशीको उम्मेदवारीविरुद्ध पौडेलले दिए उजुरी | काठमाडौं — तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका पूर्वगृहमन्त्री एवम् नेता गोविन्दराज जोशीको उम्मेदवार गैरकानुनी तथा अयोग्य भएको भन्दै दाबी/विरोध गरेका छन् ।/nतनहुँ १ बाटै नेता जोशीले पौडेलविरुद्ध बिहीबार स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेता पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँढे चार बजे जोशीको उम्मेदवारीका बारेमा विरोध उजुरी दर्ता गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । जोशीलाई विशेष अदालतले २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढवर्ष कैद हुने फैसला गरेको थियो ।/nउम्मेदवारी कानुनसम्मतै : जोशी/nनेपाली कंग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी कानुन सम्मतै भएको दाबी गरेका छन् । कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले भने जोशीको उम्मेदवारी कानुनसम्मत नभएकाले त्यो रद्द गरिपाऊँ भनी निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार निवेदन दर्ता गराएका छन् ।/nविशेष अदालतबाट भ्रष्टाचारी ठहर भएकाले उनको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्नु पर्ने भन्ने पौडेलको माग छ । जोशीले आफू अन्तिम अदालतबाट भष्टाचारी ठहर नभएको र कानूनले सुरु अदालतको फैसलाले रोक लगाउने व्यवस्था नराखेकाले उम्मेदवारी कानुन सम्मतै भएको जिकिर गरेका छन् । आफ्नो उम्मेदवारी अयोग्य भन्ने कानूनविदहरुको अभिव्यक्तप्रति पनि उनले कडा आपत्ति जनाएका छन् ।/n‘भ्रष्टाचारसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन भएकाले समाचारमा उल्लेख भए अनुसार नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी गैरकानूनी भन्ने तर्क निराधार रहेको छ’ शुक्रबार कान्तिपुरमा प्रकाशित उनको उम्मेदवारीप्रति कानुनविदहरुको भनाइको खण्डन गर्दै विज्ञप्तीमार्फत् उनले भनेका छन् । /nनिर्वाचन निर्देशिकामा भ्रष्टाचारलगायत फौजदारी अभियोग, नैतिक पतन देखिन अन्य फौजदारी कसूरमा सजायँ पाई वा कुनै कसूरमा जन्मकैद वा २० वर्ष वा सो भन्दा बढी सजायँ पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति उम्मेदवार निम्ति अयोग्य हुने व्यवस्था छ । | 2017 | https://ekantipur.com/news/2017/11/03/20171103193235.html | news |
2,461,779 | 2,477,783 | share-market | ज्योति लाईफको आइपिओ खुल्यो, कति जनाले हात पार्नेछन् यो सेयर ? |
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बिक्रि आजबाट (शुक्रबार) खुला भएको छ ।
कम्पनीले सर्वसाधरणको लागि आईपीओ निष्काशनमा ल्याएको हो । कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । जसमा सर्वसाधारणले ५९ लाख ४० हजार कित्तामा मात्र आवेदन दिन सकिनेछ ।
५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरीएको छ ।
कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी(आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।
कति जनाले पाउँछन् यो आइपिओ ? आजभोली आपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेको छ । ज्योति लाइफको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएकाले १० कित्ताका दरले आवेदकलाई भाग लगाउँनुपर्ने हुन्छ । यस आधारमा पनि आवेदन दिएका सबैलाई यो आइपिओ पर्दैन । १० कित्तालाई आधार मान्ने हो भने सर्व साधारणलाई छुट्याइएको सेयर ५ लाख ९४ हजार जनाले हात पार्ने देखिन्छ । बाँकी आवेदनको हात खाली हुनेछ ।
| फागुन २१, २०७७ | https://ratopati.com/story/170434/2021/3/5/jyoti-life-insurence | economy |
1,063,050 | 1,077,489 | null | चिर्पटले हानेर बुहारीको हत्या | खोटाङ — खोटाङको खार्ताम्छाका एक बृद्धले चिर्पट हानेर बुहारीको हत्या गरेका छन् ।खार्ताम्छा-९ का ६० वर्षीय शङ्करमणि राईले प्रहार गरेको चिर्पटले भाइबुहारी ५१ वर्षीया मट्याङ्ग्री राईको ज्यान गएको हो । | 2013 | https://ekantipur.com/Other/2013/03/25/365091.html | misc |
779,689 | 794,063 | मुख्य समाचार | कानूनी जटिलता उत्पन्न भयो– पूर्व प्रमुख निर्वाचन आयुक्त यादव |
सर्वोच्च अदालतले साविकको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइदिएपछि त्यसलाई कार्यान्वयन गर्न निर्वाचन आयोगलाई समेत जटिल हुने भएको छ ।
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधिप्रसाद यादवले कानूनी जटिलता आइपरेको बताए ।
'साविकमा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र दुईवटा पार्टी मिलेर नेकपा बनेको थियो तर, कट्टेलको नेतृत्वको नेकपा आधिकारिक भएपछि अब साविकको एमाले र माओवादी केन्द्र जीवित त भयो,' यादवले लोकान्तरसँग भने, 'तर साविकको एमाले र माओवादी केन्द्र नामको पार्टी अन्य पक्षले समेत पहिले नै दर्ता गरिसकेको अवस्थामा आयोगलाई समेत निर्णय दिन समस्या हुनेभयो ।'
उनले थपे, 'सर्वोच्च अदालतले गरेको फैसलापछि निर्वाचन आयोगले कसरी निर्णय गर्ने भन्ने कुरा अत्यन्त जटिल अवस्थामा आइपुगेको छ । आयोगले अब विभिन्न राजनीतिक दलसँग छलफल गरेर कुनै न कुनै निर्णय देला,' उनले भने ।' | फागुन २३, २०७७ | https://lokaantar.com/story/136380/2021/12/22/sports/cricket- | news |
2,510,198 | 2,526,202 | pradesh-two | मोटरसाइकल एक आपसमा ठोक्किँदा १ को मृत्यु |
धनुषाको हंसपुर नगरपालिकामा बिपरित दिशा तर्फबाट आईरहेको दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको छ ।
हंसपुर नगरपालिका वडा नम्बर ९ स्थित मोरहा रुदौलीमा रहेको हनुमान मन्दिर नजिक पूर्वबाट पश्चिम जाँदै गरेको ज ११ प ६३९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज १० प २९७७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा हंसपुर नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षिय नविन रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका रायको उपचारको क्रममा बाटोमै ज्यान गएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
दुर्घटनामा परि सोनिगामाका बस्ने २५ वर्षिय संजय मुखिया र औरही गाउँपालिका नम्बर १ बस्ने २७ वर्षिय ईन्द्र मण्डल गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए ।
| फागुन ३, २०७६ | https://ratopati.com/story/118213/2020/2/15/accident | national |
1,307,475 | 1,321,914 | health | पशुपतिनगर नाकामा होल्डिङ सेन्टर र क्वारेन्टिन |
भारतीय सीमासँग जोडिएको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले भारतबाट आउने नेपालीका लागि पशुपतिनगर नाकामा होल्डिङ सेन्टर स्थापना गरेको छ। यसरी भित्रिएका नेपालीलाई उनीहरूको घर पुग्ने व्यवस्था नहुञ्जेलसम्म राख्न पशुपतिनगरमै क्वारेन्टिनसमेत व्यवस्था गरिँदैछ।
पशुपतिनगरमा रहेको पर्यटन सूचना केन्द्रमा होल्डिङ सेन्टर स्थापना भइसकेको छ। नाकाबाट आएका व्यक्तिलाई एन्टिजिनसहित सामान्य स्वास्थ्य अवस्था जाँचेर केही समय राख्न सेन्टर स्थापना गरिएको हो। पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि ७ शय्याको क्वारेन्टिन राखिएको छ। यसरी आएका नेपालीलाई उनीहरूको घर पुग्नुअघि अन्यत्र जान नदिन क्वारेन्टिन व्यवस्था गरिएको हो।
सूर्याेदय नगरबाहेक जिल्लाका अरू पालिका र जिल्लासम्म पुग्ने नागरिकलाई क्वारेन्टिनमा राखिने मेयर रणबहादुर राईले बताए। ‘स्थानीय होटलमा कम्तीमा २५ शय्या क्षमताको क्वारेन्टिन व्यवस्थापन गरिँदैछ,’ उनले भने, ‘तर, क्वारेन्टिनमा खाने–बस्ने खर्च चाहिँ नगरले गर्ने होइन, सम्बन्धित व्यक्तिले नै गर्ने हो।’ उनले क्वारेन्टिनमा बस्ने व्यक्तिका लागि सहुलियत दरमा खान–बस्न सक्नेगरी होटल व्यवसायीसँग समन्वय गरिएको बताए।
नगरले स्थापना गरेको हेल्प डेस्कमा नाकाबाट भित्रिएका नेपालीको एन्टिजिनसमेत परीक्षण गरिनेछ। ‘परीक्षणबाट देखिएको नतिजाका आधारमा उसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नगरले सहयोग गर्नेछ,’ मेयर राईले भने, ‘सीमामै कोरोना नियन्त्रणका लागि नगरले प्रयास गरेको हो।’ उनले अहिले भारतबाट छिटफुट रूपमा मात्रै नेपाली आइरहेको र केही समयपछि यो संख्या बढ्ने सम्भावना रहेको बताए।
कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरमा आइतबारदेखि होटल, सवारी साधन, बजार, पसललगायत बन्द गरिएको छ। अर्काे सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबैखाले सेवा बन्द गरिएको नगरले जनाएको छ। नगरपालिका र वडाहरूले दिने अत्यावश्यक बाहेकका सेवासमेत बन्द गरिएको छ। नगर क्षेत्रमा कोरोनाका कारण कसैको निधन भए शवबाहनको व्यवस्था नगरले नै गर्ने पनि निर्णय भएको मेयर राईले बताए।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका अन्य स्थानीय तहले पनि अत्यावश्यकबाहेकका सेवा धमाधम बन्द गरिरहेका छन्। उद्योगी, व्यवसायी र सरोकारवालासमेतको समन्वयमा स्थानीय तहले बजार, पसल, यातायातलगायत सबै क्षेत्रको सेवा बन्द गरेका हुन्।
देउमाई नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सर्वसाधारणलाई घरबाट निस्किन नदिने निर्णय गरिसकेको छ । नगरले आउँदो ३१ गते राति १२ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नदिने निर्णय गरी सूचना जारी गरेको हो।
नगरमा खाद्य र अत्यावश्यक सामग्रीका पसल बिहान ६ देखि ९ बजेसम्म खुला राख्ने तर अरू सबैखाले पसल बन्द गराउने निर्णय पनि गरिएको मेयर सूर्य पोख्रेलले बताए। नगरले अत्यावश्यक सेवाबाहेकका सवारी साधनसमेत नचलाउन र लामो दूरीका सवारी साधन नगरभित्र नरोक्न पनि आग्रह गरेको छ । बैठकले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा पालना गराउने, हाट, बजार, मेला, पर्व, पाटी, भोजलगायत सबै बन्द गर्ने निर्णय गरेको छ।
माईजोगमाई गाउँपालिकाले आउँदो ३१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । गाउँपालिकाले सवारी साधनसमेत बन्द गर्न आग्रह गरेको छ। माङ्सेबुङ गाउँपालिकाले पनि कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेका सेवा बन्द बन्द गरेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमण फैलिएको जिल्ला सदरमुकाममा पनि बजार, पसल, यातायातलगायत सेवा बन्द छन्। इलाम नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा आउँदो ३१ गतेसम्मलाई बन्द गराएको छ । अन्य नगर र गाउँपालिकाले पनि मानिसको भिड हुने, आउ–जाउ धेरै हुनेखालका सबै गतिविधि बन्द गराएका छन्।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ। ४ जनाको मृत्यु भएको छ। इलाम नगरपालिकामा सबैभन्दा बढी ७५ जना संक्रमित छन् । रोङ गाउँपालिकामा २१, माई नगरमा १७, चुलाचुलीमा ७, सूर्याेदयमा ५, देउमाई नगरमा ४, फाकफोकथुम र माइजोगमाई गाउँपालिकामा २÷२ तथा माङ्सेबुङ गाउँपालिकामा १ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। | २६ वैशाख २०७८ | https://nagariknews.nagariknetwork.com/health/521041-1620534132.html?click_from=category | health |
112,616 | 112,682 | कला | सुशान्तकी प्रेमिका रिया फरार |
ब्लिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याका कारण अहिले पूरै भारत हल्लिएको छ । सुशान्तका बाबु र प्रशंसकले माग गरेको सिबिआई जाँच त हुने भएको छ तर दिनहुँ त्यहाँ नयाँ नयाँ प्रसंगहरु बाहिर आइरहेका छन् ।
मुम्बई प्रहरीले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ ।
तर, सुशान्तका बाबु केके सिंहले २४ जुलाईमा सुशान्तकी प्रेमिका रियाविरुद्ध दिएको उजुरीका कारण चाहिँ अब रिया फरार भएकी छिन् । उनले बिहार प्रहरीमा आफूविरुद्ध दिइएको उजुरी मुम्बई प्रहरीमा पठाउन अनुरोध गरेकी छिन् । यसका लागि उनले सर्वोच्चमा मुद्दा दायर पनि गरेकी छिन् ।
तर, अब सर्वोच्चले बिहार प्रहरीले पनि रियासँग सोधपुछ गर्न सक्ने बताएको छ । तर, बिहार प्रहरीले चाहिँ अहिले रिया फरार भएको बताएको छ । उनीमात्र होइन, बिहार प्रहरीका अनुसार उनको परिवार नै पनि गायब भएको छ ।
भारतीय मिडिया लाइभहिन्दुस्तानमा आएको समाचारअनुसार रियालाई अहिले बिहार प्रहरीले सम्पर्क गर्न सकिरहेको छैन । | २२ साउन, २०७७
| https://farakdhar.com/story/32593 | art |
624,538 | 637,689 | समाज | पत्रकारप्रति प्रदेश २ सरकार झनै कठोर, १ करोडसम्म जरिबाना ! |
धनुषा - पत्रकारप्रति प्रदेश २ सरकार झनै कठोर बन्न थालेको छ । पछिल्लो समय मुख्यमन्त्रीदेखि मन्त्रीहरुको गलत गतिविधिको पत्रकारले सञ्चार माध्यममार्फत भण्डाफोर गर्न थालेपछि प्रदेश सरकार प्रेसमाथि कडा बन्दै गएकाे हो ।
प्रदेश २ सरकारले पत्रकारलाई १ करोडसम्म जरिबाना गर्ने कानुन बनाउन थालेको छ । केन्द्र सरकारले पत्रकारलाई १० लाखसम्म जरिबाना गर्नेसम्मको सजाय गर्न सक्ने मिडिया काउन्सिल विद्येयकको चौतर्फी विरोध भैरहेको छ । तर प्रदेश २ सरकार भने पत्रकारसँग रिसिइबी साध्न र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन १ करोड रुपैयाँसम्म जरिबाना गर्न सक्ने विधेयक ल्याएको छ ।
बिहीबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेस गर्नुभएको हो । त्यस विधेयकमा पत्रकारले गल्ती गरेमा १ लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने सजाय तोकिएको छ ।
विधेयकमा ‘प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने विषय’मा समाचार लेखेकोमा कसुरको मात्रा हेरेर १ लाखदेखि एक करोडसम्म जरिबाना गर्नसक्ने व्यवस्था छ ।
विधेयकमा आमसञ्चार माध्यम प्राधिकरण, मिडिया काउन्सिल, आमसञ्चार प्रशिक्षण, चलचित्र बोर्डको समेत व्यवस्था गरिएको छ । यस्तै बिहीबारकै बैठकमा संस्था दर्ता सम्बन्धमा बनेको विधेयक २०७५ र बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेस भएको छ ।
कानुनमन्त्री यादवले संस्था दर्तासम्बन्धी विधेयक र समाजिक विकासमन्त्री नवलकिशोर साहले बालबालिकासम्बन्धी विधेयक सदनमा छलफलको लागि पेस गर्नुभएको हो । दुवै विधेयक सदनमा छलफलका लागि सर्वसम्मत रुपमा प्रस्ताव पारित भएको छ ।
यस्तै गत वैशाख ३० गते सदनमा पेश भएको प्रदेश प्रशासनसम्बन्धी ऐन २०७५ आजको बैठकमा विचार गरियो भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यससँगै प्रदेश प्रशासन ऐनमाथि छलफल सुरु भएको छ । प्रदेश प्रशासन सम्बन्धी ऐनमा सांसदहरुले आ-आफ्ना तर्कहरु प्रस्तुत गरेका छन् । | जेठ २, २०७६ बिहिबार २०:३४:२४
| | https://ujyaaloonline.com/story/20245/2021/12/19/kashiraj-dahal-view | society |
894,114 | 908,553 | null | बेलायतमा नयाँ प्रधानमन्त्री बन्न दौड | लन्डन — प्रधानमन्त्री टेरेजा मेले आउँदो जुन ७ देखि कार्यान्वन हुने गरी पदबाट राजीनामा दिएसँगै बेलायतमा नयाँ प्रधानमन्त्रीको दौड सुरु भएको छ । /n/nसत्तारूढ कन्जरभेटिभ पार्टीले आउँदो जुलाई अन्त्यसम्म दलको नेता चयन गरिसक्ने जनाएको छ । कन्जरभेटिभ दलका नेता नै नयाँ प्रधानमन्क्री हुनेछन् । /n/nसन् १९२२ कमिटीले एक वत्तव्य जारी गर्दै दलको नयाँ नेता बन्न सांसदहरूले जुन १० तारिखदेखि एक साताभित्र नामांकन दाखिला गरिसक्नुपर्ने बताएको छ । /n/nपार्टीका ३ सय १३ मध्ये सबैभन्दा बढी सांसदको समर्थन जुटाउने दुईमध्ये एक उम्मेदवार दलको नेता चुनिनेछन् । उनीहरूलाई देशभरका कन्जरभेटिभ दलका सदस्यले मतदान गर्नेछन् । कन्जरभेटिभका १ लाख २४ हजार सदस्य छन् । /n/nबीबीसीका अनुसार हालसम्म पूर्व विदेशमन्त्री बोरिस जोन्सन, वातावरणमन्त्री माइकल गोभ, पूर्व ब्रेक्जिटमन्त्री डोमिनिक राब, विदेशमन्त्री जेरेमी हन्ट, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट, स्वास्थ्यमन्त्री म्याट ह्यानकक, भूतपूर्व पेन्सनमन्त्री एस्थर म्याक्भेलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । /n/nउम्मेदवारको संख्या झन्डै दर्जन पुग्न सक्ने अनुमान छ । यसअघिको एक सर्वेक्षणमा बोरिस जोन्सन लोकप्रिय देखिएका थिए । यद्यपि उनलाई गोभले कडा टक्कर दिन सक्ने राजनीतिक विश्लेषकलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । /n/nआफ्नै मन्त्रिपरिषदका सदस्य तथा दलका सांसदको विरोधपछि प्रधानमन्क्री मेले गत शुत्रबार पदत्याग घोषणा गरेकी थिइन् । उनले गत वर्ष पेस गरेको युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) बारेको फ्रेमवर्क सम्झौता बेलायतको संसदले ३ पटक अस्वीकार गरेपछि मेलाई पद छाड्ने दबाब बढेको हो । /n/nसन् २०१६ को जनमतसंग्रहमा बेलायती मतदाताले युरोपेली संघबाट बेलायत अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए । ब्रेक्जिटका विपक्षमा उभिएका तत्कालीन प्रधानमन्त्री डेभिड क्यमरुनले ‘अभिमतको कदर गर्दै’ पदबाट राजीनामा दिएका थिए । त्यसपछि सन् २०१६ को जुलाईमा प्रधानमन्त्री चुनिएकी मेले ३ वर्षअगावै पद छाड्न बाध्य भइन् । /n/nपछिल्लो रसाकस्सीबीच प्रधानमन्त्रीमा निर्वाचित हुने नेतालाई पनि ब्रेक्जिट सम्झौता पारित गराउन सहज भने देखिन्न । विश्लेषकहरूले प्रधानमन्त्री मेको बहिर्गमनपछि ब्रेक्जिट मुद्दा थप जटिल भएको बताएका छन् । /n/nसत्तारूढ दल कन्जरभेटिभका नयाँ नेता तथा आगामी प्रधानमन्त्रीले युरोपेली संघसँग नयाँ सहमति कायम गर्न नसके बेलायतमा फेरि आमचुनाव हुन सक्ने अनुमान गरिएको छ । प्रमुख विपक्षी दल लेबरले देशमा नयाँ निर्वाचनको माग गर्दै आएको छ । कपितयले सत्तारूढ तथा विपक्षी नेताले भने ब्रेक्जिटबारे पुनः जनमतसंग्रह मागसमेत गर्दै आएका छन् । | 2019 | https://ekantipur.com/world/2019/05/27/1558925644670112.html | world |
407,477 | 420,097 | others | हनुमन्तेमा दुई टन फोहर सङ्कलन |
काठमाडौं, २१ भदौ ।हनुमन्ते सफाइ अभियानको ८०आँै हप्तामा आज मध्यपुरथिमि नगरपालिका–३ कौशलटारदेखि गठ्ठाघरसम्मको सडक सरसफाइ गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको सफाइ अभिायनको क्रममा कौशलटारदेखि गठ्ठाघरसम्मका सडकमा रहेको फोहर सङ्कलन गर्नुका साथै भित्तामा कुरुप हुने गरी टाँगिएका ब्यानर एवं फ्लेक्सप्रिन्ट हटाइएको छ ।
अभियानमा जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीको सहभागिता रहेको र सफाइ अभियानमा दुई टन फोहर सङ्कलन गरिएको छ । विसं २०७५ देखि हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा अहिलेसम्म करीब ७०० टनभन्दा बढी फोहर सङ्कलन गरिएको अभियन्ताले बताएका छन् ।(रासस) | प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार
| https://www.reportersnepal.com/2019/09/341440 | misc |
259,083 | 271,456 | null |
अमेरिकामा किशोरीद्वारा विद्यालयमै गोली प्रहार, तीनको मृत्यु, शिक्षकसहित आठ घाइते
|
वासिङ्टन, मंसिर १५ : अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ।
ओक्ल्यान्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ड उच्च माध्यमिक विद्यालयमा मंगलबार घटना भएको हो। विद्यालयका १५ वर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीनजनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन्।
गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेलाबेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन्।
घाइते हुनेमा एक शिक्षक पनि छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घाइते मध्ये ६ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन्।
त्यसैगरी मृत्यु भएका तीन जना मध्ये दुई जना छात्रा रहेका छन भने एक जना छात्र रहेका छन । | Wednesday, 1st December 2021 12:57:00 pm | https://kathmandupress.com/news/51782 | news |
2,384,728 | 2,400,732 | news |
प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा प्रहरी हवल्दार बाबुराम घिमिरेसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको हो ।
हवल्दार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै तीन लाख ९९ हजार पाँच सय रुपैयाँ घुस रकम लिएका र अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको अख्तियारले जनाएको छ ।
घिमिरेले ब्युरोमा भएको सुन तस्करको मुद्दाको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने धम्की दिई व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।
उनका अनुसार मुद्धा पुस्ट्याइँसँगै आयोगले हवल्दार घिमिरे र स्वर्णकारसँग तीन लाख ९९ हजार पाँच सय रुपैयाँ बिगो कायम गरी छ महिनादेखि एक वर्ष छ महिनासम्म कैद सजाय दिन माग गरेको छ। | २०७८ असार २९ गते १९:३१ | https://www.nepalpress.com/2021/07/13/76937/ | news |
862,883 | 877,322 | null | चोभार बन्दरगाहको प्रगति ७६ प्रतिशत मात्र | काठमाडौँ — व्यापारिक लागत घटाउन भन्दै सरकारले २०७५ माघ पहिलो साता चोभारमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास गर्यो । विश्व बैंकसँग जुन ११, २०१३ मा सम्झौता गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसको ५ वर्षपछि शिलान्यास गरेको थियो ।/n‘डेढ वर्षभित्र सुक्खा बन्दरगाह तयार हुन्छ । त्यसपछि आर्थिक क्रियाकलाप र गतिविधि पनि बढ्छन्,’ शिलान्यासका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘रोजगारी सृजना हुन्छ । यसबाट समग्र जनजीवनमा सकारात्मक प्रभाव पर्छ ।’ शिलान्यासपछि करिब डेढ वर्षमा निर्माण सक्ने दाबी गरिए पनि हालसम्म करिब ७६ प्रतिशत मात्रै काम सकिएको छ । समयमै काम नसकिँदा बन्दरगाहको लागत खर्च पनि बढेको छ ।/nहालसम्म १ अर्ब रुपैयाँ खर्च भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक एवं प्रोजेक्ट म्यानेजर युवक डंगोलले बताए । ‘कुल १ अर्ब ४४ करोडको प्रोजेक्ट हो,’ उनले भने, ‘डिजाइन र भौगोलिक कारणले लागत खर्च थप करिब १२.८३ प्रतिशतले बढेको छ ।’ सुक्खा बन्दरगाहको क्षेत्रफल २६० रोपनी हो । बन्दरगाहका लागि ६/६ महिना गरी दुई पटक म्याद थपिएको थियो । त्यसको म्याद पनि अप्रिल २६ वैशाख १३ मा सकिँदै छ । अहिले ठेकेदारले पुनः म्याद थपको माग गरिरहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।/n/n‘स्थानीयको अवरोध र छलफलका क्रममा करिब ६ महिना र कोभिडका कारण ६ महिना काममा अवरोध भएपछि एक वर्षको म्याद थपिएको थियो । त्योबाहेक काम हुँदाहुँदै पनि समयमै सम्पन्न हुन सकेन,’ गजुरेलले भने, ‘अब ठेकेदारले पुनः २ महिनाको म्याद मागिरहेको छ ।’ शिलान्यासका क्रममा पनि स्थानीयहरूले कालो झन्डा देखाएर विरोध गरेका थिए । उनीहरूले प्राकृतिक सौन्दर्य बिगार्नुका साथै धार्मिक क्रियाकलापमा प्रभाव पर्ने भन्दै प्रदर्शनसमेत गरेका थिए ।/nसुक्खा बन्दरगाह निरीक्षणमा आएका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले पनि ठेकेदारले थप दुई महिना समयअवधि मागेको बताए । ‘प्राविधिकहरूले निरन्तर रुपमा हेरिरहनुभएको छ । यसलाई समयमै सकाएर कार्यान्वयनमा ल्याउनुपर्नेछ । न्यूनतम समय तर काम गर्न पुग्ने गरी केही महिना थप्नुपर्ने देखिन्छ,’ उनले भने ।/n/nबन्दरगाहका लागि दुई कम्पनी सान्सी–आशिष जेभी र लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का सम्झौता गरेका छन् । अबको दुई महिनामा सबै निर्माण सम्पन्न गर्ने ठेकेदारका प्रतिनिधि शेरबहादुर केसीको दाबी छ । ‘एक दिन ढिलाइ गर्दा १२/१५ लाख खर्च हुन्छ । यहाँसम्म आएर काम रोक्नु, होल्ड गर्नु भनेको प्रोजेक्टलाई नोक्सान हो । त्यही भएर सकेसम्म चाँडै सक्ने प्रयत्नमा छौं,’ उनले भने । बन्दरगाह निर्माणमा दिनहुँ १७० देखि २०० कामदार खटिएका छन् । | 2021 | https://ekantipur.com/business/2021/04/20/161888201919494673.html | business |
1,659,069 | 1,673,508 | politics | एमाले किचलो समाधानका लागि मध्यमार्गी प्रस्ताव, ४ महिना लामो विवादको लाग्ला त टुंगो? |
काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि मध्यमार्गी सहमतिको प्रयास थालिएको छ। प्रतिनिधि सभा विघटन र त्यसविरुद्धको हस्ताक्षर दुवै फिर्ता लिनुपर्ने अडानबाट मध्यमार्गी सहमतिको लागि वार्ता थालिएको हो। अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र विघटनविरुद्ध सर्वोच्च अदालतमा गरिएको एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालले विघटनको निर्णय फिर्ता लिनुपर्ने माग राखेका थिए।
दुबै समूहका अडानलाई राजनीतिक निर्णय मान्दै बिचबाट सहमति जुटाउने पहल भएको हो।
एमालको सोमवारको कार्यदलको बैठकमा औपचारिक रुपमा सहमतिको खाका नबने पनि यसअघि अनौपचारिक रुपमा भएको सहमतिको मस्यौदाका बारेमा छलफल भयको थियो। नेपाल-खनाल समूहबाट कार्यदलका संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावलले अनौपचारिक रुपमा भएका पहलबारे छलफल भएको जानकारी दिए। 'हामी विवादका विषयमा औपचारिक रुपमा प्रवेश त गरेका छैनौ तर यसअघि भएका अनौपचारिक रुपमा सहमतिका लागि भएका प्रयासबारे छलफल गरेका छौ,' उनले भने।
यस्तै, कार्यदलका सदस्य गोकर्ण विष्टले पनि सहमतिका लागि छलफल भएको बताए। उनले विभिन्न प्रस्तावमाथि छलफल भए पनि ठोस निर्णयमा नपुगेको बताए। भने,'हामीले सहमतिका लागि छलफल नगरेका होइनौ। यसअघि अनौपचारिक रुपमा भएका वार्तबारे रिपोर्टीङ गर्ने काम भएको छ।'
विवाद समाधानका लागि एमालेको दुवै समूहका दोस्रो तहका नेताहरुले सहमतिका लागि अनौपचारिक रुपमा मस्यौदा बनाएका थिए। अदालतको फैसलाअघि दुवै विषयलाई राजनीतिक निर्णय मान्दै थाती राख्नुपर्ने र फैसलापछि समान धारणा बनाउनुपर्ने सहितको सहमतिको खाका तयार भएको थियो। तर, नेता नेपालले सहमतिका लागि कार्यदलको माग गरेपछि उक्त सहमति रोकिएको हो।
ओलीले शुक्रवार र शनिवार एमालेको केन्द्रीय कमिटी बैठक गरेर नेपाललाई हस्ताक्षर फिर्ताका लागि सोमावारसम्म अल्टिमेटम दिएका थिए। ओलीको उक्त कदमले सहमतिको वातावरण भाँडिएको थियो। ओली आफैले नेपाल निकट नेता रावललाइ आइतवार बालुवाटार बोलाएर छलफल गरेपछि एमालेको कार्यदल डेढ महिनापछि फेरि सक्रिय भएको छ। जेठ २ गते गठन भएको कार्यदलको बैठक जेठ ७ पछि बस्न नसकेकोमा सोमवार सिंहदरबारमा बसेको थियो।
उक्त बैठकले सहमतिका लागि सकारात्मक वातावरण निर्माण गरेको ओली समूहबाट कार्यदल संयोजक रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। उनले अनौपचारिक रुपमा भएको वार्तालाई कार्यदलले औपचारिकता दिने बताएका छन्। 'अनौपचारिक रुपमा सहमतिका लागि धेरै कामहरु भएक छन्। त्यसैलाई कार्यदलले अघि बढाउँछ। धेरैपछि कार्यदलको औपचारिक बैठक बसेको छ। यसले त अहिलेको विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्छ,' उनले भने
कार्यदलको मंगलवार १ बजे सिंहदरबारमा बस्ने बैठकले विवादको समाधानबारे औपचारिक रुपमा छलफल सुरु गर्ने छ। एमालेको विवाद फागुन २८ गते ओलीले नेपाल समूहका नेतालाई पदमुक्त गरेपछि सुरु भएको थियो। फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि ओलीले नेपाल समूहलाई बाइपास गरेर निर्णय गरेका थिए। ४ महिनाअघि सुरु भएको विवाद प्रतिनिधि सभा दोस्रो पटक विघटन भए पछि परिस्थिति झनै गिजोलिएको थियो।
सम्बन्धित कभरेज
ओली नसच्चिने, नेपाल नहच्किने : अब एमाले एकताको च्याप्टर क्लोज भएकै हो, के हुन्छ अल्टिमेटम नमाने?
ओलीले नेपाललाई दिन खोजेको सन्देश के? बालुवाटारको विश्लेषण, ‘माधव नेपालले नयाँ पार्टी बनाउँछन्’
४ महिनासम्म एमालेमा 'रडाको' मच्चाएर ओली किन फर्कँदै छन् जेठ २ तिर?
पाँच दलीय विपक्षी गठबन्धनको निरन्तरतामाथि प्रश्नैप्रश्न, बढी आशंका माधव नेपालमाथि
प्रधानमन्त्रीको अफर आए पनि माधव नेपालले गठबन्धनलाई धोका नदिने, ५ दलको दाबी : सेटिङ होइन संविधान अनुसार फैसला
एमाले विवादमा पनि अदालत निर्णायकः ओली-नेपाल एक हुने कि अलग, अदालतको फैसलाले लगाउला टुंगो?
माधव झलनाथ समूहका 'सफ्टलाइनर' नेतामाथि धमाधम ओलीको 'मोहनी मन्तर' : सफल भएका ३ केस
संकटमाथि ओलीको 'राज' : विपक्षीलाई तितरबितर पार्ने के छन् त अबका विकल्प?
काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि मध्यमार्गी सहमतिको प्रयास थालिएको छ। प्रतिनिधि सभा विघटन र त्यसविरुद्धको हस्ताक्षर दुवै फिर्ता लिनुपर्ने अडानबाट मध्यमार्गी सहमतिको लागि वार्ता थालिएको हो। अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र विघटनविरुद्ध सर्वोच्च अदालतमा गरिएको एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालले विघटनको निर्णय फिर्ता लिनुपर्ने माग राखेका थिए।
दुबै समूहका अडानलाई राजनीतिक निर्णय मान्दै बिचबाट सहमति जुटाउने पहल भएको हो।
एमालको सोमवारको कार्यदलको बैठकमा औपचारिक रुपमा सहमतिको खाका नबने पनि यसअघि अनौपचारिक रुपमा भएको सहमतिको मस्यौदाका बारेमा छलफल भयको थियो। नेपाल-खनाल समूहबाट कार्यदलका संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावलले अनौपचारिक रुपमा भएका पहलबारे छलफल भएको जानकारी दिए। 'हामी विवादका विषयमा औपचारिक रुपमा प्रवेश त गरेका छैनौ तर यसअघि भएका अनौपचारिक रुपमा सहमतिका लागि भएका प्रयासबारे छलफल गरेका छौ,' उनले भने।
यस्तै, कार्यदलका सदस्य गोकर्ण विष्टले पनि सहमतिका लागि छलफल भएको बताए। उनले विभिन्न प्रस्तावमाथि छलफल भए पनि ठोस निर्णयमा नपुगेको बताए। भने,'हामीले सहमतिका लागि छलफल नगरेका होइनौ। यसअघि अनौपचारिक रुपमा भएका वार्तबारे रिपोर्टीङ गर्ने काम भएको छ।'
विवाद समाधानका लागि एमालेको दुवै समूहका दोस्रो तहका नेताहरुले सहमतिका लागि अनौपचारिक रुपमा मस्यौदा बनाएका थिए। अदालतको फैसलाअघि दुवै विषयलाई राजनीतिक निर्णय मान्दै थाती राख्नुपर्ने र फैसलापछि समान धारणा बनाउनुपर्ने सहितको सहमतिको खाका तयार भएको थियो। तर, नेता नेपालले सहमतिका लागि कार्यदलको माग गरेपछि उक्त सहमति रोकिएको हो।
ओलीले शुक्रवार र शनिवार एमालेको केन्द्रीय कमिटी बैठक गरेर नेपाललाई हस्ताक्षर फिर्ताका लागि सोमावारसम्म अल्टिमेटम दिएका थिए। ओलीको उक्त कदमले सहमतिको वातावरण भाँडिएको थियो। ओली आफैले नेपाल निकट नेता रावललाइ आइतवार बालुवाटार बोलाएर छलफल गरेपछि एमालेको कार्यदल डेढ महिनापछि फेरि सक्रिय भएको छ। जेठ २ गते गठन भएको कार्यदलको बैठक जेठ ७ पछि बस्न नसकेकोमा सोमवार सिंहदरबारमा बसेको थियो।
उक्त बैठकले सहमतिका लागि सकारात्मक वातावरण निर्माण गरेको ओली समूहबाट कार्यदल संयोजक रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। उनले अनौपचारिक रुपमा भएको वार्तालाई कार्यदलले औपचारिकता दिने बताएका छन्। 'अनौपचारिक रुपमा सहमतिका लागि धेरै कामहरु भएक छन्। त्यसैलाई कार्यदलले अघि बढाउँछ। धेरैपछि कार्यदलको औपचारिक बैठक बसेको छ। यसले त अहिलेको विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्छ,' उनले भने
कार्यदलको मंगलवार १ बजे सिंहदरबारमा बस्ने बैठकले विवादको समाधानबारे औपचारिक रुपमा छलफल सुरु गर्ने छ। एमालेको विवाद फागुन २८ गते ओलीले नेपाल समूहका नेतालाई पदमुक्त गरेपछि सुरु भएको थियो। फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि ओलीले नेपाल समूहलाई बाइपास गरेर निर्णय गरेका थिए। ४ महिनाअघि सुरु भएको विवाद प्रतिनिधि सभा दोस्रो पटक विघटन भए पछि परिस्थिति झनै गिजोलिएको थियो।
सम्बन्धित कभरेज |
6th July 2021, 10:00 am | २२ असार २०७८ | https://pahilopost.com/content/20210706092004.html | politics |
881,302 | 895,741 | null | तिब्बत सडकमा काम सुस्त | मुगु — गमगढी–नाक्चेनाग्ला सडक निर्माणका लागि सरकारले बर्सेनि ठेक्का आह्वान गरे पनि कम मूल्यमा ठेक्का स्वीकृत गर्दा निर्माणले गति लिन सकेको छैन । यो सडकमा अहिलेसम्म १० करोड खर्च भए पनि १५ किलोमिटर मात्र ट्रयाक खुलेको छ । /n /n०६७ देखि निर्माण सुरु भएको थियो । अझै ७० किलोमिटर बाँकी छ । ट्रयाक खुलेको सडकमा पनि सवारी गुड्न सक्ने अवस्था छैन । सडक डिभिजन कार्यालय जुम्लाले चालु आवमा करिब ९ करोडको ठेक्का खोल्यो । सत्यसाई निर्माण सेवाका नाममा ३ करोडको ठेक्का स्वीकृत भई अहिले काम भइरहेको छ ।/nगमघाट खोला, सालिम खोला र लुम्स खोलामा पुल आवश्यक छ । त्यसमा काम भने थालिएको छैन । केही ठेकेदारले ठेक्का स्वीकृत गराए पनि समयमा काम नगर्दा बजेट फ्रिज जाने गरेको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनामध्येको यो सडकको काम सुस्त गतिमा भइरहेकाले निर्माण कार्य सम्पन्न हुनै दुई दशक लाग्ने अनुमान स्थानीयको छ । मुलुकका उत्तरी तिब्बत जोड्ने सात नाकामध्ये नाक्चेनाग्ला सबैभन्दा छोटो र सहज मानिन्छ ।/nकुल ८५ मध्ये ५४ किलोमिटरको डीपीआर नै भएको छैन । ‘सडक निर्माणको गति हेर्दा निराशा छाएको छ,’ मुगु लुम्स गाउँका रामसिंह ऐडीले भने, ‘छिटो निर्माण भइदिए तिब्बतसँग व्यापारिक मित्रता गाँसिन्थ्यो ।’ गमगढीको जिरो किलोमिटरदेखि ३१ किलोमिटरसम्मको मात्र डीपीआर पूरा भएको हो । डीपीआर नभएसम्म खन्न नपाइने नियमले गर्दा थप बाधा हुने भएको छ । तिब्बत सडकलाई तीव्रता दिन सरकारबाट गमगढी नाक्चेनाग्ला सडक आयोजना स्थापनाका लागि अनुमति दिए पनि बजेट नहुँदा कार्यालय स्थापना भएको छैन । /nकार्यालय व्यवस्थापन र कर्मचारीको तलबका लागि ६५ लाख बजेट अर्थ मन्त्रालयमा माग गरेपनि स्वीकृति नहुँदा समस्या परेको आयोजना प्रमुख अंगलाल रोकायाले बताए । आयोजना स्थापना भएपछि दुई जना इन्जिनियर, दुई सबइन्जिनियर, लेखापाल, कम्प्युटर अपरेटरसहित १२ जना कर्मचारी रहनेछन् । | 2017 | https://ekantipur.com/national/2017/04/03/20170403080727.html | national |
1,184,242 | 1,198,681 | विचार | प्रचण्डको ४० वर्षको सक्रिय जीवन, अबको बाटो के ? |
गोकर्ण भट्ट
माओका रेड बुकका पानाहरु पल्टाउँदै गर्दा प्रचण्डको मनमा एउटा हुटहुटी जाग्थ्यो– नेपालमा पनि यस्तै गर्न पाए । दुःखी, निमुखा गरीब जनताको पक्षमा क्रान्ति गर्न पाए ।
यही हुटहुटीले चौथो महाधिवेशनमा प्रचण्डको तिख्खर आवाजमा प्रस्तुत हुन पुगे । उनीभन्दा राजनीतिकरुपमा निकै सिनियर मोहनबिक्रमदेखि निर्मल लामाहरुका अगाडि ३५ वर्ष पनि नकटेको युवाले क्रान्तिका कुरा गर्दा नेतृत्वलाई अपाच्य हुनु स्वभाविकै थियो । निर्मल लामाहरु उदारवादी क्रान्तिकारी व्यवहार देखाउँथे । पञ्चायती चुनाव पनि उपयोग गर्नुपर्ने अडानसहित । यता प्रचण्डहरु रेडबुकबाट प्रभावित थिए । क्रान्तिकारी साहित्यका पात्रहरुमा कता कता आफूलाई उभ्याउँथे ।
चौथो महाधिवेशन फुट्यो । मोहनबिक्रम र प्रचण्ड बैद्यहरु एउटा पार्टीमा लागे । तर त्यो पनि बढी टिकेन । शास्त्रीयतावादी मोहनबिक्रमसँग प्रचण्डहरु सहमत हुन सकेनन् । अध्ययनका दृष्टिले र अनुभवका आधारमा मोहनबिक्रमहरु अगाडि थिए, भावना र जोशका हिसाबले प्रचण्डहरु । युवा वयको जोश, केही गर्ने हुटहुटी । हुँदाहुँदै २०४२ तिर उनीहरु मोहनबिक्रमका किताबी क्रान्तिको प्रयोगशालाबाट अलग भए र मोटो मशाल अन्तर्गत नयाँ जनवादी क्रान्तिको रुपरेखा कोर्न शुरु गरे ।
युद्ध नयाँ अनुभव थियो प्रचण्डका लागि । रेडबुकदेखि सैन्य रचनासम्मका कुराहरुलाई नेपालको बस्तुगत धरातलका आधारमा सञ्चालन गर्नुपर्ने । तीनतिरबाट भारतसँग घेरिएको, अन्तर्राष्ट्रिय अवस्था प्रतिकूल भएको, आन्तरिकरुपमा सत्तापक्षीय राजा, एमाले र कांग्रेसहरुबीच त्यतिसारो अन्तरविरोध नचुलिएको अवस्था, सानो आकारको संगठन ।
यो क्रम २०५२ सम्म चल्यो । त्यो बीचमा अहिले प्रचण्डसँगै रहेका नारायणकाजीहरु अलग भए । उनीहरुले पनि क्रान्तिमा होमिने साहस राखेनन् । पुस्तकमा, लेख रचनामा उनीहरुले क्रान्तिका शब्द निकै खर्चिए । तर व्यवहारमा क्रान्तिको जोखिमपूर्ण बाटो उनीहरुले पनि पहिल्याउने आँट गरेनन् । वैद्य थिए, प्रचण्ड थिए, बाबुराम थिए मोहनबिक्रमलाई छोडेर आएका । एउटा सानो समूह । बाबुरामले आफूलाई चे ठान्थे ।
यो सानो समूह एकता केन्द्रबाट अलग भएर २०५२ फागुन १ गते युद्धमा होमियो । त्यो निर्णय एउटा भावना र केही नगरी हुन्न भन्ने आँटका साथ शुरु भएको थियो । यसको मुख्य नेतृत्व थिए प्रचण्ड । मुख्य आँट उनकै थियो । उमेरका हिसाबले मुश्किलले ४० कटेका थिए त्यतिबेला प्रचण्ड । ४० वर्षमा एउटा भीषण युद्दको नेतृत्व गर्ने आँट गरेका थिए प्रचण्डले । यो चानचुने कुरा थिएन । ठीक अहिले उत्तर कोरियाका ३५ नकटेका राष्ट्रपतिले अमेरिकालाई थर्काएजस्तै । प्रचण्डको नेतृत्वको युद्धले समते नेपाल मात्रै होइन अमेरिकाको सिआइएदेखि भारतको रसम्मलाई थर्कमान बनाएको थियो ।
एमालेको भूमिका ढुलमुले थियो । उसको आफ्नो एजेण्डा केही थिएन । राजतन्त्र फाल्ने कुरामा समेत एमाले अग्रगामी थिएन । बरु राजतन्त्र स्वीकार्दै आएको कांग्रेसले समेत प्रचण्ड नेतृत्वले अगाडि सारेको नारालाई स्वीकार गरेर राजतन्त्र हटाउने निर्णय गरिसकेको थियो ।
युद्ध नयाँ अनुभव थियो प्रचण्डका लागि । रेडबुकदेखि सैन्य रचनासम्मका कुराहरुलाई नेपालको बस्तुगत धरातलका आधारमा सञ्चालन गर्नुपर्ने । तीनतिरबाट भारतसँग घेरिएको, अन्तर्राष्ट्रिय अवस्था प्रतिकूल भएको, आन्तरिकरुपमा सत्तापक्षीय राजा, एमाले र कांग्रेसहरुबीच त्यतिसारो अन्तरविरोध नचुलिएको अवस्था, सानो आकारको संगठन । कैयन् चुनौती थिए । तर प्रचण्डको नेतृत्व, आँट र साहसले शान्तिप्रक्रियासम्म आइपुग्दा माओवादी एउटा प्रमुख र प्रभावकारी शक्तिका रुपमा उदय भयो । प्रचण्डको नेतृत्व देशका लागि अपरिहार्य हुने अवस्था भयो ।
त्यतिबेला गिरिजाप्रसाद कोइराला राजनीतिक मियोका रुपमा स्थापित थियो । एमालेको भूमिका ढुलमुले थियो । उसको आफ्नो एजेण्डा केही थिएन । राजतन्त्र फाल्ने कुरामा समेत एमाले अग्रगामी थिएन । बरु राजतन्त्र स्वीकार्दै आएको कांग्रेसले समेत प्रचण्ड नेतृत्वले अगाडि सारेको नारालाई स्वीकार गरेर राजतन्त्र हटाउने निर्णय गरिसकेको थियो । अन्ततः २०५२ सालको युद्धको एउटा पहिलो उपलब्धिका रुपमा राजतन्त्र समाप्त भयो । युद्धकालमा कैयन गल्ती भए, एउटा ठूलो मानवीय क्षति भयो । प्रचण्डहरुले त्यसलाई निरन्तरता दिन सकेनन् । युद्ध सम्झौतामा रुपान्तरित भयो । क्रान्तिकारी माक्र्सवादी दृष्टिले यो ठीक थिएन । तर, बस्तुगत परिस्थितिका आधारमा हेर्दा यो एउटा उत्तम विकल्प थियो त्यतिखेर । र, यसले कम्तीमा नेपाली जनताको प्रधान अन्तरविरोध रहेको सामन्तवादको केन्द्रलाई जरैदेखि उखेल्न सफल भयो । यदि प्रचण्ड नेतृत्वमा युद्ध हुँदैनथ्यो भने नेपालमा राजतन्त्र यति चाँडै ढल्ने कल्पना पनि गर्न सकिने थिएन ।
प्रचण्ड प्राथमिक भूमिकामा थिए । ३३ दलको आन्दोलन छोडेर १६ बुँदे सहमतिसँगै उनले संविधान जारी गर्न एउटा अहम् भूमिका निर्वाह गरे । यो प्रचण्डको राजनीतिक जीवनको एउटा मुख्य सफलता थियो ।
त्यसपछिका दिनमा संसदीय राजनीति शुरु भयो । संसदीय राजनीतिको अनुभव नभएका प्रचण्डहरु । पहिलोपटक सरकारमा जाँदा संसदीय राजनीतिका दाऊपेच प्रयोग गर्न सकेनन् उनले । यसको परिणाम दोश्रो संविधान सभाको चुनावमा देखियो । प्रचण्डहरु तेश्रो स्थानमा झरे पहिलोबाट । तर राजनीतिकरुपमा यो संख्याले खासै अर्थ राखेन । पहिलो संविधान सभाले संविधान जन्माउन सकेको थिएन । प्रचण्डका अगाडि आफ्ना एजेण्डालाई संस्थागत गर्ने, धर्म निरपेक्षता, समावेशी समानुपातिक राज्य संरचना निर्माण गर्ने, सिंहदरबारको शक्ति गाउँमा विकेन्द्रीत गर्ने र द्वन्द्वकाललाई एउटा निक्र्यौलमा पुर्याउन संविधानको निर्माण र कार्यान्वयन अनिवार्य शर्त थियो । आफू तेश्रो स्थानमा भएपनि उनको भूमिका त्यसपछि पहिलो स्थानको पार्टी नेतृत्वको जस्तै भयो ।
गिरिजाप्रसाद कोइरालाको अवसानपछि प्रचण्डले त्यही राजनीतिक मियोको भूमिका खेले । एमालेको भूमिका त्यो रहेन न त हुनसक्थ्यो नै । नेपाली कांग्रेसभित्र सुशिल कोइरालाले सहयोगी भूमिका निर्वाह गरे । प्रचण्ड प्राथमिक भूमिकामा थिए । ३३ दलको आन्दोलन छोडेर १६ बुँदे सहमतिसँगै उनले संविधान जारी गर्न एउटा अहम् भूमिका निर्वाह गरे । यो प्रचण्डको राजनीतिक जीवनको एउटा मुख्य सफलता थियो ।
संविधान निर्माणदेखि अहिलेसम्म आउँदा प्रचण्डका थुप्रै बिरोधी भए, थुप्रै समर्थक जोडिए । आफ्नै टाढा भए, टाढा भएकाहरुनजिक भए । राजनीतिकरुपमा यति धेरै उतारचढाव सम्भवतः नेपाली राजनीतिको कुनै पनि नेताले भोग्नु परेन होला । यति जटिलता, यति आलोचना, यति समर्थन, यति चर्चा, यति सक्रियता । ४० वर्ष निरन्तर सक्रियता सामान्य हुन सक्दैन कसैको जीवनमा ।
यो निरन्तर सक्रियताको परिणामस्वरुप नै अहिले पहिलोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचन सम्पन्न हुन त्यति सजिलो थिएन । सत्ता सम्हालेदेखि नै प्रचण्डको बिरोधमा निरन्तर एउटा अभियान सञ्चालन भएको थियो । उनले गरेका हरेक कामहरु आलोचित थिए । उनले जति राम्रा काम गर्न खोजेपनि त्यसलाई बदनाम गर्ने, अपब्याख्या गर्ने कामहरु भएका थिए । तर तथ्य र तर्कका अगाडि यी आलोचनाहरु मत्थर हुँदै गए । एमालेहरुले एक हप्ताअघिसम्म पनि चुनाव गर्न नसक्ने भनेर सरकारलाई गाली गरिरहेका थिए । तर चुनाव अन्ततः भयो । शान्तिपूर्णरुपमा भयो । सबैले स्वीकार गरेर भयो । कुनै हिंसा भएन । ७३ प्रतिशत जनताले मतदान गरे ।यो एउटा ऐतिहासिक निर्वाचन थियो ।
यो अर्थमा प्रचण्डको राजनीतिक जीवन सफल देखिएको छ । निर्वाचनको परिणामले प्रचण्डको कदलाई प्रभावित गर्न सक्दैन । भनिहाले, उनी पहिलो हुन या चौथो, नेपालको राजनीति पछिल्लो २० वर्षमा प्रचण्डको वरिपरि घुमेको छ । उनले हुर्काएको माओवादी स्कूलिङको वरिपरि घुमेको छ । उनका एजेण्डाहरुको वरिपरि घुमेको छ । बीचमा केही मोडहरुमा प्रचण्डले गल्ती गरे, आफ्नैहरुले धोका दिए । चिरा चिरामा पुग्यो उनको यो माओवादी स्कूल । तर पनि विचलित नभइकन उनले नेतृत्वदायी भूमिका निर्वाह गरे, देशको एउटा जिम्मेवार नेतृत्वका रुपमा । एकातिर मधेसी मोर्चाको आन्दोलन, अर्कोतर्फ प्रमुख प्रतिपक्षीको निरन्तरको आलोचना र असन्तुष्टि । अर्कोतिर नेपाली जनतामा आम जनजीविकाका अपेक्षाहरु । पार्टी निर्माण हुन नसकेको अवस्था । यी सबै चुनौती झेल्दै उनले एउटा सम्मानजनक अवस्थामा पार्टीलाई उभ्याए । जनताका बीचमा केही ऐतिहासिकरुपमा नै गणना गर्न मिल्ने कामहरु अघि बढाए ।निर्वाचनको माहौल तयार गरे । संविधानको सर्वस्वीकार्यताको जग बसाले । चीन र भारत दुबैसँग समदूरीमा सम्बन्धको नयाँ मियो बनाउन सफल भए । सरकार सञ्चालन गर्दा कतिपय कोणबाट आम दुखी गरिबका लागि विशेष र उल्लेख गर्न नसकिएपनि यसले उनीहरुका पक्षमा, लोककल्याणकारी राज्यका पक्षमा आधार खडा गर्ने काम भने उनले गर्न सफल भए ।
नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ माओवादी क्रान्तिले पूर्णता हासिल गर्न नसकेपछि क्रान्तिकारी एजेण्डाहरुलाई स्थापित गर्न सफल भएको छ । नेतृत्व पुरै समर्पणवादी भएको छैन ।
प्रचण्डले केही अन्तर्वार्तामा भनेका छन्– माओवादी स्कूलिङ नै नेपालको राजनीतिक परिवर्तनको मुख्य संवाहक हो । हरेक कालखण्डमा यसले नै नेपाली राजनीतिको गतिलाई धक्का दिने गरेको छ । अहिले निर्वाचनको परिणामको मुखमा आइपुग्दा प्रचण्डको यो भनाई सफल देखिएको छ । समाजको पीँधमा रहेकाहरुका मुद्दा सतहमा देखिएका छन् । वर्षौंदेखिको जड नेपाली सामन्तवादी समाजमा उथलपुथल मच्चिएको छ र यसले निकास खोजिरहेको छ । यो निकास अब भने सामाजिक समतासहितको आर्थिक समृद्धिमा लुकेको छ ।
सैद्धान्तिकरुपमा हेर्दा एकअर्थमा माओवादी जनयुद्द सम्झौतामा टुंगिएर असफल भएको हो । तर विश्वका अन्य असफल क्रान्तिपछि क्रान्तिकारी कि पुरै सिद्दिएका छन्, कि पुरै रुपान्तरित भएका छन् । नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ माओवादी क्रान्तिले पूर्णता हासिल गर्न नसकेपछि क्रान्तिकारी एजेण्डाहरुलाई स्थापित गर्न सफल भएको छ । नेतृत्व पुरै समर्पणवादी भएको छैन । जनताको आन्दोलनमा पुरै धोका भएको छैन । कम्तीमा राजतन्त्र ढल्नु र संविधानमार्फत सामान्तवादलाई टिकाइराख्ने एकात्मक, धर्मसापेक्ष राज्यको अन्त्य हुनु यो क्रान्तिको उपलब्धि हो । यस्तो विश्वका अन्य देशमा देख्न पाइन्न । यो अर्थमा पनि प्रचण्डको नेतृत्वलाई जस दिनुपर्ने कतिपयले बताउने गरेका छन् ।
अहिले निर्वाचनको परिणाममा प्रचण्ड नेतृत्वको पार्टीले दोश्रो संविधानसभा भन्दा राम्रो मत प्राप्त गरेको छ । कतिपय अवस्थामा उनको पार्टीको पक्षमा लहर चल्न सकेन । यसका पछाडि कैयन् आन्तरिक र बाह्य कारणहरु होलान् । तर पनि निर्वाचन सफल हुनु, देशमा संविधान कार्यान्वयन हुनु, आर्थिक समृद्धिको आधार तयार हुनु, आर्थिक बृद्धि र सुसासनको अनुभूति हुनु नै प्रचण्ड नेतृत्वको सफलता हो । उनको ४० वर्षीय राजनीतिको सफलता हो ।
घुमाउरो बाटो भएपनि अबको बाँकी १० वर्ष प्रचण्डले फेरी २०५२ का पुरा हुन नसकेको एजेण्डाहरुतर्फ फर्किन सके, आम गरीब निमुखा जनताका पक्षमा राज्यसत्तालाई उपयोग गर्न लोककल्याणकारी राज्यको जग बसाल्न सके, सर्वाहारा अधिनायकत्व सम्भव नभएपनि लोककल्याणकारी समाजवादी राज्य निर्माणका लागि योगदान दिन सके उनी पूर्णरुपमा सफल राजनीतिज्ञ हुनेछन् ।
अनलाइनखबरमा प्रकाशित यो लेख सामान्य सम्पादनसहित यहाँ प्रकाशित गरिएको छ । | २०७४, ३ जेष्ठ बुधबार | https://everestdainik.com/2017/05/92351/ | thought |
2,141,563 | 2,157,567 | null |
च्याङ्ग्रा खसी नआएपछि तरकारी र फलफूलको बलि दिएर मनाइयो दशैँ
|
हुम्ला । च्याङ्ग्रा खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो ।
विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन् ।
उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त खसीको मूल्य भने निकै महङ्गो भएकाले स्थानीय बासिन्दाले किन्न सकेनन् । उनीहरुले आफ्नै खेतबारीमा रोपेका अन्न बालिनालीको बलि दिएर दशैँ मनाइएको सिमकोट गाउँपालिका–७ निवासी जोखे सुनारले बताए ।
स्वास्थ्य सेवा आजदेखि सञ्चालनमा
हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाढ गाउँपालिका–५ गोठी गाउँकी २१ वर्षीया किशोरी शाहीलाई कोरोना संक्रमण देखिएको थियो । त्यसलगतै विद्युत कार्यालयका तीन जना, सशस्त्रका दुई जना, ताँजाकोट गाउँपालिकाका एक शिक्षक र स्वास्थ्य सेवा कार्यालय सिमकोटकी एक अनमी गरी जम्मा ८ जनालाई कोरोना सङ्क्रमण देखिएपछि विद्युत कार्यालय र स्वास्थ्य सेवा कार्यालयमा घेरा बन्दी गरिएको थियो । यही कात्तिक ३ गतेदेखि १२ गतेसम्म बन्द रहेको स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा आएको स्वास्थ्य सेवाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । रासस | २०७७,कार्तिक,१३,बिहीवार १४:०५ | https://www.lokpath.com/story/318078 | misc |
2,462,978 | 2,478,982 | bank | अन्तर बैंक एटीएम कारोबारको शुल्क तोकियो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारको शुल्क तोकेको छ । राष्ट्र बैंकले एउटा बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरेर हुने भुक्तानीका प्रति कारोबार बढीमा २० रुपैंयाँसम्म लिन पाउने गरी अधिकतम शुल्क निर्धारण गरेको हो ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देश जारी गर्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । यद्यपि एक महिनामा बढीमा २ पटकसम्म रकम भुक्तानीका लागि भने कुनै शुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता सेवाको शुल्क पूर्व जानकरी गरेर लिन सकिने उल्लेख गरिएको छ । त्यस्तै, हराएको युजरनेम वा पासवर्ड रिट्राइभ सेवामार्फत् प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले यसअघि महामारीको अवधिमा एटीएम शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । तर, यो नीतिप्रति बैंकरहरुले तीव्र विरोध जनाएका थिए । शुल्क लिन नपाउने भएपछि कतिपय बैंकहरुले अन्तरबैंक भुक्तानी बन्द गर्नेदेखि बिग्रिएका एटीएम मेसिन नै नबनाउन थालेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् एटीएम शुल्क व्यवस्थित गर्ने जनाएको थियो । सोही समीक्षा अनुसार राष्ट्र बैंकले यस्तो निर्देशिका जारी गरेको हो ।
| पुस २३, २०७७ | https://ratopati.com/story/162425/2021/1/7/ATM | economy |
754,248 | 768,603 | विश्व/प्रवास | अमेरिकासँग हात मिलाउनुको कुनै अर्थ नरहेको उत्तर कोरियाको भनाइ |
सिंगापुरमा गरिएको शान्तिवार्ताको दुई वर्ष बितिसक्दा पनि अमेरिकाका तर्फबाट प्योङयाङले ठोस छुट नपाएकाले डोनल्ड ट्रम्पलाई निःशुल्क कूटनीतिक विजय नदिने उत्तर कोरियाका परराष्ट्रमन्त्रीले बताएका छन् ।
दुई वर्षअघि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दुई देशको सम्बन्ध सुधारको अपेक्षा गर्दै वार्ता गरेका थिए । तर त्यसमा कुनै प्रगति हुन नसकेपछि हात मिलाउनुको कुनै अर्थ नरहेको उत्तरका परराष्ट्रमन्त्री री सोन–ग्वोनको कथन छ ।
सन् २०१८ को सिंगापुर शिखर सम्मेलन विषादको भुमरीमा परेको र कोरियाली प्रायद्वीपको शान्ति र समृद्धिका लागि आशाको मसिनो किरण पनि घना दुःस्वप्नमा बिलाएको रीले एक बयान जारी गर्दै बताए ।
प्योङयाङले एक आणविक परीक्षण भट्टी बन्द गरेर, कोरियाली युद्धका बेलामा मारिएका अमेरिकी सैनिकको भौतिक अवशेष फिर्ता गरेर, अमेरिकाका कसूरदार अपराधीलाई मुक्त गरेर अनि सबै आणविक र क्षेप्यास्त्र परीक्षण स्थलहरू बन्द गरेर सहयोग गरेको उनको भनाइ छ । ट्रम्प प्रशासनले यी सबैलाई कूटनीतिक विजय भनेको तर उत्तर कोरियालाई यसको साटो केही पनि नदिएको उनले बताए ।
उल्टो वाशिङटनले प्योङयाङलाई आणविक हतियारले तर्साएको अनि दक्षिण कोरियाको सेनालाई आक्रामक हतियार उपलब्ध गराएको उनको भनाइ छ ।
उत्तर कोरियाका लागि अमेरिकाले कुनै काम नगरेकाले सिंगापुरमा हात मिलाएको सद्भाव कायम राख्नु जरूरी नरहेको उनले बताए ।
रीले प्योङयाङको नीतिमा आउने ठोस परिवर्तनका विषयमा केही पनि खुलाएनन् तर कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरणको साटो अमेरिकाबाट हुने दीर्घकालीन सैन्य जोखिमको सामना गर्न थप विश्वसनीय सैन्यबल विकसित गर्ने बताए । | जेठ ३०, २०७७ | https://lokaantar.com/story/110327/2021/12/22/sports/cricket- | prabash |
2,005,528 | 2,021,532 | world | भारतका प्रधानन्यायाधीशले पाए सफाइ |
काठमाडौं । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले यौन दुव्र्यवहारको आरोपमा सफाइ पाएका छन् ।
न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले प्रधानन्यायाधीशमाथि लागेको आरोपमा कुनै सत्यता नभएको ठहर गरेको हो ।
प्रधानन्यायाधीश रञ्जनमाथि सर्वोच्च अदालतकै एक पूर्वकर्मचारीले गत अप्रिल १९ मा यौन दुव्र्यवहारको गरेको आरोप लगाएकी थिइन् ।
प्रधानन्यायाधीशमाथि नै गम्भीर आरोप लागेपछि सर्वोच्च अदालतको पूर्णइजलासले वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति बनाएको थियो । समितिले प्रधानन्यायाधीश र पीडित भनिएका महिलासँग बयान लिएको थियो ।(एजेन्सी) | २३ बैशाख २०७६, सोमबार १९:४७ | https://www.imagekhabar.com/news/15267/ | global |
2,732,236 | 2,748,240 | फिचर | गोरखाका स्थानीय तहमा विकासका काममा देखिएन उपलब्धि |
गोरखा : गोरखाका अघिकांश स्थानीय तहले कार्यक्रम बनाएर बजेट खर्च गर्नै सकेका छैनन्। नौ गाउँपालिका र दुई नगरपालिका रहेको गोरखामा कार्यक्रम बनाउन र बजेट खर्च गर्न नगरपालिकाभन्दा गाउँपालिकाहरू बढी अल्मलिएका पाइएको छ।
गोरखा : गोरखाका अघिकांश स्थानीय तहले कार्यक्रम बनाएर बजेट खर्च गर्नै सकेका छैनन्। नौ गाउँपालिका र दुई नगरपालिका रहेको गोरखामा कार्यक्रम बनाउन र बजेट खर्च गर्न नगरपालिकाभन्दा गाउँपालिकाहरू बढी अल्मलिएका पाइएको छ।
जिल्लाका गाउँपालिकाहरूले केही प्रतिशत रकम खर्च गरे पनि सबै गाउँपालिकाले गरेको विकासको प्रगतिको हिसाबले पाँच प्रतिशत पनि कटाउन सकेका देखिँदैन। सबै गाउँपालिकाहरू कर्मचारी थोरै भएको भनेर पन्छिँदै आएका छन्।जिल्लाको अजिरकोट गाउँपालिकाको कुल बजेट २१ करोड रुपैयाँमध्येबाट प्रशासनिक खर्चबाहेक विकास निर्माणका लागि एक रुपैयाँ पनि खर्च गर्न नसकेको कार्यकारी अधिकृत भरत कँडेल बताउँछन्। ‘विकास बजेटमा अहिलेसम्म एउटा पनि चेक काटेको छैन’, उनले भने, ‘कार्यक्रमहरू त छन् तर हामीलाई आवश्यक कर्मचारी, प्राविधिकहरू नपठाएका कारण हामीले विकास निर्माणको रकम पनि खर्च गर्नै पाएनौँ। यहाँ वडा सचिवहरू पनि छैनन्।’ गाउँपालिकाका प्रमुख तथा कर्मचारीहरू कर्मचारीहरू थोरै भए भनेर पन्छिएका छन्। जिल्लाको सिरान्चोक गाउँपालिकाको पनि विकास बजेट खर्च पनि शून्य नै रहेको छ। सिरान्चोक गाउँपालिकाको ३० करोड रुपैयाँभन्दा धेरै रकम विकास बजेट खर्चै हुनसकेको छैन। ‘अहिलेसम्म विकासको बजेट खर्च प्रतिशत शून्य नै छ’, गाउँपालिकाका प्रमुख राजु गुरुङले भने, ‘बल्ल उपभोक्ता समिति गठन र टेण्डर आह्वान गर्ने काम सुरु हुन थालेको छ। अहिलेसम्म कर्मचारीहरू नभएकै कारणले काम अघि बढाउन सकिएन।’ उता, हिमालपारिको गाउँपालिका चुमनुब्रीमा पनि विकास बजेट नै खर्च भएको छैन। १६ करोड रुपैयाँ बजेट रहेको चुमनुब्री गाउँपालिकामा विकास बजेटका लागि अहिलेसम्म रकम भुक्तानीको काम नभएको गाउँ कार्यपालिकाका सदस्य वीरबहादुर गुरुङ बताउँछन्। चुमनुब्री गाउँपालिका जिल्लामै सडक सञ्जाल नजोडिएको गाउँपालिका हो। अन्य गाउँपालिकाहरूले केही योजना सम्झौता गरेर सडक खन्ने काम गरे पनि काम पूरा गर्न पनि सकेका छैनन् र भुक्तानी पनि गरेका छैनन्। त्यस्तै, गण्डकी गाउँपालिकाले जम्मा पाँच प्रतिशत बजेट विकास निर्माणमा खर्च गर्न सफल भएको छ। ‘हाम्रो प्रगति ज्यादै न्यून छ’, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले भने, ‘२८ करोडभन्दा धेरै सशर्त र निःशर्त गरेर गाउँपालिकामा बजेट छ तर काम हुनै सकेन। जिल्ला समन्वय समितिले प्राविधिक कर्मचारी नखटाएकाले काम अघि बढ्नै सकेन।’बल्ल उपभोक्ता समिति गठन भएर केही सम्झौता पनि सुरु हुन थालेको र आयोजनाहरूको स्टिमेट पनि बल्ल थालनी भएको उनको भनाइ छ। बारपाक सुलिकोट गाउँपालिकाको जम्मा बजेट भने ३० करोड रुपैयाँ हो। त्यहाँ विकास बजेट भुक्तानी नै भएको भने पाँच लाख रुपैयाँ मात्रै छ। ‘अहिलेसम्म वितिसकेको समय र कार्य प्रगति त मेल नै खाँदैन’, किन खर्च हुन सकेन भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत शैलेश ढुंगानाले भने, ‘बजेटमा अन्योल भयो। हाम्रो गाउँपालिकाको केन्द्र विवादले पनि समस्या पार्यो।’ धार्चे गाउँपालिकाले भने १५ प्रतिशत विकास बजेट खर्च गरिसकेको जनाएको छ। गाउँपालिकाका लेखा अधिकृत गणेश रानाले भने, ‘उपभोक्ता समितिबाट हुने काम भइरहेको छ। तर यहाँबाट हामीले भुक्तानी दिने काम भएको छैन।’ धार्चेको कुल बजेट २० करोड रुपैयाँभन्दा धेरै छ। जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहबीचको कार्ययोजनाको विषयमा आवश्यक ज्ञानहरू नहुँदा पनि जिल्लाका गाउँपालिकाहरूले कार्य प्रगति उल्लेख्य हिसाबले गर्न सकेका छैनन्। आर्थिक वर्षको आधाआधी समय वितिसक्दासमेत गाउँपालिकाहरूले बजेट खर्च गर्नै नसकेका हुन्।त्यस्तै, शहिद लखन गाउँपालिकाले भने अहिलेसम्म २० प्रतिशत विकास निर्माणको काममा बजेट खर्च गरेको जनाएको छ। ‘हाम्रो बजेट ३० करोड ६४ लाख हो’, प्रशासकीय अधिकृत जीवन आले मगरले भने, ‘कामको हिसाबले हामी २० प्रतिशतमा मात्रै छौँ। उपभोक्ता समिति गठन भइरहेको छ। सम्झौता हुने काम भइरहेको छ। पहिलो चौमासिक भएको कारणले पनि हामी खासै प्रगतिमा जान सकेनौँ। दोस्रो चौमासिकमा पुग्दा हामी केही सुधारका साथ अघि बढ्छौँ।’जिल्लामा सबैभन्दा उत्कृष्ठ काम गर्ने गाउँपालिका आरुघाट रहेको देखिन्छ। उसले अहिलेसम्म विकास निर्माणमा ३४ प्रतिशतभन्दा धेरै बजेट खर्च गरिसकेको छ। ‘हामीले विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढेका छौँ’, गाउँपालिका प्रमुख पूर्ण दाहालले भने, ‘हामीले पहिलो चरणका कामहरू कार्यसम्पादन पनि सक्नै लाग्यौँ। केही उपभोक्ता समितिको मात्रै भुक्तानी बाँकी छ। हामीले त दोस्रो चरणको काम पनि सुरु गर्न थालिसक्यौँ। यसमा क्रमागत सडक आयोजनाहरू रहेका छन्। शिक्षासम्बन्धी कार्यविधिहरू पनि बनाइयो।’ भूकम्पपीडितका लागि ऋण दिन कोष बनाएर पुनर्निर्माणलाई अघि बढाउने जिल्लाको एक मात्र गाउँपालिका आरुघाट गाउँपालिका हो। यता, जिल्लाको भीमसेन गाउँपालिकाको २६ करोड रुपैयाँमध्ये कति विकास निर्माणमा कति बजेट खर्च भएको छ भन्नेबारे गाउँपलिका प्रमुखले स्पष्ट पारेनन्। उनले सम्झौताका कामहरू भइरहेको र भुक्तानीका कामहरू विस्तारै भइरहेका मात्रै बताए। कार्यक्रम, योजना बनाउनभन्दा पनि विभिन्न सभा सम्मेलन उद्घाटन गर्न मात्रै हिँड्ने गरेको आरोप पनि गोरखाका जनप्रतिनिधिहरूलाई लाग्ने गरेको छ। गाउँपालिकाहरूको तुलनामा गोरखा नगरपालिकाको कार्य प्रगति सन्तोषजनक छ। नगरपालिकाको कुल बजेट ६० करोड रुपैयाँमध्ये उसले विभिन्न शीर्षकका कामहरू केही गरिरहेको र केही सम्पन्न नै गरिसकेको नगर प्रमुख राजनराज पन्तले बताए। सामाजिक सुरक्षा, निर्माणका कामहरूको र उपभोक्ता समितिहरूसँग भएका कामहरूको भुक्तानीसमेत भइरहेको पन्तको भनाइ छ। ‘हामी लक्ष्यअनुसार नै छौँ’, नगर प्रमुख पन्तले भने, ‘अहिले हाम्रो ५० प्रतिशत हाराहारीको कार्य प्रगति भएको छ। प्रशासनिक खर्च भने नियमित भइरहेको छ।’ उनका अनुसार बाँकी केही आयोजनाहरूको टेण्डर प्रक्रिया र उपभोक्ताहरूसँग योजना सम्झौताको काम पनि अन्तिम चरणमा पुगेको छ। पन्तले आगामी बैशाखभित्र सबै कामहरू सम्पन्न गर्ने लक्ष्यका साथ गोरखा नगरपालिकाले काम गरिरहेको बताए। यता, पालुङटार नगरपालिकाको पनि कार्य प्रगति उत्साहजनक छैन। करिब ४१ करोड रुपैयाँ बजेट रहेको यस नगरपालिकाले विकास निर्माणमा २० प्रतिशत मात्रै बजेट खर्च गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए। बजेट २० प्रतिशत खर्च भए पनि कार्य प्रगति यति नभएको नगरपालिकाले जनाएको छ।
जिल्लाका गाउँपालिकाहरूले केही प्रतिशत रकम खर्च गरे पनि सबै गाउँपालिकाले गरेको विकासको प्रगतिको हिसाबले पाँच प्रतिशत पनि कटाउन सकेका देखिँदैन। सबै गाउँपालिकाहरू कर्मचारी थोरै भएको भनेर पन्छिँदै आएका छन्।
जिल्लाको अजिरकोट गाउँपालिकाको कुल बजेट २१ करोड रुपैयाँमध्येबाट प्रशासनिक खर्चबाहेक विकास निर्माणका लागि एक रुपैयाँ पनि खर्च गर्न नसकेको कार्यकारी अधिकृत भरत कँडेल बताउँछन्। ‘विकास बजेटमा अहिलेसम्म एउटा पनि चेक काटेको छैन’, उनले भने, ‘कार्यक्रमहरू त छन् तर हामीलाई आवश्यक कर्मचारी, प्राविधिकहरू नपठाएका कारण हामीले विकास निर्माणको रकम पनि खर्च गर्नै पाएनौँ। यहाँ वडा सचिवहरू पनि छैनन्।’ गाउँपालिकाका प्रमुख तथा कर्मचारीहरू कर्मचारीहरू थोरै भए भनेर पन्छिएका छन्।
