Unnamed: 0.1
int64
0
2.76M
Unnamed: 0
int64
0
2.78M
catagory
stringclasses
518 values
heading
stringlengths
1
251
text
stringlengths
1
651k
date
stringlengths
1
2.18k
link
stringlengths
31
161
clean_categories
stringclasses
33 values
901,191
915,630
null
अमेरिकामा नेपाली फिल्म अवार्ड
काठमाडौं — नेपाली फिल्म र फिल्मकर्मीलाई प्रोत्साहित र सम्मानित गर्ने उद्देश्यले अमेरिकाको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ वितरण कार्यक्रम गर्न लागिएको छ ।/n/nनेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अमेरिकाको कोलोराडोमा अगस्ट १९ मा अवार्ड वितरण गर्ने जानकारी दिएको हो । गत वर्ष २० विधामा अवार्ड दिइएकोमा यस वर्ष दायरा फराकिलो पार्दै लैजाने उद्देश्य राखिएको भन्दै थप ८ विधामा अवार्ड थपिएको आयोजकले जनाए । यस वर्ष भुटानी नेपाली समुदायबाट एक कलाकार छान्ने निर्णयसमेत भएको छ । /nनेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न, नेपाललाई सिनेमा सुटिङ डेस्टिनेसन बनाउन र अमेरिकामा भएका नेपाली फिल्मकर्मी, कलाकार, गायक, गायिकाहरूलाई यसै कार्यक्रममार्फत नेपाली फिल्ममा पुन: प्रवेश गराउने उद्देश्य लिएको ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक शैलेश पोखरेलले बताए ।
2017
https://ekantipur.com/diaspora/2017/05/26/20170526091423.html
diaspora
1,402,016
1,416,455
मनोरञ्जन एप
‘जात्रा’ निर्देशकलाई लिएर मह संचारले चलचित्र बनाउने
चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले चलचित्र ‘जात्रा’का निर्देशक प्रदिप भट्टराइलाई नयाँ चलचित्र निर्देशनको जिम्मा दिने भएका छन् । ‘जात्रा’ चलचित्रमा समावेश पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन् । गीत केहि दिनमा नै सार्वजनिक हुँदैछ । ‘जात्रा’ चलचित्रका निर्देशक प्रदिप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ, “त्यसैले उनको दक्षता र मिहिनेतप्रति हामीलाई पूर्ण विश्वास छ,” हरिवंशले मिडियासँग भने । हरिवंशले मह संचारका सिरियल र विज्ञापन हिट बनाउनमा प्रदिपको पनि योगदान रहेको बताए । चलचित्र ‘जात्रा’को कथावस्तुले आफ्नो मन छोएको उनको भनाई छ । यो चलचित्र कात्तिक २६ बाट देशभर रिलिज हुँदैछ । ‘जात्रा’ प्रर्दशनपछि मह सञ्चारले निर्माण गर्ने चलचित्रको तयारीमा जुट्ने हरिवंशले जानकारी दिएका छन् । निर्देशक प्रदिप भट्टराइले पनि कथा लगभग तयार भएको भन्दै चाडै नै फ्लोरमा जाने बताए । चलचित्रमा हरिवंश र मदनकृष्णको साथमा अहिले ख्याति कमाइरहेका कलाकारहरुसमेत रहनेछन् । हरिवंशका अनुसार अहिलेका हट र हिट नायक, नायिकालाई पनि चलचित्रमा देख्न सकिनेछ ।
२०७३ कार्तिक ५ गते १६:३७ मा प्रकाशित
https://www.onlinekhabar.com/2016/10/491594
entertainment
1,389,034
1,403,473
बिजनेस समाचार
अरुण काबेलीको सेयर निष्कासन, १० लाखसम्मको आवेदन गर्न सकिने
३ जेठ, ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा निर्माणको चरणमा रहेको अरुण काबेली हाइड्रो पावर कम्पनीले ती दुबै जिल्लाका आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ । यहाँका प्रभावित स्थानीयवासीका लागि १५ करोड रूपैयाँ बराबरको १५ लाख कित्ता सेयर निस्कासन गरिएको हो । जिल्लाका साब्लाखु, सिनाम, थुम्देन, चाक्सिबोटे तथा पाँचथरका नागी, थर्पु, अमरपुर गाविसमा कम्तीमा पाँच वर्षदेखि बसोबास गर्दैआएकाहरुले सेयरका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यको सेयरमा आजदेखि जेठ १७ गतेसम्म आवेदन दिन सकिने जलविद्युत् आयोजनाका डिल्ली सुवेदीले जानकारी दिए । न्यूनतम पाँच हजारदेखि १० लाख रूपैयाँसम्म सेयरका लागि आवेदन दिन पाइने छ । यसपछि पुनः कम्पनीले अन्य सर्वसाधारणका लागि समेत २० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर आह्वान गर्ने सुवेदीको भनाइ छ । कम्पनीको कुल एक अर्ब ५० करोड रूपैयाँ अधिकृत पुँजी रहेको र सो पुँजीलाई १०० रूपैयाँका दरले एक करोड ५० लाख सेयरमा विभाजन गरिएको छ । पच्चिस मेगावाट क्षमताको काबेली बी परियोजना ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा आर्थिक वर्ष २०७०÷७१ देखि निर्माणका क्रममा रहेको छ ।
२०७३ जेठ ३ गते १४:५० मा प्रकाशित
https://www.onlinekhabar.com/2016/05/428490
economy
1,375,066
1,389,505
अन्तराष्ट्रिय समाचार
रुसका विपक्षी नेता नाभाल्नीको अपील खारेज
९ फागुन, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले अदालतमा यसअघिको निर्णयको विरुद्धमा गरेको अपील खारेज भएको छ । नाभाल्नीले यसअघि आफूलाई दिइएको तीन वर्षको जेल सजाय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै यो निर्णयविरुद्ध अपील गरेका थिए । त्यस्तै अर्को एक मुद्दामा उनी मानहानीमा दोषी पाइएका छन् । मानहानीको मुद्दामा पनि उनलाई जरिवानाको सजाय सुनाइएको छ । ४४ वर्षीय नाभाल्नीले दुवै मुद्दा हारेको विषयमा उनका समर्थकहरुले भने आशंका व्यक्त गरेका छन् । उनीहरुले नाभाल्नी रुसको शासकका लागि एक चुनौतीको रुपमा उदाएको बताउँदै आएका छन् । त्यसैले रुसले उनलाई फसाउने योजना बनाइरहेको उनीहरुले बताउँदै आएका छन् । नाभाल्नीले अदालतमा रुसमा पछिल्लो समय अन्याय स्थापित भइरहेको आरोप लगाउँदै लाखौं मानिसहरुले भने मुलुकमा सत्यको जित चाहेको बताएका थिए । उनले आफू रुस फर्किएकोमा कुनै पछुतो नरहेको र सत्य नै आफ्नो शक्ति भएको पनि स्पष्ट पारेका छन् । गत महिना नाभाल्नी आफ्नो उपचारपछि रुस फर्किएका थिए । तर, उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । उनलाई यसअघिको शर्त उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको रुसले बताएको छ । पश्चिमा मुलुकहरुले भने नाभाल्नीलाई पक्राउ गरिएको विषयमा आपत्ति जनाउँदै आएका छन् । उनीहरुले यो विषयलाई लिएर मुलुकमा प्रतिबन्ध लाग्न सक्ने बताएका छन् । रुसले भने आफूमाथि प्रतिबन्ध लगाइए प्रतिबन्ध लगाउने सबै मुलुकसँगको सम्बन्ध तोड्ने चेतावनी दिएको छ ।
२०७७ फागुन ९ गते १२:४१ मा प्रकाशित
https://www.onlinekhabar.com/2021/02/932584
global
491,117
503,745
entertainment
चलेन पूर्व मिस नेपाल उषाको जिवनको डुङ्गा, तोडिन् वैवाहिक सम्बन्ध
काठमाडौं, चैत २ । पूर्व मिस नेपाल उषा खड्गीको बैवाहिक जिवनमा पूर्णविराम लागेको खवर नेपाली सञ्चार माध्ययम तातेका छन् । सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको खवर एकाएक बाहिर आएपछि यो विषयमा स्वयम् उषाले मुख खोलेकी छन् । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट रहदै आएको थियो । दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चल्दै आएपनि उषाले नै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे पृष्टि गरेकी छन् । उषाले आफ्नो फेसबुक मार्फत् यसबारे जानकारी दिँदै भनेकी छिन् ,‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक या’तना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु‘नो’। गएराती लेखिएको स्टाटसमा उषाले अगाडी थप्छिन् ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि ल’ड्नेछु ।  गएराती उषाले लेखेको स्टाटस सहित दुई वटा भिडियो क्लिप पनि अपलोड गरेकी छिन् । जहाँ एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएको देख्न सकिन्छ । हाल दुबै दुवै अलग भइसकेपनि सम्पत्ति बाँडफाँडको टुंगो लाग्न भने बाँकी रहेको छ ।एक छोरा र एक छोरीका आमा उषाले जीपीसंग अन्तरजातीय विवाह गरेकी थिइन् ।
प्रकाशित मिति : २ चैत्र २०७६, आईतबार
https://www.reportersnepal.com/2020/03/404713
entertainment
973,615
988,054
null
नयाँदिल्लीमा दक्षिण एसियाबारे विश्व सम्मेलन
नयाँदिल्ली — बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिअनुसार दक्षिण एसियाली मुलुकहरूले क्षेत्रीय तथा राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आपसी सहकार्य र सहयोग आदानप्रदान विस्तार गर्नुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन् ।
2011
https://ekantipur.com/news/2011/02/27/325675.html
news
1,424,076
1,438,515
सूचना प्रविधि -समाचार
जीमेलमा लुकेका अत्याबश्यक किवोर्ड सर्टकटहरु
    काठमाण्डौ । विश्वकै लोकप्रिय इमेल सेवा जीमेल प्रयोग नगर्ने विरलै होलान् । जीमेलको लोकपि्रयताले याहु, आउटलुक जस्ता पुराना इमेल सेवा प्रदायकहरु ओझेल परेका छन् । जिमेलले यसरी बजार पिट्नुमा गुगलको उत्पादन हुनुको फाइदामात्र हैन्, प्रयोगकर्ता मैत्री फिचर सवैभन्दा महत्वपूर्ण पक्ष हो । जीमेलमा यस्ता केही सर्टकर्ट किहरु सेट गरिएको छ, जसले तपाईलाई जीमेल प्रयोग छिटो र छरितो बनाउँछ । बिभिन्न ट्यावमा गएर अप्सन खोजेर काम गर्नुको साटो तपाई किवोर्डबाटै जीमेलका धेरै फिचर चलाउन सक्नुहुन्छ । जीमेलमा यस्ता केही सर्टकर्ट फिचर अटो सेट गरिएको हुन्छ र केही फिचरहरु अफ गरिएको हुन्छ । तपाईले सेटिङमा गएर यस्ता फिचर अन गर्न सक्नुहुन्छ । आउनुहोस् आज हामी तपाईलाई यस्तै केही लुकेका जीमेल सर्टकर्ट फिचरहरुबारे जानकारी दिँदैछौं ।
२०७२ भदौ २३ गते १५:३१ मा प्रकाशित
https://www.onlinekhabar.com/2015/09/323450
news
2,590,821
2,606,825
politics
भाेट नहाल्ने नामावली बाँडिएपछि भीम रावल आक्राेशित, ओलीका कार्यकर्ता जाइ लागेकाे आराेप
चितवनमा एमालेको मतदान सुरु भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भएको भन्दै अध्यक्षका प्रत्यासी भीम रावलले निन्दा गरेका छन् ।  अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओलीका कार्यकर्ताले आज बिहानैदेखि मतदानका लागि लाइन लागेका उम्मेदवारहरूलाई भीम रावललगायत उनीपक्षीय नेताहरूको नाम उल्लेख गरेर भोट नहाल्ने नामावली लेखिएको पर्चा वितरण गरिरहेका छन् ।  यसप्रति आपत्ति जनाउँदै रावलले यस्तो कार्य रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । यस्तो कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर पार्ने रावलको भनाइ छ ।  तर, ओलीपक्षीय नेता शंकर पोखरेलले भने भोट नहाल्ने नामावली महाधिवेशन प्रतिनिधिलाई वितरण गरिनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले बन्दसत्रले पारित गरेको नयाँ नेतृत्वको सूचीभन्दा बाहिर गएर उम्मेदवार बनेकाहरूविरुद्ध कार्यकर्ताले प्रचार गर्नुलाई अन्यथा लिन नहुने पनि बताए ।  सञ्चारकर्मीले राखेको जिज्ञासामा शंकरले भने, ‘बन्दसत्रमा हलले पारित गरेको सूचीका विषयमा प्रचार–प्रसार हुनु स्वाभाविक हो । यसलाई अन्यथा लिनु हुँदैन ।’ अध्यक्षका उम्मेदवार भीम रावलसहित उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीम आचार्यलगायतलाई भोट नहाल्न भन्दै ओलीका कार्यकर्ताले पर्चा बाँडिरहेका हुन् ।  अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् । सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् । अहिलेसम्म ११ सय मत खसेको निर्चाचन समितिले जनाएको छ । 
मंगलबार, मंसिर १४, २०७८, ०८:३९:००
https://shilapatra.com/detail/72055
politics
916,690
931,129
null
राजधानी छनोट विवाद सदनमा, ‘गौरीशंकर’ नाम राख्न अर्को प्रस्ताव