जिल्लाको सिरान्चोक गाउँपालिकाको पनि विकास बजेट खर्च पनि शून्य नै रहेको छ। सिरान्चोक गाउँपालिकाको ३० करोड रुपैयाँभन्दा धेरै रकम विकास बजेट खर्चै हुनसकेको छैन। ‘अहिलेसम्म विकासको बजेट खर्च प्रतिशत शून्य नै छ’, गाउँपालिकाका प्रमुख राजु गुरुङले भने, ‘बल्ल उपभोक्ता समिति गठन र टेण्डर आह्वान गर्ने काम सुरु हुन थालेको छ। अहिलेसम्म कर्मचारीहरू नभएकै कारणले काम अघि बढाउन सकिएन।’
उता, हिमालपारिको गाउँपालिका चुमनुब्रीमा पनि विकास बजेट नै खर्च भएको छैन। १६ करोड रुपैयाँ बजेट रहेको चुमनुब्री गाउँपालिकामा विकास बजेटका लागि अहिलेसम्म रकम भुक्तानीको काम नभएको गाउँ कार्यपालिकाका सदस्य वीरबहादुर गुरुङ बताउँछन्। चुमनुब्री गाउँपालिका जिल्लामै सडक सञ्जाल नजोडिएको गाउँपालिका हो। अन्य गाउँपालिकाहरूले केही योजना सम्झौता गरेर सडक खन्ने काम गरे पनि काम पूरा गर्न पनि सकेका छैनन् र भुक्तानी पनि गरेका छैनन्।
त्यस्तै, गण्डकी गाउँपालिकाले जम्मा पाँच प्रतिशत बजेट विकास निर्माणमा खर्च गर्न सफल भएको छ। ‘हाम्रो प्रगति ज्यादै न्यून छ’, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले भने, ‘२८ करोडभन्दा धेरै सशर्त र निःशर्त गरेर गाउँपालिकामा बजेट छ तर काम हुनै सकेन। जिल्ला समन्वय समितिले प्राविधिक कर्मचारी नखटाएकाले काम अघि बढ्नै सकेन।’
बल्ल उपभोक्ता समिति गठन भएर केही सम्झौता पनि सुरु हुन थालेको र आयोजनाहरूको स्टिमेट पनि बल्ल थालनी भएको उनको भनाइ छ। बारपाक सुलिकोट गाउँपालिकाको जम्मा बजेट भने ३० करोड रुपैयाँ हो। त्यहाँ विकास बजेट भुक्तानी नै भएको भने पाँच लाख रुपैयाँ मात्रै छ। ‘अहिलेसम्म वितिसकेको समय र कार्य प्रगति त मेल नै खाँदैन’, किन खर्च हुन सकेन भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत शैलेश ढुंगानाले भने, ‘बजेटमा अन्योल भयो। हाम्रो गाउँपालिकाको केन्द्र विवादले पनि समस्या पार्यो।’
धार्चे गाउँपालिकाले भने १५ प्रतिशत विकास बजेट खर्च गरिसकेको जनाएको छ। गाउँपालिकाका लेखा अधिकृत गणेश रानाले भने, ‘उपभोक्ता समितिबाट हुने काम भइरहेको छ। तर यहाँबाट हामीले भुक्तानी दिने काम भएको छैन।’ धार्चेको कुल बजेट २० करोड रुपैयाँभन्दा धेरै छ। जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहबीचको कार्ययोजनाको विषयमा आवश्यक ज्ञानहरू नहुँदा पनि जिल्लाका गाउँपालिकाहरूले कार्य प्रगति उल्लेख्य हिसाबले गर्न सकेका छैनन्। आर्थिक वर्षको आधाआधी समय वितिसक्दासमेत गाउँपालिकाहरूले बजेट खर्च गर्नै नसकेका हुन्।
त्यस्तै, शहिद लखन गाउँपालिकाले भने अहिलेसम्म २० प्रतिशत विकास निर्माणको काममा बजेट खर्च गरेको जनाएको छ। ‘हाम्रो बजेट ३० करोड ६४ लाख हो’, प्रशासकीय अधिकृत जीवन आले मगरले भने, ‘कामको हिसाबले हामी २० प्रतिशतमा मात्रै छौँ। उपभोक्ता समिति गठन भइरहेको छ। सम्झौता हुने काम भइरहेको छ। पहिलो चौमासिक भएको कारणले पनि हामी खासै प्रगतिमा जान सकेनौँ। दोस्रो चौमासिकमा पुग्दा हामी केही सुधारका साथ अघि बढ्छौँ।’
जिल्लामा सबैभन्दा उत्कृष्ठ काम गर्ने गाउँपालिका आरुघाट रहेको देखिन्छ। उसले अहिलेसम्म विकास निर्माणमा ३४ प्रतिशतभन्दा धेरै बजेट खर्च गरिसकेको छ। ‘हामीले विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढेका छौँ’, गाउँपालिका प्रमुख पूर्ण दाहालले भने, ‘हामीले पहिलो चरणका कामहरू कार्यसम्पादन पनि सक्नै लाग्यौँ। केही उपभोक्ता समितिको मात्रै भुक्तानी बाँकी छ। हामीले त दोस्रो चरणको काम पनि सुरु गर्न थालिसक्यौँ। यसमा क्रमागत सडक आयोजनाहरू रहेका छन्। शिक्षासम्बन्धी कार्यविधिहरू पनि बनाइयो।’
भूकम्पपीडितका लागि ऋण दिन कोष बनाएर पुनर्निर्माणलाई अघि बढाउने जिल्लाको एक मात्र गाउँपालिका आरुघाट गाउँपालिका हो। यता, जिल्लाको भीमसेन गाउँपालिकाको २६ करोड रुपैयाँमध्ये कति विकास निर्माणमा कति बजेट खर्च भएको छ भन्नेबारे गाउँपलिका प्रमुखले स्पष्ट पारेनन्। उनले सम्झौताका कामहरू भइरहेको र भुक्तानीका कामहरू विस्तारै भइरहेका मात्रै बताए।
कार्यक्रम, योजना बनाउनभन्दा पनि विभिन्न सभा सम्मेलन उद्घाटन गर्न मात्रै हिँड्ने गरेको आरोप पनि गोरखाका जनप्रतिनिधिहरूलाई लाग्ने गरेको छ।
गाउँपालिकाहरूको तुलनामा गोरखा नगरपालिकाको कार्य प्रगति सन्तोषजनक छ। नगरपालिकाको कुल बजेट ६० करोड रुपैयाँमध्ये उसले विभिन्न शीर्षकका कामहरू केही गरिरहेको र केही सम्पन्न नै गरिसकेको नगर प्रमुख राजनराज पन्तले बताए। सामाजिक सुरक्षा, निर्माणका कामहरूको र उपभोक्ता समितिहरूसँग भएका कामहरूको भुक्तानीसमेत भइरहेको पन्तको भनाइ छ। ‘हामी लक्ष्यअनुसार नै छौँ’, नगर प्रमुख पन्तले भने, ‘अहिले हाम्रो ५० प्रतिशत हाराहारीको कार्य प्रगति भएको छ। प्रशासनिक खर्च भने नियमित भइरहेको छ।’ उनका अनुसार बाँकी केही आयोजनाहरूको टेण्डर प्रक्रिया र उपभोक्ताहरूसँग योजना सम्झौताको काम पनि अन्तिम चरणमा पुगेको छ।
पन्तले आगामी बैशाखभित्र सबै कामहरू सम्पन्न गर्ने लक्ष्यका साथ गोरखा नगरपालिकाले काम गरिरहेको बताए। यता, पालुङटार नगरपालिकाको पनि कार्य प्रगति उत्साहजनक छैन। करिब ४१ करोड रुपैयाँ बजेट रहेको यस नगरपालिकाले विकास निर्माणमा २० प्रतिशत मात्रै बजेट खर्च गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए। बजेट २० प्रतिशत खर्च भए पनि कार्य प्रगति यति नभएको नगरपालिकाले जनाएको छ। |
माघ ११, २०७४ बिहिबार
| https://thahakhabar.com/news/30693 | misc |
1,393,795 | 1,408,234 | देश | पोखरामा ‘चाँदी जस्तो मनोरम झरना’ |
९ साउन, पोखरा । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको पोखराको छोरेपाटनस्थित प्राकृतिक पुलमुनि गुफाबाट देखिने चाँदी जस्तै मनोरम झरना यतिखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बनेको छ ।
विश्वको एक मात्र राजमार्गमा रहेको प्राकृतिक पुलको उत्तरपट्टि डेभिजफल र दक्षिणी भागमा गुप्तेश्वर महादेव गुफा अचम्मको संगम भएको कारण यस ठाउँमा पर्यकटको आकर्षक बढेको हो ।
गुप्तेश्वर गुफाबाट लगभग दुई सय मिटरभित्र पसेपछि सिद्धार्थ राजमार्ग छेउमा प्राकृतिक पुलमुनिबाट झण्डै ६० मिटर भन्दा बढी गहिरो मनोरम पातले छागो(डेभिजफल) को स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ ।
मनोरम पातले छाँगो (डेभिजफल) र गुप्तेश्वर महादेव गुफाको भरपूर उपयोग गरी महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गरिए पनि बीच भागमा अवस्थित राजमार्गको प्राकृतिक पुलले भने अहिलेसम्म चर्चा पाउन सकेको छैन ।
पातले छाँगा (डेभिजफल) बाट झरेको पानीको बहावले तल्लो भागको जमिनलाई काटेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको हुन सक्ने भुगोलविद् प्रा डा कृष्ण केसीको बताउँछन् ।
“अन्नपूर्ण र माछापुच्छे्र« हिम श्रृङ्खलाको आसपासमा रहेका हिमतालहरु फुट्दा आएको भीषण वाढीको कारण पोखरा उपत्यकाको उत्पत्ति भएको हो,” उनले भने – “त्यही समयमा नै डेभिजफल, गुफा र उक्त पुलसँगै बनेको हुनुपर्छ ।”
माथिल्लाको भागमा सानो धाँजा फाटेको स्थानबाट मानिसहरु फड्केर वारिपारि गर्ने गरेकाले सो स्थानलाई त्यसै समयदेखि फड्के नामकरण गरिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् ।
सिद्धार्थ राजमार्ग निर्माणका क्रममा सो स्थानलाई ढुङ्गा र माटोले पुरेपछि यातायातको सुविधा पुगेको बताउँदै उनले भने– “सिमेन्टको पुलबाट मात्र हैन प्रकृति निर्मित पुलबाट पनि मानव निर्मित यातायातका साधन निर्वाध गुड्न सक्दछन् भन्ने यो ज्वलन्त उदाहरण हो ।”
गुप्तेश्वर महादेव गुफाबाट भित्र पसेपछि सुरुमा शेषनाग सहितको भगवान् शिवको सालिक देखापर्छ । त्यस स्थानबाटभित्र साँघुरो गुफाबाट पसेपछि प्राकृतिक पुलमुनि फराकिलो भाग रहेको ठाउँ छ जहाँबाट मनमोहक झरना देखिन्छ ।
सो स्थानसम्म पुग्न गुफा व्यवस्थापन समितिले सुविधा सम्पन्न बाटो र विद्युत्को समेत व्यवस्था गरेको छ भने प्रति टिकट एक सय रुपैयाँ लिने गरेको छ ।
गुफाको आम्दानीबाट समितिले विभिन्न सामाजिक विकास निर्माणका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालन गर्दै आएको छ ।
प्राकृतिक पुलको माथिल्लो भागमा छोरेपाटन उच्च माविद्वारा व्यापारिक दृष्टिकोणले निर्माण गरिएका ३७ वटा पसल कवलको भाडा र पातले छाँगोमा प्रवेश गर्ने आन्तरिक एवम् वाह्य पर्यटकले तिर्ने शुल्कबाट वार्षिक ७० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेल बताउँन् ।
फेवातालबाट वर्षाका समयमा आउने पानीको ठूलो बहावले जमिनको भित्री भाग खोलेर भू–बनोट कमजोर बनाएकाले सो क्षेत्रमा उचित ढल निकासका साथै आसपासमा भौतिक संरचना निर्माणमा सम्बन्धित निकायले बेलैमा सोच्न आवश्यक रहेको छ ।
पर्यटकीय स्थलको दोहन मात्र नभई त्यसको संरक्षण, सम्बद्र्धन र विकासमा जोड दिइनुपर्ने र तीनवटै प्राकृतिक श्रोतलाई एक साथ विकास गरिनु पर्ने यस क्षेत्रका विज्ञहरुको धारणा रहेको छ । | २०७३ साउन ९ गते १७:३७ मा प्रकाशित | https://www.onlinekhabar.com/2016/07/457229 | national |
141,310 | 141,385 | सामाजिक सन्जाल | मन्त्री बन्न सबै कम्बिनेसन मिल्नुपर्छ, आजको परिस्थिति यहीं हो- मेटमणि चौधरी |
नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्री बन्नका लागि सबै प्रकारका कम्बिनेसनहरू मिल्नुपर्ने बताएका छन् ।
माधव नेपालको नयाँ दलमा सक्रिय भएर लागेका चौधरी मन्त्री बन्ने हल्ला यसअघि चल्दै आएको थियो । अन्तिममा उनको नाम मन्त्री बन्नेको सूचीमा भने परेन ।
त्यसपछि उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन ! मुख्य विषय होइन । मुख्य विषय प्रणाली जोगिएको छ । संवैधानिक सर्वाेच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ । जहाँसम्म मन्त्री बन्ने संभावनाको कुरो – प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौर विषय बन्न जान्छ ।’
मन्त्री बन्न सबै कम्बिनेसन मिल्नुपर्ने बताउँदै उनले भने, ‘फेरि मन्त्री हुने कुरो- सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाही त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहीं नै हो ।’
अहिले आफूहरू कठिन मोडमा भएको भन्दै चौधरीले धैर्यधारण गर्न सबैलाई अनुराेध गरेका छन् । ‘हामी कठिन मोडमा छौं । यो घडीमा सबैमा धैर्यधारणको जरुरी छ । यसैले निर्णय गर्नुहुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरुरी छैन । पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरुरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेस दिनु जरुरी देख्दैँन ।’
चौधरीले अघि भनेका छन्,‘ नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानकाे लागि पहल गरौं । यो बीचमा मप्रति धेरै साथीहरूले सहानुभूति राख्नु भएको महसुस मैले गरेको छु । सबै महानुभावहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र आगामी दिनमा पनि उच्च प्रकारको समन्वयको अपेक्षा पनि लिएको छु । अन्तमा- मन्त्रीको सिफारिसमा पर्नु भएका सबै माननीयज्यूहरूको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु ।’
| २२ असोज, २०७८
| https://farakdhar.com/story/63454 | misc |
1,986,131 | 2,002,135 | health | डा. पुनलाई प्रश्न, ‘काेभिड संक्रमण कहिलेसम्म बढ्छ र स्वास्थ्य संरचनाले नधाने अबकाे विकल्प के ?’ |
काठमाडौं । नेपालको स्वास्थ्य संरचनाले थेग्नै नसक्ने गरी बढिरहेको कोभिड संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । वैशाख १ गतेदेखि २८ गतेसम्म १ लाख ३२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २८ दिनको बीचमा ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमण अब कुन गतिमा अघि बढछ् ? देशको स्वास्थ्य संरचनाले थेग्न नसक्ने अवस्थामा विकल्प के हुन सक्छ ? भन्ने विषयमा ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरवहादुर पुनलाई सोध्नु भएको थियो ।
भिडियो कुराकानीः | २८ बैशाख २०७८, मंगलवार १४:४३ | https://www.imagekhabar.com/news/225604/ | health |
95,384 | 95,448 | null | धनगढी स्थित सेती अस्पतालमा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि |
मंगलबार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ६२ जनाको नमुना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारि दिए । ती मध्ये कैलालीको धनगढीका ४ जना र धनगढीबाहेक कैलालीकै १७ ज | गलबार ०८, असार २०७८ | https://dhangadhikhabar.com/news/33212 | news |
443,905 | 456,525 | special | प्रचण्डले गृहजिल्ला चितवन पुगेर भने- देश र पार्टी दुर्घटनामा जाने गतिविधि हुन नदिन अन्तिम समयसम्म पहल गर्छु |
काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र पार्टी दुर्घटनामा जाने गतिविधि हुन नदिन आफूले पहल गर्ने बताएका छन् । आज गृहजिल्ला चितवनको माडी पुगेर कार्यकर्ता भेटघाटमा अन्तिम समयसम्म धैर्यपूर्वक पहल गर्ने बताएका हुन् ।
‘मैंले देश र पार्टीलाई दुर्घटनामा जान कुनै गतिविधि हुन दिनेछैन र त्यस्तो गतिविधि हुन नदिन अन्तिम समयसम्म पहल गर्ने विश्वास दिलाउँछु,’ प्रचण्डले भने । उनले हतारमा कदम चालेर फुर्सदमा पछुताउनुपर्ने अवस्था नआओस् भनेर धैर्यता देखाइरहेको बताए । तर, यसलाई कमजोर नठान्न समेत भने । पार्टी एकता कायमै राख्न आफूले धेरै त्याग गरेको स्मरण गराए ।
देशमा राजनीतिक स्थिरता र स्थायित्वको लागि आफू सधै प्रतिवद्ध भएर लागेको बताए । उनले पार्टी कार्यकर्तालाई अविचलित रही काम गर्न समेत भने ।
पार्टीको एकता कायमै राख्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेट सकारात्मक भएको बताए । उनले छिट्टै समस्या समाधान गरिने समेत बताए ।
बाढी र कटानको नीरिक्षण गर्न प्रचण्ड आज गृहजिल्ला चितवन पुगेका थिए । उनले आजै कटानको नीरिक्षण समेत गरेका थिए । | प्रकाशित मिति : २७ असार २०७७, शनिबार
| https://www.reportersnepal.com/2020/07/449780 | misc |
2,749,157 | 2,765,161 | स्थानीय सरकार | व्यावसायिक करलाई निरन्तरता दिएका हौँ : धनगढी उपमहानगरपालिका प्रमुख वड |
कैलाली : प्रदेश ७ का ८८ वटा स्थानीय तहमध्ये एउटा मात्रै उपमहानगरपालिका हो, धनगढी उपमहानगरपालिका। प्रदेश ७ को अस्थायी राजधानीसमेत अहिले यसै उपमहानगरपालिकामा अवस्थित छ। यस उपमहानगरपालिकामा १९ वटा वडा रहेका छन्।
कैलाली : प्रदेश ७ का ८८ वटा स्थानीय तहमध्ये एउटा मात्रै उपमहानगरपालिका हो, धनगढी उपमहानगरपालिका। प्रदेश ७ को अस्थायी राजधानीसमेत अहिले यसै उपमहानगरपालिकामा अवस्थित छ। यस उपमहानगरपालिकामा १९ वटा वडा रहेका छन्।
अधिकांश क्षेत्र सुगम रहे पनि यहाँका केही वडाहरूमा अझै पनि खानेपानी र विद्युत पुग्न सकेको छैन। गुणस्तरीय सडक नहुँदा वर्षामा हिलाम्य र हिउँदमा धुलाम्यको समस्या अझै अन्त्य हुन सकेको छैन।गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा उपमहानगर प्रमुखमा नेपाली कांग्रेसका नृप वड विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल थिए। दलित समुदायका वड कांग्रेसका धनगढी नगरका सभापति पनि हुन्। जनतfलाई सहज रूपमा आधारभूत आवश्यक्ता पूरा गराउने आश्वासन दिएर चुनाव जितेका जनप्रतिनिधिहरूले एक वर्षसम्म केके वाचा पूरा गरे? धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडसँग थाहाखबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी प्रस्तुत छ।कार्यकालको एक वर्ष पूरा गर्नुभएको छ, सम्झनलायक कति काम गर्नुभयो त?सुरु गरेका सबै कामहरू लगभग सम्झनलायक नै छन्। हामी आउनुभन्दा अघि नगर स्वास्थ्य चौकीहरू तीनवटा मात्रै थिए, हामीले आठवटा बनाएका छौँ। खानेपानी पनि दुई-तीनवटा वडामा मात्रै सञ्चालन थियो। अहिले १६ वटा वडामा खानेपानी वितरण भइरहेको छ। सबैभन्दा ठूलो कुराचाहिँ हामीले स्मार्ट सिटीको निर्माण प्रक्रिया सुरु गरेका छौँ। त्यससँगै कोल्ड स्टोर सुरु गरेका छौँ। सिटी हल निर्माणको प्रक्रिया सुरु भइसक्यो। पार्कको काम हुँदै छ। थुप्रै काम भएका छन्।‘स्मार्ट सिटी’ भन्नुुहुन्छ, धनगढी ‘भ्वाङ सिटी’ हुँदै छ, कहिल्यै हेर्नुभएको छ- सडकहरूमा कत्राकत्रा खाल्डाखुल्डी छन् भनेर?‘स्मार्ट सिटी’ भनेको पाँच वर्षमै सम्पन्न हुने कुरो होइन। त्यो मापदण्डमा ल्याउने कुरा हो। त्यसको सुरुवात गरिरहेका छौँ। जस्तै : अहिले १९ वटै वडामा हामी आफ्नो निजी अप्टिकल फाइबर विस्तार गरिरहेका छौँ। कसैले नदेखेको, नसोचेको कारणले अन्योल हुन सक्छ। त्यसपछि गएर एडिबीको कार्यक्रम लागू हुँदै छ। अबको तीन-चार महिनापछि आरयुडिपीको कार्यक्रम पनि सुरु हुँदै छ। अर्काे कुरा, तपाईंले भनेजस्तै ठाउँठाउँमा सडक भत्किएका छन्। केही ठाउँमा अझै पुग्नै सकेका छैनन्। ती विषयमा पनि हामी गम्भीर छौँ। सडक निर्माणलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ। धेरै ठाउँमा विद्युतीकरण पनि बाँकी छ। त्यसलाई पनि हामी अघि बढाइरहेका छौँ। चुनावमा आश्वासन दिँदा र काम गरेर देखाउँदा कति कठिनाइ हुँदोरहेछ? धेरै जनताले अझै पनि हामीले भनेजस्तो भएन भन्छन् नि?चुनावमा दिएका सबै आश्वासन पूरा भए त म भन्दिनँ तर ती कार्यान्वयनको चरणमा छन्। १२-१३ महिनामै सबै सम्पन्न गर्छाैं, तपाईंहरूले सबै पाउनुहुन्छ हामीले कहिल्यै भनेनौँ। हामी पाँच वर्षका लागि आएका हौँ, हामीले भनेका सबै कुराहरू पाँच वर्षमा पूरा गर्छाैं।हामीले जुनजुन कामहरू गर्नेछौं भनेर घोषणापत्र तयार गरेका थियौँ, त्यसमा भएका लगभग सबै कुरा सुरु गरिसकेका छौँ। जस्तै : अहिले हामीले दुईवटा एम्बुलेन्स खरिद गर्दै छौँ। आठवटै स्वास्थ्य चौकीबाट पूर्ण नि:शुल्क ४३ प्रकारका औषधिको व्यवस्था गरेका छौँ। हामीले अस्पताल पनि सञ्चालन गरेका छौँ। प्रत्येक वडामा गुणस्तरीय शिक्षामा ध्यान दिएका छौँ। कृषिमा पकेट बनाएर अघि बढ्छौँ भनेका थियौँ, त्यो सुरु गरिसकेका छौँ। अहिले हामीले १६ वटा मझौला र एउटा ५० बिघाभन्दा ठूलो पकेट क्षेत्र बनाएर कृषि उत्पादलाई प्राथमिकता दिएका छौँ। एक वर्ष बिताइरहँदा कस्ता कठिनाइहरूको सामना गर्नुपर्यो?सबै कुरा सिकाइ नै हो जस्तो मलाई लाग्छ। हामीले पनि विगतको पहिलो वर्षलाई सिकाइको वर्षको रूपमा लिएर यस वर्षदेखि तीव्र गतिमा काम गर्ने योजना बनाएका छौँ। यस वर्षलाई हामी कानुन निर्माणको वर्षका रूपमा लिएर कानुन निमार्णलाई प्राथमिकता दिएका छौँ। कैलालीका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै कानुन हामीले तयार गरेका छौँ। तर कार्यालय व्यवस्थापनमा भने हामीलाई केही अप्ठ्यारो भइरहेको छ। कृषि, स्वास्थ्यलगायतका समायोजन भएर आएका कार्यालयहरूलाई व्यवस्थापन गर्न अप्ठ्यारो भएको हो। ती कार्यालयमा आवश्यक मात्रामा कर्मचारी छैनन्, जसले गर्दा काममा गति दिन सकिरहेका छैनौँ। योजनाअनुसार काम गर्न प्राविधिकको अभाव सिर्जना भएको छ। आवश्यक्ताअनुसारका कर्मचारी छैनन्, भएका कर्मचारीहरू पनि दक्ष छैनन। तमाम समस्या छन् तर पनि हाम्रो गतिलाई ती समस्याहरूले सुस्त बनाएका छैनन्। दुई दशकपछि जनप्रतिनिधि आउँदा समस्या हुन्छ, काममा गति दिन सकिन्न भन्ने त तपाईंहरूलाई थाहा नभएको होइन होला नि? तर पनि चुनावका बेला हुटिट्याउँले आकाश नै थाम्नेजस्तो भाषण गर्नुहुन्थ्यो। सिंहदरबार गाउँसम्म पुर्याउने कुरा गर्नुहुन्थ्यो। जनतामाझ ठूलै भ्रमको खेती गर्नुभयो है?त्यो त एउटा आरोप हो। तर त्यो नकार्न भने सकिँदैन। हामीले चुनाव लड्दा धेरै कुरा भनेकै थिएनौँ। हामीसँग अझै पनि घोषणापत्र छ। तपाईंले त्यो घोषणापत्र पनि हेर्न सक्नुहुन्छ। त्यो घोषणापत्रमा जेजे कुरा भनेका थियौँ, ती कुरा हामीले सुरुवात गरेका छौँ। त्यही घोषणापत्र मसँग छ। (देखाउँदै) ल हेर्नुहोस्, फोहोर व्यवस्थापन गर्नेछौँ भन्नुभएको छ। अहिले बजारभर फोहोरका डंगुर छन्। फ्रि वाइफाइको व्यवस्था गर्नेछौँ लेख्नुभएको छ। धनगढी हराभरा बनाउँछौँ भन्नुहुन्थ्यो, झन् कुरूप बन्दै छ। यस्तो छ अवस्था। तपाईं सबै गर्यौँ भन्नुहुन्छ। अझै जनतालाई भ्रममा राख्नुहुन्छ?होइन, होइन, त्यो एकदमै होइन। अहिले मात्रै हामी २० लाख रुपैयाँको बिरुवा लगाउँदै छौँ। फोहोर व्यवस्थापनको विषयमा हामीले सबै काम सम्पन्न गरेका भए पनि जो त्योसँग सम्बन्धित छैन, उनीहरूले बखेडा गरिरहेका छन्।उनीहरूकै विवादका कारण काम अघि बढ्न पाइरहेको छैन। चुनाव जितेर आइसकेपछि सबैभन्दा पहिले यही काममा लागेको हुँ। हामीले जमिन किनिसकेका छौँ। तर सरोकार र सम्बन्ध नै नरहेको पक्षले विवाद गरिरहेको छ। त्यसैले गर्दा काम अघि बढिरहन सकेको छैन। अबको चार वर्षपछि हामी धेरै कुरामा होइन, दुई-तीनवटा कुरामा फरक ल्याउनेछौँ। पहिलो कुरा हामी शिक्षामा परिवर्तन गर्छौं। अहिले राम्रो शिक्षाका लागि निजी विद्यालय जानुपर्छ भन्ने मासिकतामा हामी परिवर्तन ल्याउनेछौँ। सरकारी विद्यालयलाई पनि त्यो स्तरको बनाउनेछौँ। कृषिमा फरक गर्न हामीले सुरुवात गरिसकेका छौँ। विवाद छ भनेर तपाईंहरू मौन बस्न मिल्छ त?त्यस्तो होइन, हामी कोसिस गरिरहेका छौँ। अब छिट्टै सकिन्छ यो समस्या।नमुना शहरको कुरा गर्नुहुन्थ्यो नि, त्यो भुल्नुभयो कि याद छ?त्यो पनि याद छ। नमुना शहर बनाएरै छोड्छौँ। हामी हाम्रो कार्यकालमा केही कुरा बाँकी राख्दैनौँ। हामीसँग अझै चारवटा परिषद् बाँकी छन्। एउटा मात्रै परिषद् गएको हो।१९ वटै वडाका जनप्रतिनिधिहरू अहिले यही कुरामा खटिरहेका छन्। हिजो तीनवटा वडामा खानेपानी थियो, अहिले १६ वटा वडामा विस्तार गरेका छौँ। यो पनि त नमुना शहरको सुरुवात हो नि!काम त थुप्रो गर्यौँ भन्नुहुन्छ तर खोला तर्दा पनि कर लगाउनुभएको छ। साइकलमा पनि कर छ। यो त अचाक्ली भएन र?यो एकदमै गलत कुरा हो। जस्तो : साइकलमा पनि कर भनेर गलत प्रचार गरियो। हामीले त्यसमा कर लगाएका छैनौँ। अरूले गरेका कुराहरूमा पनि हामीलाई जोडिएको छ। मुलुकभर ७५३ स्थानीय तहमा सबैले कर बढाए भनिएको छ तर कसले केमा बढायो भन्ने बाहिर आउँदैन। हामी सबैलाई एउटै तराजुमा हालिएको छ।प्रष्ट रूपमा बुझिदिन हाम्रो आग्रह छ। खोला तर्दा कर लगायो भनियो तर हामीले डुंगामा कर लगाएका हौँ। त्यसमा पनि व्यावसायिक कर लगाएका हौं, व्यक्तिगत कर लगाएका होइनौँ। हामीले पहिलो पटक कर लगाएका पनि होइनौँ। त्यसमा निरन्तर १५ वर्षअघिदेखि कर लाग्दै आएको थियो। तत्कालीन जिल्ला विकास समितिले लिइरहेको कर अहिले हामीले लिएर निरन्तरता दिएका मात्र हौँ। एक वर्ष त बितिसक्यो अबको चार वर्षपछि तपाईंको कार्यकाल सकिँदा कस्तो हुनेछ त धनगढी?अबको चार वर्षपछि हामी धेरै कुरामा होइन, दुई-तीनवटा कुरामा फरक ल्याउनेछौँ। पहिलो कुरा हामी शिक्षामा परिवर्तन गर्छौं। अहिले राम्रो शिक्षाका लागि निजी विद्यालय जानुपर्छ भन्ने मासिकतामा हामी परिवर्तन ल्याउनेछौँ। सरकारी विद्यालयलाई पनि त्यो स्तरको बनाउनेछौँ। कृषिमा फरक गर्न हामीले सुरुवात गरिसकेका छौँ। हामीले तीनवटा वडामा यस पटक माटो परीक्षण सुरु गरेका छौँ। केही वडाहरूमा सुरु हुँदै छ। १६ वटा पकेट क्षेत्र बनाएका छौँ, अर्काे वर्ष थप गर्छाैं। तिनीहरूलाई अनुदानको व्यवस्था गर्छाैं। सिँचाइका लागि हामीले पहिलो प्राथमिकता दिएका छौँ। धनगढीको जालीमा १० करोड ५० लाख रुपैयाँको सिँचाइ योजना सुरु गरेका छौँबाटो बनाउँदै छौँ। पुल बनाउँदै छौँ। बेहेडाबाबासम्म अब १५ मिनेटमा पुग्छौँ। पर्यटन क्षेत्रलाई पनि महत्त्व दिएका छौँ। जोखरबाबा तालको डिपिआर तयार गरेका छौँ। प्राविधिक कुरामा केही समय लाग्ला तर हामीले बोलेका कुराहरू कि पूरा गरेरै छाड्छौँ कि सुरु गरेरै छाड्छौँ। धनगढीलाई स्मार्ट सिटी बनाएरै छाड्छौँ।
अधिकांश क्षेत्र सुगम रहे पनि यहाँका केही वडाहरूमा अझै पनि खानेपानी र विद्युत पुग्न सकेको छैन। गुणस्तरीय सडक नहुँदा वर्षामा हिलाम्य र हिउँदमा धुलाम्यको समस्या अझै अन्त्य हुन सकेको छैन।
गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा उपमहानगर प्रमुखमा नेपाली कांग्रेसका नृप वड विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल थिए। दलित समुदायका वड कांग्रेसका धनगढी नगरका सभापति पनि हुन्।
जनतfलाई सहज रूपमा आधारभूत आवश्यक्ता पूरा गराउने आश्वासन दिएर चुनाव जितेका जनप्रतिनिधिहरूले एक वर्षसम्म केके वाचा पूरा गरे? धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडसँग थाहाखबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी प्रस्तुत छ।
कार्यकालको एक वर्ष पूरा गर्नुभएको छ, सम्झनलायक कति काम गर्नुभयो त?
सुरु गरेका सबै कामहरू लगभग सम्झनलायक नै छन्। हामी आउनुभन्दा अघि नगर स्वास्थ्य चौकीहरू तीनवटा मात्रै थिए, हामीले आठवटा बनाएका छौँ। खानेपानी पनि दुई-तीनवटा वडामा मात्रै सञ्चालन थियो। अहिले १६ वटा वडामा खानेपानी वितरण भइरहेको छ। सबैभन्दा ठूलो कुराचाहिँ हामीले स्मार्ट सिटीको निर्माण प्रक्रिया सुरु गरेका छौँ। त्यससँगै कोल्ड स्टोर सुरु गरेका छौँ। सिटी हल निर्माणको प्रक्रिया सुरु भइसक्यो। पार्कको काम हुँदै छ। थुप्रै काम भएका छन्।
‘स्मार्ट सिटी’ भन्नुुहुन्छ, धनगढी ‘भ्वाङ सिटी’ हुँदै छ, कहिल्यै हेर्नुभएको छ- सडकहरूमा कत्राकत्रा खाल्डाखुल्डी छन् भनेर?
‘स्मार्ट सिटी’ भनेको पाँच वर्षमै सम्पन्न हुने कुरो होइन। त्यो मापदण्डमा ल्याउने कुरा हो। त्यसको सुरुवात गरिरहेका छौँ। जस्तै : अहिले १९ वटै वडामा हामी आफ्नो निजी अप्टिकल फाइबर विस्तार गरिरहेका छौँ। कसैले नदेखेको, नसोचेको कारणले अन्योल हुन सक्छ। त्यसपछि गएर एडिबीको कार्यक्रम लागू हुँदै छ। अबको तीन-चार महिनापछि आरयुडिपीको कार्यक्रम पनि सुरु हुँदै छ।
अर्काे कुरा, तपाईंले भनेजस्तै ठाउँठाउँमा सडक भत्किएका छन्। केही ठाउँमा अझै पुग्नै सकेका छैनन्। ती विषयमा पनि हामी गम्भीर छौँ। सडक निर्माणलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ। धेरै ठाउँमा विद्युतीकरण पनि बाँकी छ। त्यसलाई पनि हामी अघि बढाइरहेका छौँ।
चुनावमा आश्वासन दिँदा र काम गरेर देखाउँदा कति कठिनाइ हुँदोरहेछ? धेरै जनताले अझै पनि हामीले भनेजस्तो भएन भन्छन् नि?
चुनावमा दिएका सबै आश्वासन पूरा भए त म भन्दिनँ तर ती कार्यान्वयनको चरणमा छन्। १२-१३ महिनामै सबै सम्पन्न गर्छाैं, तपाईंहरूले सबै पाउनुहुन्छ हामीले कहिल्यै भनेनौँ। हामी पाँच वर्षका लागि आएका हौँ, हामीले भनेका सबै कुराहरू पाँच वर्षमा पूरा गर्छाैं।
हामीले जुनजुन कामहरू गर्नेछौं भनेर घोषणापत्र तयार गरेका थियौँ, त्यसमा भएका लगभग सबै कुरा सुरु गरिसकेका छौँ। जस्तै : अहिले हामीले दुईवटा एम्बुलेन्स खरिद गर्दै छौँ। आठवटै स्वास्थ्य चौकीबाट पूर्ण नि:शुल्क ४३ प्रकारका औषधिको व्यवस्था गरेका छौँ।
हामीले अस्पताल पनि सञ्चालन गरेका छौँ। प्रत्येक वडामा गुणस्तरीय शिक्षामा ध्यान दिएका छौँ। कृषिमा पकेट बनाएर अघि बढ्छौँ भनेका थियौँ, त्यो सुरु गरिसकेका छौँ। अहिले हामीले १६ वटा मझौला र एउटा ५० बिघाभन्दा ठूलो पकेट क्षेत्र बनाएर कृषि उत्पादलाई प्राथमिकता दिएका छौँ।
एक वर्ष बिताइरहँदा कस्ता कठिनाइहरूको सामना गर्नुपर्यो?
सबै कुरा सिकाइ नै हो जस्तो मलाई लाग्छ। हामीले पनि विगतको पहिलो वर्षलाई सिकाइको वर्षको रूपमा लिएर यस वर्षदेखि तीव्र गतिमा काम गर्ने योजना बनाएका छौँ। यस वर्षलाई हामी कानुन निर्माणको वर्षका रूपमा लिएर कानुन निमार्णलाई प्राथमिकता दिएका छौँ। कैलालीका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै कानुन हामीले तयार गरेका छौँ।
तर कार्यालय व्यवस्थापनमा भने हामीलाई केही अप्ठ्यारो भइरहेको छ। कृषि, स्वास्थ्यलगायतका समायोजन भएर आएका कार्यालयहरूलाई व्यवस्थापन गर्न अप्ठ्यारो भएको हो। ती कार्यालयमा आवश्यक मात्रामा कर्मचारी छैनन्, जसले गर्दा काममा गति दिन सकिरहेका छैनौँ। योजनाअनुसार काम गर्न प्राविधिकको अभाव सिर्जना भएको छ। आवश्यक्ताअनुसारका कर्मचारी छैनन्, भएका कर्मचारीहरू पनि दक्ष छैनन। तमाम समस्या छन् तर पनि हाम्रो गतिलाई ती समस्याहरूले सुस्त बनाएका छैनन्।
दुई दशकपछि जनप्रतिनिधि आउँदा समस्या हुन्छ, काममा गति दिन सकिन्न भन्ने त तपाईंहरूलाई थाहा नभएको होइन होला नि? तर पनि चुनावका बेला हुटिट्याउँले आकाश नै थाम्नेजस्तो भाषण गर्नुहुन्थ्यो। सिंहदरबार गाउँसम्म पुर्याउने कुरा गर्नुहुन्थ्यो। जनतामाझ ठूलै भ्रमको खेती गर्नुभयो है?
त्यो त एउटा आरोप हो। तर त्यो नकार्न भने सकिँदैन। हामीले चुनाव लड्दा धेरै कुरा भनेकै थिएनौँ। हामीसँग अझै पनि घोषणापत्र छ। तपाईंले त्यो घोषणापत्र पनि हेर्न सक्नुहुन्छ। त्यो घोषणापत्रमा जेजे कुरा भनेका थियौँ, ती कुरा हामीले सुरुवात गरेका छौँ।
त्यही घोषणापत्र मसँग छ। (देखाउँदै) ल हेर्नुहोस्, फोहोर व्यवस्थापन गर्नेछौँ भन्नुभएको छ। अहिले बजारभर फोहोरका डंगुर छन्। फ्रि वाइफाइको व्यवस्था गर्नेछौँ लेख्नुभएको छ। धनगढी हराभरा बनाउँछौँ भन्नुहुन्थ्यो, झन् कुरूप बन्दै छ। यस्तो छ अवस्था। तपाईं सबै गर्यौँ भन्नुहुन्छ। अझै जनतालाई भ्रममा राख्नुहुन्छ?
होइन, होइन, त्यो एकदमै होइन। अहिले मात्रै हामी २० लाख रुपैयाँको बिरुवा लगाउँदै छौँ। फोहोर व्यवस्थापनको विषयमा हामीले सबै काम सम्पन्न गरेका भए पनि जो त्योसँग सम्बन्धित छैन, उनीहरूले बखेडा गरिरहेका छन्।
उनीहरूकै विवादका कारण काम अघि बढ्न पाइरहेको छैन। चुनाव जितेर आइसकेपछि सबैभन्दा पहिले यही काममा लागेको हुँ। हामीले जमिन किनिसकेका छौँ। तर सरोकार र सम्बन्ध नै नरहेको पक्षले विवाद गरिरहेको छ। त्यसैले गर्दा काम अघि बढिरहन सकेको छैन।
विवाद छ भनेर तपाईंहरू मौन बस्न मिल्छ त?
त्यस्तो होइन, हामी कोसिस गरिरहेका छौँ। अब छिट्टै सकिन्छ यो समस्या।
नमुना शहरको कुरा गर्नुहुन्थ्यो नि, त्यो भुल्नुभयो कि याद छ?
त्यो पनि याद छ। नमुना शहर बनाएरै छोड्छौँ। हामी हाम्रो कार्यकालमा केही कुरा बाँकी राख्दैनौँ। हामीसँग अझै चारवटा परिषद् बाँकी छन्। एउटा मात्रै परिषद् गएको हो।
१९ वटै वडाका जनप्रतिनिधिहरू अहिले यही कुरामा खटिरहेका छन्। हिजो तीनवटा वडामा खानेपानी थियो, अहिले १६ वटा वडामा विस्तार गरेका छौँ। यो पनि त नमुना शहरको सुरुवात हो नि!
काम त थुप्रो गर्यौँ भन्नुहुन्छ तर खोला तर्दा पनि कर लगाउनुभएको छ। साइकलमा पनि कर छ। यो त अचाक्ली भएन र?
यो एकदमै गलत कुरा हो। जस्तो : साइकलमा पनि कर भनेर गलत प्रचार गरियो। हामीले त्यसमा कर लगाएका छैनौँ। अरूले गरेका कुराहरूमा पनि हामीलाई जोडिएको छ। मुलुकभर ७५३ स्थानीय तहमा सबैले कर बढाए भनिएको छ तर कसले केमा बढायो भन्ने बाहिर आउँदैन। हामी सबैलाई एउटै तराजुमा हालिएको छ।
प्रष्ट रूपमा बुझिदिन हाम्रो आग्रह छ। खोला तर्दा कर लगायो भनियो तर हामीले डुंगामा कर लगाएका हौँ। त्यसमा पनि व्यावसायिक कर लगाएका हौं, व्यक्तिगत कर लगाएका होइनौँ। हामीले पहिलो पटक कर लगाएका पनि होइनौँ। त्यसमा निरन्तर १५ वर्षअघिदेखि कर लाग्दै आएको थियो। तत्कालीन जिल्ला विकास समितिले लिइरहेको कर अहिले हामीले लिएर निरन्तरता दिएका मात्र हौँ।
एक वर्ष त बितिसक्यो अबको चार वर्षपछि तपाईंको कार्यकाल सकिँदा कस्तो हुनेछ त धनगढी?
अबको चार वर्षपछि हामी धेरै कुरामा होइन, दुई-तीनवटा कुरामा फरक ल्याउनेछौँ। पहिलो कुरा हामी शिक्षामा परिवर्तन गर्छौं। अहिले राम्रो शिक्षाका लागि निजी विद्यालय जानुपर्छ भन्ने मासिकतामा हामी परिवर्तन ल्याउनेछौँ। सरकारी विद्यालयलाई पनि त्यो स्तरको बनाउनेछौँ। कृषिमा फरक गर्न हामीले सुरुवात गरिसकेका छौँ।
हामीले तीनवटा वडामा यस पटक माटो परीक्षण सुरु गरेका छौँ। केही वडाहरूमा सुरु हुँदै छ। १६ वटा पकेट क्षेत्र बनाएका छौँ, अर्काे वर्ष थप गर्छाैं। तिनीहरूलाई अनुदानको व्यवस्था गर्छाैं। सिँचाइका लागि हामीले पहिलो प्राथमिकता दिएका छौँ। धनगढीको जालीमा १० करोड ५० लाख रुपैयाँको सिँचाइ योजना सुरु गरेका छौँ
बाटो बनाउँदै छौँ। पुल बनाउँदै छौँ। बेहेडाबाबासम्म अब १५ मिनेटमा पुग्छौँ। पर्यटन क्षेत्रलाई पनि महत्त्व दिएका छौँ। जोखरबाबा तालको डिपिआर तयार गरेका छौँ। प्राविधिक कुरामा केही समय लाग्ला तर हामीले बोलेका कुराहरू कि पूरा गरेरै छाड्छौँ कि सुरु गरेरै छाड्छौँ। धनगढीलाई स्मार्ट सिटी बनाएरै छाड्छौँ। |
भदौ १३, २०७५ बुधबार
| https://thahakhabar.com/news/48049 | national |
1,481,312 | 1,495,751 | null | दशैंको मुखमा आन्तरिक उडानमा थपियो विकल्प, गुण एयरलाइन्सले थाल्यो उडान |
१ असोज, काठमाडौं । नजिकिँदै गएको दशैं-तिहार लगायतका चाडपर्वमा काठमाडौंबाट हवाईमार्गबाट विभिन्न गन्तव्यमा जाने यात्रुलाई एक विकल्प थपिएको छ । सिम्रिक एयरलाइन्स नामबाट चलिरहेको वायुसेवा कम्पनीको स्वामित्व परिवर्तन पछि बनेको गुण एयरलाइन्सले नयाँ व्यवस्थापनसहित उडान शुरु गरेको हो ।
साविकको सिम्रिकसँग मात्र २ वटा बिचक्राफ्ट जहाज थिए । सो कम्पनीले यति एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम जहाज खरीद गरेको छ । अब कम्पनीसँग कुल ७ वटा जहाज पुगेको छ । गुण एयरलाइन्सले पहिलो दिन शुक्रबार पोखरा र भरतपुरमा पूरा क्षमतामा यात्रुलाई सेवा दिएको कम्पनीले जनाएको छ ।
अहिले काठमाडौंबाट सुगमका गन्तव्यमा यात्रु बोक्न बुद्ध, यति, श्री, सौर्य एयरलाइन्सले प्रतिस्पर्धा गरिरहेका छन् । यसमा अब गुण एयरलाइन्स समेत थपिएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार तथा बिक्री प्रमुख प्रज्वल थापाका अनुसार कम्पनीले छिट्टै सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगञ्ज, सुर्खेत र विराटनगरमा उडान विस्तार गर्नेछ । यसले यात्रुलाई नजिकिएको चाडबाडमा हवाई टिकट प्राप्तिमा विकल्प दिने छ ।
दशैं र तिहारका लागि यात्रुले अग्रिम टिकट बुकिङ अहिले पनि गर्न सक्छन् । यात्रुको चाप बढ्दै गएमा अतिरिक्त उडानको तयारीमा समेत वायुसेवा कम्पनी छन् । गुण एयरलाइन्स नेपाली हवाई यात्रु बीचमा भने परिचित नाम हो । २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका सञ्चालकहरुले नै साविकको सिम्रिकलाई गुणमा स्वामित्व परिवर्तन गरि सञ्चालनमा ल्याएका हुन् । | १० मिनेट अगाडि | https://www.onlinekhabar.com/2021/09/1014558 | null |
1,812,594 | 1,827,040 | null | नेपाली थिए अफ्रिकाको आतंकवादी संगठनका कमाण्डर, सोमालियाको सुरक्षा फौजले मारिदियो |
काठमाडौं। सोमालियाको सुरक्षा फौजले अफ्रिकाको आतंकवादी संगठन अल शबाबका कमाण्डरलाई सैन्य अपरेशनमा मारिदिएको छ । त्यहाँको स्टेट रेडियोलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले लेखेअनुसार ती व्यक्ति नेपाली थिए ।
अशरफ आजमी अबु हमदान नामका ती व्यक्ति नेपाली हुन् । उनी यो इस्लामिक जिहादी समूहका बरिष्ठ प्रशिक्षक थिए । दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा एक सैनिक अपरेशनको क्रममा उनी मारिएका हुन् । उनीसँगै अन्य तीन जना लडाकू पनि मारिएका छन् । अल शबाब यहाँको सरकारविरुद्ध २००८ देखि लडिरहेको छ । यो समूह त्यहाँको सरकारलाई अपदस्थ गरेर शरिया कानुनसहितको आफ्नो राज्य व्यवस्था स्थापित गराउन चाहन्छ । | २०७७ असार १४ गते १२:०७ | https://www.dcnepal.com/2020/06/167331/ | null |
2,218,041 | 2,234,045 | समाचार |
बालिका हत्या आरोपमा दम्पति पक्राउ |
मोरङ । एक २१ महिने बालिका हत्या आरोपमा दम्पति पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका-२ नहर टोलका चन्द्र उरावकी २१ महिने छोरी युनिसा उरावको हत्या आरोपमा सोही ठाउँका नातामा फुपू-फुपाजु पर्ने ३५ वर्षीया संगीता उराव र ४६ वर्षीय सैनी उराव पक्राउ परेका हुन् ।
२६ मंसिरमा घरबाट हराएकी बालिकाको शव २८ मंसिरमा आफ्नै घर पछाडि पैनीमा गाडेको अवस्थामा फेला परेको थियो । हराएपछि मृत फेला परेकी बालिका दुई दिनसम्म उराव दम्पत्तिसँगै रहेको र अन्त कतै नगएको पाइएकाले उराव दम्पतीलाई अनुसन्धानका लागि ४ पुसमा मोरङ प्रहरीले पक्राउ गरेको थियो ।
नातेदार बालिकाको हत्या गर्ने कारण भने अझै खुलिनसकेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताएका छन् । उराव दम्पतिलाई कर्तव्य ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता गराएर इलाका प्रहरी रंगेलीले अनुसन्धान गरिरहेको छ । | ६ पुष २०७८, मंगलवार | https://www.nayapage.com/archives/364395 | news |
16,540 | 16,540 | साहित्यरकला | ओस्कार विजेता रमी मलिक भिलेन बन्दै |
एजेन्सी । क्विन ब्याण्डको बायोग्राफी चलचित्र बोहेमियन र्यापसोडीबाट बेस्ट एक्टरको ओस्कार जितेका रमी मलिक ‘जेम्स बोण्ड २५’ नामक चलचित्रमा भिलेनको भूमिकामा देखिने भएका छन् । प्रस्तुत चलचित्र एम–१६ काे एजेन्टको रूपमा देखिएका ड्यानिल क्रेगको पाँचौं अनि अन्तिम चलचित्र हुने बताइएको छ । चलचित्र केरी फुकुनगाले निर्देशन गर्नेछन् ।
चलचित्र अर्को वर्ष रिलिज हुने तयारी छ ।
| शुक्रबार, वैशाख १३, २०७६ | https://baahrakhari.com/news-details/192298 | literature |
2,735,099 | 2,751,103 | फिचर | ३१ वर्षमा एकचोटि झुल्किएको विमानको प्रतीक्षामा कोटबाडावासी |
कालीकोट : जिल्लाको कोटबाडा विमानस्थलमा निर्माण कार्य थालेको ३१ वर्षपछि गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो। तारा एयरलाइन्सको ६ एनएबीएम कल साइनको जहाजले गत वर्षको माघ २९ गते शनिबार सफल परीक्षण उडान भरेको थियो।
कालीकोट : जिल्लाको कोटबाडा विमानस्थलमा निर्माण कार्य थालेको ३१ वर्षपछि गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो। तारा एयरलाइन्सको ६ एनएबीएम कल साइनको जहाजले गत वर्षको माघ २९ गते शनिबार सफल परीक्षण उडान भरेको थियो।
कोटबाडा सुनथराली विमानस्थल ३१ वर्षदेखि निर्माणाधीन अवस्थामा थियो । २०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल विभिन्न कारणले अलपत्र अवस्थामा थियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व कर्णालीका जीवनबहादुर शाहीले सम्हालेपछि उनको पहलमा विमानस्थलमा परीक्षण उडान गरिएको थियो।शाही मन्त्री रहेकै बेला चाँडै नै विमानस्थल संचालनमा ल्याउन प्रतिबद्धता जनाएका थिए। तर, चाँडै नै उनले सरकारबाट बाहिरिनुपरेका कारण विमानस्थल नियमित संचालनमा ल्याउन समस्या आएको नेपाली कांग्रेस कालीकोटका सहसचिव दमनबहादुर शाहीले बताए। ‘शाही मन्त्री नै भएका बेला नियमित उडान गर्ने तयारी थियो’, उनले भने, ‘चाँडै नै उहाँले मन्त्रीबाट राजीनामा दिनुपरेका कारण त्यो सम्भव भएन।’२०४२ सालबाट निर्माण थालिएको उक्त विमानस्थलमा एक पटक परीक्षण उडान गरिए पनि नियमित उडान कहिले हुने भन्ने यकिन नभएको नरहरिनाथ– १ का वडाध्यक्ष पुर्थीबहादुर विष्टले बताए। ‘विमानस्थल निर्माण कार्य थालिएको ३१ वर्षमा परीक्षण उडान गरियो’, उनले भने, ‘नियमित उडान कहिले हुने हो, त्यसको कुनै अत्तोपत्तो छैन।’विमानस्थल निर्माण विगतमा चुनावमा राजनीतिक नारा बनाउने गरेकामा गत वर्ष भएको स्थानीय तहको निर्वाचन, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनमा यहाँका राजनीतिक दलहरूले विमानस्थलको नियमित उडान चुनावी एजेण्डा बनाएकामा जितेर गएका र हारेर गएका कसैले पनि नियमित उडानमा ध्यान नदिएको स्थानीय गणेशबहादुर विष्टले बताए। ‘सबैले विमानस्थलाई चुनावी एजेण्डा बनाउने गरेका छन्’, उनले भने, ‘तर जितेर गएपछि अहिलेसम्म कसैले ध्यान दिएका छैनन्।’कोटबाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले कोटवाडा विमानस्थल निर्माणमा समय लागे पनि केही पूर्वाधार बन्न बाँकी रहेकाले काम सकिएपछि नियमित उडानका लागि पहल हुने बताए। ‘निर्माणको केही काम हुन बाँकी रहेको छ’, उनले भने, ‘त्यसपपछि मात्र नियमित उडान अगाडि बढ्नेछ।’जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको कोटबाडा विमानस्थल भएको क्षेत्र साविकका ५ गाविस मिलेर बनेको नरहरिनाथ गाउँपालिका बनेको छ। यस गाउँपालिकामा सडक पनि छैन। यहाँका बासिन्दा घण्टौँ पैदल हिँड्न बाध्य भएको स्थानीय रामबहादुर विष्टले बताए। ‘सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका हो। अहिलेसम्म सडक पनि बनेको छैन’, उनले भने, ‘यहाँका मानिसहरू सडकसम्म पुग्नका लागि एक दिनको पैदल यात्रा गर्नुपर्छ।’कोटबाडा विमानस्थलमा निर्माण कार्य थालिएको ३१ वर्षमा एकचोटि विमान झुल्किएको भए पनि फेरि कहिले विमान नियमित हुने हो, त्यसको कुनै ठेगान नभएको स्थानीय रानीपुरा कडायतले बताइन्। ‘३१ वर्षमा एकचोटि विमान झुल्कियो’, उनले भनिन्, ‘त्यो विमान फेरि कहिले झुल्किने हो, कुनै पत्तो छैन।’
कोटबाडा सुनथराली विमानस्थल ३१ वर्षदेखि निर्माणाधीन अवस्थामा थियो ।
२०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल विभिन्न कारणले अलपत्र अवस्थामा थियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व कर्णालीका जीवनबहादुर शाहीले सम्हालेपछि उनको पहलमा विमानस्थलमा परीक्षण उडान गरिएको थियो।
शाही मन्त्री रहेकै बेला चाँडै नै विमानस्थल संचालनमा ल्याउन प्रतिबद्धता जनाएका थिए। तर, चाँडै नै उनले सरकारबाट बाहिरिनुपरेका कारण विमानस्थल नियमित संचालनमा ल्याउन समस्या आएको नेपाली कांग्रेस कालीकोटका सहसचिव दमनबहादुर शाहीले बताए। ‘शाही मन्त्री नै भएका बेला नियमित उडान गर्ने तयारी थियो’, उनले भने, ‘चाँडै नै उहाँले मन्त्रीबाट राजीनामा दिनुपरेका कारण त्यो सम्भव भएन।’
२०४२ सालबाट निर्माण थालिएको उक्त विमानस्थलमा एक पटक परीक्षण उडान गरिए पनि नियमित उडान कहिले हुने भन्ने यकिन नभएको नरहरिनाथ– १ का वडाध्यक्ष पुर्थीबहादुर विष्टले बताए। ‘विमानस्थल निर्माण कार्य थालिएको ३१ वर्षमा परीक्षण उडान गरियो’, उनले भने, ‘नियमित उडान कहिले हुने हो, त्यसको कुनै अत्तोपत्तो छैन।’
विमानस्थल निर्माण विगतमा चुनावमा राजनीतिक नारा बनाउने गरेकामा गत वर्ष भएको स्थानीय तहको निर्वाचन, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनमा यहाँका राजनीतिक दलहरूले विमानस्थलको नियमित उडान चुनावी एजेण्डा बनाएकामा जितेर गएका र हारेर गएका कसैले पनि नियमित उडानमा ध्यान नदिएको स्थानीय गणेशबहादुर विष्टले बताए। ‘सबैले विमानस्थलाई चुनावी एजेण्डा बनाउने गरेका छन्’, उनले भने, ‘तर जितेर गएपछि अहिलेसम्म कसैले ध्यान दिएका छैनन्।’
कोटबाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले कोटवाडा विमानस्थल निर्माणमा समय लागे पनि केही पूर्वाधार बन्न बाँकी रहेकाले काम सकिएपछि नियमित उडानका लागि पहल हुने बताए। ‘निर्माणको केही काम हुन बाँकी रहेको छ’, उनले भने, ‘त्यसपपछि मात्र नियमित उडान अगाडि बढ्नेछ।’
जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको कोटबाडा विमानस्थल भएको क्षेत्र साविकका ५ गाविस मिलेर बनेको नरहरिनाथ गाउँपालिका बनेको छ। यस गाउँपालिकामा सडक पनि छैन। यहाँका बासिन्दा घण्टौँ पैदल हिँड्न बाध्य भएको स्थानीय रामबहादुर विष्टले बताए। ‘सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका हो। अहिलेसम्म सडक पनि बनेको छैन’, उनले भने, ‘यहाँका मानिसहरू सडकसम्म पुग्नका लागि एक दिनको पैदल यात्रा गर्नुपर्छ।’
कोटबाडा विमानस्थलमा निर्माण कार्य थालिएको ३१ वर्षमा एकचोटि विमान झुल्किएको भए पनि फेरि कहिले विमान नियमित हुने हो, त्यसको कुनै ठेगान नभएको स्थानीय रानीपुरा कडायतले बताइन्। ‘३१ वर्षमा एकचोटि विमान झुल्कियो’, उनले भनिन्, ‘त्यो विमान फेरि कहिले झुल्किने हो, कुनै पत्तो छैन।’ |
फागुन २०, २०७४ आइतबार
| https://thahakhabar.com/news/33649 | misc |
2,406,363 | 2,422,367 | sports |
प्रदेश १ लाई कर्णाली प्रदेशद्वारा १२० रनको लक्ष्य
|
काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश १ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाीलीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १२० रन बनाएको छ। यससँगै प्रदेश १ ले १२१ रनको लक्ष्य पाएको छ।
कर्णालीका कप्तान रविन्द्र शाहीले ४१ बलमा ३६ रन बनाए। त्यस्तै, विपिन रावलले ११ रन बनाउँदा पाँचौ नम्बरमा मैदान छिरेका प्रकाश जैशीले २५ रन बनाए। राज शाहले १५ रन बनाए।
बलिङतर्फ प्रदेश १ का मुकुन्द यादवले तीन विकेट लिए भने फिरोद अन्सारीले दुई विकेट गिराए। एक विकेट लिनेमा कमल खत्री र सिद्धान्त लोहनी रहे।
आज प्रदेश १ ले पहिलो यो प्रतियोगितामा पहिलो खेल खेलिरहेको छ भने कर्णालीले पहिलो खेलमा हार बेहोरेको छ। | 2022 | https://nepalsamaya.com/cricket/2022-01-11-110932 | sports |
77,244 | 77,308 | null | सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा दुई सय २५ जनाको परीक्षण रिपोर्ट आयो |
धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढी प्रयोगशाला मार्फत आज दुई सय २५ जनाको कोरोना परीक्षण गरिएको छ । परिक्षण गरिएको नमुना मध्ये एक जना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आईतबार दिएको जानकारी अनुसार पीसीआर बिधिबाट पछिल्लो २४ घण्टामा २ सय २५ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ जनाको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
आज संक्रमित देखिएका १ अछामका हुन । जेठ ८ गते भारतबाट आएका उनी सेती अस्पतालको आईसोलेसनमा उपचाररत रहेको नियमित प्रेश ब्रिफिङ मार्फत अपडेट दिने क्रममा जनस्व | आइतबार ११, जेठ २०७७ | https://dhangadhikhabar.com/news/14563 | news |
2,696,293 | 2,712,297 | राजनीति | बैतडीमा उपनिर्वाचनः आठजनाको उम्मेदवारी |
बैतडी : उपनिर्वाचनका लागि बैतडीमा ८ उम्मेदवारको मनोनयन दर्ता भएको छ। वडा अध्यक्ष रिक्त रहेका बैतडीका ३ वडाका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। आगामी मंसिर १४ गते जिल्लाको दोगडाकेदार गाउँपालिका-४, सुर्नया गाउँपालिका-१ र पुर्चौडी नगरपालिका-४ मा उपनिर्वाचन हुँदैछ।
बैतडी : उपनिर्वाचनका लागि बैतडीमा ८ उम्मेदवारको मनोनयन दर्ता भएको छ। वडा अध्यक्ष रिक्त रहेका बैतडीका ३ वडाका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। आगामी मंसिर १४ गते जिल्लाको दोगडाकेदार गाउँपालिका-४, सुर्नया गाउँपालिका-१ र पुर्चौडी नगरपालिका-४ मा उपनिर्वाचन हुँदैछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीका तीनवटै वडामा बुधबार उम्मेदवारको मनोनयन दर्ता भएको छ। सुर्नया गाउँपालिका-१, दोगडाकेदार गाउँपालिका-४ र पुर्चौंडी नगरपालिका-४ को वडा अध्यक्ष पदका उम्मेदवारहरूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद भण्डारीले जानकारी दिए।सुर्नया गाउँपालिका-१ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो।यस्तै, पुरचौंडी नगरपालिका-४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवरी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए।यस्तै, दोगडाकेदार गाउँपालिका-४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ। नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए।मनोनयन दर्ता गरेका उम्मेदवारहरूको बुधबार नै अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीका तीनवटै वडामा बुधबार उम्मेदवारको मनोनयन दर्ता भएको छ। सुर्नया गाउँपालिका-१, दोगडाकेदार गाउँपालिका-४ र पुर्चौंडी नगरपालिका-४ को वडा अध्यक्ष पदका उम्मेदवारहरूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
सुर्नया गाउँपालिका-१ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो।
यस्तै, पुरचौंडी नगरपालिका-४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवरी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए।
यस्तै, दोगडाकेदार गाउँपालिका-४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ। नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए।
मनोनयन दर्ता गरेका उम्मेदवारहरूको बुधबार नै अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। |
कात्तिक २७, २०७६ बुधबार
| https://thahakhabar.com/news/83758 | politics |
2,413,634 | 2,429,638 | education |
दाङ तुलसीपुरका विद्यालय आइतबारदेखि बन्द
|
दाङ- शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन्।
तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बसेको आकस्मिक बैठकले भोलि आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए।
शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको थियो। तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन्।
कोरोनाको संक्रमण बढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कूल मावि तुलसीपुर बन्द भइसकेका छन्। तुलसीपुरमा बिहिबारसम्म ८४ जनामा कोरोना पुष्टि भएको छ। | 2022 | https://nepalsamaya.com/education/2022-01-08-080304 | education |
389,949 | 402,569 | patra-patrika | सेना कस्सियो द्रुतमार्गमा |
काठमाडौं ११ भदौ । नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्ग (एक्सप्रेस वे) निर्माण तोकिएको समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ। ६ महिनादेखि रोकिएको द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पारित भएलगत्तै जंगी अड्डाको आन्तरिक ब्रिफिङमा प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन्। आयोजना २०७८ वैशाखमा सम्पन्न गर्नुपर्ने भनिए पनि चालु वर्षको नीति तथा कार्यक्रममा एक वर्ष थपिएको छ।
आयोजनाको डीपीआर भदौ १ मा स्वीकृत भएको थियो। ६ महिनादेखि अड्किएको डीपीआर अघि नबढ्दा काममा ढिलाइ हुने भन्दै सेना रक्षा मन्त्रालयमा धाइरहेको थियो। ‘सेनाको प्रतिष्ठासँग जोडिएको छ। समयमा काम सम्पन्न गर्नुपर्छ,’ ब्रिफिङमा प्रधानसेनापतिको निर्देशन उद्धृत गर्दै एक सैन्य अधिकारीले भने, ‘डीपीआर आइसकेको छ। अब समस्या छैन। काम छिटो सक्नुपर्छ।’ रक्षा मन्त्रालयका अधिकारीले द्रुतमार्ग निर्माणमा कुनै समस्या नरहेको प्रस्ट पारेको छ।
प्रधानसेनापति थापाले डीपीआरअनुसार काम थाल्न निर्देशन दिएका छन्। गत मंसिरमा राज्यव्यवस्था समितिका सदस्यहरूले द्रुतमार्ग निर्माण कार्य डीपीआर विना अघि बढाउन नहुने बताएपछि अवरुद्ध भएको थियो। द्रुतमार्गको जिरो किलो फर्सिडोलमा कायम गर्ने कि खोकनामा भन्नेमा विवाद चुलिएको थियो। अब खोकनामै जिरो किलो राखिने भएको छ।
सन् २०१५ मा भारतीय कम्पनी आईएलएफएसले डीपीआरको अस्वाभाविक मूल्य राखेपछि सेनाले डीपीआर बिनै काम गर्दै आएको थियो। ट्र्याक क्लियर गर्ने, रूख काट्ने, माटो सम्याउने, मुआब्जा वितरण गर्ने र नक्सांकन विवाद सक्ने काम भइसकेको छ।
सेनाले २०७४ वैशाखमा चार वर्षको समयावधिसहित जिम्मेवारी पाएको थियो। सेनाले आगामी डेढ वर्षमा काम सम्पन्न गर्नुपर्ने थियो। डीपीआर तयारीमा भएको ढिलाइका कारण आयोजनाको म्याद थपिएको हो।
दु्रतमार्गमा ८७ वटा पुल र तीन सुरुङमार्ग (महादेव, धेद्रे र लेन डाँडा) हुनेछन्। यस्तै तीन इन्टरचेन्ज अर्थात् गाडी फर्काउने स्थान तीन ठाउँमा (सानो खोकना, बुदुने र निजगढ) निर्माण हुनेछ भने दुई वि श्रामस्थल र दुई टोल प्लाजा (कर संकलन केन्द्र) हुनेछन्।
डीपीआरमा खोकना क्षेत्रमा केही नक्सांकन परिवर्तन गरिएको छ। नयाँ प्रावधानअनुसार सिकाली मन्दिर र कोदेशका पुरातात्त्विक महत्त्वका क्षेत्र संरक्षण गरिनेछ। त्यही नक्सांकन टुंगोमा पुर्याउन मन्त्रिपरिषद्मा ढिलाइ भएको थियो।
नक्सांकनमा सत्तारूढ नेकपाले फरक मत राखेको थियो। साथै जग्गा कारोबारीको प्रभावले पनि ढिलाइ भएको सैन्य अधिकारीले बताए। पछिल्लो समय सरकारले कोरियाको सुसुङ इन्जिनियरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआरलाई सम्बन्धित मन्त्रालयसँगको परामर्शमा संशोधनसहित पारित गरेको हो। परियोजना प्रतिवेदनअनुसार द्रुतमार्गको अनुमानित निर्माण लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार छ।
भारतीय कम्पनी आईएलएफएसले डीपीआर तयार पारे पनि सरकारलाई बुझाएको थिएन। अहिलेको डीपीआरमा आईएलएफएसले तय गरेको भन्दा २१ प्रतिशत लागत बढ्ने देखिएको छ। बजारमूल्य, इन्स्योरेन्स, श्रमिकको मूल्य र ६.४ किलोमिटरका तीनवटा सुरुङमार्ग बन्ने भएकाले ४३ अर्ब रुपैयाँ लागत बढेको छ।
अघिल्लो तयारीमा इन्टरचेन्जमा कुनै रकम उल्लेख थिएन। साथै व्यक्तिगत जमिनको मुआब्जा र सामाजिक कार्यको मूल्य राखिएको थिएन। त्यतिबेला एक खर्ब १२ अर्बको अनुमानित लागत देखाइएको थियो। त्यसमा सुरुङमार्ग छोटो थियो भने मुआब्जा, इन्टरचेन्ज, कर, इन्स्योरेन्सको मूल्य उल्लेख थिएन।
सरकारले डीपीआर पारित गर्न किन ६ महिना लगायो ? एक सैन्य अधिकारीले भने, ‘कतैबाट खेलोफड्को भयो वा सरकारी अधिकारीले अध्ययनमा समय लगाए। मेलम्ची, कलंकी–कोटेश्वर खण्डमा जस्तै काम थाती राख्ने सोच हुन सक्छ तर सेना त्यो चाहँदैन। समयमा काम पूरा गर्छ।’
द्रुतमार्ग सञ्चालनमा आउनेबित्तिकै इन्धन तथा सवारी मर्मतमा वार्षिक २५ अर्ब रुपैयाँ बचत हुने विश्वास सरकारको छ। द्रुतमार्ग निर्माणमा निर्देशक समिति, अनुगमन समिति र परियोजना कार्यान्वयन कार्यालयले निगरानी गर्नेछन्।
अन्नपूर्णपोष्टबाट | प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार
| https://www.reportersnepal.com/2019/08/338551 | news |
1,616,149 | 1,630,588 | photo-news | डिभिजन टू : युएई ११४ रनमा अलआउट, सोमपालको ४ तथा सन्दीपको ३ विकेट |
काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत तेस्रो खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।
मैदान भिजेका कारण ३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३१ ओभरमा ११४ रनमा अलआउट भएको हो।
युएईलाई अलआउट गर्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछानेले ३, कप्तान पारस खड्काले २ तथा करण केसीले १ विकेट लिए। सोमपाल र सन्दीपले ७ ओभर बलिङ गर्दा समान ३० रन खर्चे। सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिदै कुनै रन दिएका थिएनन्।
युएईका लागि साइमन अनवरले सर्वाधिक ३० रन बनाए। यस्तै एडनान मुफ्टीले १८, घुलाम शाबरले १६ तथा मोहमद बोताले १५ रन बनाए।
काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत तेस्रो खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।
मैदान भिजेका कारण ३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३१ ओभरमा ११४ रनमा अलआउट भएको हो।
युएईलाई अलआउट गर्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछानेले ३, कप्तान पारस खड्काले २ तथा करण केसीले १ विकेट लिए। सोमपाल र सन्दीपले ७ ओभर बलिङ गर्दा समान ३० रन खर्चे। सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिदै कुनै रन दिएका थिएनन्। |
11th February 2018 | २८ माघ २०७४ | https://pahilopost.com/content/-46340.html | news |
1,791,326 | 1,805,772 | null | समवेदनाहीन नेपाली समाज |
पेरिस फ्रान्स । रोग महामारी कोरोनाको लडाइ जितेकी एउटी नारीको बेदना उनले पढ्ने विश्वविद्यालयको अनलाईन ल ड्रागन द सेन डट कम मार्फत पढें । रोगको कष्ट अनि दुखाई त सहनु छदैछ । अवस्था बिग्रेको खण्डमा ज्यान गुमाउनेको संख्या लाखौ कटिसकेको अवस्थामा हामी कति क्रुर, निर्दयी अनि गैरजिम्मेवार रहेछौ भन्ने कुराको भान भयो । सामाजिक संजालमा लेखिएका तीता शब्दहरुले उनलाई कति पोल्यो होला ? रोगसंगको लडाइ भन्दा समाजले उनीबिरुद्ध चलाएका अफवाहको लडाइ उनलाई भारी परेको देखिन्छ ।
आफु नमरी स्वर्ग देखिदैन भने झैँ आफूलाई नपरी अरुको भोगाईलाई बेवास्ता गर्ने अनि हल्का रुपमा लिने नेपाली परिपाटी कहिले परिवर्तन होला ? मैले रोगसंग हारे भने पनि देसले जित्ने छ भने दृढ संकल्पका साथ अस्पतालमा उनी रोगसंग लडेको देखिन्छ । खुसीको कुरो रोगसंगको लडाइमा जीत उनकै पोल्टामा पर्यो । अरुले जस्तै रोग लुकाएर अथवा सेल्फ–क्वारेन्टाइनको सतर्कता नअपनाएको भए रोगले नेपालमा भयावह अवस्था लिन सक्थ्यो । एक जिम्मेवार नागरिकको भूमिका खेलेकोमा हामी उनीप्रति कृतज्ञ हुनु त कता हो कता उल्टै निर्मम रुपमा हाम्रो समाज खनिएको देखिन्छ ।
उनलाई उपचारका क्रममा रेखदेख गर्ने एक नर्सले रोग निको होस भनी सिंगो गाउँ नै प्रार्थनारत छ भन्ने एक सन्देशले नै उनको मनोबल उच्च भएको देखिन्छ । उनको कारणले देश भरी भएको लकडाउनको दोषी आफुलाई ठानिरहेकी थिइन् । जबकि उनी भने आफुलाई परेको समस्या कसैलाई पनि नपरोस भन्ने कामना गर्दै थिइन् अस्पतालका बेडमा रोगसंग लड्दै । स्वस्थाकर्मीहरुले देखाउनु भएको माया अनि मनोबल उच्च राख्न गर्नु भएको योगदानप्रति उनने आभार प्रकट गरेकी छिन् ।
राज्यले उनको उपचारमा विशेष निगरानी गरेको देखिन्छ जुन प्रसंशनीय छ । विकसित यूरोप महादेशका मुलुकहरुमा समेत आज यो सम्भव नभएको अवस्था छ । संरचना नै नभएको अनि विकास उन्मुख हाम्रो मुलुकमा उपचार सम्भव हुनु गर्वको कुरा हो । एक कोरोना संक्रमितले सतर्कता नअपनाउने हो भने एक दिनमा हजारौलाई यो रोग सर्न सक्छ भन्ने तथ्य वैज्ञानिकहरु बताइरहेका छन् । रोगसंग लडेर भोगेको शारीरिक पीडाभन्दा पनि सामाजिक संजालमा लेखिएका शब्दहरुले उनीमाथि परेको मानसिक क्षतिको आँकलन कस्ले गर्ने ? समस्या परेको बखतमा दोषारोपण अनि घृणा फैलाउने काम आजबाटै बन्द गरौ । रोग कसैले चाहेर लाग्ने र नचाहेर नलाग्ने भन्ने होइन ।अरुको कदर गर्न सिकौ । मानव जीवनको महत्व सबैको एक हो भन्ने बुझौ ।
नेपालकी कोरोना संक्रमितपछि उपचारबाट निको भएकी काठमाडौंकी १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठको संस्मरण फ्रान्सको उनि पढ्ने विश्व बिद्यालयका विद्याथीहरुको अनलाइनले प्रकाशित गरेको छ ।ल ड्रागन द सेन डट कममा अंग्रेजी भाषामा छापिएको उनको संस्मरणलाई यहाँ नेपाली भाषामा अनुवाद गरिएको हो । www।ledragondechaine।com कोरोना जित्ने प्रसिद्धि श्रेष्ठको आत्मकथा ,अनुभव नेपाली अनुबाद जस्ताको तस्तै
१७ मार्चमा लाम (भियतनामी साथी )र म दोहास्थित हम्माद इन्टरनेशनल एयरपोर्टसम्म सँगै थियौँ । यहाँबाट लाम भियतनामको होची मिन्हा र म काठमाडौं फर्कदैं थियौँ । क्वारेन्टाइनमा नै रहेका बेला लामलाई परीक्षणमा कोभीड–१९ को संक्रमण भएको देखियो । हामी दुबै र हाम्रा सबै साथीहरूका लागि यो ठूलो ‘रियालिटी चेक’ थियो । हामीले मिम र बिदाई चिट्ठीमात्रै देखेको कुरा, हाम्रो यर्थाथमा आउँदै थियो ।
दुई दिनपछि मलाई पनि कोभीड–१९ पोजेटिभ देखियो । मभन्दा अघि नेपालमा एउटै मात्र कोरोना भाइरसको घटना देखिएको थियो र ती विद्यार्थी निको पनि भइसकेका थिए । त्यसैले कागजमा मेरो देशले शतप्रतिशत निको भएको तथ्यांक कायम गरेको थियो । यसकारण धेरै नागरिकलाई गर्व पनि थियो कि नेपालमा कोरोनाको अर्को घटना देखिएको छैन । हामी कोभीड–१९ बाट कसरी सुरक्षित छौँ भन्ने विषयमा पनि धेरै मान्यता थिए, यस्ता मान्यतामा राष्ट्रिय गौरवले पनि जरो गाडेको थियो । यी र यस्तै परिस्थितीमा म नेपालमा केवल दोस्रो संक्रमित थिए । मेरो घटनामा यसअघिका कुनै दृष्टान्त पछ्याउने अवसर थिएन र धेरैलाई यो परिस्थिती कसरी सम्बोधन गर्ने भन्ने पनि थाहा थिएन ।
मेरो परीक्षण रिपोर्टबारे परिवारलाई १० बजे नै जानकारी दिइएको थियो । मेरी दिदीले बारम्बार ममा संक्रमण देखिएको बताएपनि मैले यसलाई विश्वास गरिनँ । किनभने त्यस दिनसम्म ममा कुनै लक्षण देखिएकै थिएन । २२ मार्चमा अस्पताल भर्ना भएयता पहिलो रात नै लक्षण देखिन थाल्यो । मलाई पेटमा निकै पीडा भयो र श्वासप्रश्वासमा समस्या आउँदा रातभर म राम्ररी सुत्न सकिंनँ । जब तपाईं श्वास फेर्दा ध्यान दिनुहुन्छ र हरेक पटक असामान्य हुन्छ, तब कस्तो होला रु मलाई केही दिनसम्म यस्तै भयो । मेरो छातीले मलाई गहिरो श्वास लिनबाट अवरोध गरिरहेको थियो । मेरो शरीरमा मेरो होइन, भाइरसको नियन्त्रण थियो । फर्केर हेर्दा, परीक्षण भइसकेपछि रिपोर्ट आउनुअघिको समयमा मैले बढी नै सोचेंजस्तो लाग्छ ।
मलाई आफुमा भाइरस छ र ममार्फत अरु कोही व्यक्तिलाई सरेको हुनसक्छ भन्ने तथ्य अस्वकार गर्दा बढी सहज महसुस भएको थियो । जब मैले यथार्थ स्वीकारे, त्यसपछि बाटोमा भेटिएका मानिस र आफ्नै परिवारमा ममार्फत संक्रमण फैलिएको हुनसक्छ भन्ने विषय मेरो सबैभन्दा ठूलो चिन्ता थियो । चिकित्सकले परीक्षणपछि ठूलो परिमाणमा भाइरस भेटिएको बताएका थिए, यसको अर्थ यस अवस्थामा ममार्फत धेरैमा संक्रमण सर्नसक्थ्यो । तत्कालै मलाई मेरो घरमा एम्बुलेन्स पठाइयो र मलाई टेकुस्थित अस्पतालको आइशोलेसन कक्षमा राखियो । २२ मार्चमा अस्पताल भर्ना भएयता पहिलो रात नै लक्षण देखिन थाल्यो । मलाई पेटमा निकै पीडा भयो र श्वासप्रश्वासमा समस्या आउँदा रातभर म राम्ररी सुत्न सकिंनँ । जब तपाईं श्वास फेर्दा ध्यान दिनुहुन्छ र हरेक पटक असामान्य हुन्छ, तब कस्तो होला रु मलाई केही दिनसम्म यस्तै भयो ।
मेरो छातीले मलाई गहिरो श्वास लिनबाट अवरोध गरिरहेको थियो । मेरो शरीरमा मेरो होइन, भाइरसको नियन्त्रण थियो । खाटबाट उठ्न पनि ठूलै प्रयास गर्नुपथ्र्यो, बलपूर्वक खाना खाइन्थ्यों र अनिन्द्राले सताइरहेको थियो । मलाई अझै त्यो रात याद छ, जब ‘सुँघ्ने क्षमतामा कमी’ पनि कोभीड–१९ को लक्षण हो भनेर पढें, मैले साबुनको गन्ध सुँघ्न खोजे । आश्चर्य मैले गन्ध थाहा पाइनँ । लक्षणका विषयमा कुरा गर्नुपर्दा मलाई हल्का सुख्खा खोकी पनि थियो । तर, मलाई ज्वरो भने कहिल्यै पनि आएन । तपाईंले यो पनि ख्याल गर्न जरुरी छ कि मेरो केसमा असर हल्का थियो । मेरो मनले ती व्यक्तिबारे सोच्छ, जसले यो भाइरसबाट संक्रमित भएपछि मैलेभन्दा खराब अनुभव गर्नुभएको छ ।
यी सबैका बाबजुद सञ्चारमाध्यमले मेरो परिस्थिती सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्यो । मलाई थाहा थियो कि सबैजनाले ‘फ्रान्सबाट दोहा हुँदै १७ मार्चमा आएकी एक १९ वर्षीय युवती कोरोना संक्रमित भएको’ थाहा पाइसकेका छन् र यसपछिका घटनाक्रम मैले सहनुपर्छ । काठमाडौं सानो शहर हो । जसले मलाई चिन्छन्, ती व्यक्तिको दिमागमा यति जानकारी पाउनासाथ मेरो नाम पुगिहाल्यो । यद्यपी, सञ्चारमाध्यमले मेरो नाम गोप्य राखे, तर मैले थाहा पाएसम्म झन्डै सबै सञ्चारमाध्यमले मेरोबारे समाचार लेखेका थिए, माथि उल्लेखित बिस्तृत जानकारी र अरु समेत थपेर । केही साँचो थियो, तर धेरै गलत । जस्तो, लाम पेरिसदेखिकै मेरी महिला रुममेट थिइन् ।
मैले परीक्षण गर्नुअघि आफ्ना धेरै आफन्तलाई भेटेको थिएँ । मेरा बाबुआमा चिकित्सक हुन् लगायत । नकारात्मक टिप्पणी यति धेरै थियो कि मेरो उपचारमा संलग्न चिकित्सकहरुले समेत मलाई समाचार नहेर्न आग्रह गर्न थाले । मसँग आफू सेल्फ–क्वारेन्टाइनमा बसेको प्रमाण थियो र म कति केयरफुल रहेँ भन्ने प्रमाण पनि थियो, तर यतिबेलासम्म मसँग आवाज थिएन अर्थात् मैले बोल्न मिल्ने परिस्थिती थिएन । नेपालमा न्युर्योक टाइम्सको पार्टनर रहेको एक अंग्रेजी दैनिक ‘रिपब्लिका’ ले मलाई हल्लाकै भर ‘सुपर स्प्रेडर’ को बिल्ला नै लगाइदियो । उनीहरुलाई मेरो कथा थाहा थिएन, उनीहरुसँग मैले भाइरस फैलाइरहेको कुनै प्रमाण थिएन । तर धेरै जनताको नजरमा म ‘सुपर–स्पे्रडर’ बनिसकेको थिएँ । २३ मार्च केही फरक थियो । कहीँ, कतै, कसैले मेरो कथाको आख्यान तयार गर्ने निर्णय गर्यो ।