मकवानपुर — लामो समयको अन्योलतालाई चिर्दै प्रदेश ३ को स्थायी राजधानीको विषयले मंगलबार औपचारिक रूपमा प्रदेशसभाको बैठकमा प्रवेश पाएको छ ।/n/nराजधानी र नामकरण टुंग्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार सदन अवरुद्ध गरेसँगै मंगलबारको बैठकमा यस विषयले प्रवेश पाएको हो । यो सँगै सदनको अवरोध हटेको छ । /n/nमंगलबार साँझ बसेको प्रदेशसभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक रामेश्वर फुँयालले प्रस्ताव पेस गरेका थिए भने विपक्षी दल कांग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी थिइन् । अपराह्न ४ बजेको लागि बोलाइएको बैठक राजधानीको सम्बन्धमा कार्यविधि पेस हुने भएपछि साढे दुई घण्टा ढिलो गरी साँझ साढे ६ बजे मात्र सुरु भएको थियो । /n/nप्रस्तावअनुसार २०७५ असार २६ गते प्रदेशसभामा पेस गरेको राजधानी अध्ययन विशेष समितिको सिफारिसलाई आधार मानेर समितिले पेस गरेको क्रमअनुसारको प्रस्तावलाई सभामुखले अनुमति लिएर निर्णायार्थ पेस गर्ने भएका छन् । कार्यविधिअनुसारको सैद्धान्तिक छलफल र मतदानको मिति तोक्ने जिम्मेवारी सभामुखलाई दिइएको छ ।/n/n समितिले क्रमअनुसार सिफारिस गरेको सम्भावित राजधानीको सूचीमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्ला छन् । विशेष समितिले स्थलगत अवलोकन गरी सम्भावित राजधानी तोकिने जिल्लाहरूको प्रतिवेदन तयार पारेको थियो ।/n/nविशेष समितिले पेस गरेको प्रतिवेदनमाथि सभामुखले तोकेको मिति र समयमा सैद्धान्तिक छलफल हुने कार्यविधिमा उल्लेख नगरिएको नेपाली कांग्रेसकी मुख्य सचेतक राधा घलेले जानकारी दिइन् । प्रदेशसभामा पेस भएको प्रस्ताव पारित गर्नका लागि प्रदेशसभा सदस्यहरूबीच हस्ताक्षर गराउने निर्णय गर्ने घलेले बताइन् ।/n/nवर्णानुक्रमअनुसार रहेका जिल्लाहरूमा पालैपालो हस्ताक्षर प्रक्रियाद्वारा सांसद्हरूको मत लिइनेछ । प्रस्तावको पहिलो क्रममा रहेको जिल्ला अथवा स्थानमा प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमत प्राप्त गर्न नसकेमा दोस्रो क्रममा रहेको जिल्लाको प्रस्ताव पेस गरिनेछ । /n/nप्रस्तावित क्रमअनुसार कुनै पनि जिल्ला वा स्थानले प्रदेशसभामा कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमत प्राप्त गरेमा बाँकी रहेका जिल्लाहरूलाई निर्णायार्थ प्रस्तुत गरिने छैन । कुनै पनि सदस्यले जाहेर गरेको आफ्नो मत सच्याउन चाहेमा मतदान सकिएको तीन मिनेटभित्र तोकिएबमोजिमको ढाँचामा निवेदन लेखी सच्याउन सकिने व्यवस्था कार्यविधिमा गरिएको छ । /n/nसंवैधानिक व्यवस्थाअनुसार जेठ १ गते प्रदेश सरकारको वार्षिक विनियोजनको सिद्धान्त र प्राथमिकता (करबाहेक) प्रदेशसभामा पेस गर्नुपर्ने भएकाले राजधानीको विषयलाई औपचारिक रूपमा सदनमा प्रवेश गराई सदन सदन सुचारु गर्न नेकपा सहमत भएको हो ।/n/nराजधानीबारे नेकपामा दुई धार/nप्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मत बाझिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा मतदानबाट राजधानीको टुंगो लगाउने वा राजनीतिक सहमति गरेर मात्र मतदान प्रक्रियामा जाने भन्नेबारे दुई धार देखिएको हो ।/n/nसदस्यहरूको फरक मतकैबीच मंगलबार साँझ बसेको प्रदेशसभा बैठकमा भने प्रदेश स्थायी राजधानी टुंग्याउन कार्यविधि पेस भएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको मुख्य सचेतक र प्रमुख सचेतकको सहमतिमा सभामा प्रस्ताव पेस गरिएको हो ।/n/nकेन्द्रको निर्देशन पर्खन आग्रह/nनेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा प्रदेश ३ संगठन कमिटी अध्यक्ष नारायण दाहालले पार्टीको केन्द्रीय निर्देशनलाई पर्खन आग्रह गरेका छन् । /n/n‘हालसम्म केन्द्रीय नेतृत्व तहमा कुनै किसिमको निर्णय भएको छैन । शीर्ष नेतृत्वको निर्णयलाई आत्मसाथ गर्दै अगाडि बढ्न जरुरी रहेको छ ।’ संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले नेतृत्व तहमा प्रदेशको राजधानी र नामकरणको विषयमा छिट्टै टुंगिने गरी छलफल अगाडि बढेको बताए ।/n/nनेकपा प्रदेश ३ इन्चार्ज तथा प्रदेशसभा सदस्यसमेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्यले बैठकमा नेतृत्वको सहमतिअनुसार अगाडि बढ्नुपर्ने भएकाले धैर्य गर्न सदस्यहरूलाई सुझाएकी थिइन् । ‘पहिल्यै टुंग्याउनुपर्ने विषय थियो । तर, त्यसो हुन सकेन ।’ शाक्यको भनाइलाई उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने, ‘संसदको अधिकार भए पनि राजनीतिक नेतृत्वको निर्णयलाई आत्मसाथ गरेर अब स्थायी र नामकरण दुवै टुंग्याउन जरुरी रहेको छ ।’ /n/nनामकरणबारे मौन/nप्रदेश स्थायी राजधानी कुन जिल्लामा कायम गर्ने विषयमा व्यापक छलफल अगाडि बढे पनि हालसम्म नामकरणको विषयमा भने कुनै पनि किसिमको छलफल भएको छैन ।/n/nमंगलबारको नेकपाको बैठकमा प्रदेशसभा सदस्य विशाल खड्काले प्रदेश ३ को नाम गौरीशंकर प्रदेश राख्न पार्टी नेतृत्वलाई आग्रह गरे । यसअघि नेवाः ताम्सालिङ, वाग्मती, पशुपति, राजधानी प्रदेश र मध्यप्रदेश नामकरण राख्नुपर्ने माग विभिन्न राजनीतिक दल तथा सांसद्हरूले राखिसकेका छन् । विभिन्न सार्वजनिक फोरमहरूमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी तोकेपछि नाम राख्न खासै गाह्रो नहुने बताउने गरेका छन् ।/n/nदुई विधेयकको प्रतिवेदन पेस/nप्रदेशसभाको बैठकमा दुईवटा विधेयकको प्रतिवेदन पेस गरिएको छ । प्रदेश बीउविजनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले बनाएको प्रतिवेदन र प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले बनाएको प्रतिवेदन पेस गरिएको छ । /n/nशिक्षा, स्वास्थ्य तथा कृषि समितिले तयार गरेको प्रतिवेदन समितिका सभापति घनश्याम दाहालले पेस गरेका हुन् । यस्तै प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक पनि मंगलबार नै पेस भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले विधेयक पेस गरेका हुन् ।
2019
https://ekantipur.com/pradesh-3/2019/05/15/155788935424582217.html
national
753,938
768,293
छापामा
एयरलाइन्सबारे सहमति नजुट्दा विदेशमा रहेका नेपालीको उद्धारमा ढिलाइ
सरकारका चार निकायबीच समन्वय नहुँदा कोरोना भाइरसबाट सिर्जित समस्याका कारण विदेशमा अलपत्र परेका नेपालीहरू झन् बिचल्लीमा परेका छन् । विदेशमा रहेका नेपालीहरूलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा ल्याउने कि निजी क्षेत्र वा विदेशी एयरलाइन्सलाई पनि उद्धार गर्न दिने भन्ने विषयमा विवाद नमिल्दा उद्धार कार्यमा ढिलाइ भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिअन्तर्गतको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच विदेशमा रहेका नेपालीहरूलाई कसरी ल्याउने भन्ने सन्दर्भमा एकमत नहुँदा समस्या उब्जिएको हो । सरकारले कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्न विस्तृत कार्ययोजना बनाएको थियो । उक्त कार्ययोजनाअनुसार उद्धार गरेर ल्याउन तय गरिने सबै कामको सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन सीसीएमसीअन्तर्गत हुनेछ । र, रक्षा मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश र स्थानीय तहले सहयोगीको भूमिका खेल्ने छन् । उनीहरूले विदेशबाट नेपाल आएपछि मात्र काम गर्नेछन् । तर, विदेशमा रहेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउन उच्चस्तरीय समिति, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालय बीचमा सहमति हुन आवश्यक हुन्छ । जेठ २३ मा म्यानमारबाट २६ जना र यूएईबाट एक सय ६९ जना नेपालीलाई उद्धार गरिएको थियो । तर, ती नेपालीलाई नेपाल एयरलाइन्समा ल्याइएको होइन । नेपालको सरकारी संयन्त्र बीचको समन्वयको अभावले गर्दा यूएईमा नेपाल फर्किने सूचीमा रहेकाहरू उतै छुटेका थिए । एयर अरेबियाले टिकट तिरेर आउन सक्नेलाई मात्र आफ्नै पहलमा ल्याएको थियो । परराष्ट्र मन्त्रालयले यसलाई प्राविधिक समस्याले गर्दा त्यसो भएको जनाएको छ । तर, के समस्या थियो भन्ने खुलाएको छैन । विदेशबाट उद्धार गर्न थालिएको तीन दिन भइसक्दासमेत अब अरूलाई कहिले उद्धार गर्ने भन्ने सम्बन्धमा निर्णय हुन सकेको छैन । स्रोतका अनुसार पर्यटनमन्त्री योगेश भट्टराई नेपाल एयरलाइन्समै विदेशबाट नेपालीहरूलाई उद्धार गर्नुपर्ने र विदेशी कम्पनीहरूले कामदारको टिकटलाई तिर्ने भाडा नेपाल एयरलाइन्सले नै लिनुपर्ने अडानमा छन् । अन्य मन्त्रीहरू भने निजी र सम्बन्धित मुलुकका अन्य एयरलाइन्सलाई पनि नेपालीलाई उद्धार गर्न दिँदा समस्या नहुने बताइरहेका छन् । ‘एउटै पार्टीका, एउटै मन्त्रीमण्डलका मन्त्रीहरू बीचको आ–आफ्नै अडानले गर्दा विदेशबाट नागरिकहरूलाई उद्धार गर्न गाह्रो भइरहेको छ,’ स्रोतले भन्यो । कुन देशबाट कति प्राथमिकतामा ? विदेशबाट नागरिकहरूलाई उद्धार गर्न सरकारले १५ प्राथमिकता पनि बनाइसकेको छ । गत साता बनाइएको उक्त प्राथमिकतामा सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका, हाल नेपाल आउन अनुमति प्राप्त भएका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका छन् । यस्तै, सरकारी सेवामा रही अध्ययन वा तालिममा गएका, अध्ययन समाप्त भएका विद्यार्थी, नेपाल आउनैपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, परिवारिक पुनर्मिलनका लागि गएका, कम्पनीबाट रोजगारीसहित बिदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेका नेपाल आउनुपर्ने अवस्थाका तथा पर्यटक तथा व्यापारिक भिसामा गएकाहरू पनि प्राथमिकतामा छन् । परराष्ट्र मन्त्रालयले आफ्ना ३० दूतावास र ६ महावाणिज्य दूतावासबाट संकलन गरेको तथ्यांकअनुसार ३३ मुलुकका २४ हजार एक सय ४८ जना नेपाली प्राथमिकताका आधारमा नेपाल ल्याउनु पर्ने सूचीमा छन् । मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार परराष्ट्रले आफ्ना कूटनीतिक नियोगबाट आएको सूचीलाई सीसीएमसीमा पठाएको जानकारी दिए । उनका अनुसार अमेरिकाबाट ६ सय ४६, बेलायतबाट ४९, क्यानडाबाट ७८, साउदी अरबबाट ३ हजार ३ सय १२, यूएईबाट ४ सय १०, बहराइनबाट ३ सय ७२, इजरायलबाट ३९, युगान्डाबाट १ सय ६१, नाइजेरियाबाट ९७, दक्षिण सुडानबाट ३१, मोरक्कोबाट ६३, कतारबाट ३ हजार ६ सय ८, मलेसियाबाट ६ हजार ४ सय २५, थाइल्यान्डबाट ३ सय ५७, सिंगापुरबाट ६१, कम्बोडियाबाट ४१ जना छन् । यस्तै, भियतनामबाट ४, लाओसबाट २, जापानबाट ९ सय १६, दक्षिण कोरियाबाट २ सय ८२, बंगलादेशबाट १ सय ८०, श्रीलंकाबाट ३६, पाकिस्तानबाट १ सय २५, साइप्रसबाट ४ सय ७१, ओमानबाट ६ सय ५६, कुवेतबाट २ हजार ९ सय ९१, माल्दिभ्सबाट ७ सय २४, अस्ट्रेलियाबाट १ हजार ३ सय र डेनमार्क, नर्वे, स्विडेन, फिनल्यान्डबाट गरी ७६ जना फर्किने सूचीमा छन् । कान्तिपुर  दैनिकमा खबर छ ।
जेठ २७, २०७७
https://lokaantar.com/story/110010/2021/12/22/sports/cricket-
misc
1,052,336
1,066,775
null
काठको राजस्व दर बढाइने
काठमाडौ — सरकारले काठ/ दाउराको राजस्व दरमा व्यापक वृद्धि गर्न लागेको छ । काठका केही प्रजातिको मूल्य ५ गुणासम्म वृद्धि गर्न प्रस्ताव गरिएको छ । एक क्युविक फिटको तीन सय रुपैयाँ रहेको सतिसाल काठको राजस्व दर १ हजार ५ सय बनाउन खोजिएको छ  ।
2011
https://ekantipur.com/news/2011/05/22/329749.html
news
2,566,682
2,582,686
samachar
लकडाउनको दोस्रो दिन : सुनसान पोखरा [फोटो फिचर]
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण पर्यटकीय नगरी पोखरा सुनसान भएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि सरकारले अत्यावश्यकबाहेकका सेवा बाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको दास्रो दिन पोखरा क्षेत्रमा चहलपहल पातलिएको हो । कोरोना भाइरसको त्रासका कारण पोखराका मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, लेकसाईड, छोरेपाटन, पृथ्वीचोक लगायतका मुख्य बजारहरू सुनसान भएका छन् । पसल, व्यवसाय, उद्योग, कलकारखाना, सवारी साधान सबै ठप्प भएका छन् । पैदलयात्रुहरूको आवतजावतमा समेत कडाइ गरेपछि सडक सुनसान छ । फाटफुट सडकमा हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले रोक लगाएको छ । सरकारले लकडाउन घोषण गरे पनि पहिलो दिन प्रसस्तै मात्रामा सवारी चलाएपछि तनावमा परेको स्थानीय प्रशासनले दाेस्रो दिन बिहानैदेखि कडाइ गरेपछि सडक सुनसान भएको छ । दैनिक हजारौँ मानिसको आवत जावत र किनमेल हुने पोखराका मुख्य बजारक्षेत्रका सबै पसलहरू बन्द गरिएका छन् । सडकहरू सुनसान भएका छन् । बिहानैदेखि भरिभराउ रहने फेवातालको तालबाराही मन्दिर र विन्ध्यवासिनी मन्दिरसमेत सुनसान भएको छ । सामान्य अवस्थामा बिहानैदेखि भीडभाड रहने यी दुवै मन्दिरमा न्यून संख्यामा मात्र पूजाअर्चना गर्न स्थानीयहरू आएको त्यहाँका पुजारीले जानकारी दिए । काेरोना भाइरसको संक्रमणको त्रास फैलिएपछि पछिल्लो केही दिनयता पोखरामा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम ठप्प भएको व्यवसायीहरू बताउँछन् । पर्यटकले सधै जसो भरिभराउन हुने पोखराका फेवाताल, पातलेछाँगो, सराङकोट, शान्तिस्तुपालगायतका ठाउँसमेत २ सातादेखि सुनसान बनेका छन् । सरकारले कोभिड १९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रणका लागि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक हप्ता सर्वसाधारण घर बाहिर निस्कन नपाउने गरि रोक लगाइएको छ । गण्डकी प्रदेश सरकारले समेत प्रदेश भित्रिने सबै नाका बन्द गरेको छ । प्रदेशको राजधानी पोखराका मूख्यचोकहरू चिप्लेढुङ्गा, महेन्द्रपुल, नदिपुर, बगर, बिन्ध्यवासिनी, बाग्लुङ बसपाक, लेकसाइड हलनचोक, बिरौटा, मुस्ताङचोक, पृथ्वीचोक, सभागृहचोकमा सवारीसाधन र पैदलयात्रुको पहिले घुँइचो लाग्थ्यो । अहिले कोरोनाको प्रभावले सबै सुनसान छ ।