उनीहरुले आफू अनुकुल हुनेगरी मेरो तथ्य बङ्ग्याए । मप्रति त्यस्तो घृणा उजागर भयो । सामाजिक सञ्जालमा गालीको भेल थियो । मानिसहरु ममाथि आरोप लगाउदैं थिए, उनीहरु घृणा गर्दै थिए र केहीले त मलाई ज्यान मार्ने धम्की समेत दिए । उनीहरु मलाई जीवित राख्नुभन्दा गोली हानेर मार्नुपर्ने बताइरहेका थिए । नकारात्मक टिप्पणी यति धेरै थियो कि मेरो उपचारमा संलग्न चिकित्सकहरुले समेत मलाई समाचार नहेर्न आग्रह गर्न थाले । मसँग आफू सेल्फ–क्वारेन्टाइनमा बसेको प्रमाण थियो र म कति केयरफुल रहेँ भन्ने प्रमाण पनि थियो, तर यतिबेलासम्म मसँग आवाज थिएन अर्थात् मैले बोल्न मिल्ने परिस्थिती थिएन । मेरो शारीरिक सुरक्षाका लागि गोपनियता जरुरी थियो ।
मैले आफ्नै सामाजिक सञ्जालको सर्कलमा समेत धेरैले मेरोबारे नकारात्मक अर्थ दिने पोस्ट गरेको देखेँ उनीहरुलाई ती बिरामी म हुँ भन्ने थाहा थिएन । टाउकोमा हात राखेर धिक्कार गरिरहेका संकेतसहितका सामाग्री सामाजिक सञ्जालमा आउथ्यों । म बुझ्थेँ, उनीहरुलाई गलत जानकारी मिलेको हुनसक्छ र बिरामीलाई पीडा दिने अर्थात् मलाई पीडा दिने उनीहरुको मनसाय नहुनसक्छ । त्यही दिन २३ मार्च स्वास्थ मन्त्रालयले विशेषगरी मेरो संक्रमणको घटना र त्यसपछिको लकडाउनबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्यो । म आफ्नो खाटमा बसेर छक्क परिरहेको थिएँ, कसरी आफ्नो कोठामा सेल्फ क्वारेन्टाइ बसिरहेको म आफ्नो पुरै देशलाई लकडाउन गर्ने कारक बनेँ । हो, देशव्यापी लकडाउन गर्ने सरकारी निर्णयका लागि म धेरै कारणले जिम्मेवार थिएँ । त्यस समय मैले यही कामना गरेँ कि यस्तो अवस्थामा अरु नै कोही होस् ।
तर यर्थाथ यही थियो, त्यो ठाउँमा म थिएँ । यी सबै यातनाका बाबजुद म पहिले, अहिले र जहिले पनि मेरो भावनालाई उच्च राखिदिएकोमा मेरा नर्सहरुप्रति कृतज्ञ छु । २४ मार्चमा ड्युटीमा रहेकी एक नर्सले मलाई बोलाइन्, उनी मसँग यो सन्देश साट्न चाहन्थिन् कि उनका एक फेसबुक साथीले आफ्नो पूरै गाउँसँगै मेरा लागि प्रार्थना गर्दैछन् । जब म भर्ना भएकै अस्पतालमा ती नर्सले काम गर्छिन् भन्ने ती व्यक्तिले थाहा पाए, त्यसपछि नर्सलाई म समक्ष सन्देश पु¥याइदिन आग्रह गरे । यस्ता साना संकेतहरुले आगामी दिन सातासम्म मेरो मनोबल बढाइरह्यो । यदी तपाईंले यो लेख पढिरहनु भएको छ भने मेरो दृष्टीकोणबाट मेरो अवस्थालाई बुझ्न प्रयास गर्नुभएकोमा धन्यवाद भन्छु ।
मैले आफ्ना सबै संकेतबाट छुटकारा भइसकेको छु र नेपाल अवतरण गरेको एक महिनामा अन्ततः म कोरोना ‘नेगेटिभ’ परीक्षण भएको छु । चेकजाँचका क्रममा नर्सहरुले सधैँ मलाई कस्तो भइरहेको छ भनेर सोध्थे, आवश्यक नपरको बेलामा पनि । मेरा डाक्टरहरुले पनि यस्तै असिम दया मप्रति देखाएका छन्, उनीहरुले सबै कुरा ठीक हुन्छ भने मलाई निरन्तर आश्वस्त गराइरहे । यदी तपाईंले यो लेख पढिरहनु भएको छ भने मेरो दृष्टीकोणबाट मेरो अवस्थालाई बुझ्न प्रयास गर्नुभएकोमा धन्यवाद भन्छु । मैले आफ्ना सबै संकेतबाट छुटकारा भइसकेको छु र नेपाल अवतरण गरेको एक महिनामा अन्ततः म कोरोना ‘नेगेटिभ’ परीक्षण भएको छु । मसँगै फ्लाइटमा आएका अधिकांश मानिसलाई कन्ट्याक–ट्रेस गरिसकिएको छ र उनीहरुमध्ये कोहीमा मबाट संक्रमण सरेको रहेनछ । मेरो घरका पनि सबैमा परीक्षण रिपोर्ट ‘नेगेटिभ’ नै आयो ।
सेल्फ–क्वारेन्टाइनको सतर्कता र विवेकसम्मत निर्णयकै कारण यस्तो भएको हो । लाम पनि पूर्ण रुपमा निको भइसकेका छन् र उनको स्वास्थ अवस्था ठीक छ । मलाई थाहा छ धेरै कुराहरु यस लेखमा भन्न सकिएको छैन । अस्पतालको तयारी सन्तोषजनक छ वा छैन, म र मेरा चिकित्सकबीच कस्तो संवाद हुन्थ्यो, कस्ता औषधी मलाई उपलब्ध गराइयो लगायत । मैले सेल्फ क्वारेन्टाइन र निको हुने प्रक्रियामा कस्तो नियम पालना गरेँ भन्ने विषयमा पनि लेखेको छैन । यद्यपी, म सधैं आफ्ना यी सबै अवस्थाबारे खुला रुपमा कुरा राख्न सधैं तयार हुनेछ र भविष्यमा यी विभिन्न पक्षबारे लेख्न पनि सक्नेछु । अन्ततः मेरो परिवार, डाक्टर, नर्स र मेरा साथीभाईका कारण आज मेरो मानसिक तथा शारीरिक अवस्था पूर्णरूपमा ठिक छ । ती सबै जो मेरो अवस्थाबारे जानकार हुनुहुन्थ्यो र सधैं मलाई साथ दिइरहनुभयो, म तपाईंहरुले विगत तीन सातामा मेरा लागि जे गर्नुभयो, यसका लागि कृतज्ञ छु ।
मैले यस प्रक्रियाका दौरान महसुस गरेको कुरा हामीले भाइरसबाट पर्ने मानसिक असरलाई बेवास्ता गर्छौं । स्वासप्रश्वाममा कमीजस्ता लक्षणले जसरी मानिसको भय र चिन्ता बढाइदिन्छ, त्यसरी नै आम मानिसले देखाउने घृणा र बेवास्ताले पनि कमजोर बनाउँछ । कोभिड–१९ घिन मान्नुपर्ने कुरा होइन र यो कुनै पनि व्यक्तिमा, कुनै पनि समयमा देखिनसक्छ । यो हामी सबैले बुझ्नुपर्ने कुरा हो । कसैले मजस्तै अवस्थामा आफुलाई पाउनु भएको छ भने त्यस्ता व्यक्तिलाई सधैं साथ दिन, उहाँहरुसँग कुराकानी गर्न (उहाँहरुले चाहेमा) चाहन्छु र उहाँहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।
नेपाली साहित्य तथा विविध विधामा कलम चलाउने लेखक उप्रेती रक्तदान अभियानन्ता समेत हुन् । | २०७७ वैशाख १२ गते १४:२५ | https://www.dcnepal.com/2020/04/148320/ | null |
2,639,052 | 2,655,056 | राजनीति | जनगणनामा सहयोग गरौं : एमाले अध्यक्ष ओली |
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा सहभागी हुन अपिल गरेका छन्।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा सहभागी हुन अपिल गरेका छन्।
आज भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले जनगणनामा उत्साहपूर्वक सहभागी हुन र सहयोग पुर्याउन अपिल गरे।अध्यक्ष ओलीले सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्न आह्वान गरे। राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्यांक उपलब्ध गराउने भएकाले यसमा सहभागी भइ सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा उनले आह्वान गरेका हुन्। जनगणनाबाट प्राप्त तथ्यांक अनुसार राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने भएकाले यसमा सहयोग गर्नु सबैको कर्तव्य भएको अध्यक्ष ओलीको भनाइ छ। उनले भने, ‘जनगणनाले हाम्रो समाज कहाँ छ? विकासको स्तर कहाँ पुगेको छ? कुन क्षेत्रमा हामी कति अगाडि बढेका छौं, कुन क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता छ, मानव संशाधन र मानव स्रोतको विकास, अथवा अन्य विकासमा हामी कहाँनिर छौं, हाम्रो आयस्रोत कस्तो छ, हाम्रो आर्थिक अवस्था, रोजगारीको अवस्था, शैक्षिक अवस्था कस्तो छ लगायत विषय राज्यले जानकारी पाएपछि नै तनअनुसार योजना निर्माण गर्न सक्छ,तसर्थ त्यसका लागि तथ्यांक आवश्यक छ,त्यसैले जनगणना गरिन्छ।’ अध्यक्ष ओलीले जनगणनामा खटिएका कर्मचारी (गणक) लाई पूर्ण रुपमा सहयोग गर्न पनि अपिल गरे।
आज भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले जनगणनामा उत्साहपूर्वक सहभागी हुन र सहयोग पुर्याउन अपिल गरे।
अध्यक्ष ओलीले सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्न आह्वान गरे। राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्यांक उपलब्ध गराउने भएकाले यसमा सहभागी भइ सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा उनले आह्वान गरेका हुन्।
जनगणनाबाट प्राप्त तथ्यांक अनुसार राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने भएकाले यसमा सहयोग गर्नु सबैको कर्तव्य भएको अध्यक्ष ओलीको भनाइ छ। उनले भने, ‘जनगणनाले हाम्रो समाज कहाँ छ? विकासको स्तर कहाँ पुगेको छ? कुन क्षेत्रमा हामी कति अगाडि बढेका छौं, कुन क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता छ, मानव संशाधन र मानव स्रोतको विकास, अथवा अन्य विकासमा हामी कहाँनिर छौं, हाम्रो आयस्रोत कस्तो छ, हाम्रो आर्थिक अवस्था, रोजगारीको अवस्था, शैक्षिक अवस्था कस्तो छ लगायत विषय राज्यले जानकारी पाएपछि नै तनअनुसार योजना निर्माण गर्न सक्छ,तसर्थ त्यसका लागि तथ्यांक आवश्यक छ,त्यसैले जनगणना गरिन्छ।’
अध्यक्ष ओलीले जनगणनामा खटिएका कर्मचारी (गणक) लाई पूर्ण रुपमा सहयोग गर्न पनि अपिल गरे। |
कात्तिक २५, २०७८ बिहिबार
| https://thahakhabar.com/news/139231 | politics |
832,657 | 847,096 | null | च्यारिटीका लागि आनी बेलायत जाने | (लन्डन) — स्रोत नखुलेको रकम नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धान दायरामा तानिएकी गायिका आनी छोइङ डोल्मा बेलायत आउने भएकी छन् । बौद्ध गुम्बा निर्माणमा सहयोग जुटाउनका लागि गरिन लागेको च्यारिटीमा भाग लिन उनले बेलायत भ्रमण गर्न लागेकी हुन् । /nआनीका साथ संगीतकार न्यु बज्राचार्य, वाद्यवादकहरू रमन महर्जन, सुन्दरकुमार महर्जन, प्रिन्स नेपाली पनि सहभागी हुँदै छन् । कार्यक्रममा आनीले बुद्ध दर्शनसम्बन्धी प्रवचन र एकल गायन प्रस्तुत गर्ने आयोजक बुद्धिस्ट गुम्बा रेडिङ यूकेका महासचिव कमल गुरुङले जानकारी दिए । /n/n४ जुलाईमा लन्डन आएपछि आनीसहितको टोली एक साता बस्नेछ । ‘उहाँहरू सबैको भिसा, टिकट भइसकेको छ’, गुरुङले भने, ‘आनीबारे समाचार पढेको हो तर हाम्रो कार्यक्रमलाई केही असर गर्दैन ।’ आनी र न्यु बज्राचार्यले एउटा प्रमोसनल भिडियोमा ‘पवित्र कार्यका लागि हुन लागेको विल्कुल फरक कार्यक्रम’ भन्दै दर्शकलाई आइदिन अपिल गरेका छन् । च्यारिटी कन्सर्ट ७ जुलाई आइतबार रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा गर्ने तयारी छ । /n/nबुद्धिस्ट गुम्बा रेडिङ यूके नामक संस्थाले रेडिङमा गुम्बा निर्माणका लागि हालसम्म १ लाख ६० हजार पाउन्ड उठाइसकेको छ । स्थानीय मेयर र काउन्सिलले पनि यसमा सहयोग गर्ने वचन दिएको संस्थाले जनाएको छ । गुम्बाका लागि निर्ब्याजी पैसा दिने धेरै देखिएकाले आफूहरू उत्साहित भएको संस्थाका पदाधिकारीले बताए । /n | 2019 | https://ekantipur.com/news/2019/06/15/156061289231055855.html | news |
2,695,166 | 2,711,170 | समाज | लक्ष्मी पूजाको दियोबाट आगलागी, लाखौँको क्षति |
सोलुखुम्बु : जिल्लाको नेचासल्यान गाउँपालिका २ सल्यान कुमाल गाउँको एक घरमा आगोलागी भएको छ। लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीय रुपा नेवारको ६ लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए।
सोलुखुम्बु : जिल्लाको नेचासल्यान गाउँपालिका २ सल्यान कुमाल गाउँको एक घरमा आगोलागी भएको छ। लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीय रुपा नेवारको ६ लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए।
आगोलागीबाट लक्ष्मी पूजाका लागि राखिएको नगद एक लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी, ५ माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पूजाकोठाबाट सुरु भएको आगोले नेवारको ढुंगा माटोले बनेको ३ तलेर घरको पुजाकाठा जलेर नष्ट भएको छ। साँझ ७:४५ बजेबाट सुरु भएको आगो राति ९:३० बजे स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो। तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्। रुपा नेवार नेचासल्यान गाउँपालिका २ का वडा सदस्यसमेत हुन्।एक हप्तामा करोड बढी क्षतिपछिल्लो एक हप्तामै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ। कात्तिक ३ गते मात्रै सोही गाउँपालिकाको वडा नम्बर १ का चन्द्रप्रकाश कोईरलाको तीनतले घरमा आगोलागी भएको थियो। प्रहरीको मूल्यांकनअनुसार कोइरलाको रु.९८ लाख बराबरको क्षति भएको थियो।यस्तै, कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका ११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगोलागी भएको थियो। प्रहरीका अनुसार सल्यानमा खड्कोको घर पूर्णरूपले जलेर नष्ट हुँदा रु.८५ लाख बराबरको क्षति भएको छ।
आगोलागीबाट लक्ष्मी पूजाका लागि राखिएको नगद एक लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी, ५ माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पूजाकोठाबाट सुरु भएको आगोले नेवारको ढुंगा माटोले बनेको ३ तलेर घरको पुजाकाठा जलेर नष्ट भएको छ। साँझ ७:४५ बजेबाट सुरु भएको आगो राति ९:३० बजे स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो। तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्। रुपा नेवार नेचासल्यान गाउँपालिका २ का वडा सदस्यसमेत हुन्।
एक हप्तामा करोड बढी क्षति
पछिल्लो एक हप्तामै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ। कात्तिक ३ गते मात्रै सोही गाउँपालिकाको वडा नम्बर १ का चन्द्रप्रकाश कोईरलाको तीनतले घरमा आगोलागी भएको थियो। प्रहरीको मूल्यांकनअनुसार कोइरलाको रु.९८ लाख बराबरको क्षति भएको थियो।
यस्तै, कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका ११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगोलागी भएको थियो। प्रहरीका अनुसार सल्यानमा खड्कोको घर पूर्णरूपले जलेर नष्ट हुँदा रु.८५ लाख बराबरको क्षति भएको छ। |
कात्तिक ११, २०७६ सोमबार
| https://thahakhabar.com/news/82608 | society |
2,637,870 | 2,653,874 | राजनीति | कर्मचारीकाे बदमासीले चुनाव हारेका उम्मेदवार पुनः मतगणनामा विजयी |
काठमाडौं : चार वर्षपछि गरिएको पुनः मतगणनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–१० मा वडाध्यक्षको मत परिणाम उल्टिएको छ।
काठमाडौं : चार वर्षपछि गरिएको पुनः मतगणनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–१० मा वडाध्यक्षको मत परिणाम उल्टिएको छ।
स्थानीय तह निर्वाचन २०७४ को मतगणनाको परिणाम उल्टिएको हो। पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका छन्।यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो। तर आइतवार भएको पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।चार वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो। पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए।उच्च अदालतले २०७५ असार २१ गते पुनः मतगणना गर्ने आदेश दिए पनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए।सर्वोच्चको २०७७ चैत्र ६ गतेको आदेशबाट उच्च अदालतको आदेश सदर गरेको थियो। भुजेलका अनुसार कांग्रेसका उम्मेदवार चौधरीले दुई सय ६६ र पराजित भएका रायले दुई सय ६८ मत पाएका छन्। चार वर्षपछि वडाको फेरि मतगणना .groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-weight:700;font-size:120%} .groupTitle:after{content:"";position:absolute;bottom:0;left:0;right:0;height:.8em;border-top:2px solid #ddd;z-index:-1}.groupTitle.thaha-deeplink { margin-bottom: 20px !important; } .thaha-deeplink span { padding-left: 0px !important; position: absolute !important; top: -20px !important; font-size: 20px !important; } .thaha-deeplink-img { margin-bottom: 0px; } .thaha-deeplink-img img{ margin-left: 0px !important; min-width: 100% !important; } .thaha-deeplink-paragh { width:100% !important; vertical-align: middle !important; line-height: 25px !important; } .thaha-deeplink-paragh a{ font-weight: 600; text-align: left; color: #D12229; font-size: 20px; text-decoration: none; } .thaha-deeplink-mobile { width: 15%; vertical-align: middle !important; } .thaha-deeplink-mobile img{ max-width:90px !important; } @media (max-width: 767px) { .thaha-deeplink-mobile { width: 30% !important; } .thaha-deeplink-paragh a{ font-size: 14px; } .thaha-deeplink-paragh { line-height: 18px !important; } }
स्थानीय तह निर्वाचन २०७४ को मतगणनाको परिणाम उल्टिएको हो। पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका छन्।
यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो। तर आइतवार भएको पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।
चार वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो। पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए।
उच्च अदालतले २०७५ असार २१ गते पुनः मतगणना गर्ने आदेश दिए पनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
सर्वोच्चको २०७७ चैत्र ६ गतेको आदेशबाट उच्च अदालतको आदेश सदर गरेको थियो। भुजेलका अनुसार कांग्रेसका उम्मेदवार चौधरीले दुई सय ६६ र पराजित भएका रायले दुई सय ६८ मत पाएका छन्।
|
कात्तिक ७, २०७८ आइतबार
| https://thahakhabar.com/news/138023 | politics |
262,618 | 275,021 | politics |
आज सर्वाेच्चको फुलकोर्ट बस्दै, गोला प्रणालीकाे मिति तय हुने
|
सर्वाेच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट आज बिहीबार बस्दैछ। बैठकले इजलास तोक्न गोला प्रणाली लागू गर्ने मिति तय गर्नेछ।
यसअघिको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरेको थियो । उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।
अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ।
आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८ न्यायाधीशको बैठक बस्नेछ।
प्रकाशित: ९ मंसिर २०७८ १०:०६ बिहीबार | ९ मंसिर २०७८ | https://kendrabindu.com/politics/79881-1637814042.html | politics |
1,537,396 | 1,551,835 | अर्थनीति | उद्योग परिसंघको अध्यक्षमा सतिश मोर, निर्वाण बने उपाध्यक्ष |
२६ चैत, काठमाडौं । उद्योग परिसंघको अध्यक्षमा सतिश मोर चयन भएका छन् । हरिभक्त शर्माको कार्यकाल सकिए पछि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका मोर अध्यक्षमा चयन भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानका कारण मोर अध्यक्ष चयन भए । सोमबार सम्पन्न परिसंघको १६ औं साधारणसभाले उपाध्यक्षमा ७ जनालाई चयन गरेको छ ।
उपाध्यक्षहरुमा निर्वाण चौधरी, राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे, अनुज अग्रवाल, विष्णु अग्रवाल र शुलभ अग्रवाल चयन भएका छन् । यिनै उपाध्यक्षहरु मध्येबाट एक जना परिसंघको वरिष्ठ उपाध्यक्ष चयन हुनेछन् । | २०७५ चैत २६ गते १०:४५ मा प्रकाशित | https://www.onlinekhabar.com/2019/04/756696 | economy |
1,703,759 | 1,718,198 | investment | आगामी नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव |
वैशाख २६, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको लागि सरोकारवाला निकायसँग सुझाव मागेको छ ।
बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रममा बजारको विकास, विस्तार तथा सुधारको लागि सहयोग मिल्ने खालको सुझाब दिन भनेको छ । जेठ ९ गतेसम्म बोर्डको इमेल ठेगाना [email protected] मा सल्लाह सुझाव पठाउन आग्रह गरेको हो ।
बोर्डले यसअघि पनि शेयर बजार सम्बन्धि नीति तथा कार्यक्रम सरोकारवाला सवैसँग सल्लाह सुझाव लिएर बनाउँदै आएको छ ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम बोर्डले गत असार ३० गते सार्बजनिक गरेको थियो । आगामी वर्षको कार्यक्रमका लागि मस्यौदा बनाउने कार्य भइरहेको बोर्डले जानकारी दिएको छ ।
If already gone government to decide full phase online trading of share market, investment for NRN should have right to join share market. And false rule of WACC for right share and bonus share should also to be solve in my opinion.
| २०७७ बैशाख, २६ | https://www.abhiyandaily.com/newscategory-detail/366848 | economy |
2,124,051 | 2,140,055 | null |
ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक
|
काठमाडौं । ग्रिसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको समाचारमा जनाइएको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो ।
प्राप्त समाचारमा यसअघि करिब १० हजार जना आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रिसको एक जमिनमा रोकिएको बताइएको थियो । जसका कारण ग्रिसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन् ।
ग्रिसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले ग्रिसको सिमाक्षेत्रमा आवश्यक मात्रामा रोकावट गरिएको जानकारी दिएका छन् । उनले भने– हाम्रो सीमातर्फ अनावश्यक रुपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ ।
टर्कीले पनि शरणार्थी आप्रवासीको भार थेग्न नसक्ने बताएको थियो । टर्कीले सिरियामा विगतका वर्षहरुदेखि जारी रहेको युद्धका कारण ठूलो संख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले बहन गर्न सक्ने अवस्था नरहेको बताएको थियो ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले भने सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरु तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि अनुमति दिने बताएका थिए । गत शुक्रवार उहाँले ग्रिस र बुल्गेरियातिर जानका लागि अनुमति दिने घोषणा गरेका थिए ।
उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भिषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएका थिए । त्यसपछि उनले सो घोषणा गरेका थिए ।
टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेको बताइएको छ । पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी रहेका बताइएको छ । टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरु बस्ने गरेका बताइन्छ ।
उक्त देशमा तालिबान युद्धका कारण द्वन्द्वमा परेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रुपमा त्यहाँ पुगेका बताइएको छ ।
ग्रिसहुँदै अन्य युरोपेली देशहरुमा प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई ग्रीसले रोक्ने गरेको छ । प्रधानमन्त्री मित्सोटाकिसले शरणको मागका गर्दै दिइएका आवेदनहरुको कारबाही हाललाई अघि नबढाइने घोषणा गरेका छन् ।
प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रिस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिएका छन् । ग्रीसको सरकारले २४ घण्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रिस प्रवेश गर्नबाट रोकिएको जनाएको छ ।
त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रिस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समययता झडपहरु पनि भएका छन् । यस विषयमा भने ग्रीस सरकारले केही बताएको छैन । ग्रिसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बल समेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ ।
त्यसैगरी प्राप्त अर्को एक समाचारअनुसार ग्रिसका अधिकारीहरूले समुद्री मार्ग भएर पनि ग्रिसका केही भूभाग तथा विशेषगरी टापुहरूमा आप्रवासीहरू पुगेको बताइएको छ । एजेन्सी | २०७६,फाल्गुन,१९,सोमवार १३:०८ | https://www.lokpath.com/story/230284 | misc |
1,018,850 | 1,033,289 | null | परिवर्तन व्यवस्थापनका चुनौती | विश्वका प्रायः सबै देश कुनै न कुनै समयमा प्रलयकारी परिवर्तनको चापबाट गुज्रेका छन् । केही देशका नेताले ती परिवर्तनलाई सक्षमतासाथ व्यवस्थापन गरेर शान्ति र प्रगतिका पूर्वाधारहरू खडा गरिदिएका छन् भने केही देशका नेताको असक्षमताका कारण ती देशहरू अस्थिरता र अराजकताको भुमरीबाट गुज्रँदै राजनीतिक स्थायित्व प्राप्त गरेका छन् या इतिहासकै विरासत बोकेर प्रताडित भइरहेका छन् । | 2011 | https://ekantipur.com/opinion/2011/05/01/328787.html | thought |
735,280 | 749,607 | खेलकुद | भारतीय क्रिकेटर कोहलीको आज जन्मदिन |
काठमाडौं –भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको मंगलवार जन्मदिन हो ।
आजबाट उनी ३१ वर्षमा प्रवेश गरेका छन् ।
जन्मदिनको अवसरमा उनलाई उनका समर्थक तथा क्रिकेटरहरूले शुभकामना प्रकट गरेका छन् । एजेन्सी
❇️ Fastest to 20,000 international runs ❇️ Most double hundreds as Test captain ❇️ First to clean sweep ICC awards Happy Birthday to player extraordinaire, @imVkohli 🎂 pic.twitter.com/SyoF0mvNmC
As #TeamIndia Captain @imVkohli turns 31, we take a look back at his maiden ODI hundred and where it all started for the Run Machine. #HappyBirthdayVirat 🎂💐💐 pic.twitter.com/6vNY1U4p8H
| कात्तिक १९, २०७६ | https://lokaantar.com/story/91042/2021/12/22/sports/cricket- | sports |
2,430,321 | 2,446,325 | hollywood-bollywood | बादशाहसँग ज्याकलीन भइन् ‘पानी पानी’ |
अभिनेत्री ज्याकलीन फर्नाडिस पछिल्लो समय गीत ‘पानी पानी’का कारण चर्चामा छिन् । गीतको भिडियोमा ज्याकलीनले र्यापर बादशाहको साथ रोमान्स गरेकी छन् । भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भएको छ । गीतको शब्द तथा स्वर बादशाह र आस्था गिलको रहेको छ ।
पियुष भगत र शाजिया सामजीको कोरियोग्राफी रहेको भिडियोमा ज्याकलीन बंजार लुक्समा देखिएकी छन् । भिडियोमा बादशाह र ज्याकलीनको केमिस्ट्री सुहाउँदो छ । भिडियोका बिषयमा ज्याकलीनले भनेकी छन्, ‘जब मलाई भिडियोका लागि अफर आयो, मैले तुरुन्त हुन्छ भनेकी थिए । किनभने मलाई गीत राम्रो हुने बिश्वास थियो ।’
‘पानी पानी’ गीत बनाउने र भिडियो सुट गर्ने प्रक्रिया एक सुन्दर यात्रा थियो’ बादशाहले भनेका छन्– ‘आस्था र मैले गीत रेकर्ड गर्दा नै ज्याकलीनलाई यसमा समेट्ने सोच थियो ।’ भिडियो सुन्दर मरुभूमिमा सुटिङ गरिएको छ ।
| जेठ २८, २०७८ | https://ratopati.com/story/184829/2021/6/11/Bollywood | entertainment |
2,366,371 | 2,382,375 | rajniti-nepal-live | बजेटमाथि रवीन्द्र मिश्रको टिप्पणी– फोकसहीन र अत्यधिक ऋणभारयुक्त |
काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्षको बजेट अत्यधिक ऋणभारयुक्त भएको टिप्पणी गरेका छन्।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट सार्वजनिक गरेको बजेट लोकप्रियतावादी, वितरणमुखी र 'फोकस-हीन' भएको पनि मिश्रको टिप्पणी छ।
बजेटले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धितर्फ चासो नदिएको पनि मिश्रले बताएका छन्।
'बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ,' सामाजिक बजेटबारे टिप्पणी गर्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, 'भ्रष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धिबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।' | शनिबार, जेठ १५, २०७८, १९:४३ | https://nepallive.com/story/248288 | news |
2,149,623 | 2,165,627 | null |
प्रधानमन्त्री देउवासँग महन्थको भेट, विश्वासको मत दिँदा भएका सहमतिबारे छलफल
|
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् ।
अध्यक्ष ठाकुर मंगलवार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।
सरकारलाई विभिन्न मागसहित विश्वासको मत दिएका महन्थले आज प्रधानमन्त्री देउवासँग भेटेर त्यसबारे छलफल गरेका हुन् ।
यसअघि मंगलवार बसेको जसपा कार्यकारिणी समितिको बैठकले जसपाका नेता रेशम चौधरी लगायत राजनीतिक बन्दीको रिहाइसहित विभिन्न मागहरुसहित सरकारको ध्यानाकर्षण गराएको थियो । | २०७८,श्रावण,६,बुधबार ११:४१ | https://www.lokpath.com/story/429172 | misc |
571,130 | 583,958 | social | होटलमा काम दिन्छु भनेर बलात्कार |
सल्यानमा काम दिने प्रलोभन देखाएर किशोरीमाथि बालात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्लाको शारदा नगरपालिका-१ का ४५ वर्षीय हिमलाल बुढाथोकीले सोही नगरपालिका-१२ की १५ वर्षीया एक किशोरीलाई आफ्नो होटेलमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
साउन २३ गते बेलुका साढे ८ बजे बुढाथोकीले ती किशोरीलाई ललाइफकाई दारिमचौरको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए। प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
प्रहरीले बुढाथोकीलाई शनिबार पक्राउ गरे पनि आइतबार मात्रै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जानकारी दिएको छ। | सोमबार, साउन २६, २०७७, ००:०२:०० | https://www.setopati.com/social/213443 | society |
2,547,621 | 2,563,625 | newspaper | १५ सय तिर्न ३० हजार खर्च |
जिल्लाका साना व्यवासायीलाई करबापत १५ सय रुपैयाँ तिर्न ३० हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ । करसम्बन्धी कारोवार गर्ने कुनै निकाय जिल्लामा नहुँदा साना व्यवसायीसमेत प्रदेश ५ को नेपालगन्ज जान बाध्य छन । करसम्बन्धी कारोबार गर्ने कुने पनि निकाय जिल्लामा नहुँदा साना व्यवासायीसमेत प्रदेश ५ को नेपालगन्ज जन बाध्य छन् । साना व्यवसायीले बार्षिक रुपमा तिर्नुपर्ने कर रकम १५ सयम मात्रै हो । तर नेपालगन्ज आवतजावत र बसाईका लागि कम्तीमा ३० हजार रुपैयाँ खर्च हुन्छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
| भदौ १५, २०७५ | https://ratopati.com/story/59028/2018/8/31/kharcha | news |
396,222 | 408,842 | rochak | मुसा मार्नेलाई २५ रुपैयाँ पुरस्कार |
पाकिस्तानमा मुसा मार्नेलाई २५ रुपैयाँ इनाम दिइन्छ । केही समय पहिले एक शिशुको मृत्यु मुसाले टोकेपछि भएको थियो । बच्चाको मृत्युपछि पेशावर प्रशासनले मुसाको आतंक अन्त्य गर्नलाई यस्तो योजना ल्याएको हो ।
योजना अनुसार, एक मुसा मारेमा २५ रुपैयाँ इनाम दिने घोषणा गरिएको हो । सरकारले नै बनाएको यस योजनाले समस्याबाट मुक्ति पाउनलाई सर्वसाधारणलाई परिचालन गरेको हो । मुसा मार्नलाई प्रोत्साहन गर्न २५ रुपैयाँ दिने भनिएको हो ।
पेशावर प्रशासनले मुसाको आतंकबाट मुक्त हुन बैठक राखेको थियो । ठुला ठुला मुसाले मानिसमाथि हमला गर्ने, स्वास्थ्य सम्बन्धि समस्या उत्पन्न गर्ने जस्ता मानव विपरित कार्य गरेको थियो । घर–घरबाट मुसा मार्ने अभियान चलाइएको थियो । ठुला मुसा २२–३० सेन्टीमिटरसम्म का हुन्छन् । एजेन्सी | प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार
| https://www.reportersnepal.com/2020/12/495282 | misc |
559,706 | 572,534 | social | धनुषामा बम विष्फोट, एक महिला घाइते | धनुषामा बम विष्फोट\xa0 हुँदा एक महिला घाइते भएकी छन्।धनुषा नगरपालिका ९ स्थित हेमछिरिङ लामाको मसला बगौचामा बिहिबार बिहान बम विष्फोट हुँदा लामाकी श्रीमती ७४ वर्षीया तिर्थमाया घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।बम विष्फोटबाट तिर्थमायाको छाती र हात खुट्टामा चोटपटक लागेको धनुषा प्रहरी प्रमुख एसपी चक्रबहादुर सिहले जानकारी दिए।घाइते तिर्थमायाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।\n
धनुषामा बम विष्फोट हुँदा एक महिला घाइते भएकी छन्।धनुषा नगरपालिका ९ स्थित हेमछिरिङ लामाको मसला बगौचामा बिहिबार बिहान बम विष्फोट हुँदा लामाकी श्रीमती ७४ वर्षीया तिर्थमाया घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।बम विष्फोटबाट तिर्थमायाको छाती र हात खुट्टामा चोटपटक लागेको धनुषा प्रहरी प्रमुख एसपी चक्रबहादुर सिहले जानकारी दिए।घाइते तिर्थमायाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
| बिहीबार, चैत २२, २०७४, ००:५३:४३ | https://www.setopati.com/social/147226 | society |
1,041,505 | 1,055,944 | null | लिबिया आक्रमणमा विभाजित विश्वशक्ति | तानाशाह कर्णेल मौमार गद्दाफी विरुद्धको १ महिने घरेलु आन्दोलनले सफलता नपाएपछि 'कमाण्ड' र 'कन्ट्रोल' निश्चित नभएको फ्रान्स र बेलायत नेतृत्वको पश्चिमा हवाई आक्रमण २० मार्चबाट लिबियामा सुरु भएको छ । | 2011 | https://ekantipur.com/opinion/2011/03/25/326985.html | thought |
1,611,671 | 1,626,110 | photo-news | अभिनेत्री मनीषा कोइरालालाई चलचित्र कलाकार संघले मानार्थ सदस्यता दिने |
काठमाडौं : बलिउडमा चर्चा कमाउन सफल अभिनेत्री मनीषा कोइरालालाई चलचित्र कलाकार संघले मानार्थ सदस्यता प्रदान गर्ने भएको छ।
साउन २९ गते बसेको कलाकार संघको बैठकले मनीषालाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले जानकारी दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा योगदान गरेवाफत मनीषालाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको उनले सुनाए।
‘चलचित्र कलाकार संघको विधानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुलाई संघको कार्यसमितिले सदस्यता प्रदान गर्न पाइने नियम छ। उहाँले बलिउड फिल्म 'सौदागर' मा काम गर्नु अघि नेपाली फिल्म 'फेरि भेटौला' अभिनय गर्नु थियो,’ उनले पहिलोपोस्टलाई भने।
संघले मनीषासहित चलचित्रकर्मी विष्णुगोपाल श्रेष्ठ र निर्माता राजकुमार राईलाई पनि मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।
काठमाडौं : बलिउडमा चर्चा कमाउन सफल अभिनेत्री मनीषा कोइरालालाई चलचित्र कलाकार संघले मानार्थ सदस्यता प्रदान गर्ने भएको छ।
साउन २९ गते बसेको कलाकार संघको बैठकले मनीषालाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले जानकारी दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा योगदान गरेवाफत मनीषालाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको उनले सुनाए।
‘चलचित्र कलाकार संघको विधानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुलाई संघको कार्यसमितिले सदस्यता प्रदान गर्न पाइने नियम छ। उहाँले बलिउड फिल्म 'सौदागर' मा काम गर्नु अघि नेपाली फिल्म 'फेरि भेटौला' अभिनय गर्नु थियो,’ उनले पहिलोपोस्टलाई भने। |
19th August 2021, 06:21 pm | ३ भदौ २०७८ | https://pahilopost.com/content/20210819182341.html | news |
1,011,502 | 1,025,941 | null | स्वस्थानी व्रतकथा सुरु | काठमाडौ — स्वस्थानी व्रतकथा आइतबारबाट सुरु भएको छ। बिहान वा राति कथावाचन गर्ने गरिन्छ। वाचन सकिएपछि पुस्तकको पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने चलन छ। | 2015 | https://ekantipur.com/news/2015/01/05/401495.html | news |
798,552 | 812,961 | छापामा | आफ्नो नाममा बन्ने फिल्म खेल्न राजेश हमालद्वारा अस्वीकार |
अभिनेतना राजेश हमालले आफ्नै नाममा निर्माण हुँदै गरेको चलचित्र ‘म राजेश हमाल’मा काम नगर्ने भएका छन् । यो चलचित्रमा सुरुमा अभिनेता हमाललाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो । त्यो भूमिकालाई अभिनेता हमालले स्वीकार गरेनन् । उनलाई फेरि यो चलचित्रमा अतिथि भूमिकामा प्रस्ताव गरियो । त्यो भूमिकालाई पनि अभिनेता हमालले अस्वीकार गरेका छन् ।
आफ्नो नाममा चलचित्र निर्माण हुनु खुसीको कुरा भएको यी अभिनेताको कथन छ । तर, आफू अर्को चलचित्रमा आबद्ध भएका कारण यो चलचित्रमा काम गर्ने समय नमिलेको उनले स्पष्ट पारेका छन् ।
अभिनेता हमालका अनुसार उनी नयाँ चलचित्र सत्यम्मा अनुबन्धित भएका छन् । यो चलचित्रको छायांकन चाँडै हुँदै छ । सो चलचित्रमा आफू मुख्य भूमिकामा रहने भएकाले पनि आफू अतिथि भूमिकामा जोडिन नचाहेको पनि यी अभिनेताले स्पष्ट पारेका छन् । यो चलचित्रको नाम म राजेश हमाल भए पनि चलचित्र अभिनेता राजेश हमालको जीवनीमा आधारित नरहेको निर्माण पक्षले स्पष्ट पारेको छ । राजधानी दैनिकमा खबर छ । | भदौ १४, २०७८ | https://lokaantar.com/story/155463/2021/12/22/sports/cricket- | misc |
1,939,547 | 1,953,993 | open | निगूपुखुमा राजहाँसको एक जोडी छोडियाे |
शिवा तामाङभक्तपुर, साउन १७ गते । मध्यपुर थिमि नगरपालिका–४ स्थित चर्चित निगूपुखु (दुईपोखरी) मा आइतबार राजहाँसको एक जोडी छोडिएका छन् । मध्यपुर थिमि नगरपालिकालाई सशत्र प्रहरीका डिआइजी कालीदास धौबजीले उपहार स्वरूप प्रदान गर्नुभएको सो राजहाँसको जोडी पोखरीमा छोडिएको हो ।सो नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले राजहाँसको जोडीको पोखरीमा घुमफिरले पुनः निर्माणपछि त्यस क्षेत्रको पर्यावरणमा समेत प्रभावकारी भूमिका खेलेको उक्त पोखरीको सौन्दर्यमा थप रौनक थपेको जानकारी दिनुभयो । वि.स. २०५४ सालसम्म पानी रहेको उक्त दुई पोखरी संरक्षणको अभावमा खेल मैदानको रूपमा परिणत भएको थियो । नगरपालिकाको आर्थिक सहयोगमा ती दुई पोखरीको कलात्मक इट्टाको प्रयोगसहित परम्परागत ज्ञान, सिपको उपयोग गरी पुनःनिर्माण गरिएको हो । निगुपुखु पुनःनिर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सरू श्रेष्ठले वि.स. २०७७ मा एकहजार ६१.४५ वर्गमिटरमा फैलिएको सो पोखरी नगरपालिकाको एक करोड दस लाख रूपियाँ सहयोगमा कलात्मक इट्टा प्रयोग गरी पर्खालको खोपामा बत्तिसहित पुननिर्माण गरिएको हो । त्यस पोखरीको सँगैको अर्को पोखरीको पनि पुननिर्माण गरी पानी भरिएको छ । एकहजार ७७६.८४ वर्गमिटर क्षेत्रमा फैलिएको पोखरीको पुनःनिर्माण यस आर्थिक वर्षमै सक्ने योजना रहेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।परम्परागत ढङ्गमा पोखरीमा पानी पलाउने गरी पुनःनिर्माण भईसकेको छ, पोखरीको वरिपरी कलात्मक पर्खाल,बत्ती जडान गर्नेलगायतका काम छिट्टै सकेर दुइ पोखरी पुनःनिर्माणलाई पूर्णता दिने कोषाध्यक्ष श्रेष्ठको भनाई छ । सो नगरपालिकामा पुनःनिर्माण गर्नुपर्ने पन्ध्र पोखरीमध्ये पाँचको परम्परागत प्रविधिसहित पुनः निर्माण भइसकेको छ भने बाँकी पोखरीहरू पुनः निर्माणको काम धमाधम चलिरहेको छ ।
| श्रावण १७ २०७८ | https://gorkhapatraonline.com/open/2021-08-01-43434 | misc |
1,062,638 | 1,077,077 | null | फोरम लोकतान्त्रिक कार्यालयमा कडा सुरक्षा | काठमाडौं — बरिष्ठ नेता शरतसिंह भण्डारीलाई कारबाही गरेपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) कार्यालयमा सुरक्षा कडा पारिएको छ ।सानेपास्थित कार्यालयमा प्रवेश गर्ने कार्यकर्ता र पत्रकारलाई पनि प्रहरीले चेकजाँच गर्ने गरेको छ । | 2012 | https://ekantipur.com/Other/2012/06/06/349035.html | misc |
2,729,127 | 2,745,131 | समाज | डोल्पाका एक युवाले बाँडे १२१ घरलाई ग्यास चुलो र सिलिन्डर |
डोल्पा : हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाई ग्यास चुलो र सिलिन्डर वितरण गरेका छन्।
डोल्पा : हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाई ग्यास चुलो र सिलिन्डर वितरण गरेका छन्।
ठूलभेरी नगरपालिका–३ दुनैका मन बुढाले वडा नम्बर ४ तिप्लागाउँका १२१ घरधुरीलाई नौ लाख ६८ हजार रुपैयाँ बराबरको ग्याँस चुलो र सिलिन्डर वितरण गरेको स्थानीय राजबहादुर बुढाले जानकारी दिए।बुढा सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन्। दुर्गम क्षेत्रका महिलाहरुको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भनेर ग्यास सिलिन्डर र चुलो वितरण गरेको उनले बताए। बुढाले प्रत्येक दिन चाहिने दाउराको स्रोत जंगल भएकाले स्थानीयको जंगलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न उक्त कार्य गरेको बताए।‘विश्वमा तीव्र रुपमा भइरहेको वन विनाशकै कारण जलवायु परिवर्तनका असरहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन्। वन जंगलको बढ्दो विनाशले पृथ्वीमा सजिव प्राणीको अस्तित्व समेत धरापमा पर्न थालेको छ,’ बुढाले भने, ‘वन जंगल जोगाउन विद्युतीय चुलो, ग्यास चुलो लगायतका इन्धनको वैकल्पिक स्रोत खोज्न आवाश्यक छ।’
ठूलभेरी नगरपालिका–३ दुनैका मन बुढाले वडा नम्बर ४ तिप्लागाउँका १२१ घरधुरीलाई नौ लाख ६८ हजार रुपैयाँ बराबरको ग्याँस चुलो र सिलिन्डर वितरण गरेको स्थानीय राजबहादुर बुढाले जानकारी दिए।
बुढा सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन्। दुर्गम क्षेत्रका महिलाहरुको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भनेर ग्यास सिलिन्डर र चुलो वितरण गरेको उनले बताए। बुढाले प्रत्येक दिन चाहिने दाउराको स्रोत जंगल भएकाले स्थानीयको जंगलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न उक्त कार्य गरेको बताए।
‘विश्वमा तीव्र रुपमा भइरहेको वन विनाशकै कारण जलवायु परिवर्तनका असरहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन्। वन जंगलको बढ्दो विनाशले पृथ्वीमा सजिव प्राणीको अस्तित्व समेत धरापमा पर्न थालेको छ,’ बुढाले भने, ‘वन जंगल जोगाउन विद्युतीय चुलो, ग्यास चुलो लगायतका इन्धनको वैकल्पिक स्रोत खोज्न आवाश्यक छ।’ |
माघ २०, २०७७ मंगलबार
| https://thahakhabar.com/news/117503 | society |
890,311 | 904,750 | null | इन्जिनियर भाग्य | काठमाडौँ — इन्जिनियर भुवन चन्द ठकुरीले जिन्दगीमा धेरै कुरा भोगे र देखे । त्यसलाई उनले निकै मिलाएर लेखेका छन् ।/nबैतडीको झुलाघाट हँुदै काठमाडौं, रुस, भारतलगायतमा चन्दले भोगेका घटना दायाँबायाँ हुँदै अघि बढ्छन् । ठकुरीका जीवनमा अनेक संघर्षका छालहरू आएका छन्, ती छालले लेखकको विवेक र चिन्तनलाई हानिरहेको छ । प्रारब्ध (भाग्य) नाम दिएको यो संस्मरण कृति लेखकले आफ्नै भाग्यलाई उधिनेका छन् ।/nमहाकाली नदीमा डुबेर बाँचेका हुन् इन्जिनियर चन्द । उनी विद्युत् प्राधिकरणको महाप्रबन्धक तहसम्म पुगेर अवकाश लिए । धामी झारफुकमा भर पर्ने परिवारमा भुवनका बुबालाई धामीले तत्कालै मरिहाल्ने घोषणा गरेका थिए तर, उनै बुबा २० वर्षभन्दा बढी बाँचेको सन्दर्भ पनि उत्तिकै रोचक छ । रुसमा इन्जिनियरिङ पढ्दाका धेरै रोचक पक्ष छन् । आफूले भोगेका विषयमा बुट्टा भर्ने कोसिस उनको छ । कतिपय नलेखे पनि हुने विषय उनले लेखेका छन् । अवकाश लिन आधा घण्टा मात्र बाँकी रहँदासमेत हाकिमको कर्तव्य पूरा गरेको विषय पनि रमाइलो छ ।/nलेखक चन्दको भनाइ छ— समयले सबै कुरा (घटना र पात्र) धूमिल पार्दै जान्छ । अहिले ती सम्झेर त्यत्तिको खुसी वा दु:खी भइन्न, जत्तिको ती हुँदाखेरि भइएको थियो । तर, स्मृति त रहन्छ नै । इन्जिनियर चन्दको स्मृति लेखाइ ‘प्राविधिक’ छैन, यो सबैभन्दा सुखद पक्ष हो ।/n | 2019 | https://ekantipur.com/koseli/2019/02/16/155029627821477541.html | misc |
1,031,419 | 1,045,858 | null | निश्चलले मारे बाजी | ललितपुर — ख्यालख्यालमै पनि केही हुन सक्छ भन्ने कुरो निश्चल राईले चरितार्थ गरेका छन् । रेडियो कान्तिपुरमा एक फोन लगाएर गायनको अडिसन दिएका उनले मंगलबार पहिलो पुरस्कार थापे । | 2011 | https://ekantipur.com/entertainment/2011/12/14/339728.html | entertainment |
1,677,460 | 1,691,899 | news-updates | श्रीलंकामा सिंहालीसँग मिल्न मुस्लमानले नै तोडे मस्जिद |
२०१९ अप्रिल १९ मा श्रीलंकामा इसाई धर्मावलम्बीहरु इस्टर पर्व मनाइरहँदा चर्च र होटलहरु लक्षित आक्रमण भयो। २५० जनाको मृत्यु हुँदा ५०० जनाभन्दा बढी घाइते भए। श्रीलंका सरकारले आक्रमणमा इस्लामिक स्टेटसँग नजिक रहेको स्थानीय मुस्लिम कट्टरपन्थी समूह जिम्मेवार रहेको बतायो।
मुस्लिमहरुले मनाउने पवित्र पर्व रमदानमा मानिसहरु उपवास बस्छन्। मस्जिदमा पुगेर नवाज पढ्छन्। तर, श्रीलंकाका एक मुस्लिम समुदायका सदस्यहरुले भने मस्जिद नै तोडफोड गरेका छन्। आफूहरु ती हिंस्रक मुस्लिम समूहबाट नभएको भन्दै उनीहरुले एक मस्जिद तोडेका हुन्।
श्रीलंकाको मदतुंगमामा रहेको मुख्य मस्जिदका ट्रस्टी अकबर खान भन्छन्, 'उक्त आक्रमणपछि प्रहरी यो मस्जिदमा बारम्बार आइरहन्थे। प्रहरीहरु आउजाउ गर्दा मानिसहरु सशंकित भए। सो आक्रमणका कारण हाम्रो र अन्य समुदायका मानिसबीच विश्वास घट्दै गयो।'
प्रतिबन्धित चरमपन्थी संगठन तौहीद जमातका सदस्यले कथित रुपमा उक्त मस्जिदको उपयोग गर्दै आएको बताइन्छ।
तर, मदतुंगमामा रहेको सो मस्जिद ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण थिएन। उक्त मस्जिद श्रीलंकाको अति कट्टर रुढीवादीले संचालन गर्दै आएका थिए जसको इस्टर आक्रमणसँग कुनै सम्बन्ध छैन।
इस्टर आक्रमणमा तौहीद जमातको संलग्नता रहेको भन्दै श्रीलंकाली सरकारले संगठनका सदस्यहरुलाई लक्षित गर्दै अनुसन्धान अघि बढायो। सरकारी अधिकारीहरुले सो समूहले पूर्वी क्षेत्रमा संचालन गरेको भनिएको एक मस्जिद नै बन्द गराएका थिए।
त्यसैले मदतुंगमामा बसोवास गर्दै आएका मुस्लिम समुदायका मानिसहरु चरमपन्थीहरुबाट छुटकारा पाउनका आफैमा संघर्ष गर्दैछ।
त्यही संघर्षको उपज हो- मस्जिद तोड्ने निर्णय।
एमएचएम अकबर भन्छन्, 'हाम्रो टोलमा पहिला एउटा मस्जिद थियो। त्यहाँ मानिसहरु मिलेर नमाज पढ्थे। तर, केही वर्ष पहिलामात्रै केही मानिसहरुले यहाँ अर्को मस्जिद बनाए।'
नयाँ बनेको मस्जिदका कारण त्यहाँको वातावरण बिग्रिँदै गएपछि पुरानो मस्जिदका एक सदस्यले मे महिनामा बैठक बोलाए। त्यहाँ सर्वसम्मत एउटा निर्णय भयो – विवादित मस्जिदलाई भत्काउने।
त्यसपछि त्यहाँका मुसलमानहरुले हातमा हथौडा लिए र मस्जिद तोडे।
अकबरका अनुसार उनीहरुले मस्जिदको मीनारें र नमाज पढ्ने कोठाहरु भत्काइ जग्गालाई सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे।
श्रीलंकामा करिब ७० प्रतिशत मानिस बौद्ध धर्म मान्छन र उनीहरु सिंहली भाषा बोल्छन्। हिन्दुहरु १२ प्रतिशतको हाराहारीमा छन्। १० प्रतिशत मानिस मुसलमान छन् भने ७ प्रतिशत मानिस इसाइ धर्म मान्छन्।
धेरै जसो मानिसहरु तमिल भाषा बोल्छन। तर, जटिल राजनीतिक र ऐतिहासिक कारणहरुले गर्दा मुस्लिमले तामिल बोल्ने अन्य जातिभन्दा फरक जातीय समूह मानिन्छ।
यता, मस्जिद तोड्ने विषयलाई सबैले स्वागत भने गरेका छैनन्। इस्लाम सम्बन्धी धार्मिक मुद्दाहरुमा वकालत गर्ने प्रमुख संस्था 'सीलोन जमायतुल उलेमा' ले प्रार्थना गर्ने स्थानलाई तोड्न नहुने मत राखेको छ।
उक्त संस्थाले एक विज्ञप्ति मार्फत् सबै मस्जिदहरु अल्लाहको भएको बताउँदै त्यसको प्रबन्ध गर्ने व्यक्ति वा संस्थाका कारणले मस्जिदमा नोक्सानी पुर्याउनु इस्लामको विरुद्ध भएको बताएको छ।
यस्तै, श्रीलंकाको साउथ इस्टर्न विश्वविद्यालयको मनोविज्ञान विभागका प्रमुख डा. ए रमीज भन्छन्, 'समुदायले त्यसलाई पुस्तकालय या स्वास्थ्य चौकीका रुपमा विकास गर्न सक्थ्यो। तर, हामी मस्जिदहरु नष्ट गर्ने दिशा तर्फ उन्मुख भयौं भने यस्तै सयौं मस्जिदहरु भत्काउनु पर्ने अवस्था सिर्जना हुनेछ।'
उनका अनुसार श्रीलंकामा रहेका हजारौं मस्जिदहरुमध्ये १० देखि १५ प्रतिशत मस्जिदहरु कट्टरपन्थी समूहहरुले संचालन गरिरहेका छन्।
श्रीलंका कूल २ हजार ५ सय ९६ सूचीकृत मस्जिद रहेका छन्। त्यसमध्ये २ हजार ४ सय ३५ मस्जिदहरु संचालनमा छन्। कतिपय मस्जिदहरुको संचालन कसले गरिरहेको छ भन्ने सरकारसँग तथ्यांक नै छैन।
मे महिनाको दोस्रो हप्तामा बहुसंख्यक सिंहाली भाषीले मुसलमान बाहुल्य क्षेत्रमा आक्रमण गरी घर र पसल जलाइदिएका थिए। जानकारहरु सो घटनापछि मुस्लिममाथि दुर्व्यवहार बढ्दै गइरहेको बताउँछन्।
डा. ए रमीज भन्छन्, 'म सहित चारजना आफ्नो एक सहकर्मीलाई भेट्न जेल गएका थियौं। जब हामी बाहिर निस्कियौं एक व्यक्तिले हामीलाई गाली गर्न थाल्यो। ती व्यक्तिले मुसलमानहरुले आफ्नो कारमा बम लगिरहेको तर्क गरे। अवस्थालाई मध्यनजर गर्दै हामी त्यहाँबाट बाहिरियौं।'
मस्जिद तोडिएपछि भने मदतुंगमामा सिंहाली र तमिलभाषी बीचको सम्बन्धमा पहिला भन्दा बदलाव देखिन सुरु भएको छ। अकबर भन्छ्न्, 'ईस्टर आक्रमणपछि हाम्रो बस्तीका गैर मुस्लिमानहरुले हामीलाई आतंकवादीको नजरबाट हेर्थे। मस्जिदको विध्वंसपछि भने दुई समूह बीचको सम्बन्धमा दुश्मनी अलि भएको छ। सिंहाली र तमिल भाषीहरु छिमेकीका रुपमा सहकार्य थालेका छन्।'
बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद
२०१९ अप्रिल १९ मा श्रीलंकामा इसाई धर्मावलम्बीहरु इस्टर पर्व मनाइरहँदा चर्च र होटलहरु लक्षित आक्रमण भयो। २५० जनाको मृत्यु हुँदा ५०० जनाभन्दा बढी घाइते भए। श्रीलंका सरकारले आक्रमणमा इस्लामिक स्टेटसँग नजिक रहेको स्थानीय मुस्लिम कट्टरपन्थी समूह जिम्मेवार रहेको बतायो।
मुस्लिमहरुले मनाउने पवित्र पर्व रमदानमा मानिसहरु उपवास बस्छन्। मस्जिदमा पुगेर नवाज पढ्छन्। तर, श्रीलंकाका एक मुस्लिम समुदायका सदस्यहरुले भने मस्जिद नै तोडफोड गरेका छन्। आफूहरु ती हिंस्रक मुस्लिम समूहबाट नभएको भन्दै उनीहरुले एक मस्जिद तोडेका हुन्।
श्रीलंकाको मदतुंगमामा रहेको मुख्य मस्जिदका ट्रस्टी अकबर खान भन्छन्, 'उक्त आक्रमणपछि प्रहरी यो मस्जिदमा बारम्बार आइरहन्थे। प्रहरीहरु आउजाउ गर्दा मानिसहरु सशंकित भए। सो आक्रमणका कारण हाम्रो र अन्य समुदायका मानिसबीच विश्वास घट्दै गयो।'
प्रतिबन्धित चरमपन्थी संगठन तौहीद जमातका सदस्यले कथित रुपमा उक्त मस्जिदको उपयोग गर्दै आएको बताइन्छ।
तर, मदतुंगमामा रहेको सो मस्जिद ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण थिएन। उक्त मस्जिद श्रीलंकाको अति कट्टर रुढीवादीले संचालन गर्दै आएका थिए जसको इस्टर आक्रमणसँग कुनै सम्बन्ध छैन।
इस्टर आक्रमणमा तौहीद जमातको संलग्नता रहेको भन्दै श्रीलंकाली सरकारले संगठनका सदस्यहरुलाई लक्षित गर्दै अनुसन्धान अघि बढायो। सरकारी अधिकारीहरुले सो समूहले पूर्वी क्षेत्रमा संचालन गरेको भनिएको एक मस्जिद नै बन्द गराएका थिए।
त्यसैले मदतुंगमामा बसोवास गर्दै आएका मुस्लिम समुदायका मानिसहरु चरमपन्थीहरुबाट छुटकारा पाउनका आफैमा संघर्ष गर्दैछ।
त्यही संघर्षको उपज हो- मस्जिद तोड्ने निर्णय।
एमएचएम अकबर भन्छन्, 'हाम्रो टोलमा पहिला एउटा मस्जिद थियो। त्यहाँ मानिसहरु मिलेर नमाज पढ्थे। तर, केही वर्ष पहिलामात्रै केही मानिसहरुले यहाँ अर्को मस्जिद बनाए।'
नयाँ बनेको मस्जिदका कारण त्यहाँको वातावरण बिग्रिँदै गएपछि पुरानो मस्जिदका एक सदस्यले मे महिनामा बैठक बोलाए। त्यहाँ सर्वसम्मत एउटा निर्णय भयो – विवादित मस्जिदलाई भत्काउने।
त्यसपछि त्यहाँका मुसलमानहरुले हातमा हथौडा लिए र मस्जिद तोडे।
अकबरका अनुसार उनीहरुले मस्जिदको मीनारें र नमाज पढ्ने कोठाहरु भत्काइ जग्गालाई सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे।
श्रीलंकामा करिब ७० प्रतिशत मानिस बौद्ध धर्म मान्छन र उनीहरु सिंहली भाषा बोल्छन्। हिन्दुहरु १२ प्रतिशतको हाराहारीमा छन्। १० प्रतिशत मानिस मुसलमान छन् भने ७ प्रतिशत मानिस इसाइ धर्म मान्छन्।
धेरै जसो मानिसहरु तमिल भाषा बोल्छन। तर, जटिल राजनीतिक र ऐतिहासिक कारणहरुले गर्दा मुस्लिमले तामिल बोल्ने अन्य जातिभन्दा फरक जातीय समूह मानिन्छ।
यता, मस्जिद तोड्ने विषयलाई सबैले स्वागत भने गरेका छैनन्। इस्लाम सम्बन्धी धार्मिक मुद्दाहरुमा वकालत गर्ने प्रमुख संस्था 'सीलोन जमायतुल उलेमा' ले प्रार्थना गर्ने स्थानलाई तोड्न नहुने मत राखेको छ।
उक्त संस्थाले एक विज्ञप्ति मार्फत् सबै मस्जिदहरु अल्लाहको भएको बताउँदै त्यसको प्रबन्ध गर्ने व्यक्ति वा संस्थाका कारणले मस्जिदमा नोक्सानी पुर्याउनु इस्लामको विरुद्ध भएको बताएको छ।
यस्तै, श्रीलंकाको साउथ इस्टर्न विश्वविद्यालयको मनोविज्ञान विभागका प्रमुख डा. ए रमीज भन्छन्, 'समुदायले त्यसलाई पुस्तकालय या स्वास्थ्य चौकीका रुपमा विकास गर्न सक्थ्यो। तर, हामी मस्जिदहरु नष्ट गर्ने दिशा तर्फ उन्मुख भयौं भने यस्तै सयौं मस्जिदहरु भत्काउनु पर्ने अवस्था सिर्जना हुनेछ।'
उनका अनुसार श्रीलंकामा रहेका हजारौं मस्जिदहरुमध्ये १० देखि १५ प्रतिशत मस्जिदहरु कट्टरपन्थी समूहहरुले संचालन गरिरहेका छन्।
श्रीलंका कूल २ हजार ५ सय ९६ सूचीकृत मस्जिद रहेका छन्। त्यसमध्ये २ हजार ४ सय ३५ मस्जिदहरु संचालनमा छन्। कतिपय मस्जिदहरुको संचालन कसले गरिरहेको छ भन्ने सरकारसँग तथ्यांक नै छैन।
मे महिनाको दोस्रो हप्तामा बहुसंख्यक सिंहाली भाषीले मुसलमान बाहुल्य क्षेत्रमा आक्रमण गरी घर र पसल जलाइदिएका थिए। जानकारहरु सो घटनापछि मुस्लिममाथि दुर्व्यवहार बढ्दै गइरहेको बताउँछन्।
डा. ए रमीज भन्छन्, 'म सहित चारजना आफ्नो एक सहकर्मीलाई भेट्न जेल गएका थियौं। जब हामी बाहिर निस्कियौं एक व्यक्तिले हामीलाई गाली गर्न थाल्यो। ती व्यक्तिले मुसलमानहरुले आफ्नो कारमा बम लगिरहेको तर्क गरे। अवस्थालाई मध्यनजर गर्दै हामी त्यहाँबाट बाहिरियौं।'
मस्जिद तोडिएपछि भने मदतुंगमामा सिंहाली र तमिलभाषी बीचको सम्बन्धमा पहिला भन्दा बदलाव देखिन सुरु भएको छ। अकबर भन्छ्न्, 'ईस्टर आक्रमणपछि हाम्रो बस्तीका गैर मुस्लिमानहरुले हामीलाई आतंकवादीको नजरबाट हेर्थे। मस्जिदको विध्वंसपछि भने दुई समूह बीचको सम्बन्धमा दुश्मनी अलि भएको छ। सिंहाली र तमिल भाषीहरु छिमेकीका रुपमा सहकार्य थालेका छन्।' |
10th June 2019, 04:14 pm | २७ जेठ २०७६ | https://pahilopost.com/content/20190610161418.html | news |
486,500 | 499,128 | sports | पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन |
काठमाडौँ, ६ माघ : सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त ग¥यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । उनीहरु रु २५ हजारसहित पुरस्कृत भए । राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण जित्नुभएको थियो । प्रतियोगितामा भाटभटेनीले अनुशासित टोलीको उपाधि प्राप्त ग¥यो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न प्रतियोगिताको पुरुष ५० किलोमा मेन डोजोका मनोज रानामगर पहिलो, एपीएफका सञ्जय राई दोस्रो तथा आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए ।
यस्तै पुरुष ५५ किलोमा एपीएफका रोहित चुनारो पहिलो, नोपली सेनाका तारा तामाङ दोस्रो तथा मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो भए । पुरुष ६० किलोमा एपीएफका वीरेन्द्रसिंह कोठारी पहिलो, पुलिस क्लबका मुकेश पण्डित दोस्रो तथा मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तृतीय भए । पुरुष ६५ किलोतर्फ आर्मीका राजेश चौधरी पहिलो, मुवाँथाईका फुर्देनी शेर्पा दोस्रो तथा बक्समान्डुका मनीषकुमार भुजेल र पुलिसका समन धुस्री तृतीय भए । पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ पहिलो, एपीएफका भुपेन्द्र शाह दोस्रो तथा सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए ।
यसैगरी महिला ६५ किलोतर्फ एपीएफकी विनिता थापा मगर पहिलो, नेपाली सेनाकी मन्जु विक दोस्रो तथा एपीएफकी मनिषा राउत र मेन डोजोकी रविना तामाङ तृतीय भए। महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो, एपीएफकी जयन्ती श्रेष्ठ दोस्रो तथा मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तृतीय हुनुभयो । महिला ६० किलोतर्फ एपीएफकी निशा विक पहिलो, मेन डोजोकी सुस्मिता शाही दोस्रो तथा मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भए । महिला ५० किलोमा एपीएफकी सन्जुमाया थिङले स्वर्ण, आइकेकेएफकी करिश्मा कार्कीले रजत तथा सेनाकी रुविका खड्का र शान्ति थापा मगरले कास्य पदक प्राप्त गरे । महिला ५५ किलोतर्फ नेपाल पुलिसकी रीता ठकुल्लाले स्वर्ण, एपीएफकी विद्या गुरुङले रजत तथा आर्मीकी अनुपमा नेपाली र रिना धमालले कास्य पदक प्राप्त गरे। तीनदिनसम्म चलेको सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश गरिएका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ पुरस्कार प्राप्त गरेका थिए ।
ब्याडमिन्टन टोलीलाई खेल पोशाक
नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले आइतबार खेल पोशाक प्रदान गरेको छ । सागमा सहभागी पुरुष र महिला गरी २० खेलाडी, छ प्रशिक्षक तथा दुई व्यवस्थापकलाई उक्त पोशाक प्रदान गरिएको हो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले राखेप कभर्ड हलमा आइतबार सो पोशाक हस्तान्तरण गरेका हुन् ।रासस | प्रकाशित मिति : ६ माघ २०७६, सोमबार
| https://www.reportersnepal.com/2020/01/388550 | sports |
2,463,678 | 2,479,682 | bank | तीन महिनामै ग्लोबल आईएमई बैंकको नाफा ७५ करोड ३१ लाख |
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ७५ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकले खुद नाफा ४०.५५ प्रतिशत बढाएको हो । मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणमा अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको जनाइएको छ । नाफा २१ करोड ७२ लाख रुपैयाँ बढेको जानकारी दिएको छ ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ३ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई २८ करोड ११ लाख रुपैयाँ नाफा वितरण गर्न सक्नेछ ।
वित्तिय विवरणमा चालु आर्थिक वर्षमा बैंकको निष्क्रिय कर्जा घटेर ०.८५ प्रतिशतमा झरेको जनाइएको छ भने अघिल्लो वर्षको सोही अवधिमा १.०५ प्रतिशत रहेको जनाइएको छ ।
त्यस्तै विवरणमा निक्षेप लागत घटेर ७.१३, सीसीडी रेसियो ७८.२६, आधारदर घटेर ९.४४ र स्प्रेडदर ४.९ प्रतिशत रहेको बैंकले जनाइएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा छ । यस्तै प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तिय विवरणमा उल्लेख छ । निक्षेप गत वर्षको भन्दा झण्डै ८ अर्ब रुपैयाँ बढेको र समीक्षा अवधिमा निक्षेप र कर्जा वृद्धि हुनुका साथै तरलताको अवस्था पनि सहज रहेको बैंकले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।
| कात्तिक १९, २०७६ | https://ratopati.com/story/105304/2019/11/5/global-ime-bank | economy |
2,540,757 | 2,556,761 | newspaper | तरकारी र फलफूलको मूल्य आकासियो |
लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ ।
यो अवधिमा सागको मुल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ ।
तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउनको मूल्य गत सातासम्म १ सय ५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सयबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
| चैत १५, २०७६ | https://ratopati.com/story/123691/2020/3/28/price-of-vegetable | news |
368,443 | 381,061 | फ्रन्ट पेज | डेढ वर्षदेखि ‘फरार’ गच्छदार कांग्रेस सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर |
नौ करोड ६५ लाखको बिगोदाबी गरिएकोमा १० लाख धरौटीमा रिहा
ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा डेढ वर्षदेखि ‘फरार’ रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका छन् । नौ करोड ६५ लाख ७६ हजार बिगो दाबी रहेको सो मुद्दामा विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । बुधबार नै धरौटी बुझाएर गच्छदार छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान तथा नित्यानन्द पाण्डेको इजलासले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । बुधबार नै उनले धरौटी बुझाएको विशेषका प्रवक्ता पुष्पराज पाण्डेयले बताए । कार्यालय समय सुरु भएसँगै गच्छदार आफ्ना कानुन व्यवसायीसहित उपस्थित भएका थिए । ११ बजेदेखि १ बजेसम्म अदालतमा उनको बयान भएको थियो । साढे २ बजेदेखि कार्यालय समय सकिने वेलासम्म दुईतर्फी थुनछेक बहस भएको थियो ।
बयानका क्रममा गच्छदारले भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट उठाएको टिप्पणी तहगत रूपमा आफूसम्म आइपुगेको र आफूले केवल मन्त्रिपरिषद्मा प्रस्ताव लगेको बताए । मन्त्रिपरिषद्का नीतिगत निर्णयउपर अख्तियारले छानबिन गर्न नपाउने भए पनि आफूमाथिको मुद्दा कानुनसम्मत नभएको उनको भनाइ थियो ।
ललितानिवास क्याम्पको जग्गा हिनामिना गर्ने उद्देश्यले नै प्रधानमन्त्रीनिवास विस्तारको गुरुयोजना बनाई स्वीकृत गराएर नक्कली मोही खडा गरेको अख्तियारको दाबी थियो । त्यससम्बन्धी फाइलमा आफूले हस्ताक्षर गरेको भनेर गच्छदारले स्वीकार गरेकाले धरौटी माग गर्ने निर्णय अदालतले गरेको हो ।
मुद्दा दायर भएको लामो समयसम्म गच्छदार अदालत जाने आँट गरेका थिएनन् । १३ महिनासम्म उपस्थित नभएपछि र म्याद बुझ्न नमानेपछि गत फागुनमा विशेषले उनको सुनसरीस्थित घरमा म्याद टाँस्न आदेश दिएको थियो । तैपनि उनी उपस्थित नभएपछि गत चैत अन्तिममा काठमाडौंस्थित घरमा म्याद तामेलीको आदेश भएको थियो । यसको तीन महिनापछि उनी आफैँ उपस्थित भएका हुन् ।
अदालतमा गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, हरि न्यौपाने, अधिवक्ता ललित बस्नेतलगायतले बहस गरेका थिए । कित्ताकाट र मोही कायम गर्ने काम उनी मन्त्री रहेको मन्त्रालयको जिम्मेवारी क्षेत्र नपर्ने भएकाले यसमा उनको संलग्नता नभएको गच्छदार पक्षका कानुन व्यवसायीको तर्क थियो ।
‘यो निर्णय क्याबिनेटले गरेको हो । त्यसमा मन्त्री दोषी हुन्न, मन्त्रीले पुलको काम मात्र गर्ने हो भन्दै हाम्रो पक्षबाट बहस भएको थियो,’ अधिवक्ता ललित बस्नेतले भने । क्याबिनेट वा ब्युरोक्रेसीको दोष हुन सक्ने भएकाले मन्त्रीले उन्मुक्ति पाउनुपर्ने र थुनामा राखेर बहस गर्न नमिल्ने उनीहरूको जिकिर थियो ।
धरौटी बुझाएपछि गच्छदारले आदेशप्रति आफ्नो सम्मान रहेको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई विपक्षी बनाई दायर भएको अभियोगपत्र दूराग्रह, पूर्वाग्रह र प्रतिशोधपूर्ण रहेको बताएका थिए । ‘तर, विशेष अदालतमा मुद्दा दर्ता भएकाले र म न्यायप्रति विश्वास भएको मान्छे भएकोले जे निर्णय आज भएको छ, त्यसप्रति मेरो सम्मान छ,’ उनले भने ।
अख्तियारको अनुसन्धानबाट ललितानिवासभित्र पर्ने करिब एक सय ३६ रोपनी सरकारी जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराई व्यक्तिको नाममा दर्ता भएको देखिएको थियो । तत्कालीन सरकारले नै भूमाफियाको प्रभावमा विभिन्न मितिमा चारपटक निर्णय गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री गच्छदारमाथि अख्तियारले नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
गच्छदारले विभागीय मन्त्रीको हैसियतमा १९ चैत ०६६ र २८ असार ०६७ मा मन्त्रिपरिषद्मा ललितानिवास परिसरभित्रको जग्गामा प्रधानमन्त्री निवास विस्तार गर्नेसम्बन्धी प्रस्ताव सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए । यस मुद्दामा थुनामा राख्न नहुने आदेश गर्दा विशेषले यसअघि सर्वोच्चबाट अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातको विषयमा भएको निर्णयलाई पनि आधार मानेको छ । बस्न्यातलाई विशेषले थुनामा पठाएकोमा पछि सर्वोच्चले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
गच्छदारको मुद्दामा विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ)को अवस्था विद्यमान रहेको सर्वोच्चको ठहर छ । उक्त दफामा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणबाट कुनै अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने नदेखिएमा निजसँग निजले हानि–नोक्सानी गरेको बिगो वा गैरकानुनी रूपमा लिएको रकम र निजलाई हुन सक्ने कैद वा जरिवानासमेतलाई दृष्टिगत गरी धरौटी वा जमानत माग्ने ।’ यही उपधारा टेकेर विशेषले उनीसँग १० लाख धरौटी मागेको हो ।
पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्वप्रमुख रहेका दीपकुमार बस्न्यात, तत्कालीन सचिव छवि पन्तलगायत विरुद्ध अख्तियारले दायर गरेको यो मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । २२ माघ ०७६ मा अख्तियारले आफ्नो पूर्वप्रमुख आयुक्त बस्न्यातसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै मुद्दा दायर गरेको थियो । जुन हिनामिना प्रकरणका योजनाकार शोभाकान्त ढकाल हाल पुर्पक्षका लागि थुनामा छन् भने अर्का योजनाकार रामकुमार सुवेदी अझै फरार छन् । आरोपितमध्ये अधिकांश धरौटीमा छुटेकामा केही अझै फरार छन् ।
अनुसन्धान सकेर पनि सिआइबीले दायर गरेन मुद्दा
ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान पूरा भइसके पनि उच्चपदस्थ व्यक्तिहरू मुछिएकाले उसले मुद्दा दायर गर्न सकेको छैन ।
सिआइबीले ठगी र किर्ते मुद्दामा अनुसन्धान गरेको थियो । ठगी र किर्ते मुद्दामा जाहेरी परेकोमा सरकारको दबाबमा ठगी मुद्दा नचलाई हदम्याद गुजारिएको छ । सिआइबीले साढे दुई वर्षयता सो प्रकरणको अनुसन्धान गर्दै आएको छ । १ फागुन ०७६ मा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीले सिआइबीमा ठगी र किर्ते अपराधमा कारबाही गर्न जाहेरी दिएको थियो । ठगी मुद्दामा जाहेरी दर्ता भएको एक वर्षभित्र अभियोगपत्र दायर भइसक्नुपर्ने प्रावधान छ । अनुसन्धान पूरा भए पनि ठगी मुद्दा नचल्ने राय महान्यायाधिवक्ता कार्यालयबाट आएपछि प्रहरीले ठगी मुद्दा नचलाएको हो ।