बुधबार, चैत १२, २०७६, १५:४३:००
https://shilapatra.com/detail/23391
news
313,311
325,804
समाचार
विप्लव नेतृत्वको नेकपा नेता ओलीलाई रिहा गर्न माग दाबी, सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीको सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।  उनलाई साधारण तारेखमा छाड्नुपर्ने मागसहितको रिट ओलीको छोरी विपनाले सर्वोच्चमा दायर गरेकी थिइन् । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले अस्वीकृत हुने फैसला गरेको हो । विपना ओलीले २३ चैत मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । ललितपुर जिल्ला अदालतले उनलाई थप अनुसन्धानका लागि दुई पटक म्याद थपका लागि समय दिइसकेको छ । ओली पुर्पक्षका लागि थुनामै रहनेछन् ।  ओलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । एनसेलको टावर विस्फोटनमा संलग्न भएको भन्दै प्रहरीले ओलीमाथि अनुसन्धान गरिरहेको छ ।
२०७५ चैत २७ बुधबार १९:३८:००
https://www.nayapatrikadaily.com/news-details/11052/2020-06-01
news
145,511
145,586
राजनीति
ओलीको दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउँछौँ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उदृत् भएको बताए । नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । अध्यक्ष नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए । परिवर्तन पक्षधर शक्तिहरूको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तिनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन् । नेकपा एमालेको १०औं महाधिवेशनको सन्दर्भमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले कम्युनिस्ट आन्दोलनको लिकबाट बाहिरिएको बताउँदै ओलीले विभिन्न शक्तिहरूको डिजाइनमा कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको बताए । अध्यक्ष नेपालले भने, 'चितवनमा ओलीको प्रशंसा कसकसले गरे त्यसैबाट ओलीको कस्तो गठबन्धन छ प्रस्टै भएको छ ।' राजतन्त्र पक्षधर र देशलाई विखण्डन गर्ने एवं संविधान च्यात्नेहरूले ओलीको प्रशंसा गरेकोले अहिलेको द्वन्द्व परिवर्तन पक्षधर र परिवर्तन विरोधी शक्तिबीचको भएको बताए ।
११ मंसिर, २०७८
https://farakdhar.com/story/67820
politics
1,305,568
1,320,007
health
कोरोना जित्दै जुम्लाबासी
कर्णालीमा कोरोनाको पहिलो लहरमा निकै त्रास थियो। कोरोना संक्रमण हुने बित्तिकै ज्यान लिन्छ भन्ने छाप बस्यो। गाउँगाउँमा त्रास फैलियो। घरदैलोमा जान प्रतिबन्ध गरियो। गाउँगाउँ जोड्ने पुलपुलेसामा पर्खाल तथा बार लगाइयो। तर पहिलो लहरको कोरोनाले जुम्लालाई खासै असर पारेन। कारण थियो,‘पहिलो लहरको कोरोनामा यहाँका स्थानीय तह र सरोकारवालाको उच्च सतर्कता थियो।’   कोरोनाको दोस्रो लहरले जुम्लामा निकै असर पार्‍याे। २७ जनाको ज्यान गयो। स्थानीयतह कोरोना रोकथाम तथा नियन्त्रणमा खासै प्रभावकारी रुपमा लागेनन। फलस्वरुप कोरोना महामारी फैलियो। रोकथाम तथा नियन्त्रणमा निकै चुनौति देखियो। चुनौतिका बावजुद स्थानीय प्रशासनले गैरसरकारी संस्था संगको समन्वयमा गाउँगाउँमा स्वास्थ्य सामाग्री पुर्‍यायो। अहिलेको तेस्रो चरणको कोरोना लहरमा जुम्लाका १३१ जनामा कोरोना संक्रमण भएको छ। अधिकांस संक्रमित होमआइशोलेसनमै छन्। स्वास्थ्य अवस्था जटिल भएका बिरामी मात्र अस्पतालमा पुगेर चिकित्सकको निगरानीमा आइशोलेसनमा बस्ने गरेका छन्। तेस्रो लहरको कारोनामा खासै गम्भीर प्रकारका बिरामी नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ। यो पटक नरम प्रकारको भाइरसको संक्रमण भएकोले खासै प्रभाव नपारेको स्वास्थ्यकर्मीहरु बताउँछन्।   यो पटक धेरै बिरामी घरमै सुरक्षित रुपमा बसेका छन्। थोरै मात्र अस्पतालमा भर्ना भएका हुन। प्रतिष्ठानका आइशोलेसन विभाग प्रमुख सृजना महत अस्पतालमा पनि गम्भीर प्रकारका बिरामी नआएको बताउँछिन्। उनले भनिन्,‘यस पटक अस्पतालमा भर्ना भएका विरामीहरुमा खासै गम्भीर प्रकारको संक्रमण छैन। समुदायमा भने व्यापक फैलिएको अनुमान रहेको छ। तर संक्रमणको प्रभाव परेको छैन।’ कोरोना संक्रमणको अवस्था देखिएपनि गम्भीर खालका बिरामी नहुने भएकोले परिक्षणको दर पनि बढ्न सकेको छैन। जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार मंगलवार सम्म जुम्लामा जम्मा १३१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये तीन जना अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन्। मंगरबार सम्म गरिएको एन्टिजन परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण देखिएपछि १३१ जना संक्रमित भएका हुन्। यस मध्य ३८ जना निको भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।     प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार दैनिक कारोनाको अवस्था विश्लेषण गर्न थालिएको छ। यो पटकको भेरियन्टमा समुदायमा कोरोना भएपनि खासै कठिन अवस्थाका विरामी आएका छैनन्। अस्पतालमा ज्येष्ठ नागरिक तथा दिर्घरोगीहरुलाई भने अलिकति असर भई उपचार गर्न आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ। स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरुले पछिल्लो समय खोप अभियानलाई तीब्र पारेका छन।  कोरोना परीक्षण गर्ने शंकास्पद व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय अगाडि हेल्पडेक्स स्थापना गरेर खोप, एन्टिजन परीक्षण तथा मास्क वितरण भईरहेको छ।  पछिल्लो समय १२ देखी १७ बर्षका बालबालिकालाई पनि खोप लगाउने अभियान सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आइशोलेसन वार्ड सञ्चालनमा ल्याइसकेको छ। त्यही अनुसारको जनशक्ति खटाएको छ। जिल्लाको एक नगरपालिका सहित ७ गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा छन्। गाउँमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न,घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न, नियमितरुपमा साबुनपानीले हातधुन र कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिन कोभिड १९ संकट व्यवस्थापन समितिले आग्रह गरेको छ।
२० माघ २०७८
https://nagariknews.nagariknetwork.com/health/732751-1643893155.html
health
1,941,083
1,955,529
tourism
पहिचानको पर्खाइमा ढोरपाटनका कायत समुदाय
खेमराज गौतम गलकोट, माघ २६ गते । बागलुङ जिल्लाको कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । जातीय आधारमा जनजाति र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आएको छ । ढोरपाटन ७ बोबाङका कायत समुदायले पहिचान नपाउँदा आफूहरु उपेक्षामा परेको बताउँदै आएका छन् । दुई वर्षअघि नौथर समुदायभित्रका कायत समुदायलाई जातीय पहिचान दिने बहस संसद्मा पुगेको थियो । संसद्मा छलफल नै हुन सकेन । उनीहरुको जात पहिचान नहुँदा अध्ययन तथा रोजगारीमा समेत समस्या हुँदै आएको छ । सरकारले १०० भन्दाबढी जातजातिलाई जातीय पहिचान दिए पनि ती समुदायको भने पहिचान हालसम्म छैन । आफ्नो जातको पहिचान नहुँदा अध्ययनदेखि रोजगारीसम्म समस्या भोग्दै आएको स्थानीय विश्वास कायतले जानकारी दिनुभयो । उहाँका अनुसार कायत समुदाय जिल्लाको ढोरपाटन – ७ मा बसोबास गर्दै आएका छन् भने घुम्ती बसाइँ ढोरपाटन–९ मा समेत रहेको छ । “हाम्रो कुरा कहिल्लै सुनाइ भएन, पहिचान नपाउँदा क्षमतावान् कायत समुदायका व्यक्तिपछि परिरहेका छन्”, उहाँले भन्नुभयो, “राज्यपक्षको बेवास्ताका कारण संसद्मा पुगेको पहिचानको मुद्दासमेत हराएर गयो, सानो समुदायको कुरा कसैले सुनेन ।” जातीय आरक्षणका कारण धेरै युवाले अध्ययनमा छात्रावृत्ति तथा रोजगारीमा कोटा पाउँदै आए पनि पहिचानविहीन बनेको नौ थर समुदायभित्रको कायत समुदाय पहिचानविहीन बन्दा रोजगारीसमेत पाउन मुस्किल भएको गुनासो गर्दै आएका छन् । पहिचानको मुद्दा निरन्तर उठाइ रहे पनि कतैबाट सुनुवाई नभएको कल्याण कायतले दुःखेसो गर्नुभयो । “हाम्रो पहिचानको मुद्दा कायम छ, राज्यले एउटा जातीय पहिचान दिन सक्नुपर्दथ्यो, तर भएन”, उहाँले भन्नुभयो, “कति वर्ष पहिचानविहीन बन्ने, हामीलाई अल्पसङ्ख्यक समुदायका रुपमा सरकारले जातीय पहिचान दिनुपर्दछ ।” ढोरपाटनमा ६५ देखि ७० घर परिवार मात्रै कायत समुदाय रहेका छन् । उनीहरूले जातीय पहिचान स्थापित गर्नका लागि कायत एकता समाज गठनसमेत गरेका छन् । समाज गठन गरे पनि अल्पसङ्ख्यक समुदाय भएको र त्यहाँबाट प्रतिनिधित्व गर्नेले राज्यको ध्यान तान्न नसकेका कारण पहिचान स्थापना गर्न नसकेको समाजका अध्यक्ष मिनबहादुर कायतले बताउनुभयो । कतिपयले कायत समुदायलाई जनजातिभित्र रहेको भन्दै आएपनि उनीहरूको आफ्नै भाषा संस्कृति र उद्गम थलो नभएका कारण जनजाति भित्र नपर्ने कतिपयको धारणा  छ । अल्पसंख्यक समूदायलाई पहिचान राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति गर्न आवश्यक रहेको जनाउँदै निर्वतमान सांसद डा सूर्य पाठकले उनीहरूको पहिचान र सुरक्षाका विषयमा संसदको सुशासन एवं राज्य व्यवस्था समितिमा दुई वर्षअघि कुरा उठाउनुभएको थियो । “त्यतिबेला मैले अल्पसङ्ख्यक जातिका विषयमा कुरा उठाउँदा आयोग सक्रिय थिएन, पद रिक्त थिए”, उहाँले भन्नुभयो, “अहिले आदिवासी तथा जनजाति आयोगले पूर्णता पाएको छ म निरन्त पहिचान कायम गर्न लागिपरेको छु, उनीहरूले आयोगमा निवेदन दिएपछि पहिचानका लागि काम अगाडि बढ्छ ।” उहाँका अनुसार सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्ने विधेयक नौथर समुदायभित्र पर्ने ‘कायत’ समुदायलार्ई लोपोन्मुख समुदायमा सूचिकृत गरी सामाजिक सुरक्षा प्रत्याभूति गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडि बढाइएको थियो । अल्पसङ्ख्यक समुदायका विषयमा कुरा उठेपछि उक्त समुदायको आत्मसम्मान हुनेगरी प्रक्रियाबाटै जातीय पहिचान कायम गरी उनीहरूको सामाजिक सुरक्षाको प्रबन्ध गर्न समितिले आग्रह गरेको थियोे । नौथर समुदायभित्रका पसाइ र पुजाय थर लोप भइसकेको अवस्थामा राज्यले पहिचान दिन नसके कायत जस्ता नौथरभित्रका समुदायले थर परिवर्तन गर्ने प्रचलन बढेकाले नौ थरभित्र थोरै सङ्ख्यामा रहेका कायत समुदाय लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । उनीहरूको पहिचान स्थापित गर्नसके राज्यको सेवा सुविधा पाउनेमा यहाँका समुदाय आशावादी छन् । कायत समुदाय नेपालको अन्य ठाउँमा नभएकाले आफ्नो समुदाय लोपोन्मुख अवस्थामा रहेको स्थानीय विश्वास कायतले जानकारी दिनुभयो । रोजगारीका लागि फर्म भर्न जाँदा पनि आफ्नो जात खुलाउने पर्ने भएकाले कतिपयले आफूलाई मगर वा क्षेत्री तथा कतिले अन्य जातीय पहिचान दिँदा विस्तारै जातीय पहिचान गुम्दै लोप हुने अवस्था नआउला भन्न नसकिने उनीहरूको भनाइ छ । वडा र नगरपालिकाबाट कायत समुदायको सङ्ख्या तथा जातीय पहिचान कायम गर्न र राज्यको सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस ल्याएर आएपछि आफूले सम्बन्धित निकायमा जातीय पहिचान कायम गर्नका लागि सक्दो पहल गर्ने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । “पहिचान दिनलाई हामीले पहल गर्छौं, यसअघि प्रशासनले के पहल ग¥यो त्यो बुझ्नै पर्दछ”, उहाँले भन्नुभयो, “अहिले जातीय पहिचानका विषयमा समाधान गर्नसमेत विभिन्न आयोग गठन भइरहेको अवस्थामा पहिचान दिलाउन सहज हुनेछ, उहाँहरू सिफारिससहित आउनुप¥यो ।” उनीहरूलाई लोपन्मुख जातिका रुपमा सूचीकृत गरी राज्यले छुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राम शर्मा बताउनुहुन्छ । बोबाङ क्षेत्रमा बसोबास गर्दै आइरहेका नौथरभित्रका कायत, अदै, भण्डारी, थापा, कुमाई, खड्का र कठेरको पहिचान र रहनसहन छुट्टै भएकाले यो समुदाय छुट्टै जातीय समुदाय भएको स्थानीयको दाबी छ ।
   माघ २६ २०७७
https://gorkhapatraonline.com/tourism/2021-02-08-31653
tourism
1,923,822
1,938,268
national
‘ओलीसँग एकताको सम्भावना छैन’
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ ७ गते । प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता डा. विजय पौडेलले नेकपा (एमाले)सँग तत्काल कुनै पनि कार्यगत वा पार्टी एकताको सम्भावना नभएको बताउनुभएको छ ।गोरखापत्रसँगको कुराकानीमा नेता पौडेलले माधवकुमार नेपालको नेतृत्वमा एमालेमा गरिएको विद्रोह वैचारिक र कार्यशैलीगत समेत रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र सिध्याउने प्रपञ्चसहित दुई/दुई पटक संसद् विघटन र कम्युनिस्ट आन्दोलनसमेत समाप्त पार्ने गतिविधि केपी शर्मा ओलीबाट भयो । त्यसविरुद्ध विद्रोहको झण्डा उठाएका हौँ ।” आधारभूत तहका जनतालाई बजेट तथा कार्यक्रममार्फत सम्बोधन गरी समाजवादी बाटोमा मुलुकलाई लैजानुपर्छ भन्ने पार्टीको सल्लाह लत्याएर पुँजीवादी बाटो अँगालेको, भ्रष्टाचारमा डुबेको र केही निजी क्षेत्रलाई राज्यको सम्पत्ति जिम्मा लगाउने कार्य गरेकाले विद्रोह अनिवार्य भएको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “यो विद्रोह मात्र होइन, कम्युनिस्ट आन्दोलनको पुनर्गठन पनि हो । त्यो अभियानसाथ एमालेको पुनर्गठन गरिएको हो ।”एमालेसँग तत्काल कार्यगत वा पार्टी एकतासमेत सम्भव नभएको बताउँदै उहाँले एमाले अध्यक्ष ओलीविरुद्धको मोर्चामा सहभागी एमालेका नेताहरू अहिले १० बुँदेको अलमलमा परेको बताउनुभयो । पौडेलले भन्नुभयो, “पार्टी बलियो बनाउने कुरा अध्यक्ष ओलीलाई मन पर्दैन । त्यसैले १० बुँदेको कार्यान्वयनको भ्रममा हाम्रो पार्टी दर्ताका लागि सनाखतको सङ्ख्या नपु-याउने षड्यन्त्रमा लाग्नुभएको छ ।”सरकारमा सहभागिताको विषयमा पार्टी दर्ताको टुङ्गो लागेपछि छलफल हुने उहाँले बताउनुभयो । नेता नेपाल पक्षबाट सरकारमा सहभागिताका विषयमा सञ्चारमाध्यममा आएका कुराबारे आफूलाई जानकारी नभएको र केन्द्रीय कमिटी बैठकबाटै मन्त्रीका विषयमा टुङ्गो लाग्ने नेता पौडेलले बताउनुभयो । यस्तै सांसद मेटमणि चौधरीले संसद् विघटनलगायत संविधान विरोधी कार्यप्रति आत्मालोचनासहित सार्वजनिक रूपमा अध्यक्ष ओलीले क्षमा मागेको अवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार एमालेका पूर्ववत् सङ्गठन संरचना पूर्ण रूपमा जीवित बनाएको खण्डमा पुनः एकता सम्भव भए पनि त्यो कार्य अध्यक्ष ओलीबाट नहुने ठोकुवा गर्नुभयो । एमालेसँग तत्कालको अवस्थामा एकता नहुने बरु कम्युनिस्ट आन्दोलनको पुनर्गठनतिर लाग्ने उहाँले बताउनुभयो । बरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालसँग सहकार्य, कार्यगत एकता हुँदै पार्टी एकतासम्म नै जान सकिने चौधरीले बताउनुभयो । कम्युनिस्ट पार्टीलाई विसर्जनको दिशाबाट रोक्नकै लागि एमालेको पुनर्गठन आवश्यक भएको उहाँले बताउनुभयो । सांसद चौधरीले १० बुँदे कार्यान्वयनको आशामा मध्यमार्गी बाटो लिएर हिँडेका नेतासमेत एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी)मा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता चाहेकै छैनन् । अन्य विचार समूहलाई स्वीकार्ने सम्भावना नै छैन ।” पार्टीभित्रको शक्ति बाँडफाँट मात्र विभाजनका कारण नभएको चर्चा गर्नुहुँदै उहाँले मूलतः कम्युनिस्ट आन्दोलन जोगाउनकै लागि विद्रोह अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
   भाद्र ७ २०७८
https://gorkhapatraonline.com/national/2021-08-23-44967
national
1,007,105
1,021,544
null
धु्म्रपान गर्नुहुन्छ ? सतर्क हुनुहोस्
काठमाडौ — सार्वजनिक स्थलमा धुम्रपान गर्नु हुन्छ ? कि तपाई सुर्तिजन्य पदार्थ उत्पादन पो गर्नुहुन्छ की ? यदी हो भने दुबै अव सतर्क हुनुहोस् । सतर्क हुनु भएन भने एक सय देखि ५० हजार रुपैयासम्मको जरिवानामा पर्न सक्नुहुन्छ ।
2010
https://ekantipur.com/feature/2010/04/29/310802.html
misc
1,834,095
1,848,541
null
थप २ हजार ७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु
काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार १८७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४४९ पीसीआर परीक्षण गर्दा १ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ८४१ परीक्षण गर्दा १ हजार ६४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६३ हजार २५७ जना आइसोलेसनमा रहेका छन् ।
२०७८ असार १ गते १७:३२
https://www.dcnepal.com/2021/06/259955/
null
1,837,073
1,851,519
null
बाँकेमा उपचारकै क्रममा थप १ काेराेना संक्रमितकाे मृत्यु
बाँके । उपचारकाे क्रममा बाँकेमा दाङका एक जनाकाे मृत्यु भएकाे छ। काेराेना पुष्टि भएका ७० वर्षीया उनकाे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएकाे हाे। हालसम्म बाँकेमा जिल्लाबाहिरबाट उपचारका लागि आएका १८ जनाकाे मृत्यु भइसकेकाे बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुष कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए। कात्तिक १२ गते उनीमा काेराेना पुष्टि भएकाे थियाे। उनकाे शनिबार बिहान ५ बजेतिर मृत्यु भएको श्रेष्ठले जानकारी दिए। बाँके जिल्लामा मात्रै काेराेनाका कारणा ३० जनाले ज्यान गुमाएकाे श्रेष्ठकाे भनाइ छ।
२०७७ कार्तिक १५ गते ९:३८
https://www.dcnepal.com/2020/10/199394/
null
302,803
315,265
literature
दक्षिण एसियाली साहित्य सम्मेलनमा उप्रेतीसहित तीन जनालाई अवार्ड
दक्षिण एसियाको आधिकारिक साहित्यिक संस्था ‘फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिट्रेचरर्स’ले नेपालका कवि एवं निबन्धकार भीष्म उप्रेतीलाई ‘सार्क लिट्रेचर अवार्ड‘ प्रदान गरेको छ । साहित्यमार्फत दक्षिण एसियाका थिङ्क ट्याङ्क र बौद्धिक वर्गलाई एकआपसमा जोड्न महत्वपूर्ण योगदान गरेको भन्दै फाउन्डेसनले उक्त अवार्ड प्रदान गरेको बताएको छ । उप्रेतीसहित उक्त पुरस्कार बंगलादेशका प्रसिद्ध कवि मोहम्मद नुरुल हुडा र माल्दिभ्सका प्राध्यापक एवं कवि असरफ अलीलाई प्रदान गरिएको छ । तीन दिन चलेको दक्षिण एसियाली साहित्य सम्मेलनमा भारतको राजधानी नयाँ दिल्लीस्थित सिडी देशमुख अडिटोरियममा भारतकी प्रसिद्ध लेखक एवं फाउन्डेसनकी अध्यक्ष अजित कौरले उक्त अवार्ड प्रदान गरेकी हुन् । उक्त समारोहमा सार्कअन्तर्गतका पाकिस्तानबाहेक अन्य सबै देश नेपाल, भारत, बंगलादेश, मालदिभ्स, अफगानिस्तान, श्रीलंका र भुटानका सयभन्दा बढी लेखक भेला भएका थिए । अक्टुबर १८, १९ र २० गरी तीन दिन चलेको उक्त कार्यक्रममा सार्क राष्ट्रहरूका समकालीन लेखक–कविहरू भेला भएका थिए । कार्यक्रममा सबै देशका प्रतिनिधिहरूलाई पालैपालो आफ्नो रचना र देशको साहित्यिक एवं सांस्कृतिक गतिविधि राख्ने मौका दिइएको थियो । सम्मेलनको उद्घाटन सत्रमा अगानिस्तानका गुल आगा अहमदी, बंगलादेशका डा. सेलिना हुसेन, भुटानका डा. रिन्जिन रिन्जिन, भारतका डा. के.एस. राव, श्रीलंकाका डा. सुनिल सरथ परेरी तथा नेपालका कवि भीष्म उप्रेतीले आफ्ना देशका तर्फबाट कार्यक्रम सञ्चालन तथा सभाध्यक्षता गरेका थिए । सम्मेलनमा नेपाली साहित्यकारहरू भीष्म उप्रेती, स्नेह सायमी, गोविन्द गिरी प्रेरणा, अश्विनी कोइराला, भावना पोखरेल, सुमन वर्षा, रञ्जना निरौला एवं रूपसिंह भण्डारी सहभागी थिए । तीन दिन विहान ९ बजेदेखि साँझ ७ बजेसम्म चलेको उक्त कार्यक्रममा ३२ सेसनका भिन्नभिन्न कार्यक्रम भएको थियो । प्रत्येक कार्यक्रमलाई फरक फरकले अध्यक्षता गरेका थिए । सम्मेलनमा सबैभन्दा धेरै लेखकहरू अफगानिस्तानबाट सहभागी भएका थिए भने सबैभन्दा कम नेपालबाट थिए । कश्मिरका विषयमा भारत र पाकिस्तानबीच भएको राजनीतिक विवादका कारण यस पटक पाकिस्तानी लेखक–कविहरूले सम्मेलनमा भाग लिएनन् । प्रकाशित: ६ कात्तिक २०७६ १२:०६ बुधबार
६ कात्तिक २०७६
https://kendrabindu.com/literature/112127-1612474386.html
literature
1,794,346
1,808,792
null
के औलोको औषधि क्लोरोक्वाईन अमेरिकामा कोभिड-१९ उपचारका लागि स्वीकृत भइसक्यो ?
बीबीसी । अमेरिकी राष्ट्रपति ट्रम्पले मलेरिया अर्थात् औलोविरुद्ध प्रयोग हुने औषधि नयाँ कोरोनाभाइरसविरुद्ध पनि प्रयोग गर्न अमेरिकामा स्वीकृति दिइएको बताएका छन्। क्लोरोक्वाइन औलोविरुद्ध प्रयोग गरिने पुरानो र प्रभावकारी औषधि हो। त्यसोभए के राष्ट्रपति सही छन् त ? यसको प्रभावकारिताबारे हामीलाई के थाहा छ ? क्लोरोक्वाईन औषधि दशकौँदेखि प्रचलनमा छ। अफ्रीकाका कैयौँ ठाउँमा भने यसविरुद्ध औलोका परजीवीले प्रतिरोधी क्षमता विकास गरिसकेको हुनाले यो औषधि अचेल उपयोग गरिँदैन। केही देशले यसको उपयोगमा नियन्त्रण पनि गरेका छन्। तर अझै पनि सक्रिय निजी औषधि निर्माता रहेका बजारमा यो औषधि निकै चलेको छ। नाइजिरियामा ट्रम्पको भनाइपश्चात् यो औषधिको माग धेरै बढेको विवरण आएका छन्। औषधि पसलमा यसको अभाव हुन थालेको छ। के कोभिड-१९ को उपचारमा क्लोरोक्वाईनले स्वीकृति पाएको छ ? राष्ट्रपति ट्रम्पले आफ्नो दैनिक पत्रकार भेटघाटमा क्लोरोक्वाईनलाई कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न अमेरिकी खाद्य एवम् औषधि प्रशासन निकाय (एफडीए)ले स्वीकृत गरेको बताएका थिए। “हामी त्यो औषधि तत्काल उपलब्ध गराउँछौँ। एफडीएले स्वीकृत गर्ने प्रक्रिया गरिसकेको छ।” स्पष्ट कुरा के हो भने क्लोरोक्वाईनलाई औलो तथा बाथ रोगविरुद्ध प्रयोग गर्न स्वीकृति मिलेको छ। तर एफडीए ले यसको प्रयोग कोरोनाभाइरसको उपचारका लागि स्वीकृत नभइसकेको बताएको छ। “हालसम्म कोभिड-१९ को उपचार वा रोकथाम गर्न एफडीए ले कुनै औषधि वा विधि स्वीकृत गरिसकेको छैन।” तर एफडीएले क्लोरोक्वाईन कोभिड-१९ विरुद्ध प्रभावकारी हुन्छ कि हुँदैन भनेर अध्ययन भने भइरहेको जनाएको छ। विश्वभरि अध्ययन कुन अवस्थामा छ ? क्लोरोक्वाईन कोरोनाभाइरसका बिरामीहरूलाई सहयोग गर्ने प्रयासको एक पाटो भएको साँचो हो। यो एक सस्तो, प्रचलित र सजिलै उत्पादन गर्न सकिने औषधि हो। औलोका बिरामीलाई यसले ज्वरो तथा सूजन कम पार्न सहयोग गर्छ। “प्रयोगशालामा गरिएका अध्ययनहरूमा क्लोरोक्वाईनले कोरोनाभाइरसलाई रोक्ने देखिएको छ। साथै कतैकतै चिकित्सकहरूले यसले काम गरेको पनि बताएका छन्,” बीबीसीका स्वास्थ्य संवाददाता जेम्स ग्यालहरले बताए। तर महत्त्वपूर्ण कुरा के हो भने खास बिरामीहरूमा यसले कस्तो असर पार्छ भनेर पूर्ण “क्लिनिकल” प्रयोग भएको छैन। तर त्यस्ता परीक्षण चीन, अमेरिका, यूके र स्पेनमा थालिएको छ। विश्व स्वास्थ्य सङ्गठनले यसको स्पष्ट प्रभावकारिता थाहा नभइसकेको बताएको छ। “काम गर्छ कि गर्दैन भनेर स्पष्ट जान्नका लागि क्लिनिकल ट्रायल गरिनुपर्छ,” अक्स्फर्ड विश्वविद्यालयका ग्लोबल हेल्थ नेटवर्कका निर्देशक प्राध्यापक ट्रुडी लाङ्ले बताए। तर यो औषधिप्रतिको रुचि भने बढ्न थालिसकेको छ। गुगलले क्लोरोक्वाईनबारे मानिसहरूले इन्टर्नेटमा खोजी निकै गर्न थालेको जनाएको छ। अनि व्यवसायी इलोन मस्कले यसको अनुसन्धानबारे ट्वीट गरेपछि झन् त्यसबारे चासो बढ्यो।
२०७६ चैत १६ गते १३:२३
https://www.dcnepal.com/2020/03/140436/
null
2,069,976
2,085,980
प्रमुख-समाचार
हमिदको पोखरा भ्रमणले बंगलादेशी पर्यटक बढ्लान् ?