मुलकी अपराध संहिता दफा २४८ (३) (क)मा रहेको प्रावधानअनुसार ठगी मुद्दा चलाउने निर्णय भएको हो । सो दफामा भनिएको छ, ‘भ्रष्टाचार हुनेबाहेक नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना’ हुने उल्लेख छ । सो दफामा भ्रष्टाचार हुनेबाहेक अवस्थामा ठगी मुद्दामा सजाय हुने उल्लेख छ । यसमा भ्रष्टाचार मुद्दा चलिरहेको आधारमा प्रहरीबाट ठगी मुद्दा नचल्ने दाबी महान्यायाधिवक्ता कार्यालयको छ । सिआइबीका प्रवक्ता एसपी श्याम महतो ललितानिवास जग्गा हिनामिनाबारे अनुसन्धान जारी नै रहेको बताउँछन् । स्रोतका अनुसार ६ महिनाअघि नै यससम्बन्धी अनुसन्धान सकिसकेको छ । राजनीतिक नेतृत्वबाट ‘ग्रिन सिग्नल’ नआएकाले मुद्दा दायर हुन नसकेको सिआइबी स्रोत बताउँछ ।
तर, अनुसन्धानमा आबद्ध सिआइबीका केही अधिकारी भने अख्तियारबाट मुद्दा दायर भएका एक सय ७५ जनाबाहेकको हकमा प्रहरीले ठगी मुद्दा चलाउन सक्ने बताउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा भन्दा प्रहरीको अनुसन्धान यो प्रकरणमा थप विवरण भेटिएका छन् । एक सय ३५ रोपनी जग्गा हिनामिनामा अख्तियारले एक सय ७५ विरुद्ध मुद्दा दायर गरेकोमा सिआइबीको अनुसन्धानमा तीन सयभन्दा धेरैको यसमा संलग्नता भेटिएको छ । सिआइबीको अनुसन्धानमा मुख्य गरी तीनवटा नयाँ पक्ष पत्ता लागेका छन् ।
पहिलो, अख्तियारले सो जग्गा सुरुमा नामसारी गर्ने र अहिलेका धनीलाई मात्र मुद्दा चलाएको देखिन्छ । सिआइबीले बीचमा जग्गा लिएर बेच्नेलाई समेत छानबिनको दायरामा तानेको छ ।
दोस्रो सो जग्गा राणा परिवारबाट बकस पाउनेको अनियमिततामा कुन सम्बन्ध थियो भनेर छानबिन गरेको थिएन । बकसबापत कसको नाममा जग्गा गयो, उनीहरूलाई मात्र मुद्दा दायर गरिएको थियो । जब कि त्यसरी जग्गा बकस पाउनेहरू सरकारी कर्मचारी थिए । सरकारी जग्गा राणा परिवारको नाममा लैजान सहयोग गरेकाले घुसबापत सो जग्गा उनीहरूले पाएका थिए । जसमा मुकुन्द आचार्य, प्रेमबहादुर खापुङ, सुधीर शाह, गेहनाथ भण्डारी, विनोद पौडेल, जगत पुडासैनी, कलाधार देउजालगायत छन् ।
त्यस्तै, बाबुराम भट्टराई सरकारको पालामा मन्त्रिपरिषद्को सामाजिक समितिको बैठकबाट बालुवाटार विस्तार तथा जग्गा सट्टापट्टाको निर्णय भएको थियो । त्यसमा थप मन्त्रीहरू संलग्न थिए । साथै, आमन्त्रित सदस्यका रूपमा थुप्रै कर्मचारी सो बैठकमा थिए । उनीहरू पनि छानबिनमा तानिएका छन् । अख्तियारले मुद्दा नचलाएको पूर्वसचिव नारायण मलेगोलगायत थप कर्मचारीको संलग्नता सिआइबीको अनुसन्धानले देखाएको छ ।
गुठीका थप कर्मचारीको यसमा संलग्नता देखिएको स्रोत बताउँछ । प्रधानमन्त्रीनिवास विस्तार योजनाको मुचुल्का बनाउँदा गुठी संस्थानका कर्मचारी तथा तत्कालीन वडाध्यक्ष र सचिवको समेत संलग्नता थियो । त्यसतर्फ आयोगले छानिबन गरेको थिएन ।
सिआइबीको अनुसन्धानमा किर्ते कागजपत्रबाट मन्त्रिपरिषद्लाई झुक्याइएको निष्कर्ष निकालिएको छ । जसमा तत्कालीन विभागीय मन्त्री तथा मुख्यसचिवसम्मको संलग्नता रहेको निष्कर्ष निकालिएको छ । विभिन्न किर्ते कागजपत्र पेस गरी मन्त्रिपरिषद्बाट त्यही आधारमा आफूअनुकूल निर्णय गराएको सिआइबीको अनुसन्धानमा देखिएको छ ।
सिआइबीले चारवटा छुट्टाछुट्टै मुद्दाको फाइल तयार पारेको छ । ०४९, ०६२, ०६७/६८ र ०६९/७० मा भएका छुट्टाछुट्टै निर्णयबाट ललितानिवास क्याम्पको जग्गा हिनामिना भएको थियो । जसमा छुट्टाछुट्टै मुद्दा बनाएर सिआइबीले अनुसन्धान गरेको छ ।
|
२०७८ असार ३१ बिहीबार १०:३२:००
| https://www.nayapatrikadaily.com/news-details/67019/2020-06-01 | misc |
2,236,661 | 2,252,665 | समाचार |
डा. बाबुराम भट्टराई ‘जसपा’ संघीय परिषदको अध्यक्ष चयन |
काठमाडौं, ४ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा चयन गरेको छ ।
सोमबारदेखि शुरु भएको बैठकले मंगलबार भट्टराईलाई परिषद्को अध्यक्षमा चयन गर्न लागेको हो । जसपाका कार्यकारिणी सदस्य मनीष सुमनले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भर्खरै पेस भएको र सर्वसम्मत पारित हुने बताएका छन् ।
‘डा. भट्टराईलाई संघीय परिषद् अध्यक्षमा प्रस्ताव भएको छ,’ बैठकमा सहभागी सुमनले भने, ‘यो प्रस्ताव पारित हुने निश्चित छ ।’ उनले संघीय परिषद्को सदस्यहरू केन्द्रीय समितिले तोक्ने तय भएको बताए । परिषद्को बैठक वर्षको एकपटक अनिवार्य बस्ने र पार्टी केन्द्रीय समितिको निर्णयलाई परिषद्ले अनुमोदन गर्ने प्रावधान भएको सुमनले जानकारी दिए ।
सो परिषद् केन्द्रीय समिती भन्दा पनि माथिल्लो निकाय पनि बनेको छ । ‘जसपाको विधान संशोधन गर्दै केन्द्रीय कार्यकारिणी समिती संघीय परिषद्को मातहत रहने निर्णय गरेको छ’ जसपाका एक नेताले भने ।
केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । यसअघि डा. भट्टराई जसपाको वरिष्ठ नेता थिए । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच वैशाख ९ गते पार्टी एकता भएर जनता समाजवादी गठन भएको थियो । पार्टी एकतापछी निर्वाचन आयोगमा दल दर्ता गर्दा कुरा नमिलेपछि डा. भट्टराई वरिष्ठ नेतामा रहेर दल दर्ता गरिएको थियो ।
अब जसपाको केन्द्रीय समिति ८०१ सदस्यीयजनता समाजवादी पार्टी नेपाल (जसपा) ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको हो ।
आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उनको भनाइ छ ।
विधान संशोधन पारित भएसँगै अब केन्द्रीय समितिको संख्या ८०१ सदस्यीय हुने भएको उनले बताए । वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो ।
दुवै पार्टीलाई समायोजन गर्नका लागि आ-आफ्नो तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकताभन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेश भएको थियो ।
त्यस्तै, अनुशासनसम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ । अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको स्रोतले जनाएको छ । | ४ कार्तिक २०७७, मंगलवार | https://www.nayapage.com/archives/271204 | news |
199,117 | 210,757 | ब्लग | प्रधानमन्त्रीको चुँडिएको तुलो |
फागुन महीना शायद प्रधानमन्त्री खड्गप्रसाद ओलीका निम्ति ‘खड्गो’ हो । गत वर्ष फागुनमा भएको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा उनले आफ्ना निकट सहयोगी व्यापारिक समूह यती होल्डिङ्सका प्रमुख आङछिरिङ शेर्पालाई गुमाए । त्यसको एक वर्षपछिको फागुनमा अर्का निकटस्थ विश्वासपात्रलाई मन्त्रिपरिषद्बाट बिदा गर्नुपरेको छ । ओलीको वफादारीको बिम्ब रहँदै आएका सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुरक्षण मुद्रण खरीद बापत स्थानीय एजेन्टसँग कमिशनको बार्गेनिङ गरेको अडियो टेप बाहिरिएपछि राजीनामा दिएका छन् ।
राजीनामाको दुई दिनअघि मात्र एक कार्यक्रममा काभ्रेले धेरै प्रतिभा जन्माएको बताउँदै बाँस्कोटाको उदाहरण प्रस्तुत गर्नु प्रकारान्तरमा ओलीकै निम्ति व्यङ्ग्य बनेको छ । ‘राजनीतिको तुलोमा एकातिर गोकुल र बाँकी सबै अर्कोतिर’ भनेको दुई दिन बित्न नपाउँदै ओलीको तुलो चुँडिएको छ ।
कमिशन प्रकरण सार्वजनिक भएकै दिन ओलीभित्र पनि ‘मसाने वैराग्य’ जागेको हुनुपर्छ । नत्र मिर्गौला पुनः फेरेर तीनवर्षे बाँकी कार्यकाल पूरा गरिछाड्ने दृढ सङ्कल्पित ओलीले टेप सार्वजनिक भएकै दिनको एक कार्यक्रममा भन्ने थिएनन्, “हिमालको चुचुरो र सत्ताको कुर्सीमा मानिस लामो समयसम्म बस्नुहुँदैन ।”
‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा दिएर निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेपछि शुरू भएको ओलीको दोस्रो कार्यकालको दुई वर्ष बितिसक्दा न त देश समृद्धिको उकालोतर्फ लागेको छ, न आम देशवासीले सुखको अनुभूति गरेका छन् ।
बरु एकपछि अर्को काण्ड, चुच्चे रेलदेखि बुच्चे पानीजहाजसम्मको विकासे गफ र कानून मार्फत अनुदार शासनको अभ्यासका कारण सरकार चौतर्फी घेराबन्दीमा परिसकेको छ । तर, सरकारप्रति बढेको आम आलोचनामाथि समीक्षा गर्नुको साटो प्रम ओलीले ‘समृद्धिबाट अत्तालिएर सरकारको आलोचना गरेको’ जस्ता अनुत्तरदायी जवाफ दिंदै आए । बाँस्कोटाको बहिर्गमनले भने सरकारको समृद्धि र सुशासनको असली अनुहार उदाङ्गो पारेको छ ।
पितातुल्य ओलीको विश्वास जिते पनि बाँस्कोटाको छुद्र व्यवहारले दुवैलाई मन्त्रिपरिषद् र पार्टीका अन्य सदस्यबाट अलग्याउँदै लगेको थियो।
दुई दर्जन मन्त्रीसहितको मन्त्रिपरिषद्मा दुई वर्षयता केवल दुई अनुहार मात्र दृष्टिगोचर रह्यो, स्वयं प्रम ओली र उनका विश्वासपात्र बाँस्कोटा । उनीहरूको ‘सम्बन्ध’ परिभाषित गर्ने उपयुक्त शब्द शायदै शब्दकोशमा भेटिन्छ । ओली–बाँस्कोटा सम्बन्धको आयाम र आयतन कार्यकारी प्रमुख र एक मन्त्रीमा मात्र सीमित थिएन ।
अन्य मन्त्रीले प्रमलाई मन्त्रिपरिषद्को बैठकमा सामूहिक रूपमा मात्र भेट्न (वा देख्न र सुन्न) पाउँथे, तर बाँस्कोटाको पहुँच प्रम निवासमा मात्र नभई शयनकक्षसम्मै हुन्थ्यो । मन्त्रिपरिषद्का अन्य सदस्य मन्त्री क्वाटर, निजी निवास वा भाडाको घरमा बस्छन् भने बाँस्कोटा ओलीको निजी निवास बालकोटमा बस्छन् । उनले ओलीको विश्वास मात्र जितेका थिएनन्, विपुल स्नेह पनि आर्जेका थिए ।
ओलीकै बोली बोल्ने तथा प्रत्येक बोलीको प्रतिरक्षामा कुर्लिने बाँस्कोटाको व्यवहार राजनीतिक र जिम्मेवारपूर्ण कहिल्यै देखिएन । ओली र उनीप्रति नतमस्तक बाँस्कोटाको सम्बन्ध पिता र पुत्र जस्तो देखिन्थ्यो । पितातुल्य ओलीको विश्वास जति नै जिते पनि बाँस्कोटाको छुद्र व्यवहारले दुवैलाई मन्त्रिपरिषद् र पार्टीका अन्य सदस्यबाट अलग्याउँदै लग्यो ।
बाँस्कोटाको ‘क्यामरा प्रिजेन्स’ बाट आम मानिस सरकारदेखि वाक्कदिक्क बन्दै गए । अरूलाई सदाचारको उपदेश दिने ओली र बाँस्कोटाका टिप्पणी अमर्यादित र अनुत्तरदायी हुन्छन् । बाँस्कोटाको रवैया बाबुको पुल्पुलिएको छोरो जस्तो रह्यो, तर ओली उनलाई मर्यादित बनाउनु त परै, उकास्नेतिरै लागिरहे । भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई नछाड्ने ओलीको ‘प्रतिबद्धता’ पुत्रवत् बाँस्कोटा स्वयं टेपकाण्डमा परेपछि प्रहसन सरह बनेको छ । बाँस्कोटाका कारण अहिले सरकारको अनुहारमा कालो पोतिएको छ ।
कमिशनको बार्गेनिङमा मुछिएका बाँस्कोटाको राजीनामा पर्याप्त छैन । भ्रष्टाचारप्रति शून्य सहनशीलताको प्रतिबद्धता उराल्ने प्रम ओली अब कसरी प्रस्तुत हुनेछन् त्यो आम चासोको विषय हो । तर, त्योभन्दा पनि महत्वपूर्ण चाहिं, बाँस्कोटाका कारण ओली स्वयं नैतिक सङ्कटमा परेका छन् ।
विश्वासपात्र बाँस्कोटा उनको जानकारी बेगर कमिशनको खेलमा लागेका थिए वा यसमा ओली समेतको सम्मति थियो भन्ने प्रश्न उठेको छ । समृद्धिको राजमार्ग त परै छाडौं गोरेटोसम्म कोर्न असफल सरकार आम नागरिकबाट अलग्गिंदै तथा पार्टी पंक्तिबाट समेत एक्लिंदै गएको परिप्रेक्ष्यमा बाँस्कोटाका कारण सरकार थप कमजोर बनेको छ । प्रतिरक्षात्मक अवस्थामा पुगेको सरकारका निम्ति अबका दिन थप कठिन हुने प्रष्ट छ ।
सम्बन्धित समाचारहरुः | शनिबार, १० फागुन, २०७६, १३:००:३५ मा प्रकाशित | https://www.himalkhabar.com/news/111789 | blog |
2,538,607 | 2,554,611 | newspaper | भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’ |
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ ।
अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन् । ‘घटनास्थलको भौगोलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन । चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडोकदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने । सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बनाए । ‘हामी तुरुन्त दोषी पत्ता लगाउँदै, सार्वजनिक गर्छौं,’ उनले भने ।
प्रहरी भागरथीको बलात्कार हत्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य प्रमाण जुटाउन भने बाँकी रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
| फागुन २, २०७७ | https://ratopati.com/story/167822/2021/2/14/bhagrathi-murder- | news |
2,699,357 | 2,715,361 | अर्थ | ठेकेदारको बदमासीले फोहोर उठाउने कर्मचारीले पाएनन् तलब |
म्याग्दी : म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा दिएको मिशन फोर वेष्ट म्यानेजमेन्ट प्रालिले फोहोर उठाउने कर्मचारीलाई तलब नदिएपछि विगत एकसातादेखि नगरपालिकाको फोहोर उठन सकेको छैन।
म्याग्दी : म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा दिएको मिशन फोर वेष्ट म्यानेजमेन्ट प्रालिले फोहोर उठाउने कर्मचारीलाई तलब नदिएपछि विगत एकसातादेखि नगरपालिकाको फोहोर उठन सकेको छैन।
म्याग्दी सदरमुकाम बेनीको फोहोर व्यवस्थापनको कार्य रोकिएसँगै बजार क्षेत्रको फोहोर उठ्न नसकेको हो। फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालिमार्फत फाहोर व्यवस्थापनमा कार्यरत कर्मचारीले समयमै तलब नपाएपछि उनीहरूले फोहोर संकलनको कार्य रोकेका हुन्। बेनीमा मंसिर अन्तिम सातादेखि नै फोहोर संकलन हुन सकेको छैन।फोहोर संकलनमा कार्यरत मनकुमारी परियार, जुना दमाईले तीन महिना र चालक चित्रबहादुर बुढाथोकीले एक महिनाको पारिश्रमिक पाउन सकेका छैनन्। फोहोर संकलन सहयोगी परियार र दमाइले मासिक १९ हजार र चालक बुढाथोकीले २५ हजार तलब पाउने गरी काम गर्दै आएका थिए।पटक पटक तलब माग गर्दासमेत नगरपालिका र फोहोर संकलन गर्दै आएको प्रालिबाट उपलब्ध नभएपछि आफूहरूले सवारी साधनको चाबी नै नियन्त्रणमा लिएर फोहोर संकलन कार्यलाई अबरुद्ध बनाएको फोहोर संकलन सहयोगी मनकुमारी परियारले बताइन्। फोहोर संकलन कार्यमा कार्यरत कर्मचारी तलब माग गर्दै काम रोकेपछि बेनी बजारमा फोहोर व्यवस्थापनमा अल्झन आएको छ।दैनिक रुपमा ट्याक्टर र कम्प्याक्टरमार्फत बजारको फोहोर संकलन गरी व्यवस्थापन गरिँदै आएको कार्य रोकिएसँगै बजार क्षेत्रका चोक र खाली ठाउँहरूमा फोहोरको समस्या बढ्न थालेको छ। बेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने गरि बेनी नगरपालिका र मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालि पोखरासँग फोहोर व्यवस्थापनको सम्झौता भएको थियो।सम्झौता बमोजिम बजारबासीबाट फोहोर व्यवस्थापनको लागि लिइने शुल्कमध्ये ४० प्रतिशत रकम नगरपालिका र ६० प्रतिशत रकम फोहोर व्यवस्थापन गरे बापत प्रालिले लिने र फोहोर व्यवस्थापनमा खटिने कर्मचारीको तलब र सवारी साधनको मर्मत र इन्धन खर्च प्रालिले व्योहोर्ने उल्लेख छ। कर्मचारीलाई दिनुपर्ने तलब दिन प्रालिले आनाकानी गरेको कारण कामै रोकेर तलब पाउनको लागि विभिन्न निकायमा गुहार माग्नु परेको पीडित मजदुरको भनाई छ।दिनभरि फोहोरमा काम गर्नुपर्ने र विहान बेलुका छाक टार्ने रकम समेत नपाउँदा आफूहरू समस्यामा परेको अर्का पीडित फोहोर व्यवस्थापन सहयोगी जुना दमाइले गुनासो गरिन्। 'असोज महिनादेखि तलब पाएका छैनौं। नगरपालिकामा आउँदा प्रालिले दिने र जिम्मा लिएको कम्पनीलाई माग्दा नगरपालिकाबाट शुल्क बापतको पैसा नपाएकाले तलब दिन नसकेको जबाफ मात्रै आउँछ। हामीले काम गरे बापतको पैसा माग्दा समेत यसरी गुहार माग्नुपर्ने अवस्था आयो’, उनले गुनासो गरिन्। आफूहरूले तलब नपाउँदा घरभाडा, खाद्यान्नलगायतको खर्च चलाउनै मुस्किल परेको र दैनिकी नै अस्तव्यस्त बन्ने अवस्था आएपछि काम रोक्न बाध्य भएको मजदुरको भनाई छ।यता बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले मजदुरको तलब नदिने प्रालिका सञ्चालक र पीडित मजदुरलाई राखेर समझदारीको प्रयास गरिएको बताए। उनकाअनुसार, प्रालिले नगरपालिकामार्फत पाउने शुल्क बापतको रकममध्ये हालसम्म ३५ हजार मात्रै बाँकी रहेको र अन्य रकम उपलब्ध गराई सकिएको जानकारी दिए।‘बजारमा केही उपभोक्ताले फोहोर शुल्क नतिरेको देखिएको छ। त्यो शुल्क समेत उठाउनका लागि कार्यालयले आवश्यक कदम चालिसकेको छ। फोहोर संकलन कार्यलाई सुचारु गराउन समन्वय गरिरहेका छौँ’ उनले भने।उपभोक्ताबाट शुल्क नउठ्दा तलब दिन सकिनः ठेकेदारबेनी नगरपालिकासँग सम्झौता गरी फोहोर व्यवस्थापनको जिम्मा पाएको प्रालिका सञ्चालक यामबहादुर दमाइले सबै उपभोक्ताबाट शुल्क नउठेका कारण आफूले प्राप्त गर्नुपर्ने रकम सबै पाउन नसक्दा तलब दिन समस्या भएको जिकिर गरे। ‘म आफैँ मजदुर हो। मैले मजदुरलाई पीडा दिने कुरै हुँदैन। नगरपालिकालाई शुल्क बापतको रकम दिनुस् भनेको छु। पाउँदासाथ उनीहरूको सबै तलब उपलब्ध गराउँछु भनेको छु। तर फोहोर नै संकलन गर्न अवरोध सिर्जना गर्ने कामले समस्या निम्त्याएको छ’, उनले भने।कर्मचारीले सवारी साधनको चावी नै नियन्त्रणमा लिएर काम रोक्दा बजारबाट संकलन हुने फोहोर व्यवस्थापन गर्न आफू समस्यामा परेको उनको भनाई छ। यस प्रालिले बेनी बजार र गलेश्वर क्षेत्रमा संकलन हुने फोहोरलाई बेनी-गलेश्वर सडक खण्ड अन्तर्गत ठूलो पहिरोमा निर्माण गरिएको सरसफाइ केन्द्रमा प्रशोधन गरी कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरी फोहोरबाट मोहोरमा रुपान्तरण गर्दै आएको छ। प्रशोधन गरी कबाडी सामग्रीको आम्दानीबाट प्रालिले नै आम्दानी गर्दै आएको छ।नगरपालिकाले पनि वास्ता गरेन : पीडितबेनी नगरपालिका ३ भकिम्लीकी मनकुमारी परियारले बेनी नगरपालिकामा फोहोर व्यवस्थापनको काम गर्न थालेको १४ वर्ष भयो। तत्कालीन अथुङ्गे गाविस रहँदा सुरुमा मासिक १ हजार ४ सय रुपैयाँ तलब पाउने गरी फोहोर संकलनको काम थालेकी परियारले नगरपालिकाले आफूहरूमाथि अन्याय गरेको गुनासो गरिन्।करार कर्मचारीको रुपमा रहेर वर्षौदेखि फोहोर व्यवस्थापनको काम गर्दै आए पनि पछिल्लो पटक भने नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा आफूहरूलाई समेत जानकारी नदिइकन करार कर्मचारीबाट हटाएर ठेकेदारमार्फत तलब बुझ्ने गरी झमेला काम गरेको गुनासो गरिन्।‘हामीले नगरपालिकाकै कर्मचारीको रुपमा काम गर्न चाहन्थ्यौँ। तर फोहोर व्यवस्थापनको जिम्मा लिने ठेकेदारको जिम्मा लगाएर हाम्रो रोजीरोटीलाई खोस्ने काम भएको छ’, उनले भनिन्। अहिले प्रालिले तलब नदिएपछि परियार लगायतका मजदुर आन्दोलित नै बनेका छन्। उनीहरूले तलब बापतको रकम दिलाई दिन मजदुरको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) लाई समेत गुहारेका छन्।‘म सुत्केरी हुँदा समेत बजारबाट फोहोर उठाएको छु। हामी दुखीको श्रम चल्ने तर बचन नबिक्ने रहेछ। दैनिक रुपमा फोहोरको काम गर्दा पनि तलब माग्दा हारगुहार नै गर्नुपरेको छ’,उनले दुखेसो पोखिन्।
म्याग्दी सदरमुकाम बेनीको फोहोर व्यवस्थापनको कार्य रोकिएसँगै बजार क्षेत्रको फोहोर उठ्न नसकेको हो। फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालिमार्फत फाहोर व्यवस्थापनमा कार्यरत कर्मचारीले समयमै तलब नपाएपछि उनीहरूले फोहोर संकलनको कार्य रोकेका हुन्। बेनीमा मंसिर अन्तिम सातादेखि नै फोहोर संकलन हुन सकेको छैन।
फोहोर संकलनमा कार्यरत मनकुमारी परियार, जुना दमाईले तीन महिना र चालक चित्रबहादुर बुढाथोकीले एक महिनाको पारिश्रमिक पाउन सकेका छैनन्। फोहोर संकलन सहयोगी परियार र दमाइले मासिक १९ हजार र चालक बुढाथोकीले २५ हजार तलब पाउने गरी काम गर्दै आएका थिए।
पटक पटक तलब माग गर्दासमेत नगरपालिका र फोहोर संकलन गर्दै आएको प्रालिबाट उपलब्ध नभएपछि आफूहरूले सवारी साधनको चाबी नै नियन्त्रणमा लिएर फोहोर संकलन कार्यलाई अबरुद्ध बनाएको फोहोर संकलन सहयोगी मनकुमारी परियारले बताइन्। फोहोर संकलन कार्यमा कार्यरत कर्मचारी तलब माग गर्दै काम रोकेपछि बेनी बजारमा फोहोर व्यवस्थापनमा अल्झन आएको छ।
दैनिक रुपमा ट्याक्टर र कम्प्याक्टरमार्फत बजारको फोहोर संकलन गरी व्यवस्थापन गरिँदै आएको कार्य रोकिएसँगै बजार क्षेत्रका चोक र खाली ठाउँहरूमा फोहोरको समस्या बढ्न थालेको छ। बेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने गरि बेनी नगरपालिका र मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालि पोखरासँग फोहोर व्यवस्थापनको सम्झौता भएको थियो।
सम्झौता बमोजिम बजारबासीबाट फोहोर व्यवस्थापनको लागि लिइने शुल्कमध्ये ४० प्रतिशत रकम नगरपालिका र ६० प्रतिशत रकम फोहोर व्यवस्थापन गरे बापत प्रालिले लिने र फोहोर व्यवस्थापनमा खटिने कर्मचारीको तलब र सवारी साधनको मर्मत र इन्धन खर्च प्रालिले व्योहोर्ने उल्लेख छ। कर्मचारीलाई दिनुपर्ने तलब दिन प्रालिले आनाकानी गरेको कारण कामै रोकेर तलब पाउनको लागि विभिन्न निकायमा गुहार माग्नु परेको पीडित मजदुरको भनाई छ।
दिनभरि फोहोरमा काम गर्नुपर्ने र विहान बेलुका छाक टार्ने रकम समेत नपाउँदा आफूहरू समस्यामा परेको अर्का पीडित फोहोर व्यवस्थापन सहयोगी जुना दमाइले गुनासो गरिन्।
'असोज महिनादेखि तलब पाएका छैनौं। नगरपालिकामा आउँदा प्रालिले दिने र जिम्मा लिएको कम्पनीलाई माग्दा नगरपालिकाबाट शुल्क बापतको पैसा नपाएकाले तलब दिन नसकेको जबाफ मात्रै आउँछ। हामीले काम गरे बापतको पैसा माग्दा समेत यसरी गुहार माग्नुपर्ने अवस्था आयो’, उनले गुनासो गरिन्। आफूहरूले तलब नपाउँदा घरभाडा, खाद्यान्नलगायतको खर्च चलाउनै मुस्किल परेको र दैनिकी नै अस्तव्यस्त बन्ने अवस्था आएपछि काम रोक्न बाध्य भएको मजदुरको भनाई छ।
यता बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले मजदुरको तलब नदिने प्रालिका सञ्चालक र पीडित मजदुरलाई राखेर समझदारीको प्रयास गरिएको बताए। उनकाअनुसार, प्रालिले नगरपालिकामार्फत पाउने शुल्क बापतको रकममध्ये हालसम्म ३५ हजार मात्रै बाँकी रहेको र अन्य रकम उपलब्ध गराई सकिएको जानकारी दिए।
‘बजारमा केही उपभोक्ताले फोहोर शुल्क नतिरेको देखिएको छ। त्यो शुल्क समेत उठाउनका लागि कार्यालयले आवश्यक कदम चालिसकेको छ। फोहोर संकलन कार्यलाई सुचारु गराउन समन्वय गरिरहेका छौँ’ उनले भने।
उपभोक्ताबाट शुल्क नउठ्दा तलब दिन सकिनः ठेकेदार
बेनी नगरपालिकासँग सम्झौता गरी फोहोर व्यवस्थापनको जिम्मा पाएको प्रालिका सञ्चालक यामबहादुर दमाइले सबै उपभोक्ताबाट शुल्क नउठेका कारण आफूले प्राप्त गर्नुपर्ने रकम सबै पाउन नसक्दा तलब दिन समस्या भएको जिकिर गरे। ‘म आफैँ मजदुर हो। मैले मजदुरलाई पीडा दिने कुरै हुँदैन। नगरपालिकालाई शुल्क बापतको रकम दिनुस् भनेको छु। पाउँदासाथ उनीहरूको सबै तलब उपलब्ध गराउँछु भनेको छु। तर फोहोर नै संकलन गर्न अवरोध सिर्जना गर्ने कामले समस्या निम्त्याएको छ’, उनले भने।
कर्मचारीले सवारी साधनको चावी नै नियन्त्रणमा लिएर काम रोक्दा बजारबाट संकलन हुने फोहोर व्यवस्थापन गर्न आफू समस्यामा परेको उनको भनाई छ। यस प्रालिले बेनी बजार र गलेश्वर क्षेत्रमा संकलन हुने फोहोरलाई बेनी-गलेश्वर सडक खण्ड अन्तर्गत ठूलो पहिरोमा निर्माण गरिएको सरसफाइ केन्द्रमा प्रशोधन गरी कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरी फोहोरबाट मोहोरमा रुपान्तरण गर्दै आएको छ। प्रशोधन गरी कबाडी सामग्रीको आम्दानीबाट प्रालिले नै आम्दानी गर्दै आएको छ।
नगरपालिकाले पनि वास्ता गरेन : पीडित
बेनी नगरपालिका ३ भकिम्लीकी मनकुमारी परियारले बेनी नगरपालिकामा फोहोर व्यवस्थापनको काम गर्न थालेको १४ वर्ष भयो। तत्कालीन अथुङ्गे गाविस रहँदा सुरुमा मासिक १ हजार ४ सय रुपैयाँ तलब पाउने गरी फोहोर संकलनको काम थालेकी परियारले नगरपालिकाले आफूहरूमाथि अन्याय गरेको गुनासो गरिन्।
करार कर्मचारीको रुपमा रहेर वर्षौदेखि फोहोर व्यवस्थापनको काम गर्दै आए पनि पछिल्लो पटक भने नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा आफूहरूलाई समेत जानकारी नदिइकन करार कर्मचारीबाट हटाएर ठेकेदारमार्फत तलब बुझ्ने गरी झमेला काम गरेको गुनासो गरिन्।
‘हामीले नगरपालिकाकै कर्मचारीको रुपमा काम गर्न चाहन्थ्यौँ। तर फोहोर व्यवस्थापनको जिम्मा लिने ठेकेदारको जिम्मा लगाएर हाम्रो रोजीरोटीलाई खोस्ने काम भएको छ’, उनले भनिन्। अहिले प्रालिले तलब नदिएपछि परियार लगायतका मजदुर आन्दोलित नै बनेका छन्। उनीहरूले तलब बापतको रकम दिलाई दिन मजदुरको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) लाई समेत गुहारेका छन्।
‘म सुत्केरी हुँदा समेत बजारबाट फोहोर उठाएको छु। हामी दुखीको श्रम चल्ने तर बचन नबिक्ने रहेछ। दैनिक रुपमा फोहोरको काम गर्दा पनि तलब माग्दा हारगुहार नै गर्नुपरेको छ’,उनले दुखेसो पोखिन्। |
पुस ५, २०७६ शनिबार
| https://thahakhabar.com/news/86921 | economy |
2,633,674 | 2,649,678 | राजनीति | माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी |
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।
शनिबार बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल भएकोमा त्यसमा थप छलफल गरेर टुंग्याउने तयारी छ। पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने सापकोटाले बताए। साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो। पुसमा गरिने राष्ट्रिय सम्मेलनबारे निर्वाचन निर्देशिका तल्लो तहसम्म पठाउने निर्णय आजको बैठकले लिँदैछ।
शनिबार बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल भएकोमा त्यसमा थप छलफल गरेर टुंग्याउने तयारी छ। पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने सापकोटाले बताए। साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो।
पुसमा गरिने राष्ट्रिय सम्मेलनबारे निर्वाचन निर्देशिका तल्लो तहसम्म पठाउने निर्णय आजको बैठकले लिँदैछ। |
भदौ ६, २०७८ आइतबार
| https://thahakhabar.com/news/133696 | politics |
563,478 | 576,306 | social | डेढ किलो सुनसहित दुई महिला पक्राउ |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक किलो ६८३ ग्राम सुनसहित दुई जना महिला पक्राउ परेका छन्।
थाई एयरबाट ल्याइएको बाला र लकेट आकारको सुन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ हो।
सुनसहित एक कम्बोडियन र र भियतनामी महिला पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
भन्सारबाट बाहिर निस्किसकेको विशेष सूचनाका आधारमा खानतलासी लिँदा सुन भेटिएको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक किलो ६८३ ग्राम सुनसहित दुई जना महिला पक्राउ परेका छन्।
थाई एयरबाट ल्याइएको बाला र लकेट आकारको सुन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ हो।
सुनसहित एक कम्बोडियन र र भियतनामी महिला पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
भन्सारबाट बाहिर निस्किसकेको विशेष सूचनाका आधारमा खानतलासी लिँदा सुन भेटिएको प्रहरीले जनाएको छ। | आइतबार, वैशाख ८, २०७६, ०६:३५:०० | https://www.setopati.com/social/179115 | society |
2,088,210 | 2,104,214 | देश | वीरेन्द्रनगर नगरपालिकाले भन्यो- भोकै बस्नु परे १०१ मा फोन गर्नुहोस् |
सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले विपन्न परिवारलाई राहत वितरणको लागि हटलाइन सेवा १०१ को व्यवस्था गरेको छ ।
लकडाउन(बन्दाबन्दी) का कारण भोकभोकै बस्नुपर्ने विपन्न परिवार, मजदूर तथा विद्यार्थीलाई राहत वितरणको लागि उक्त नम्बरको व्यवस्था गरिएको हो ।
सङ्क्रमणको कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न वर्ग तथा मजदूरहरुको लागि हटलाइन नम्बरमा फोन गरेर आफ्नो समस्या राखेपछि नगरपालिकाले राहतको उपलब्ध गराउनेछ । यस नम्बरमा फोन गर्दा शुल्क लाग्दैन ।
लकडाउनका कारण भोकै बस्न बाध्य विपन्न मजदूर तथा विद्यार्थीलाई मध्यनजर गरी उक्त हटलाइन नम्बरको व्यवस्था गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए ।
‘‘हटलाइनमा फोन आएको २४ घण्टाभित्र उक्त परिवारको अवस्थाबारे बुझ्न नगरपालिकाले खटाएको अनुगमन टोली जान्छन्,’’ उनले भने, ‘‘राहत दिन मिल्ने नमिल्ने विषयमा उक्त टोलीले अनुगमन गरेपछि सो परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था छ ।’’
पहिलो चरणमा १५ हजार विपन्न परिवार तथा मजदूरलाई राहत वितरण गरिसकिएको नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकालले बताए । उनका अनुसार त्यसैगरी अलपत्र परेका नागरिकहरुलाई खानाको व्यवस्था गरी गन्तव्य स्थानसम्म पु¥याउने काम भएको छ ।
नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण फैलन नदिन औषधि छर्ने काम पनि गरिएको ढकालले बताए ।
| 2020 | https://www.khabarhub.com/2020/20/154385/ | national |
64,787 | 64,851 | null | ६ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ |
कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास स्थित ईलाका प्रहरी कार्यालयले लागू औषध नियन्त्रणमा कडाइ गरे पछि ब्राउन सुगरसहित बुधबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती लागू औषध ओसारपसार गर्ने गिरोहको सफाया अभियान अन्तर्गत चेकजाँचलाई तिब्र बनाए पछि ६ ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका हो ।
कञ्चनपुर जिल्लको दक्षिणी सिमान्त पुनर्वासको त्रिभुवनबस्ती ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक कर्णबहादुर बम आए लगत्तै लागू औषध ओसारपसार नियन्त्रणमा प्रहरीले एक पछि अर्को सफलता हात पार्दै आएको छ ।
बुधबार ब्राउन सुगर सहित पक्राउ पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५, जाईका २५ वर्षीय आकाश चौधरी र धनगढी उपमहानगरपालिका–५ जाईंकै २४वर्षीय दिनेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
अनटेस्ट मोटरसाइकल प्रयोग गरी पुनर्वासबाट धनगढीतर्फ जाँदै गर्दा पुनर्वास नगरपालिका–१० दोंदा पुलबाट बेलुका ५ बजेतिर उनीहरु पक्राउ परेका थिए । ब्राउन सुगर जस्तो घातक जुन २५ मिलिग्राममा मुद्दा चल्ने, ६ ग्राम निक्कै ठूलो परिणामभएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले बतानुभयो ।
दुई साता अघि मात्रै इलाका प्रहरी कार्यालयत्रिभुवनबस्तीले गोदावरी नगरपालिका–३ का २० वर्षीय प्रमोद चौधरी र धनगढी उपमहानगरपालिका–१३ का २० वर्षीय सुवास रानालाई १० ग्राम ब्राउन सुगरस | बार १३, मङि्सर २०७५ | https://dhangadhikhabar.com/news/1763 | news |
2,450,470 | 2,466,474 | pradesh-five | बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु |
बुटवल । बुटवलको कोराना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनका ३८ वर्षीय र रुपन्देहीको तिलोत्तमाका ८१ वर्षीय पुरुष रहेको छ ।
उनीहरु दुवैको आईसीयूमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
योसँग कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
| कात्तिक ६, २०७७ | https://ratopati.com/story/152215/2020/10/22/corona-virus- | national |
1,225,453 | 1,239,892 | editorial | उखु किसानका दुःख |
उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै दुई सातादेखि आन्दोलनरत उखु किसानसँग सरकारले २१ दिनभित्र भुक्तानी व्यवस्था मिलाउने सहमति गरेपछि आन्दोलन स्थगित भएको छ । सरकार र उखु किसानबीच भएको यो सहमति आफैंमा सकारात्मक भए पनि मुख्य पक्ष यसको कार्यान्वयन हो । सहमति गर्नु ठूलो विषय होइन, यसको कार्यान्वयन महत्वपूर्ण हो । अघिल्लो वर्ष पनि सरकारले उखु किसानसँग यसै गरी सहमति गरेको हो जुन कार्यान्वयन भएको भए अहिले आन्दोलन गर्न यो ठण्डीमा किसानहरू काठमाडौं आउनैपर्ने थिएन । त्यसैले यसपटकको सहमति कार्यन्वयनका लागि उखु किसानले पनि अहिलेदेखि नै दबाब दिन उत्तिकै आवश्यक छ । उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको लिखित सहमतिअनुसार तीन साताभित्र किसानले बक्यौता रकमको भुक्तानी पाउनेछन् भने बक्यौता रकम उद्योगमार्फत दिलाउने सहमति भएको छ । चिनी उद्योगीले २१ दिनभित्र बक्यौता नबुझाए उद्योगीको सम्पत्ति रोक्का, बैंकको नगद कारोबार रोक्कालगायत कारबाही अघि बढाएर कानुनी प्रक्रियामार्फत भुक्तानी दिलाउने प्रतिबद्धता सरकारले जनाएको छ जसलाई सम्झौतामा नै लिखित रूपमा लिपिबद्ध गरिएको छ । त्यसैले यस पटकको सहमति विगतको भन्दा पृथक छ । विगतमा भुक्तानी दिलाउने, उखुको उत्पादकत्व बढाउन किसानलाई समयमै मलखाद, बीउ, मेसिन उपलब्ध गराउन सरकारले पहल गर्ने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर बनाउन पहल गर्ने, उखु लिएपछि तुरुन्त किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौता भएको थियो । तर, यसपटक २१ दिनभित्र बक्यौता नबुझाए उद्योगीको सम्पत्ति नै रोक्का गरी कानुनी प्रक्रियामार्फत भुक्तानी दिलाउने जुन सहमति भएको छ, त्यसले कार्यान्वयनमा आशा गर्न सकिन्छ । तर, यसमा पनि भर गरिहाल्नुपर्ने अवस्था भने छैन ।