पोखरा– मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गरेको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गरेका थिए । उनले रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा समेत पुगी हिमाल, ताललगायतका रमणीय दृश्यलाई नियालेका थिए । पोखरा हुँदै रुपाकोटसम्मको दृश्यावलोकनले हमिदलाई यहाँका मनोरम दृश्यले लोभ्यायो नै उनको आगमनले पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटकका साथै अन्य राष्ट्रका अतिविशिष्ट पाहुना आगमन हुने सम्भावना पनि थपेको छ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले भारतीय पर्यटकको आगमन ह्वात्तै बढाएको अनुभवले पनि हमिदको भ्रमणले पनि केही न केही प्रभाव पर्ने विश्वास लिइएको छ । सार्क राष्ट्रमध्येको एक बङ्गलादेश ठूलै जनसङ्ख्या भएका मध्येमा पर्दछ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क हेर्दा त्यहाँबाट आउने पर्यटकको सङ्ख्या भने कमै छ । पछिल्ला वर्षको तथ्याङ्क हेर्दा सन् २०१६ मा २३ हजार ४४० पर्यटक बङ्गलादेशबाट आएको देखिन्छ । त्यस्तै सन् २०१७ मा २९ हजार ६० जना पर्यटक आएका थिए । त्यस्तै सन् २०१८ मा २६ हजार ३५५ जना र २०१९ को अक्टोबरसम्म १९ हजार २७९ जना पर्यटक आएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए । राष्ट्रपति हमिदको नेपाल भ्रमणले आगामी दिनमा बङ्गलादेशबाट आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिइएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणसँगै बढेको भारतीय पर्यटकको आगमन बढे जस्तै राष्ट्रपति हमिदको पोखरा भ्रमणले यहाँको पर्यटन बजारमा सकारात्मक प्रभाव पार्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन् । “बङ्गलादेशको ठूलो जनसङ्ख्याका साथै पछिल्लो समयमा उक्त देशमा बढ्दै गएको भ्रमण संस्कृतिको विकासको वास्तविकतामा हमिदले गर्नुभएको पोखरा भ्रमणले ठूलो महत्व राख्दछ”, उनले भने “विदेशी राष्ट्रको राष्ट्र प्रमुखले गर्नुभएको यो भ्रमण आफैँमा करोडौँ रुपैयाँ खर्च गरेर गरिने प्रवद्र्धनले भन्दा पनि राम्रो प्रभाव पार्ने हाम्रो विश्वास छ ।” यो भ्रमणले बङ्गलादेश र नेपाललाई पर्यटकीयरुपमा जोड्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । पछिल्ला वर्षमा पोखरामा पर्यटन लक्षित पूर्वाधार विकासका क्रम बढिरहेका अवस्थामा अतिविशिष्ट व्यक्तिले भ्रमण गर्न थालेका कारण व्यवसायीमा उत्साह थपेको पर्यटन व्यवसायी एवं होटेल एशिया, लेकसाइडका सञ्चालक धर्म पन्थीले बताए । अतिविशिष्ट व्यक्तिको भ्रमणले गुणस्तरीय पर्यटक बढाउनका लागि पनि टेवा पुर्‍याउने उनले बताए । पोखरामा सन् १९६० देखि नै विदेशी पर्यटकको आगमन बढ्दै गएकामा सन् १९८० को दशकयता क्रमिकरुपमा गति लिएको छ । सन् १९६० मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले पोखराको भ्रमण गरेका थिए । त्यस्तै सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीयाले पोखराको भ्रमण गरेकी थिइन् भने सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णले पनि यहाँको भ्रमण गरेका थिए । चाँदी जस्तै टलक्क टल्कने हिमालको काखमा रहेको फेवातालका साथै यहाँका अन्य ताल सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सेती नदी र पातले छाँगो आदिले पर्यटक लोभ्याउने गरेका छन् । यी स्थलका साथै लेखनाथ क्षेत्रका बेगनास, रूपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल पनि यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । पछिल्ला वर्षयता विसं २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई पोखराले आकर्षित गरेको थियो । त्यस्तै २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि पोखराको भ्रमण गरे । सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवं विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय उक्त समयमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो । उक्त समयमा विदेशी पाहुनाले पोखरालाई भगवान्ले फुर्सदमा बनाएको ठाउँ, महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त स्थानलगायतका उपमा दिनुले यहाँको सौन्दर्यको चर्चा चुल्याएको थियो । आफ्नो भ्रमणका क्रममा हिमाल र तालका रमणीय दृश्यलाई नियाल्दै राष्ट्रपति हमिदले यहाँका सुन्दर दृश्यले आफूलाई अत्यन्त हर्षित तुल्याएको अभिव्यक्ति दिनुले पुनःएकपटक यहाँको चर्चा देशविदेशमा चुलिएको छ । हमिदको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक पार्ने लिइएको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार पछिल्ला वर्षमा पोखरामा विशिष्ट पाहुनालाई राख्नसक्ने किसिमका होटल तथा पूर्वाधारले गति लिइरहेको छ । अतिविशिष्ट पाहुनालाई राख्नसक्ने किसिमका १०/१२ वटा होटल सञ्चालनमा आइसकेको बताउँदै उनले पोखरा र आसपासमा सामान्यदेखि अत्यन्त सुविधा सम्पन्नसहित झण्डै ७५० को सङ्ख्यामा होटल रहेको जानकारी दिए । उनका अनुसार पोखरा आसपासमा होटल तथा पूर्वाधारमा हालसम्म लगभग रु तीन खर्बसम्म लगानी भइसकेको छ ।
2019
https://www.khabarhub.com/2019/15/99461/
news
575,973
588,801
social
बेजोसलाई उछिनेर संसारकै धनी बने एलन मस्क
अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग पत्रिकाका अनुसार  बिहीबार  ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्‍याएको हो।  बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात् १ सय ८७ छ।  कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन्।   १ सय ३२ अर्ब डलर सम्पत्ति भएका उनी ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा  छन्।  मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए। त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए। फोर्ब्स पत्रिकाका अनुसार उसले अर्बपतिको सूची बनाउन सुरू गरेयता कुनै मानिसको सम्पत्ति एक वर्षमै यति धेरै बढेको यो पहिलो पटक हो। मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो। यो वर्ष कम्पनीले बिक्रीमा रेकर्ड राखेको छ। यही वर्ष उनको दोस्रो कम्पनी स्पेस एक्स अन्तरिक्षमा एस्ट्रोनट पठाउने पहिलो निजी कम्पनी बन्यो। बेजोस सन् २०२० को सुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति थिए र अन्तिमसम्म पनि धनी नै रहे। उनी अनलाइन सपिङ कम्पनी अमेजनसँगै अमेरिकी अखबार द वासिङ्टन पोष्टका पनि मालिक हुन्। उनले गत वर्ष ७२ अर्ब डलरको सम्पत्ति जोडे। यसको मुख्य कारण कोरोनाका बेला बढेको अनलाइन सपिङ हो। लकडाउनले पसल बन्द भएपछि संसारभरि अनलाइन सपिङ बढेको थियो। केही महिना पहिला बेजोसको सम्पत्ति २०० अर्ब डलरभन्दा माथि पुगेको थियो।  बेजोसले सामाजिक सेवामा पनि योगदान गर्ने गरेका छन्। गत फेब्रुअरीमा उनले १० अर्ब डलर जलवायु परिवर्तन रोकथामका लागि दान दिएका थिए। नोभेम्बरमा उनले ८० करोड डलर पर्यावरणमा काम गर्नेवाला संस्थालाई दिएका थिए। ‍  कोरोना महामारीबीच सन् २०२० मा अरू तीन जनाले पनि अर्बौं सम्पत्ति कमाएका थिए।   झोङ सनसन, नोङ्फु स्प्रिङका संस्थापक ब्लुमबर्गका अनुसार झोङ सनसनको सम्पत्ति गत वर्ष ६२.६ अर्ब डलरसम्मले बढ्यो। झोङ सेप्टेम्बरमा चीनका सबैभन्दा धनी व्यक्ति बनेका थिए। उनको बोतल पानीको कम्पनी नोङ्फु स्प्रिङले सेयरको सार्वजनिक बिक्री गरेर १.१ अर्ब डलरभन्दा बढी कमायो। यो कम्पनीको स्थापना सन् १९९६ मा भएको थियो। अहिले उनको कम्पनीको मूल्य ७० अर्ब डलर पुगेको छ। ६६ वर्षका झोङ उक्त कम्पनीको ८४ प्रतिशत बढी सेयरका मालिक हुन् जसको बजार मूल्य लगभग ६० अर्ब डलर छ। यही कारण उनले टेन्सेन्टका पोनी मा र अलिबाबाका ज्याक मा भन्दा धनी भएका हुन्। उनको भ्याक्सिन निर्माता कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल फार्मेसीमा पनि स्वामित्व छ। बर्नार्ड अर्नाल्ट, एलभिएमएच ग्रुपका मालिक फ्रान्सका बर्नार्ड अर्नाल्ट आफ्नो देशका सबैभन्दा धनी व्यक्ति हुन्।   लक्जरी सामानको कम्पनी एलविएमएचका मालिक अर्नाल्टको कुल सम्पत्ति गत सालको अन्त्यमा १४६.३ अर्ब डलर पुगेको छ। उनका लागि यो वर्ष मुस्किल भए पनि सम्पत्ति भने ३० प्रतिशत बढेको छ। कोरोना महामारीका कारण एलभिएमएचले टिफनी एन्ड कम्पनीको अधिग्रहण गर्ने योजना रोकेको थियो। तर  अक्टोबरमा उनले १५.८ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहणको सम्झौता गरे जुन पहिलाको प्रस्तावभन्दा ४० करोड कम हो। अन्य ठाउँ लक्जरी सामानको उत्पादनमा कमी आए पनि उनको कम्पनीले दक्षिण कोरिया र चीनमा राम्रो बिक्री गर्‍यो। डयान गिलबर्ट, राकेट कम्पनिजका अध्यक्ष ५८ सालका गिलबर्ट एनबिए क्लिभल्यान्ड क्याभिलियर्सका मालिक हुन्। उनी अनलाइन मार्केट कम्पनी क्विकन लोन्सका सह-संस्थापक पनि हुन्। ब्लुमबर्गको तथ्यांकअनुसार सन् २०२० मा उनको सम्पत्ति २८.१ अर्ब डलरसम्म बढेको छ। अहिले उनको कुल सम्पत्ति ३५.३ अर्ब डलर छ। यसको कारण क्विकन लोन्सको मूल कम्पनी रकेट कम्पनिजले गत अगस्टमा सेयर र अरू वित्तीय साधनको सार्वजनिक बिक्री सुरू गरेको थियो। गिलबर्टसँग रकेट कम्पनिजको ८० प्रतिशत बढी सेयर छ। जसको मूल्य ३१ अर्ब डलर हुन्छ।
बिहीबार, पुस २३, २०७७, २०:०७:००
https://www.setopati.com/social/225950
society
1,606,097
1,620,536
कर्पोरेट
सनराइज बैङ्क‍को बुढानीलकण्ठ वेद विद्याश्रमलाई सहयोग
७ असार, काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ । शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा २ लाख २५ हजार नगदको चेकका साथै पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गर्नु गरे । देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा उक्त विद्याश्रमलाई त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भए अनुसार बैंकले सहयोग गरेको हो ।
२०७७ असार ७ गते १२:२२ मा प्रकाशित
https://www.onlinekhabar.com/2020/06/875046
economy
1,720,983
1,735,423
abhiyannews
कमोडिटी एक्सचेञ्जमा विलम्ब : पुरानो आवेदन खारेज गरी नयाँ खुलाउने तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कमोडिटी एक्सचेन्ज (वस्तु विनिमय बजार) को कम्पनी दर्ता गर्न फेरि दरखास्त खुलाउने भएको छ । यसअघि दर्ता भएका कम्पनीहरूको आवेदन फेरि खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारीमा रहेको सेबोनले बताएको छ । आवेदन परेको १ महीनाभित्र छनोट गरी बोर्डले पूर्वस्वीकृत दिनुपर्ने नीतिगत व्यवस्था भए पनि वस्तु विनिमय बजार विनियमावली विपरीत निर्णयमा ढिलाइ भएकाले त्यसलाई खारेज गरी नयाँ आवेदन खुलाउनुपर्ने सेबोनको भनाइ छ । सेबोनले औपचारिक रूपमा निवेदन खारेज गर्ने घोषणा गरे यो दोस्रो खारेजी हुनेछ । यसअघिका अध्यक्ष डा. रेवतबहादुर कार्कीको पालोमा पहिलोपटक खुलाएको आवेदनमा दर्ता हुन आएका कम्पनीलाई खारेज गरेर फेरि सीमा तोक्दै दरखास्तका लागि आ≈वान गरिएको थियो । तर, दुईपटकसम्म आवेदन खुलाए पनि छनोट गर्ने र स्वीकृत दिने निर्णय हुन सकेन । प्रक्रिया शुरू भएको लामो समय बितिसकेपछि अहिले आएर फेरि खारेज गर्नु सेबोनको गैरजिम्मेवारी भएको वस्तु विनिमय बजारका विज्ञहरूको टिप्पणी छ । भष्मीराज ढुंगाना सेबोनका अध्यक्ष भएपछि गठन गरिएको ५ सदस्यीय समितिले कमोडिटी कम्पनीबारे मापदण्ड बनाउन थप गृहकार्य गरिरहेको सेबोनको भनाइ छ । वस्तुविनिमय बजार सञ्चालन गर्न चाहने कम्पनीले समितिले तोकेको सीमाको आधारमा रहेर फेरि आवेदन दिनुपर्ने सेबोनका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘यसअघि आवेदन परेका कम्पनीको हकमा छनोट गर्नु नीतिविपरीत देखियो । नियामावलीले आवेदन दिएको १ महीनाभित्र सञ्चालनका लागि पूर्वस्वीकृति दिनुपर्छ भनेको छ । तर, म आउनुअघि नै १ महीना बितिसकेको थियो । यसैले ती आवेदनको आधारमा छनोट गर्न सकिएन,’ उनले भने, ‘यसबारे बोर्डमा छलफल भएपछि अब नयाँ किसिमले जाने निर्णय भएकाले फेरि आवेदन खुलाउन लागिएको हो ।’ अध्यक्ष ढुंगानाका अनुसार यस्ता कम्पनीका लागि यसअघि तोकिएको पूँजी, प्रविधिलगायत प्रावधान अपुग भएकाले अब समय सान्दर्भिक बनाउन सीमा बढाइँदै छ । ‘ऐनले कमोडिटी कम्पनीका लागि ५० करोड रुपैयाँ पूँजी हुनुपर्ने भने पनि अहिले यो पूँजीले धान्दैन । रू. ५० करोड त सफ्टवेयरका लागि मात्रै लगानी गर्नुपर्ने हुन्छ,’ उनले अभियानसँग भने, ‘पूँजी मात्र जुटाएर हुँदैन, यस्ता कम्पनीको क्लियरिङ (राफसाफ) हाउस पनि खोल्नुपर्छ । क्लियरिङ हाउस एउटा कम्पनीले खोले पनि सामूहिक रूपमा मिलेर खोले पनि यसका लागि करीब ५०–६० करोड रुपैयाँ चाहिन्छ । यसैले यस्ता विविध व्यवस्थासहित परिपक्व प्रावधान बनाउँदै छौं ।’ यसअघि कच्चा काम भएकाले अब पक्का काममा जोड दिन लागेको उनको भनाइ छ । जबकी यसअघि नेपालजस्तो विकासोन्मुख मुलुकमा सबै कम्पनीलाई अनुमति दिँदा अर्थतन्त्रले थेग्न नसक्ने प्रतिवेदन नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक वासुदेव अधिकारीको एक सदस्यीय समितिले दिएको थियो । त्यसपछि तत्कालीन बोर्डले दुई कमोडिटी एक्सचेन्जलाई मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो । तर, यस्तो खालको निर्णयलाई अध्यक्ष ढुंगाना मान्दैनन् । ‘दुईओटा कम्पनीलाई मात्र दिने भनेर हुँदैन, सबै लारेलुरे कम्पनी आए भने एउटाले पनि पाउँदैन । मापदण्डअनुसार बलियो कम्पनी आए तीनओटासम्म पनि हुनसक्छ । नराम्रो कम्पनी आए एउटा पनि स्वीकृत हुँदैन,’ उनले भने । कमोडिटी एक्सचेन्जबारे नीतिगत व्यवस्था भएको करीब ३ वर्ष अवधि बितिसक्दा कम्पनी स्वीकृत गर्नेमा सेबोनले धेरै ढिलाइ गरिसकेको सरोकारवालाहरू औंल्याउँछन् । यसअघि बोर्डले आवेदन दिएका कम्पनीले आवश्यक सबै कागजात पूरा गरेका छन् कि छैनन् भन्ने आधारमा अंक दिने भनेका थिए । बोर्डले अंक निर्धारण गर्ने समूह (मार्किङ टीम) समेत बनाएको थियो । एक्सचेन्जका सञ्चालक, रणनीतिक साझेदार, चुक्ता पूँजी, वस्तु बजारको क्षेत्र, स्वदेशी वा विदेशी वस्तुलाई दिने प्राथमिकता तथा व्यावसायिक योजनालगायत पक्षलाई हेर अंक निर्धारण गर्नेेगरी मापदण्ड तोकिएको थियो । साथै, अन्य मुलुकमा कमोडिटी एक्सचेन्ज सञ्चालन गरिरहेका कम्पनीलाई रणनीतिक साझेदार बनाएर भिœयाउने कम्पनीलाई प्राथमिकता दिने भनिएको थियो । जसमा विदेशी कम्पनीको शेयर कम्तीमा १० प्रतिशत भएकाहरूलाई मात्र समेट्ने मापदण्ड बनाइएको थियो । अब अन्तरराष्ट्रिय प्रचलन हेरेर कुन खालको कमोडिटी दिँदा नेपाललाई अनुकूल हुन्छ भनेर प्राथमिकताको आधारहरू तोक्ने अध्यक्ष ढुंगाना बताउँछन् । यसअघि कमोडिटी कम्पनी कृषि, फाइनान्स, धातुमध्ये एकलाई दिने वा सबैलाई दिने भन्नेबारे पनि कुनै टुंगो नभएकाले पनि अब टुंगो लाग्ने गरी काम गर्न खोजेको उनले बताए । यसअघिको मापदण्डअनुसार ६ ओटा कम्पनीले आवेदन दिएका थिए । जसमा कमोडिटी फ्युचर्स एक्सचेन्ज (सीएफएक्स) लिमिटेड, राइजल कमोडिटी एक्सचेन्ज (आरसीडीएक्स), मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) कम्पनी, नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडीईएक्स), नेशनल डेरिभेटिभ कमोडिटी (एनसीडीएक्स), नेपाल मर्कन्टाइल (नेक्स) थिए । यी कम्पनीमध्यका एक सञ्चालक सेबोनले स्वीकृतिमा ढिलाइ गर्नु ठूलो कमजोरी भएको बताउँछन् । उनका अनुसार नीतिगत व्यवस्था भएको करीब ३ वर्ष बितिसक्दा पनि पटकपटक शुल्क तिरेर आवेदन दिनु र खारेज गर्न लगाउनु उचित भएन । ‘कोभिड अगाडि नै बोर्डले सञ्चालनका लागि लाइसेन्स दिइसक्नुपथ्र्यो । तर, ढिलाइ गरेकाले सेबोनले राष्ट्रको कमोडिटी बजार पूँजीबजारप्रति गरेको अपराधका रूपमा लिनुपर्छ,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘अब अहिले फेरि खारेज गरेर आवेदन माग्यो भने नेपालको डेरिभेटिभ बजार अन्तरराष्ट्रिय दृष्टिमा राम्रो नहुन सक्छ ।’ विदेशी कम्पनीहरूले लगानी गर्ने भनेर सम्झौता गरेका कम्पनीलाई खारेज गरे नेपालकै छवि नराम्रो हुने सरोकारवालाहरूको तर्क छ । सेबोन अन्तरराष्ट्रिय सेक्युरिटिज कमिशनहरू मान्यताप्राप्त (एफलिएटेड) संस्था आइएस्कोेको सदस्य हो । उक्त संस्थामा सेबोनले कमोडिटी कम्पनीका लागि दुईपटक आवेदन लिएको सूचना गइसकेकाले अब खारेज गरे बोर्डको सदस्यता नै खारेज हुनसक्ने सरोकारवालाहरूको भनाइ छ ।
२०७७ फागुन, ४
https://www.abhiyandaily.com/newscategory-detail/382365
news
2,569,223
2,585,227
samachar
‘सिजनल फ्लु’बाट बाजुरामा दुईको ज्यान गयो, पूरै गाउँ संक्रमणमा
बाजुराको कोल्टी क्षेत्रमा ‘सिजनल फ्लु’ भनिने भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। एक साताअघि देखिएको संक्रमणका कारण स्वामी कार्तिक खापर गाउँपालिका–१ जोरु साप्पाटामा दुईजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेको वडाध्यक्ष जनकबहादुर रोकायाले बताए। कडाराको मंगलबार साँझ र रावलको बुधबार बिहान ज्यान गएको हो । उक्त गाउँमा बिरामीको संख्या दिनानुदिन बढिरहेको छ। मृतक कडाराकै घरमा पाँचजना संक्रमित रहेको साप्पाटा स्वास्थ्य चौकीका इन्चार्ज विर्ज विकले बताए । विकको नेतृत्वमा स्वास्थ्य कर्मीको टोली बिहानैदेखि उपचारमा खटिएको छ। तत्काल उपचार नपाउँदा र रोग लुकाउने गर्दा दुईजनाले ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वामी कार्तिक खापरमा भाइरल ज्वरो फैलिनुभन्दा केही दिनअघि नै हिमाली गाउँपालिका–६ बोल्डिकमा संक्रमण फैलिएको थियो । भाइरल ज्वरोकै कारण दुईजनाको ज्यान गएको भनिए पनि प्रमाणित भने भइनसकेको स्वास्थ्यकर्मीको भनाइ छ। ल्याब परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण यकिन हुने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । जिल्लाको कोल्टी क्षेत्रका स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानमा भाइरल ज्वरोको संक्रमण देखिएको हो । सोही ज्वरोका कारण अढाइ सयभन्दा बढीमा संक्रमण देखिएको बताइएको छ। हिमाली गाउँपालिकामा मात्रै संक्रमितको संख्या दुई सयभन्दा माथि छ। भाइरल ज्वरोको संक्रमण एक सातामै व्यापक रूपमा फैलिएकाले नियन्त्रणभन्दा बाहिर गएको बताइएको छ । हावाका माध्यमबाट सजिलै फैलिने भएकाले संक्रमणले ठूलो क्षेत्रमा प्रभाव पारेको स्वास्थ्यकर्मीहरू बताउँछन् । हिमाली–६ स्थित एन्जल बोर्डिङ स्कुलका विद्यार्थीमा देखिएको संक्रमण हाल हिमाली–२ मा पनि फैलिएको छ। त्यस ठाउँमा संक्रमितको संख्या दुई सयभन्दा बढी पुगेको छ। भाइरल ज्वरोको संक्रमण सातदेखि १० दिनसम्म देखा पर्ने भए पनि थप स्थानमा फैलिन थालेपछि बढी सतर्कता अपनाउन थालिएको स्वास्थ्यकर्मीको भनाइ छ। संक्रमण नियन्त्रणबाहिर गएको भन्दै ती गाउँपालिकाले सहयोगका लागि जिल्ला र प्रदेश गुहारेका छन्। ज्वरोको संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि उपचारका लागि डा। राजुराज जोशीको नेतृत्वमा रहेको चार सदस्यीय स्वास्थ्यकर्मीको टोली बुधबार प्रभावित क्षेत्रमा पुगिसकेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए। उनका अनुसार टोलीमा एकजना ल्याब टेक्निसियन पनि छन् । स्थानीय स्तरमा पनि गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ। सिनियर अहेव कुलबहादुर रावल र हस्त कठायत पनि उपचारमा जुटिरहेका छन्। हिमाली गाउँपालिकामा संक्रमणका कारण संक्रमितको संख्या बढ्दै गए पनि सबै खतरामुक्त रहेको स्वास्थ्यकर्मीले बताएका छन् । ल्याब परीक्षणका लागि उपकरण र प्राविधिक प्रदेशबाट पठाइएको हो। संक्रमण बढ्दै जान थालेपछि ल्याब परीक्षण काठमाडौंमा पनि गर्ने तयारी भइरहेको पन्तको भनाइ छ । संक्रमणले ज्यानसमेत लिन थालेपछि त्यसको तत्काल व्यवस्थापनका लागि सबै संयन्त्र परिचालन गरिएको बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेले बताए। ठूलो संख्यामा स्थानीय थला परेपछि गाउँमा त्रास फैलिएको उनको भनाइ छ। बिरामीमा सुरुमा ज्वरो आउने र पछि बान्ता हुने र उठ्नै नसक्ने लक्षण देखिएका छन्। संक्रमित वृद्धवृद्धा र बालबालिकाले धेरै सास्ती भोग्नुपरेको अवस्था छ । संक्रमण फैलिएका क्षेत्र जिल्ला सदरमुकामबाट निकै टाढा पर्छन् । दुईजनाको ज्यान गएको साप्पाटा पुग्न कर्णालीपारि पिलुचौरबाट हिँडेर जानुपर्छ। पिलुचौरबाट पनि हिँडेर त्यहाँ पुग्न तीन घन्टा पैदलयात्रा गर्नुपर्छ। सहजताका साथ स्वास्थ्यकर्मी पुग्न र औषधि उपलब्ध गराउन समस्या भइरहेको छ। हिमाली गाउँपालिकाको बोल्डिक पनि अति दुर्गम क्षेत्र हो। कर्णाली करिडोरका कारण धुलाचौरसम्म जिप पुगे पनि गाउँसम्म पुग्न धेरै समय पैदलयात्रा गर्नैपर्छ। कवाडीसम्म बाटो सञ्चालन भए पनि कच्ची बाटोका कारण यात्रा सहज छैन। जसका कारण उपचार सेवा पनि प्रभावित भएको छ। टेलिफोन असुविधाले पनि समस्या बढाएको छ।
बिहीबार, माघ २३, २०७६, ०६:५८:००
https://shilapatra.com/detail/20053
news
2,467,587
2,483,591
corporate
हुम्लाका जनतालाई राहत, तारा एयरले पुर्यायो सिमीकोटमा खाद्यान्न
काठमाडौं– हुम्लाको सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएपछि तारा एयरले विहीबारदेखि खाद्य सामग्री ढुवानी गरिरहेको छ ।   कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएको छ ।  नेपाल खाद्य संस्थानले खाद्यान्न सामग्री ढुवानी गरिदिन अनुरोध गरेपछि सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिई यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले चामल, नुन लगायतका खाद्य सामग्री हिजोबाट ढुवानी गरिरहेको छ । नेपाल खाद्य संस्थानले तोकेअनुरुप खाद्य सामग्री ढुवानी गर्ने तारा एयरले जनाएको छ ।  यसअघि पनि कर्णाली क्षेत्रमा खाद्यान्न संकट न्यूनीकरण गर्न नेपाल खाद्य संस्थान र विश्व खाद्य कार्यक्रमको खाद्य सामग्री ढुवानीमा तारा एयरले सहयोग पु¥याउँदै आएको छ । खाद्यान्नसँगै बिरामी र निर्माण सामग्री समेत ढुवानीमा पनि सहयोग गर्दै आएको छ ।  सडक सञ्जाल नपुगेको क्षेत्रमा स्थानीयबासीले बढी दुःख खेप्नुपर्ने बाध्यतालाई कम गर्न तारा एयरले लुक्ला, जोमसोम, सिमिकोट, रारा, डोल्पा, जुम्ला, फाप्लु, बाजुरा लगायतका दुर्गम क्षेत्रहरुमा नियमित उडान गर्दै आएको छ र तारा एअर यी दुर्गम क्षेत्रहरुमा नियमित रुपले उडान भर्ने नेपालको एकमात्र एयरलाइन हो ।   
चैत २१, २०७६
https://ratopati.com/story/124597/2020/4/3/tara-airlines-
economy
579,538
592,366
social
कोरोनासँग जुध्न के गरिरहेका छन् सुर्खेतका स्थानीय तह?
कोरोनाभाइरसको दोस्रो लहरविरूद्ध लड्न सुर्खेतका स्थानीय तह पनि जुर्मुराएका छन्। गत वर्षको कोरोना महामारी परास्त गर्न केन्द्र र प्रदेश सरकारको निर्णयअनुसार काम गरेका स्थानीय तहले यो वर्ष भने आफ्नै तवरबाट काम गरिरहेका छन्। कोभिड-१९ को जोखिममा रहेका जिल्लाहरूमा सुर्खेत पनि परेको छ। कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये सुर्खेतका मात्र ६ हजार १७३ जना छन्। यहाँ रहेको प्रदेश अस्पतालले बेलाबेला अक्सिजनको अभाव भोगिरहेका छन्। केही समयपछि बेड पनि अभाव हुने सम्भावना बढेको छ। यही अवस्थालाई मध्यनजर गरेर जिल्लाका केही स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलसन, अस्पताल बनाएका छन्। कोहीले बनाउँदैछन्। वीरेन्द्रनगर नगरपालिकाले प्रदेश अस्पताल स्थापना हुनुअघि जिल्ला अस्पतालका रुपमा रहेको कटकुवा सामुदायिक अस्पताललाई नगरपालिकाले २५ शैय्याको कोभिड अस्पताल बनाएको छ। यसलाई नगर अस्पताल बनाउने योजना भ एपनि अहिले नै नगरपालिकाको मातहतमा आइसकेको छैन। ‘अहिले १० वटा सिलिन्डर खरिद गरेर हामीले २५ बेडेको कोभिड अस्पताल बनाएका छौं, हामी बाँकी सिलिन्डर पनि खरिद गर्ने प्रक्रियामा छौं,’ वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले भनिन्, ‘सिलिण्डर थपिएसँगै बेड पनि थपेर ५० वटा बनाउँछौं।’ अस्पतालमा अहिले दुई जना एमबिबिएस डाक्टरसहित स्वास्थ्यकर्मी खटाइएको छ। नगरपालिकाले नि:शुल्क रूपमा कोभिडका बिरामी बोक्न एम्बुलेन्सको पनि व्यवस्था गरेको छ। ‘यो त पूर्वाधारको कुरा भयो, अन्य नीतिगत तथा सचेतनाको बाटोबाट पनि हामी कोभिडविरूद्ध लागिरहेका छौं,’ उपमेयर ढकालले भनिन्। चौकुने गाउँपालिकाले पनि ५० बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ। स्थानीय जीवज्योति माध्यमिक विद्यालयको भवन प्रयाग गरेर गाउँपालिकाले आइसोलसन बनाएको हो। आइसोलेसनमा अक्सिजनको पनि व्यवस्था गरिएको छ। गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार स्थानीय तहमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिलाई पनि कोभिड-१९ को नियन्त्रण तथा उपचारमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखिएको छ। यस्तै, अध्यक्ष शाहीले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएका छन्। गाउँपालिकाभित्रका कोरोना संक्रमितहरूको उद्धार तथा अस्पतालसम्म पुर्‍याउन उनले आफ्नो प्रयोजनका लागि किनेको गाडी प्रयोग गर्न दिएका हुन्। उनले कोरोना संक्रमणबाट बच्न आफैं माइकिङ गर्दै पनि हिँडिरहेका छन्। सिम्ता गाउँपालिकाले ५० बेडको अक्सिजनसहितको आइसोलेसन स्थापना गरेको छ। बजेडीचौर स्वास्थ्य चौकीमा आइसोलेसन स्थापना गरिएको हो। सिम्ता गाउँपालिकाले अस्पतालसम्म पुर्‍याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरेको छ। लेकवेसी नगरपालिकाले १५ बेडको आइसोलेसन बनाएको छ भने एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्रको भवनलाई आइसोलेसनका रूपमा प्रयोग गरिएको छ। थप १५ वटा बेड थपेर ३० शैय्याको आइसोलेसन बनाइने मेयर गगनसिंह सुनारले बताए। उक्त आइसोलसनमा तीन सिलिण्डर अक्सिजन राखिएको छ। विद्युतबाट जोडेर अक्सिजन दिन मिल्ने मेसिनहरू पनि जडान गरिएकोले सामान्य मात्रामा अक्सिजनको खासै समस्या नपर्ने उनले बताए। भारतबाट आउनेहरूलाई १० दिनसम्म घरमै बस्न पनि नगरपालिकाले भनेको छ। विनियोजित विकास बजेटमध्ये सम्झौता नभएको योजनाहरूमा अब सम्झौता नगरी कोभिड नियन्त्रणका लागि रकमान्तर गर्ने निर्णय पनि गरिएको मेयर सुनारले बताए। नगरपालिकाभित्र पर्ने साबिकका गाविस कार्यालयहरूमा एन्टिजेन र पिसीआर गर्ने व्यवस्था  मिलाइएको उनले जानकारी दिए। भेरीगंगा नगरपालिकाले गत वर्षदेखि नै एउटा भवनलाई अस्थायी कोभिड अस्पताल बनाएको छ। यो वर्ष पनि १५ वटा अक्सिजनसहित २३ शैय्याको कोभिड अस्पताल सञ्चालन भइरहेको उपमेयर रेणु ढकालले बताइन्। एक जना चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था पनि गरिएको छ। अहिले अस्थायी कोभिड अस्पतालमा चार जना कोभिडका बिरामी रहेको उनले बताइन्। नगरपालिकाले दुई वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ। जनचेतनामुलक कार्यक्रमहरू नगरपालिकाले नियमित गरिरहेको ढकालले बताइन्। हप्तामा एक दिन पिसिआर गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ। पञ्चपुरी नगरपालिकाले दुई वटा एम्बुलेन्सको व्यवस्था गरेको छ। कोभिड संक्रमण भएर अस्पताल नै जानुपर्ने अवस्थाका बिरामीहरूलाई सहज बनाउन दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको हो। नगरपालिकाभित्र अक्सिजन भने छैन। ‘अहिलेलाई ५० बेडसहितको होल्डिङ सेन्टर बनाउन लागिएको छ, यदि प्रशासनले अक्सिजनको व्यवस्था गरिदियो भने हामीलाई केही तयारी गर्न सहज हुन्छ,’ मेयर उपेन्द्र थापाले बने। गुर्भाकोट नगरपालिकाले पनि सभा, सम्मेलन आयोजना गर्न तयार पारिएको भवनमा आइसोलसन स्थापना गरेको छ। विकास आयोजनामा विनियोजित बजेटलाई रकमान्तर गरेर कोभिड रोकथाम तथा नियन्त्रणका लागि लाग्यो योजना नगरपालिकाको भएको मेयर हस्त पुनले बताए। वीरेन्द्रनगरको नजिकै रहेको बराहताल गाउँपालिकाको कोभिड प्रतिकार्यका लागि आवश्यक तयारीमा भने सुस्तता देखाएको छ। गाउँपालिकाले तीनवटा सिलिण्डरसहित पाँच वटा बेडहरू भने तयार पारेर राखेको छ। ‘३०-३५ वटासम्म बेडहरू बनाउने कि भन्ने छ, अहिले त डाक्टर नभएकाले आइसोलेसन भन्न सकिएको छैन,’ गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भने। लक्षण देखिएका मानिसलाई भने परीक्षणको व्यवस्था गरिएको उनले बताए।
शुक्रबार, वैशाख ३१, २०७८, ०९:५०:००
https://www.setopati.com/social/237438
society
284,389
296,840
others
'नेकपामा एउटा अध्यक्ष जाली, अर्को महाजाली भएकाले देश संकटमा फस्याे' : कांग्रेस नेता श्रेष्ठ
स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । पुतलीबजार नगरपालिका १४ स्थित महेन्द्र स्मृति पार्कमा नेविसंघका पूर्वनेता महेन्द्र शाहको शालिक अनावरण गर्दै पूर्वमन्त्री श्रेष्ठले अनियमितता, भ्रष्टाचार, कुशासन लगायतका कारण प्रधानमन्त्री ओलीलाई एक छिन पनि कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै ठहर गरिसकेकाले प्रधानमन्त्रीले नैतिक अधिकार गुमाइसकेको उनको दावी थियो । ‘राष्ट्रियता, विदेश मामिला र कुटनीतिमा प्रधानमन्त्रीको व्यवहार असान्दर्भिक छन् । प्रचण्डले ओलीमाथि लगाएका आरोप गलत छैनन्,’ नेता श्रेष्ठले भने । पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले एउटा अध्यक्ष जाली र अर्का अध्यक्ष महाजाली भएका कारण झण्डै दुई तिहाइको मत ल्याउँदा समेत मुलुकले गति लिन नसकेको दावी गरे । यस्तै उनले अर्को प्रसंगमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सबैको साझा राष्ट्रपति बन्न पनि सुझाव दिएका थिए । उनले लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने महेन्द्र शाहका योगदानलाई स्मरण गर्दै सबै एकजुट भइ अघि बढ्नु पर्नेमा जोड दिए । नेपाल विद्यार्थी संघमा आवद्ध शाह विसं २०३६ सालमा १८ वर्षको उमेरमा पञ्चायती सरकारका प्रहरीको गोली प्रहारबाट स्याङ्जा सदरमुकामस्थित महेन्द्र चोकमै मारिएका थिए । विस २०३६ सालमा जनमत संग्रहको घोषणापछि नेपाली कांग्रेसले खुसीयाली मनाउँदै जेठ १४ गते सदरमुकाममा र्याली गरेको थियो । सोही बेला जगदीश शाहको घरमा ढुंगा हानेको बहानामा तत्कालिन प्रशासनले फायर खोलेपछि शाहलाई गोली लागी मृत्यु भएको बताइएको छ । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर शनिबार तरुण दल स्याङ्जाले महेन्द्र स्मृति पार्कमा सहिद शाहको अर्धकदको शालिक स्थापना गरेको हो । सोही कार्यक्रमका शाहका बुवा मेघबहादुर शाहका आमा, बुवा, बहिनी र भाइलाई समेत सम्मान गरिएको थियो ।अन्नपूर्णबाट प्रकाशित: ९ मंसिर २०७७ ०७:१० मंगलबार
९ मंसिर २०७७
https://kendrabindu.com/others/183229-1612474209.html
misc
2,398,653
2,414,657
politics
प्रधानन्यायाधीशलाई महाअभियोग नलागेसम्म आन्दोलन जारी : बार
काठमाडौं– वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन्। आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताएका हुन्। उनले प्रधानन्यायाधीश जबरा कानुनी र कागजी रुपमा प्रधानन्यायाधीश पदमा हालसम्म कायम रहेको  व्यवहारिक रुपमा भने सो पदमा नरहेको जिकिर गरे। उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दापनि जनतालाई दुःख दिएर अदालत ठप्प पारेको आरोप लगाए। उनले भने, ‘प्रधानन्यायाधीश व्यवहारिक रुपले अब त्यो पदमा हुनुहुन्न। उहाँ आफ्नो कार्यालयमा नआएको पनि ६–७ दिन भइसक्यो। उहाँसँग अब कसैले पनि बेञ्च सेयर गर्नुहुन्न र उहाँको उपस्थितिमा न्याय परिषद्, न्याय सेवा आयोग र संवैधानिक परिषद्को मिटिङ पनि बस्नेवाला छैन भनेपछि व्यवहारमा उहाँले प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्न नपाउने हो। उनले ढिपी गरेर, राजीनामा नदिएर सारा जनताको मुद्दालाई अस्तव्यस्त पारेर, यो अदालतलाई ठप्प पारेर के सन्देश दिन खोजेको हो, हामीले बुझेका छैनौं।’ अधिवक्ता अनन्तराज लुइँटेलले आगामी दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढंगले गर्नुपर्ने बताए। अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उनले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोसेढुंगा साबित गराउनुपर्नेमा जोड दिए।  अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानन्यायाधीश जबरा न्यायपालिकाको प्रदूषण भएको टिप्पणी गरे। कानुन व्यवसायीको आजसम्मको कुनैपनि आन्दोलन असफल नभएकाले प्रधानन्यायाधीश विरुद्धको यो आन्दोलन पनि सफल हुने उनले दाबी गरे। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ। 
2021
https://nepalsamaya.com/politics/2021-11-28-150033
politics
651,298
664,485
राजनीति
प्रदेश २ मा नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता
धनुषा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरेकाे छ ।  शुक्रबार जनकपुरमा रहेकाे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिनुभयो ।  प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकाे सांसद महतोले जानकारी दिनुभयो ।  
पुस १७, २०७७ शुक्रबार १३:३९:५१
https://ujyaaloonline.com/story/47453/2021/12/19/kashiraj-dahal-view
politics
461,643
474,271
technology
एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द
२ चैत । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको बताएका छन् । कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताएका छन् । कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ । सिन्ह्वाका अनुसार चीनमा कोरोना सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ । अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् ।
प्रकाशित मिति : २ चैत्र २०७६, आईतबार
https://www.reportersnepal.com/2020/03/404834
science and technology
1,247,625
1,262,064
arts
मिथिलाञ्चलमा कात्तिकको महत्त्व
सम्पूर्ण मिथिलाञ्चलमा कात्तिक महिनाको महत्त्व वर्षभरिमा सर्वोपरी भन्न सकिन्छ। हुन त वर्षभरिमा सबै महिनाको आआफ्नो महत्त्व हुन्छ तर कात्तिक महिनाको आमावश्यादेखि पूर्णिमासम्म पर्व तिहारको रमझम र रौनक अवर्णनीय र अलौकिक आभामण्डलले परिपूर्ण हुन्छ। प्रत्येक साल कात्तिकको आमावश्याको अवसरमा आलोक पर्व दीपावली बडो धूमधामसित मनाउने सदियौंदेखिको परम्परा अद्यापि जीवित छ र सृष्टिपर्यन्त जीवित रहनेछ भन्ने कुरो सहजै अनुमान गर्न सकिन्छ। यसलाई ज्योति पर्व र आलोक पर्वको साथैसाथ दीप पर्व, प्रकाश पर्व, दीपावली र दिवाली भन्ने गरिन्छ,तर मुख्यतः एवं प्रमुखतः यो लक्ष्मी पुजनोत्सवको रूपमा प्रसिद्ध एवं प्रख्यात रहँदै आएको छ। अर्थकी अघिष्टात्री देवी लक्ष्मीको पूजाआजा बडो उत्साह एवं उमंगमय वातावरणमा सम्पन्न गरिन्छ। अर्थ नै सृष्टिको नियामक र नियन्त्रक हुन गएको छ। आर्थिक समृद्धिविना देशको सर्वांगीण विकास अकल्पनीय हुन्छ। अतः अर्थको महत्त्व स्वयंसिद्ध छ।धन र ऐश्वर्यकी देवीलाई प्रसन्न र खुसी तुल्याउन सरसफाइ एवं स्वच्छताको ध्यान सबैभन्दा बढी राखिन्छ। घरआँगनको मात्र होइन, नदीनाला र पोखरी तथा सरोवरको सफाइ गरिन्छ। यसबाट सम्पूर्ण पर्यावरण पवित्र र शुद्ध हुन्छ। विश्वास गरिन्छ कि सबैभन्दा सफा र स्वच्छ घरमा लक्ष्मीलाई निवास गर्न मन पर्दछ। तसर्थ सरसफाइ र प्रकाश लक्ष्मीलाई मनपरेको हुनाले एक किसिमबाट पारस्परिक प्रतिस्पर्धा नै हुने गर्दछ,तर यसलाई शुद्ध प्राकृतिक ढंगबाट मनाउनु नै सर्वोत्तम मानिन्छ।जस्तो:बिजुलीको झिलिमिलीभन्दा माटाको दियो र पालामा शुद्ध तेल हालेर पंक्तिबद्ध रूपमा सजाएर घरको सजावट गर्नु अतिउत्तम मानिन्छ। यसमा अरिपन, अल्पना र रंगोली पनि अंकित गरिन्छ, तर यसमा कृत्रिम रंगको प्रयोग गरिन्छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ। रंगोलीमा विशेष रंगहरूको प्रयोग भएकाले नै यसलाई रंगोली भनिएको छ।तसर्थ यसमा कृत्रिम एवं मिश्रित रंगको प्रयोग नगरीकन,चामलको पिठो पानीमा घोलेर जसलाई ‘पिठार’ भनिन्छ, त्यसको प्रयोग वाञ्छनीय हुन्छ। बनावटी रंगको सट्टा बेसारको रंग,अक्षता,फूल एवं दुबो जमरा आदिको प्रयोग राम्रो हुन्छ। अचेल पटाका फोडिन्छ,जसको धुवाँबाट वातावरण नै प्रदूषित हुन जान्छ। हुन त यसलाई प्रतिबन्धित गरिएको छ तर लुकीचोरी व्यापारीले अधिक फाइदा कमाउनका लागि गरेर नै छोड्दछन्। तसर्थ, स्थानीय सरकार र प्रादेशिक सरकार यसमा चनाखो हुनु अत्यन्त जरुरी छ। यो प्राकृतिक पर्व हो, कृषि पर्व हो। अतः यसको मौलिकता अक्षुण्ण राख्नु नै वेश हुन्छ। घरघरमा लक्ष्मीको पूजाआजा बडो श्रद्धाभाव एवं भक्तिभावले गर्ने गरिन्छ। भोलिपल्ट विसर्जन गरेर लक्ष्मीलाई अर्पित गरिएको प्रसादलाई सपरिवार ग्रहण गरिन्छ। नातागोता,बन्धुबान्धव र करकुटुम्बलाई पनि बाँडिन्छ। अतः यो स्नेह र सद्भावको पर्व सिद्ध हुन जान्छ। लक्ष्मीलाई कमला र पद्मा पनि भनिन्छ र यिनलाई पुष्पराज कमल सबैभन्दा बढी मनपर्ने फूल मानिन्छ। लक्ष्मीपूजाको भोलिपल्ट सुखरातीको पर्व मनाइन्छ। यसलाई ‘सुखरात्रि’ पनि भनिन्छ। कहीँकहीँ लक्ष्मी पूजा र सुखरात्रि सँगसँगै मनाउने पनि गरिन्छ। यसै दिनमा बेलुकापख पशुपर्व मनाइन्छ। पशुको अधिकार संरक्षित गर्नका लागि आजको दिनमा यसलाई पूर्ण स्वतन्त्रता दिइन्छ। पशुलाई मनपर्ने खाना खुवाएर मस्त पारिन्छ। कहीँकहीँ नशा लाग्ने पदार्थ पनि खुवाउने गरिन्छ। पशुलाई अनिवार्य रूपमा पोखरीमा नुहाइन्छ। विभिन्न रंगबाट यसलाई सुसज्जित गरिन्छ। सिङमा तेल मालिस गरेर चम्काइन्छ। गर्धनमा नयाँ घन्टी बाँधिन्छ। यसलाई बाँध्ने पगहा (डोरी) फेरेर नयाँ पगहाको प्रबन्ध गरिन्छ। बयलगाडा र टायर गाडामा जोतेर प्रतिस्पर्धात्मक पशु खेलमा सामिल गराइन्छ। पशुलाई वर्षमा एकपल्ट पूर्ण स्वतन्त्रता दिइने सदियौं पुरानो प्रथा हो। आजकै दिनमा हुर्राहुर्री पशुपर्वको रूपमा मनाइन्थ्यो। जुन अहिले प्रतिबन्धित छ,किनभने यसमा पशुको अधिकारको खुलमखुला उल्लंघन हुने गर्दथ्यो र यो मानिसको मनोरञ्जनको एउटा माध्यम हुन जान्थ्यो। कात्तिक महिनाको शुक्लपक्षको प्रतिपदाका अवसरमा मनाइने लोकपर्वलाई अन्नकूटको उत्सव भनिन्छ। यसको सम्बन्ध गोवर्धन पूजासँग पनि छ।यसलाई मिथिलाञ्चलमा गोधन पनि भनिन्छ। यस अवसरमा प्रातः स्नान गरेर महिलाहरू गाईको गोबरको गोवर्धन पहाड बनाएर (काल्पनिक) चोकमा राखिन्छ र यसको पूजाआजा गरिन्छ। महिलाको मुखबाट मिठो लोकगीतका साथमा अन्नलाई कुटिन्छ। यसमा चना र केराउलाई कुटिन्छ, जसलाई बज्री भनिन्छ। यो विश्वास गरिन्छ,कि यो बज्र जस्तो बलियो र कठोर हुन्छ।