एकातिर कृषिप्रधान मुलुक भनेर बखान गर्न नछाड्ने अर्काेतिर कृषकलाई पटकपटक झुक्क्याउने र धोका दिने कार्य आफैंमा विरोधाभासपूर्ण छन् । सरकारले कृषिमा आत्मनिर्भर हुने गफ दिएर मात्र हुँदैन, त्यसको लक्ष्य भेट्टाउन किसानमैत्री नीतिको कार्यान्वयन गर्नुपर्छ । र, अहिले उखु किसानसँगको सहमतिको कडाइका साथ कार्यान्वयन गरी यस किसिमको कदमको थालनी गर्न सकिन्छ ।
त्यसो त यसपटक सरकारले भुक्तानी नदिनेलाई पक्राउ गर्ने चेतावनी दिएपछि केही उद्योगीले भुक्तानी दिएका थिए । उखु किसान आन्दोलनपछि सरकारले भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने चेतावनी दिएको हो । सरकारको यो चेतावनीपछि रौतहटको श्रीराम सुगर मिलले ३५ करोड रुपैयाँमध्ये २७ करोड बक्यौता भुक्तानी गर्यो भने सर्लाहीको अन्नपूर्ण सुगर मिलले करिब १७ करोड रुपैयाँ बक्यौतामध्ये ५ करोड ३६ लाख भुक्तानी दिएको छ । नवलपरासीस्थित इन्दिरा सुगर मिलको ५ करोड, नवलपरासीस्थित लुम्बिनी चिनी उद्योगको ८ करोड, सर्लाहीस्थित महालक्ष्मी सुगर मिलको २० लाख बक्यौता अझै बाँकी छ । सहमतिअनुसार अबको तीन साताभित्र उद्योगीले उखु किसानको यो रकम भुक्तानी गर्नुपर्नेछ । सर्लाही, रौतहट, नवलपरासीलगायत जिल्लाका किसानले दुई सातादेखि राजधानी केन्द्रित आन्दोलन गरेकै परिणामस्वरूप यो सम्झौता भएको हो । गत वर्ष पनि काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासनमा उनीहरू घर फर्केका थिए । तर, एक वर्षसम्म पनि रकम नपाएपछि फेरि राजधानीमा आन्दोलन गर्न बाध्य भएका हुन् । आफ्नो खातामा रकम आएपछि मात्र आन्दोनलका कार्यक्रम स्थगित गर्ने वा प्रधानमन्त्री राहत कोष वा अन्य कुनै सरकारी कोषबाट रकम भुक्तानी दिनुपर्ने किसानहरुको माग थियो । त्यसैले सरकारले वार्तामा बोलाए पनि उनीहरूले उधारो वार्ता नगर्ने अडान राख्दै आएका थिए । पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो आन्दोलन छायामा परेपछि किसान बाध्य भएर सहमतिमा आएका हुन् । र, अब यो सहमति पालना गर्ने जिम्मेवारी उद्योगीको भएको छ भने पालना गराउने जिम्मेवारी सरकारको । विगतमा उखु किसान चिनी उद्योगका मालिकसँग ठगिँदै आएका छन् भने सरकारले पनि उनीहरूलाई झुक्याउँदै आएको हो । तर, यसपटक कम्तीमा त्यो पुरानो प्रवृतिको पुनरावृत्ति हुनु हुँदैन ।
चिनी उद्योगका मालिकबाट सधैं पेलिएको गुनासो छ, उखु किसानको । चिनी उद्योगले उखुबापतको रकम भुक्तानी दिन हदैसम्मको आलटाल गरेकाले पनि उनीहरूले पेलिएको महसुस गरेका छन् नै, आक्रोशित समेत भएका छन् । उखु किसानले पाउनुपर्ने भुक्तानी रकम २०७१ सालदेखि नै खप्टिँदै आउनुले पनि उद्योगीहरूले तिनलाई कुन हदसम्म पेलेका छन् भन्ने कुरालाई प्रस्ट्याएको छ जबकि किसानको यही उखुका कारण मुनाफा आर्जन गरेर चिनी उद्योगी मोटाउँदै गएका हुन् भने उखु किसान सधैंभरि भुक्तानी पाउने आसमा बस्न बाध्य भए । त्यसैको परिणाम उखु किसान हरेक वर्षजसो आन्दोलन गर्न बाध्य भएका हुन् । त्यसैले पनि उखु किसानको यो बाध्यता सधैंका लागि अन्त्य हुन आवश्यक छ । कम्तीमा यसपटकको सहमति कडाइका साथ कार्यान्वयन हुने हो भने यस किसिमको अवस्थाको अन्त्य हुनेछ । सरकारले चिनी उद्योगीका प्रभावमा नपरी किसानको समस्यालाई बुझ्दै समस्याको समाधान खोजेमा आगामी दिनमा किसान आफ्नो पेसामा प्रोत्साहित हुने थिए । मुख्य कुरा सरकारले किसानलाई प्रोत्साहित गर्ने किसिमको नीति ल्याउँदै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ । एकातिर कृषिप्रधान मुलुक भनेर बखान गर्न नछाड्ने अर्काेतिर कृषकलाई पटकपटक झुक्क्याउने र धोका दिने कार्य आफैंमा विरोधाभासपूर्ण छन् । सरकारले कृषिमा आत्मनिर्भर हुने गफ दिएर मात्र हुँदैन, त्यसको लक्ष्य भेट्टाउन किसानमैत्री नीति कार्यान्वयन गर्नुपर्छ । र, अहिले उखु किसानहरूसँगको सहमतिको कडाइ साथ कार्यान्वयन गरी यस किसिमको कदमको थालनी गर्न सकिन्छ । | १५ पुस २०७७ | https://nagariknews.nagariknetwork.com/editorial/420701-1609303408.html | editorial |
847,383 | 861,822 | null | पछिल्लो २४ घण्टामा थपिए १६ सय १४ कोरोना संक्रमित, २३ को मृत्यु | काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४१ पीसीआर परीक्षण भएका छन् ।/nमन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।/nयसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ पुगेको छ ।/nत्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ । | 2020 | https://ekantipur.com/news/2020/11/26/160638746699771096.html | news |
819,225 | 833,664 | null | वडाध्यक्ष चौहानको मृत्यु | अर्घाखाँची — मालारानी गाउँपालिका–३ का वडाध्यक्ष ५२ वर्षीय जीवन चौहानको उपचारको क्रममा मृत्यु भएको छ ।/nबुटवलबाट अर्घाखाँचीतर्फ आउँदै गर्दा मंसिर २६ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारको क्रममा बिहीबार चौहानको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । टाउकोमा गम्भीर असर भएकाले अप्रेशन गरिएको थियो । चौहान साविकको खनदह गाविस अध्यक्ष थिए । /n/nवडाध्यक्षमा विजयी भएका चौहान खनदहमा विकासप्रेमी नेताको रुपमा चिनिन्थे । उनी एमाले जिल्ला सचिवालय सदस्य समेत थिए । उनका दुई छोरा, दुई छोरी र एक श्रीमती छन् । छोरा दुर्घटनामा परेको खबरले बेहोस भएका ८० वर्षीय बावु तकबहादुरको मंसिर २८ गते मृत्यु भएको थियो । /n | 2017 | https://ekantipur.com/news/2017/12/28/20171228155119.html | news |
996,916 | 1,011,355 | null | बुलेट नहुँदाको व्यथा: ग्यास ढुवानीबाट साढे ३ अर्ब बाहिरियो | काठमाडौ — मुलुकमा आफ्नै सवारी नहुँदा ग्यास ढुवानीमा मात्रैै वाषिर्क ३ अर्ब रुपैयाँभन्दा बढी बाहिरिने गरेको छ ।भारतीय सवारी साधनबाट ग्यास ढुवानी गर्नुपर्ने भएकाले यति ठूलो रकम बाहिरिने गरेको हो । | 2015 | https://ekantipur.com/news/2015/03/24/405960.html | news |
163,965 | 164,168 | राप्रपाको निर्णय : संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने |
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीे केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय एकता, अखण्डता र हितलाई दृष्टिगत गर्दै मधेस समस्याको समाधानका लागि संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबारदेखि बसेको बैठक विहिबार सकिएको छ । बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिमा संविधान संशोधनको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गरे । अध्यक्ष थापाले मुलुकमा धर्मनिरपेक्षताका आडमा धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न माग गर्दै संविधान संशोधनका क्रममा नेपाललाई हिन्दू राष्ट्र कायम गराइने जिकिर गरे ।
सो अवसरमा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले देशमा राष्ट्रवादी शक्तिको खाँचो रहेकाले अब पार्टीलाई अग्रणी स्थानमा पु¥याइने प्रतिबद्धता जनाए । पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सो पार्टी अहिले सरकारमा रहे पनि महत्वपूर्ण निर्णय गर्ने सन्दर्भमा बेवास्ता गरिँदै आएकाले सरकारमा सहभागी हुनेबारेमा पुनःविचार गर्नुपर्ने विचार राखे ।
एकीकरण भएपछि पहिलो पटक बसेको उक्त बैठकले आगामी माघ महिनाभित्र पार्टीको अधिवेशन गर्ने निर्णय समेत गरेको छ । जिल्ला, क्षेत्र, नगर, गाउँ तथा वडा एकाइ समितिको एकीकृत कार्यसमिति गठन गर्ने र पार्टीका सुल्झन बाँकी विषयलाई महाधिवेशनले टुङ्गो लगाउने निर्णय बैठकले गरेको छ । गएको सोमबार मात्रै राप्रपा नेपाल र राप्रपा एक भएका हुन् ।
| २०७३ मंसिर ९ बिहिबार | https://hamrakura.com/news-details/16808/2021-12-25 | misc |
|
1,390,300 | 1,404,739 | बिजनेस समाचार | ठूला व्यापारिक भवन र संस्थानले महानगरलाई कर तिरेनन् |
२० वैशाख, काठमाडौं । पछिल्लो समय होटल करको दायरामा आए पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले महानगरपालिकालाई कर तिर्न अझै आलटाल गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिकाका अनुसार कर नतिरेको भन्दै कानुनी प्रक्रिया अघि बढाए पनि ठूला व्यावसायिक भवनले कर तिर्न मानिरहेका छैनन् ।
काठमाडौं महानगरपालिका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार सञ्चालनमा रहेको सार्वजनिक र व्यवसायी भवनमध्ये काठमाडौँ मल, काठमाडौँ विजनेस पार्क, काठमाडौं प्लाजा, साझा भण्डार लिमिटेड, सांस्कृतिक संस्थान, दुग्ध विकास संस्थानले हालसम्म कुनै पनि कर तिरेका छैनन् ।
त्यस्तै सिटिसी मलले सबै कर तिरिसकेको छ भने पुष्पाञ्जलि हलले घरजग्गा र मनोरञ्जन कर बाँकी राखेको छ । नेसनल ट्रेडिङले तीन वर्षदेखि कर तिर्न बाँकी राखेको छ अल्फाबिटाले किस्ताबन्दीमा कर तिर्दै आएको छ र केएल टावरले कुनै पनि कर नतिरेको कामपाले बताएको छ । त्यस्तै वल्ड ट्रेड सेन्टरले बहाल कर तिरेको छ भने घरजग्गा घर तिरेको छैनन् ।
यसरी कर नतिर्ने व्यावसायिक र संस्थानको लागि कामपाले चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्ने बताएको छ । रासस | २०७३ वैशाख २० गते ११:१४ मा प्रकाशित | https://www.onlinekhabar.com/2016/05/422185 | economy |
2,579,032 | 2,595,036 | samachar | नेकपा राजनीतिक प्रतिवेदनः बाधक ‘जनयुद्ध’ कि सचिवालय ? |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको एक वर्ष भयो । ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो ।
एकताका बेला अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको सरकारको नेतृत्व फेरबदल उल्लेख गरिएको पाँचबुँदे सहमति यतिबेला चर्चामा छ ।
नेकपाका कार्यकर्ताले अब सरकारको नेतृत्व प्रचण्डले लिने वा ओलीले नै निरन्तरता पाउने बहससँगै अर्को महत्त्वपूर्ण जिज्ञासा पनि नेतृत्वसँग गर्दै छन्– पार्टीको राजनीतिक प्रतिवेदन खै ?
पार्टी एकीकरण प्रक्रियामा पोलिटब्युरो, पार्टीका केन्द्रीय विभाग गठन र केन्द्रीय नेताको जिम्मेवारी बाँडफाँट सल्टिएको छैन । विवादबीच अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व पविर्तनको बहस झिके । प्युठान पुगेर तत्कालीन एमालेका नेता तथा हालका नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्रचण्ड अभिव्यक्तिमा साथ दिँदै भने, ‘सहमति कार्यान्वयन नभए एकता भाँडिन्छ ।’
यो पृष्ठभूमिबीच तल्ला तहका नेता र आमकार्यकर्ताबीच राजनीतिक दस्तावेज अभावमा अन्योल पनि उत्तिकै देखिन थालेको सचिवालयकै नेताहरु बताउँछन् ।
‘पार्टी विचार र दर्शनबाट सञ्चालन हुन्छ । यसको समग्रता हो, पार्टीको दस्तावेज । यो भनेको पार्टीको विचार के हुने ? पार्टीलाई कसरी सञ्चालन गर्ने भन्ने हो तर एक वर्षदेखि कार्यकर्ता त के केन्द्रीय नेताले समेत यसको सुइँको पाएका छैनन,’ एक केन्द्रीय सदस्यले शिलापत्रसँग गुनासो गरे ।
शिलापत्रले राजनीतिक दस्तावेज एक वर्षसम्म किन सार्वजनिक भएन भन्ने विषयमा केही नेतासँग जिज्ञासा राखेको छ ।
पार्टी एकता भएको एक वर्ष हुँदा पनि पार्टीको राजनीतिक प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुनुमा प्रतिवेदनमा उल्लेख भएको ‘माओवादी जनयुद्ध’ भन्ने वाक्यांश हो भन्छन् केही नेता ।
तर, नेकपाका एक स्थायी समिति सदस्य भने माओवादी जनयुद्ध लेखेका कारण मात्रै राजनीतिक प्रतिवेदन नअड्किएको बताउँछन् ।
‘नेतृत्वलाई एकताको कामप्रति जति गम्भीरता हुनुपर्थ्याे, त्यो नभएर हो । यदि नेतृत्व गम्भीर भएको भए एकता हुन एक वर्ष लाग्दैन थियो । तर, एक वर्ष पूरा हुँदा पनि एकता टुंगिएको छैन । उहाँहरुलाई राजनीतिक प्रतिवेदनको कुनै आवश्यकता नै छैन,’ ती नेता भन्छन् ।
नेकपाको विधानमै माओवादी जनयुद्ध भन्ने भाषा उल्लेख छ । यो विषयलाई लिएर राजनीतिक प्रतिवेदन नछापिनु दुर्भाग्य भएको पूर्वमाओवादीका एक स्थायी समिति सदस्यले बताए ।
तत्कालीन माओवादीका एक स्थायी समिति सदस्य पनि माओवादी जनयुद्ध लेखेका कारणभन्दा पनि नेतृत्वको ढिलासुस्तीका कारण राजनीतिक प्रतिवेदन नछापिएको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म के नै काम गरेका छन् र नेतृत्वले ? आफूले पाएका छन्, भइहाल्यो नि । किन चाहियो विचार, दर्शन र राजनीतिक प्रतिवेदन ?’
राजनीतिक प्रतिवेदन लेखनमा सहभागी सदस्य सुवास नेम्वाङले भने, ‘हामीले लेखेर पार्टी एकता कार्यदललाई बुझाएका हाैं तर छापिएर आएको छैन । किन छापिएन भन्ने थाहा छैन ।’
राजनीतक दस्तावेज किन सार्वजनिक नभएको भन्ने विषयमा सचिवालयमा रहेका नेतालाई नै सोध्नू भन्छन्
अर्का सदस्य देवेन्द्र पौडलले पनि आफूहरुले लेखेर बुझाएको तर अहिलेसम्म बाहिर नआएको बताए । उनले भने, ‘दुवै अध्यक्षको सहमतिमा अहिले नछाप्ने भनेर राजनीतिक प्रतिवेदन नछापिएको हो । अरू भित्री कारण पनि होलान् तर थाहा भएन ।’
नेकपाका नेता सुवास नेम्वाङ भने राजनीतक दस्तावेज किन सार्वजनिक नभएको भन्ने विषयमा सचिवालयमा रहेका नेतालाई नै सोध्नू भन्छन् । ‘राजनीतक दस्तावेज नछापिएको बारेमा हामीलाई भन्दा पनि सचिवालयलाई सोधे केही कुरा आउँथ्यो कि ?’ उनी भन्छन् ।
नेता कार्यकर्ताको आक्रोश राजनीतिक दस्तावेज सार्वजनिक नहुनुमा मात्र छैन । राजनीतिक दस्तावेज सार्वजनिक नगरी नेताहरु गुटगत राजनीतिमा जुटेकोमा समेत कार्यकर्तामा चिन्ता छ ।
अहिले नेकपाका नेता आफू महाधिवेशनमा कसरी नेतृत्वमा आउने भनेर गुटबन्दीमा लागेका छन् । उनीहरुले आफ्नो गुट कसरी बलियो बनाउने भन्दै हरेक राजनीतिक गतिविधि गुट केन्द्रित गरिरहेको कार्यकर्ताको आरोप छ । उनीहरु कार्यकर्तालाई के पढाउने ? के विषयमा प्रशिक्षण दिने भन्ने भन्दा पनि आफ्नो गुट कसरी बलियो बनाउने भन्नेमा बढी केन्द्रित भएको एक केन्द्रीय सदस्यले बताए ।
राजनीतिक दस्तावेज र गुटगत राजनीतिको भण्डाफोर गर्नसमेत नेकपाका नेता यतिबेला झस्किने गरेका छन् । पार्टीका केन्द्रीय विभाग र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट नभएका कारण सचिवालयमा रहेका नेतालाई चिढ्याउने पक्षमा उनीहरु छैनन् ।
‘तत्काल सार्वजनिक असन्तुष्टि जनाएर पनि जितिने होइन, संगठन पूर्ण रुपमा एक भइनसकेको अवस्थामा खुलेर बोल्दा उल्टो घाटा लाग्छ,’ शिलपत्रसँग आफ्ना असन्तुष्टिलाई व्यक्तिगत र पदीय पहिचान नगराइदिन आग्रह गर्दै एक नेताले भने । | शनिबार, जेठ १८, २०७६, ०२:००:०० | https://shilapatra.com/detail/6330 | news |
1,591,696 | 1,606,135 | पत्रपत्रिकाबाट | यस्तो छ यती समूहसँग सरकारको साइनो, अढाइ दशकको अवधिमा के-के भयो ? |
१८ पुस, काठमाडौं । यती कम्पनीप्रति बढी नै सदाशयता देखाउँदा सरकार यतिबेला विवादमा फसेको छ । तर यती र सरकारसँगको साइनो दुई दशकभन्दा पुरानो हो । आजको कान्तिपुर दैनिकले यही विषयलाई खुट्याउने प्रयास गरेको छ । ‘यतिसँग सरकारको साइनो’ शीर्षकको मुख्य समाचारमा कान्तिपुरले यती कम्पनीलाई पोस्न सरकारले केसम्म गरेन भन्ने कुरा विस्तृतमा उल्लेख गरेको छ ।
समाचारमा लेखिएअनुसार तत्कालीन एमाले नेता र शेर्पा परिवार सम्बन्ध मदन भण्डारीको पालादेखि नै निकट थिए । अहिले मदन भण्डारी र पासाङ ल्हामु शेर्पाकै कारण जोडिएको एमाले र शेर्पा परिवारको सम्बन्ध अझै घनिष्ठ भएको छ । यहाँसम्म कि सरकारले नेपाल ट्रष्टको गोकर्ण रिसोर्टको जग्गा यती समूहलाई लिजमा दिनुअघि अनकूल बनाउन एउटा कानुनलाई सात ठाउँमा संशोधन गरिएको छ । लिजको अवधि लम्ब्याउन कठिनाइ हुने नेपाल ट्रष्ट ऐनका सबै प्रावधान परिवर्तन गरेपछि मात्रै मन्त्रिपरिषदले ट्रष्ट सञ्चालक समितिको सिफारिसमा अवधि थप गरेको कान्तिपुरले लेखेको छ ।
समाचारमा लेखिएअनुसार सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रतिलाई भेट्न पार्टी कार्यालय बागबजार पुगेकी थिइन् । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झण्डा पनि दिए । यो २०५० सालको कुरादेखि २०७६ सालसम्मको अवधिमा भएका मुख्य घटनाक्रमबारे पनि बुँदागतरुपमा लेखिएको छ ।
· २०६६ सालमा गोकर्ण रिसोर्टको सेयर दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह ।
· २०६८ सालमा गोकुल बास्कोटा (वर्तमान सरकारका प्रवक्ता) पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको सदस्य ।
· २०६९ सालमा केपी शर्मा ओली बिरामी हुँदा आङछिरिङ शेर्पा (पासाङ ल्हामु शेर्पाको देवर, यती समूहका हर्ताकर्ता)को सहयोग ।
· २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन प्रचारप्रसारमा एयर डाइनेस्टीको प्रयोग ।
· २०७२ सालमा ओलीको सिफारिसमा कृपासुर शेर्पा पर्यटनमन्त्री, एमाले पार्टी कार्यालय पासाङ ल्हामु प्रतिष्ठानमा र हिमालय एयरलाइन्सबाट प्रधानमन्त्री ओलीको चीन भ्रमण ।
· २०७५ सालमा आङछिरिङको स्मृतिमा विहार बनाउन लुम्बिनीमा चार बिघा जग्गा प्रदान ।
· २०७६ मा दावाफुटी शेर्पा राजदूत नियुक्त र ऐन संशोधन गरी ६ वर्षअगावै गोकर्ण रिसोर्टको लिज अवधि थप ।
नागरिक दैनिकले पनि नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणकै समाचार लेखेको छ । दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक संरचनाहरुमा निजी व्यवसायीलाई रिसोर्ट चलाउन दिने चलखेल सुरु भएको समाचारमा लेखिएको छ । यी संरचनामा संग्रहालय बनाउन नेपाल ट्रष्टको विज्ञ समितिले प्रतिवेदन दिएको छ ।
गोरखापत्र दैनिकले कम्पनी रजिष्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा परेको समाचार लेखेको छ ।
अन्नपूर्ण पोष्टले नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखा परेका र यी कमिला विदेशी काठसँगै नेपाल भित्रिएको समाचार लेखेको छ ।
राजधानी दैनिकमा सीमा विवाद सुल्झाउन राष्ट्रियसभाबाट संकल्प प्रस्ताव पारित भएको समाचार छ ।
कारोबार दैनिकका अनुसार २७ मुलुकसँग नेपालको व्यापार नाफामा भए पनि ११२ मुलुकसँगको व्यापार घाटा छ ।
नेपाल समाचारपत्र दैनिकको समाचारअनुसार हेटौंडाका आधाजसो विद्यालयका खानेपानीमा कोलिर्फम भेटिएको छ ।
| २०७६ पुष १८ गते ६:३० मा प्रकाशित | https://www.onlinekhabar.com/2020/01/825501 | misc |
2,251,762 | 2,267,766 | बिजनेस-समाचार |
४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको सुरुङमा पानी भर्न थालियो |
दोलखा, १६ बैसाख । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसाल्न शुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज (बिहीबार) संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गरेका हुन् । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो ।
मुख्य निर्माणअन्तर्गत बाँध–इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।
तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाल श्रेष्ठका अनुसार सुरुङको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ । पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सबैभन्दा ठूलो लगानीको परियोजना पनि हो । भौतिक पूर्वाधार नेम्बाङ र सञ्चारमन्त्री गुरुङले संयुक्तरुपमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकन समेत गरेका छन् ।
त्यसैगरी मन्त्रीद्धयले चीन जोडने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गरे । साथै लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गरेका छन् । केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै उक्त आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।
यस आयोजनाको सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ उर्जामन्त्री टोपबहादुर रायमाझीसमेत जाने कार्यक्रम थियो । तर कोरोना संक्रमणका कारण उनी जान पाएनन् । देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद भएको मन्त्री पार्वत गुरुङले बताए । | १६ बैशाख २०७८, बिहीबार | https://www.nayapage.com/archives/308430 | economy |
925,470 | 939,909 | null | विद्यालय छाड्नेमा सहरका बढी | नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकास्थित लग्दहवाकी रेणुका खटिक १६ वर्षकी भइन् । दुई वर्षअघि भारतको बाबापुरुवामा बिहे गरेपछि उनले ५ कक्षाभन्दा माथि पढिनन् ।/nबिहे भएपछि कहिले माइती त कहिले घरमा बस्नुपर्ने र कामकाज गर्नुपर्ने भएकाले समस्या भएको उनी बताउँछन् । उनकी १५ वर्षीया बहिनी सुधाले पनि बालविवाहका कारण कक्षा ४ बाटै पढाइ छाडेको बताइन् ।/nइन्द्रपुरस्थित कुचबदिया बस्तीमा कसैले पनि कक्षा ७ भन्दा माथि पढेका छैनन् । १६ वर्षीया पवित्रा कुचबदियाले कक्षा ५ मा पढ्दापढ्दै घरायसी कामले पढाइ छाडेको बताइन् । अभिभावकले परम्परागत पेशा सिलौटा कुद्ने काममै उनीहरूलाई लगाउने गरेकाले यो बस्तीमा कक्षा छोड्ने समस्या धेरै छ । नेपालगन्ज ११ को घसयारन टोलका अधिकांश बालबालिका इँटाभट्टामा संलग्न छन् । चिडिमार समुदायमा बच्चालाई पनि आफूसँगै चराको सिकार गर्ने र अर्काको घरमा भाडा माझ्ने लगाइन्छ ।/nनेपालगन्ज ३ वाल्मीकि टोलका करिब ६० घरमध्ये अधिकांशका बालबालिका नियमित विद्यालय जाँदैनन् । उनीहरूमध्ये धेरैले पठनपाठन छाडेर मजदुरी गर्छन् । परम्परागत रूपमा भरिया र कसाईको काम गर्ने नेपालगन्ज १० कसगर टोलका बालबालिकाको अबस्था पनि कम जोखिममा छैन । सहरी क्षेत्रका बालबालिकामा मजदुरी गर्ने क्रम बढ्दै गएको अधिवक्ता वसन्त गौतमले बताए । गरिबीका कारण नेपालगन्जका बालबालिका मजदुरीका लागि भारतसमेत पुग्छन् । मधेसी र मुस्लिम बाहुल्य यहाँका अधिकांश क्षेत्रमा बालविवाहका कारण बालिकाले बीचैमा पढाइ छाड्ने गरेका छन् ।/nसामाजिक संस्कार र आमाबाबु साक्षर नहुँदा पढाइ छाड्नेको संख्या बढ्दो छ । पढाइ छाड्नेमध्ये अधिकांश सहरी क्षेत्रकै रहेको जिल्ला शिक्षाले जनाएको छ । उपजिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बालबालिकाले कक्षा छाड्ने दर बढ्नु र नियमित नहुनु सामुदायिक विद्यालयको ठूलो चुनौती भएको बताए ।/nबालकले घरको आर्थिक अवस्था र विभिन्न प्रलोभनका कारण पठनपाठन बीचैमा छाड्ने गरेका छन् । प्राथमिक तहमा बालबालिकाको भर्ना दर ९६ प्रतिशत रहे पनि माविमा पुग्ने निकै कम हुन्छन् । प्राथमिक तहबाट निमावि तहमा उक्लिनेको भर्ना दर ४६ दशमलव १ छ । कक्षा छाड्ने दर प्रावि तहमा ७ प्रतिशत मात्रै रहेको छ । निमाविमा ८ र माविमा ९ प्रतिशत रहेको शिक्षाको तथ्यांक छ । गरिबी र बालविवाहका कारण कक्षा छाड्ने दर बढिरहेको थापाले बताए ।/nमावि तहमा मुस्लिम बालिकाको संख्या अत्यन्त न्यून छ । पहाडी र थारू समुदायको तुलनामा विद्यालय छाड्ने मधेसी र मुस्लिम बालबालिका धेरै भएको उनले बताए । प्राथमिक तहमा भर्नादर ९६ प्रतिशत भए पनि मावि पुग्दा कुल भर्नाको ३० प्रतिशतमा सीमित भएको उनले बताए ।/nजिल्लामा २ सय ६१ सामुदायिक र एक सय ९५ संस्थागत विद्यालय छन् । मदरसा र गुरुकुल गरेर १ सय २६ धार्मिक प्रकृतिका विद्यालय संचालनमा रहेको कार्यालयले जनाएको छ । चालु शैक्षिक सत्रमा जिल्लाभर १ लाख ३० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । | 2018 | https://ekantipur.com/pradesh-5/2018/04/03/152272858602512888.html | national |
2,491,905 | 2,507,909 | news | बलात्कारजन्य घटनाको कानुनी पक्ष कमजोरः मानवअधिकार आयोग |
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारजन्य घटनामा समयमै अनुसन्धान हुन नसक्दा दोषीलाई कारवाही गर्न कानुनी संकट आउने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । हुन नसक्दा अपराधका घटनाका कानुनी पक्ष कमजोर हुने तथा प्रमाणनै लोप हुने गरेको भन्दै चिन्ता व्यक्त गरेको हो ।
देशमा दैनिक रुपमा बलात्कारका घटना भइरहेको भन्दै यसबाट महिला तथा बालिकाले धेरै पीडा भोग्नुपरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । कतिपय बलात्कार तथा यौनजन्य हिंसा समाजमै मिलाउने, सामाजिक वहिष्करणमा पर्नेजस्ता समस्याले गर्दा यौन हिंसापीडित महिला तथा बालिकाले न्याय पाउन नसकेको पनि आयोगले बताएको छ ।
आयोगको विज्ञप्ति जस्ताको तस्तैः
| भदौ ५, २०७५ | https://ratopati.com/story/57899/2018/8/21/news | news |
125,621 | 125,694 | राजनीति | धर्ममाथि विश्वास घट्दै गएकाले दुश्कर्म बढेको हो : कमल थापा |
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जबरजस्ती धर्म निरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने काम भएकाले दुश्कर्महरु बढ्दै गएको बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १११ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र अनेकौं स्वार्थका खातिर कमजोर बनाउँदै लगिएकाले महिलामाथि हिंसा, बलात्कार लगायतका कार्यले प्रश्रय पाएको बताउँदै परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले अगाडि बढ्ने ठोकुवा गरे ।
धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तिमा रहनुभएकाले यसलाई व्यापकता दिलाउन पनि महिलाहरुकै भूमिका उपयुक्त हुने थापाले बताए ।
धर्म संस्कृतिलाई जोगाउन राप्रपाले प्रण गरेको हुँदा पार्टीको संगठनलाई मजबुत बनाएर आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्तिका रूपमा राप्रपालाई स्थापित गर्न महिला संगठनले मुख्य भूमिका निर्वाह गर्ने आफूले विश्वास लिएको बताउँदै अध्यक्ष थापाले महिला नेतृहरुलाई संगठन निर्माणमा जुट्न निर्देशन दिए ।
स्थानीय निकायको प्रत्येक वडामा एकजना महिला प्रतिनिधि अनिवार्य रुपमा हुनुपर्छ भनी कार्यान्वयनको चरणमा पहिलो पटक प्रवेश गराउन राप्रपा सरकारमा रहेको अवस्थामा सफल भएको बताउँदै थापाले संविधान र कानुनमा मात्र महिला अधिकारको कुरा गरेर मात्र नहुने भएकाले त्यसलाई हुबहु व्यवहारमा उतार्नु आजको चुनौती रहेको प्रष्ट पारे ।
महिलाहरुको नेतृत्व विकासलाई मध्यनजर गर्दै राप्रपाले आगामी वैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको उनले बताए ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कुन्तिकुमारी शाही, महिला नेतृहरु मीना सुवेदी, निना भेटवाल, मिरा कुँवर, अष्टमाया लामा लगायले कार्यक्रममा सम्बोधन गरेका थिए । | २४ फागुन, २०७७
| https://farakdhar.com/story/46918 | politics |
1,257,445 | 1,271,884 | politics | अवकास उमेर ५८ नै कायम गर्न प्रस्ताव |
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायम राख्दै संघीय निजामती सेवा ऐन २०७५को मस्यौदा मन्त्रिपरिषद्मा लगेको छ। विभागीयमन्त्री लालबाबु पण्डितले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा मन्त्रिपरिषद्मा लगेको बताए। मस्यौदामा कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायमै राखिएको पनि उनले जनाए । उनले भने, ‘मस्यौदमा राखिएका सबै विषयमा मन्त्रिपरिषद्मा गम्भीर छलफल हुन्छ।’
कर्मचारीको अवकाश उमेर सीमा ५८ राख्ने कि ६० राख्ने भन्नेबारे फरकफरक धारणा आएको बेला संघीयले कर्मचारीको अवकाश उमेर सिमा ५८ कायम राखी मन्त्रिपरिषद्मा मस्यौदमा पठाएको हो। यसअघि, अर्थले संघीयलाई पठाएको रायमा कर्मचारीको अवकाश उमेर सिमा ६० राख्न सुझाव दिएको छ। यस विषयमा कानुनले संघीयलाई पठाएको रायमा भने कर्मचारीको अवकाश उमेरको सीमा ५८ राख्ने कि ६० राख्ने केही उल्लेख गरिएको छैन।
कर्मचारीको अवकाश उमेर ५८ वर्ष काउश्रकर्मचारीहरूको विरोध हुँदाहुँदै पनि मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको मस्यौदमा कर्मचारीको एउटै संगठन राख्ने प्रावधान भने कायमै राखेको छ। ट्रेड युनियनको विषयमा हाल कार्यान्वयनमा रहेको प्रावधान नहटाउन कर्मचारी नेताहरूले मन्त्रालयलाई दबाब दिइरहेका छन्।
स्रोतका अनुसार कर्मचारीहरूको विरोध हुँदाहुँदै पनि मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको मस्यौदमा कर्मचारीको एउटै संगठन राख्ने प्रावधान भने कायमै राखेको छ। ट्रेड युनियनको विषयमा हाल कार्यान्वयनमा रहेको प्रावधान नहटाउन कर्मचारी नेताहरूले मन्त्रालयलाई दबाब दिइरहेका छन्।
मन्त्री पण्डितले मन्त्रिपरिषद्मा पठाएको मस्यौदामा एकल ट्रेड युनियनको प्रावधान कायम राखेको बताए । हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९मा दलैपिच्छे कर्मचारी संगठन खोल्न सक्ने अधिकार कर्मचारीहरूलाई दिइएको छ। संघीय मन्त्रालयले कानुनले मन्त्रालयले पठाएको रायसमेत उलङ्घन एकल ट्रेड युनियनको प्रावधानलाई कायम राखेको हो। कानुन मन्त्रालयले यसअघि दलैपिच्छे गठन गरिएका कर्मचारी ट्रेड युनियनका अस्तित्व कायमै राख्ने संघीयलाई राय दिएको थियो। संघीयले सहमतिका लागि कानुनमा पठाएको मस्यौदामा कानुनले अघिल्लो साता आफ्नो राय दिएको थियो। कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकालले संघीयले पठाएको मस्यौदामा एउटा मात्र ट्रेड युनियन राख्ने विषयमा कानुनले आफ्नो राय दिएको बताए। ‘कानुनबमोजिम गठन गरिएका कर्मचारी संगठनहरूको अस्तित्व कायम राख्न कानुनले संघीयलाई राय दिएको छ,’ उनले भने । कानुनबमोजिम गठन गरिएका ट्रेड युनियनको अस्तित्व रोक्न नसकिने राय कानुनले पठाएको पनि उनले उनले बताए।
हाल निजामती कर्मचारीका ६ वटा ट्रेड युनियन अस्तित्व छन् । यसैगरी एउटा आधिकारिक ट्रेड पनि अस्तित्वमा छ । संघीयले तयार ऐनको मस्यौदमा भने एउटा मात्र आधिकारिक ट्रेड युनियन राख्न प्रस्ताव गरिएको छ । सो मस्यौदामा कुनै फेरबदल नभएमा हाल कायम रहेका विभिन्न दल निकट ६ वटा कर्मचारी संगठन बन्द हुनेछन् । अस्तित्वमा रहेका ६ संगठनमा नेपाल निजामती कर्मचारी संगठन (तत्कालीन एमाले निकट), नेपाली निजामती कर्मचारी युनियन (नेपाली कांग्रेस निकट), नेपाल राष्ट्रिय कर्मचारी संगठन (तत्कालीन माओवादी निकट)रहेका छन्। यसैगरी राजपा/संघीय फोरम मधेसी कर्मचारी मञ्च र नेपाल स्वतन्त्र कर्मचारी मिलन केन्द्र पनि अस्तित्वमा छन्। वैंद्य माओवादी निकट नेपाल निजामती कर्मचारी संगठन (क्रान्तिकारी) भने श्रम विभागमा दर्ता हुन बाँकी नै छ।
कर्मचारी नेताहरूले कानुनले टे«ड युनियनको विषयमा कानुनले पठाएको सुझावलाई कार्यान्वयन गर्न माग गरेका छन् । टे«ड युनियनको भावनाअनुसार कानुनले राय दिएको उनीहरूको भनाइ छ। नेपाल निजामती कर्मचारी युनियन (संघ )का उपमहासचिव यज्ञराज अर्यालले भने, ‘ट्रेड युनियनको भावनाअनुसार कानुनले राय दिएको छ । कानुनले पठाएको राय कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो।’
ट्रेड युनियको विषयमा संघीयको प्रस्तावमा अर्थ मन्त्रालयले भने सहमति दिएको थियो। त्यसमा अर्थ मन्त्रालयले एक कदम कठोर बन्दै कर्मचारीको टे«ड युनियन अधिकार सुब्बा तहका कर्मचारीलाई मात्र दिन संघीयलाई राय दिएको छ। हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९मा भने टे«ड युनियन अधिकार राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीलाई छ।
सरकारले निजामती सेवा ऐन २०४९लाई विस्थापित गर्न संघीय निजामती सेवा ऐन २०७५ ल्याउन लागेको हो। संघीय निजामती सेवा ऐन २०७५ कार्यान्वयन नहुँदा कर्मचारी समायोजन गर्न कानुनीरूपमा अप्ठेरो परेको संघीय मन्त्रालयको भनाइ छ। मन्त्रालयले करिव ४ महिना अघि नै मस्यौदा तयार गरेको थियो । मस्यौदमा केही नयाँ प्रावधान राखिएका छन्। हाल व्यवस्था गरिएको सहसचिव र उपसचिवमा दश प्रतिशत खुल्ला नियुक्ति गर्ने प्रावधानलाई मस्यौदमा हटाइएको छ। यस विषयमा पनि काननुले संघीयलाई पठाएको रायमा थप प्रतिक्रिया नदिएको कानुन मन्त्रालयले जनाएको छ। | १७ भाद्र २०७५ | https://nagariknews.nagariknetwork.com/politics/158503-1535853180.html?click_from=category | politics |