यसलाई केटाहरूलाई खुवाइन्छ र विश्वास के गरिन्छ भने यो खाएपछि केटाहरूको कलेजो वज्र जस्तो कठोर हुन्छ। पुराकथा एक दिन श्रीकृष्ण ग्वाल बालहरूसँग वृन्दावनमा विचरण गरिराख्नुभएको थियो। यत्तिकैमा उहाँले के देख्नु भयो भने हजारौं गोपगोपिनीहरू पूजाका सामग्री संकलनमा संलग्न छन्। उहाँले यस बारेमा सोध्नुभो कि यो के भइराखेको छ? उहाँले थाहा पाउनु भो कि इन्द्रको पूजाको तयारी भइराखेको छ, किनभने उहाँले नै पानीको वर्षा गर्नुहुन्छ र उहाँलाई पशुबली पनि दिइन्छ। यो सुनेर कृष्णलाई असाध्यै दुःख भयो। अतः उहाँले इन्द्रको पूजामाथि प्रतिबन्ध लगाइदिनुभयो। इन्द्र क्रुद्ध एवं कुपित भएर भयंकर वर्षा गर्न लागे। धर्ती जलमग्न भयो। सबै त्राहिमाम गर्न थाले। श्रीकृष्णलाई पनि चिन्ता भयो। सबै गिरिराज गोवर्धनको शरणमा गए। श्रीकृष्णले आफ्नो कान्छो औँलामाथि गोवर्धन पहाडलाई उचालेर राखे र सबै ग्वाला यसको मुनि सुरक्षित हुन पुगे। इन्द्र थाके र श्रीकृष्णको प्रशंसा हुन थाल्यो, उहाँको महिमालाई स्वीकार गरेर। त्यस दिनदेखि गोवर्धन पूजा अन्नकूटको रूपमा प्रचलित भयो, उत्सवका रूपमा। गोवर्धन पूजाले सम्पूर्ण मिथिलाञ्चल तथा ब्रजांञ्चलमा स्वतन्त्रताको सन्देश दिन्छ। उन्मुक्तिको सन्देश दिन्छ। इन्द्रको दासत्व र वर्चस्वबाट सबै मुक्त भएका थिए। तसर्थ यस पर्वको लौकिक एवं सांस्कृतिक महत्त्व स्वयंसिद्ध छ। कार्तिक शुक्ल द्वितीयाको शुभमुहूर्तमा भैयादूजको प्रसिद्ध पर्व बडो उत्साह एवं उमंगको साथ मनाइन्छ। दिदीबहिनीले आफ्नो दाजुभाइको पूजाआजा प्रत्येक वर्ष गर्ने गर्छन्। यसलाई यम द्वितीया पनि भनिन्छ। यसको पृष्ठभूमिमा एउटा लोककथा प्रचलित छ। सूर्यको छोराको नाम यमराज र छोरीको नाम यमुना हो भनिन्छ। यिनको आमाको नाम संज्ञा हो। दुवै भाइबहिनीमा स्नेहिल एवं प्रेमिल सम्बन्ध थियो। यमुना, यमराजलाई आफ्नो घरमा आमन्त्रित गरेर खुब सम्मान गर्ने गर्थिन्। एकपल्ट यमराज कार्तिक शुक्लपक्षको द्वितीय तिथिमा आफ्नी बहिनीको घरमा पुगे। यमुनाले आफ्नो भाइको स्वागत सत्कार गरेर उनको निधारमा टीका पनि लगाएर बिदा गरिन्। जानेबेला यो पनि वरदान दिएर गए कि यस दिनमा दाजुभाइ आफ्नी दिदीबहिनीसँग टीका लगाएपछि उनको जीवन सुखमय एवं स्वर्गीय हुन्छ। त्यस दिनेदेखि यो भैयादूजको पर्वको प्रचलन सुरु भयो। भैयादूजपछि मिथिलाञ्चलमा कार्तिक महिनाको शुक्ल षष्ठी र सप्तमीको दिनमा विशेष रूपले सूर्यको पूजाआजा गरिन्छ, प्रत्येक वर्ष। प्रत्येक वर्षको सूर्यको अनुसार दुईवटा आयन हुन्छ, उत्तरायन तथा दक्षिणायन। कर्कटदेखि धन राशिसम्म दक्षिणायन रहन्छ र मकर राशिदेखि उत्तरायणको प्रारम्भ हुन्छ। सप्तमी सूर्यको विशेष दिन मानिन्छ। यसको साथै यदि शुक्लपक्षको सप्तमी छ भने यसलाई शुभ भनिन्छ। विशेष पुण्यदायी पनि हुन्छ।धर्मसिन्धुमा भनिएको छ– ‘शुक्ल पक्षतु सप्ताम्या संक्रान्ति ग्रहणाधिका’। अतः कार्तिक शुक्ल सप्तमीको तिथिमा सूर्यको उपासना र आराधना जल र दूधको अघ्र्य दिएर विशेष रूपमा गरिन्छ। मिथिलाञ्चलमा यसलाई लोकभाषामा छठ र मैथिली भाषामा छइठ भनिन्छ। यो पर्वलाई तराई प्रदेशको महान् पर्व मानिन्छ। हुन त यो पर्व चार दिनसम्म मनाइने प्रचलन सदियौंदेखि चल्दै आएको छ।आज पनि तराई मधेसमा छठ पर्वका माध्यमबाट सूर्य भगवान्को उपासना विधिविधानपूर्वक एवं शास्त्रसम्मत ढगले गरिन्छ। दीपावलीको प्रकाशमय पर्व पछि स्वच्छ शारीरिक र मानसिक स्थितिमा सूर्यको आराधना एवं उपासना गर्ने प्रचलन अनुसार बिहान स्नान गरेर व्रतालुहरू स्वरुचिको भोजन गर्छन्। त्यसको भोलिपल्ट उपवास बसिन्छ। बेलुकीपख एक छाक गमढी (एक किसिमको धान) को रोटी र खीर खाइन्छ,जसलाई ‘खरना’ भन्ने चलन छ। तदुपरान्त भोलिपल्ट बेलुका शुद्ध एवं सफा सकेसम्म नयाँनयाँ वस्त्र (साडी) धारण गरेर कुनै जलाशयमा सूर्यलाई सादर एवं सप्रेम जल र दूधको अघ्र्य दिइन्छ। त्यसपछि शक्ति एवं भक्ति अनुसार भोलिपल्ट प्रातकालमा प्रातः दर्शनीय सूर्यलाई अघ्र्य प्रदान गरिन्छ। अघ्र्यमा नैवेद्य, पञ्चगव्य,चन्दन, अक्षता, पान, सुपारी कपुर, तिल,दूवो,दूध,ठेकुवा,नरिवल,कसार,उखु आदि हुनु अनिवार्य मानिन्छ। मिथिलाञ्चल विशेष रूपमा कृषिप्रधान भएकाले मौसमी फलफूल आदिको प्रचुरता छ, त्यसैले यसलाई प्राथमिकतामा राखिन्छ,तर छठको प्रमुख प्रसाद ठेकुवा,भुसवा, कसार र उखु नै मानिन्छ।प्रातकालीन अघ्र्य प्रदान गरेपछि छठको समापन हुन्छ। त्यसपछि घाटमै प्रसादको वितरण गरिन्छ। व्रतालुहरू प्रसाद ग्रहण गरेपछि आफ्नो चारदिने उपवास अन्त्य गर्ने गर्छन्। छठ पर्व मिथिलाञ्चलको सबैभन्दा ठूलो,तर कठोर पर्व मानिन्छ। यो मौलिक पर्व हो र यसमा अहिले आधुनिकता पनि देखिन थालिएको छ,जुन त्याज्य छ। जस्तो : विभिन्न प्रसादको परिकारको प्रदर्शन गर्ने, अनावश्यक महँगो परिधान लगाएर घाटमा जाने,महँगो गरगहना लगाउने,बिजुलीको झिलीमिली प्रदर्शन गर्ने गरिन्छ।   मैथिली लोकगीत व्रतालुले स्वयं आफ्नो स्वरमा नगाएर लाउडस्पिकर तथा रेकर्ड गरिएको एल्बमका माध्यमबाट लोकगीतको प्रसारण गरिन्छ। यसबाट लोकगीत लोपोन्मुख अवस्थामा पुगेको छ। यसले ध्वनि प्रदूषण पनि हुन्छ। पूजा समाप्तिपछि घाटको हेरचाह र सरसफाइमा ध्यान नदिनाले पानी प्रदूषित हुनु आदि विकृति देखिन्छ। कार्तिक महिनाको सांस्कृतिक पक्ष सर्वोपरि एवं सर्वोत्कृष्ट छ। मिथिला संस्कृति सम्पन्न र समृद्धशाली भएकाले यसै महिनामा अर्को भाइबहिनीको अमर प्रेमको पर्व सामा चकेवा पनि मनाइन्छ। शारदीय ऋतुमा मनाइने यस पर्वको आफ्नै भिन्दै किसिमको मौलिकता देखिन्छ। माथि आकाशमा नौलाख ताराहरूको साथै चन्द्रमाको शीतल प्रकाशमा दिदी र बहिनीहरू डालोमा माटोका विभिन्न मूर्ति सजाएर कुनै खुला मैदानमा मनाउन जाँदा लोकगीतको स्वर लहरीबाट सम्पूर्ण वातावरण सुसज्जित हुन थाल्छ। यसको विधिविधान सबैभन्दा पहिला आफ्नो घर–आँगनमा सम्पन्न गरिन्छ। सबैभन्दा पहिला ‘गोसाउनिक’(कुलदेवता) घरमा भगवतीको गीत गाउँदै समालाई नवान्न (जस्तोः नयाँ धानको चिउरा) दही, गुड भोजन गराइन्छ। सामा चकेवालाई हातमा लिएर घरघरमा घनधान्यले भरियोस् भन्ने कामना गरिन्छ। आँगनमा सबै दाइभाइको नामोल्लेख गरी सुमधुर लोकगीत गाइन्छ। डालोमा सरस्योंको तेलले बत्ती बालिन्छ। सबै सखी सहेली परस्पर गीत गाउँदै सामा चकेवा खेल्नका लागि गाउँको खुला मैदानमा जम्मा भएर यो पर्व मनाउने परम्परा छ। पौराणिक आख्यान अनुसार, श्रीकृष्णकी सुपुत्री सामाको विवाह चक्रवाकसँग भएको थियो। सामाको भाइको नाम थियो, साम्ब।यिनीहरूको सेवकको नाम थियो,डेहुली (चुगला) एक दिन साम्ब कामविशेषले गर्दा बाहिर गएको बेला मौका छोपी उसका सहायक चुगलाले सामा प्रत्येक दिन वृन्दावनमा गएर ऋषिमुनिको साथमा मौजमज्जा गर्छिन्। श्रीकृष्णसँग कुरा लगाइदिए। श्रीकृष्ण धेरै क्रोधित भएर सामालाई चरा हुने श्राप दिएपछि उनी चरा भइन्। उसका पति पनि चरा भए। साम्ब जब फेरि आएर उनले यो कुरा थाहा पाए। उनी धेरै दुःखी भएर र आफ्नी बहिनीलाई श्रापमुक्त गर्नका लागि उनले तपस्या गरेर श्रीकृष्णलाई खुसी तुल्याए। उनले प्रशन्न भएर सामा चकेवा र ऋषिमुनि सबैलाई श्रापमुक्त गरिदिए। सामा र चकेवाले दाम्पत्य जीवन खुसीपूर्वक बिताउन थाले। सामाले यो धारणा अग्रसारित गरिन् कि यस धर्तीमा जसले श्रद्धापूर्वक माटोका सामा चकेवाको मूर्ति बनाएर भाइबहिनीको पूजा गर्दछ, ऊ दीर्घजीवी हुन्छ। त्यसैबेलादेखि सामा चेकवाको लोकोत्सव लोकप्रिय हुन गयो। यो मान्यता अचेल सम्पूर्ण मिथिलाञ्चलमा प्रचलित छ। यसको विसर्जन कार्तिक महिनाको पूर्णिमाको तिथिमा गरिन्छ।
२७ कार्तिक २०७८
https://nagariknews.nagariknetwork.com/arts/664911-1636770385.html?click_from=category
art
2,413,945
2,429,949
education
एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईईको नतिजा सार्वजनिक गरेको छ। शनिबार बसेकव बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।   कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्ड बैठकले एसईईको नतिजासमेत प्रकाशन गर्ने निर्णय गरेको बोर्डले जानकारी दिएको छ।  गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा प्रकाशन गरिएको हो। एसईईमा ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए। केहीबेरमै नतिजा बोर्डको वेबसाइट  www.see.gov.np र www.neb.gov.np मा गएर हेर्न सकिने जानकारी बोर्डले दिएको छ।  यस्तै विभिन्न फर्म र संस्थानबाट समेत नतिजा हेर्न सकिने बोर्डले सूचित गरेको छ। नेपाल टेलिकम, द कनसेप्ट प्लस, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ।  परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ मा एसएमएस पठाएर, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। यस्तै नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ।
2021
https://nepalsamaya.com/education/2021-08-07-153518
education
2,539,957
2,555,961
newspaper
यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ
काठमाडौंँ – यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस (कोभिड–१९)ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, “हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।” मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको बन्दाबन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ । बन्दाबन्दी भएका कारणले सहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको प्रवक्ता केसीको भनाइ छ । उनका अनुसार अझै रोपाइँ जारी पनि छ र यो वर्ष ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुनसक्छ । नेपालमा भदौको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् । 
साउन २९, २०७७
https://ratopati.com/story/142463/2020/8/13/dhan-ropai
news
2,249,500
2,265,504
बैंक
ग्लोबल आइएमई बैंकले ल्यायो ९.९९ प्रतिशत ब्याजदरमा तीन दिनभित्र घर कर्जा दिने योजना
काठमाडौं, १३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीयोजना ल्याएको बैंकले जनाएको छ। यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । निश्चित अवधिको लागि रहने योजना बैंकका सबै शाखाबाट उपलब्ध हुने छ। बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७१ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत् ११ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले आधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग, मोबाइल र इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्‍याउँदै आएको छ।
१३ श्रावण २०७६, सोमबार
https://www.nayapage.com/archives/149117
economy
1,670,770
1,685,209
news-updates
राजनीतिक अस्थिरताको अन्त्य गर्न वाम गठबन्धनः घनश्याम भुसाल
बुटवल :  नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले राजनीतिक अस्थिरताले मुलुकलाई विकासको गतिमा अघि बढ्न नदिने देखेर नै वामपन्थी दलहरु एकजुट भएको बताएका छन्।  एमाले र नेकपा माओवादी केन्द्र रुपन्देही क्षेत्र नं ३ सिद्धार्थनगरको संयुक्त प्रचारप्रसार कार्यालयको आज भैरहवामा उद्घाटन गर्दै भुसालले भारतले गरेको अघोषित नाकाबन्दीका बेला बेलहियाका जनताले देखाएको साहस प्रशंसनीय रहेको बताए।  उनले भने,‘मुलुक र जनताले धेरै दुःख पाइसके तर, अब बन्ने वामपन्थी नेतृत्वको सरकारले जनताले पाएको दुःख अन्त्य गर्नेछ।’ कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सहसंयोजक एवं क्षेत्र नं ३ को प्रदेश (क) का उम्मेदवार विश्वास बरालले विपक्षीले जनतामाझ विभिन्न खालका भ्रम छरेका र त्यसलाई चिर्न आवश्यक रहेको बताए।रासस   
12th November 2017 | २६ कात्तिक २०७४
https://pahilopost.com/content/-41905.html
news
2,757,110
2,773,114
समाज
त्रिभुवन विश्वविद्यालयमा ताला
काठमाडौं : सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ।  काठमाडौं : सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ।  कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन्। ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको संघका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिए।उनीहरुले यही मङ्सिर १६ गते ताला लगाएका हुन्। त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन्। उनले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिए।तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिए। कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन्। ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको संघका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिए। उनीहरुले यही मङ्सिर १६ गते ताला लगाएका हुन्। त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन्। उनले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिए। तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिए।
मंसिर १९, २०७५ बुधबार
https://thahakhabar.com/news/56227
society
1,725,110
1,739,550
abhiyannews
स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर पाइन छाड्यो 
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मामिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ । केही दिनअघि बजारमा मास्कको मात्रै अभाव भइरहेकोमा हाल ह्यान्ड स्यानिटाइजर समेत पाइन छोडेको र मूल्य पनि जथाभावी लिन थालिएको अलमेड सर्जिकलका सुदीप घिमिरेले बताए । ह्यान्ड स्यानिटाइजरको मूल्य अहिले भारतमा समेत महँगिएको उनले बताए । कोरोनाको त्रास बढेसँगै वस्तुको माग बढ्दै गएपछि अभाव हुन गई मूल्य बढेको व्यवसायी बताउँछन् । विभिन्न बैंक, विद्यालय, तथा कार्यालयबाट समेत ह्यान्ड स्यानिटाइजरको माग बढिरहेकोले अभाव हुन गएको हो । पछिल्लो समय कतिपय विद्यालयले विद्यार्थीलाई ह्यान्ड स्यानिटाइजर र मास्क अनिवार्य गरेका छन् ।  सामान्य अवस्थामा बजारमा प्याकेटको ३०० रुपैयाँ पर्ने पेपर मास्कको मूल्य यतिबेला २  हजार ५०० रुपैयाँसम्म पर्ने गरेको त्रिपुरेश्वरस्थित सर्जिकल पसलका सञ्चालकले बताए । एक प्याकेटमा ५० थान पेपर मास्क हुन्छ । उनका अनुसार सर्जिकल हाउसमा मास्क सकिएको २ महीना बितिसकेको छ । नेपालमा सञ्चालित मास्क उद्योगले अहिले व्यापारीको फोन समेत नउठाउने र उत्पादित मास्क महँगो मूल्यमा चीनतिर निर्यात गर्ने गरेको उनले बताए । ज्वरो नाप्नका लागि प्रयोग हुने इन्फ्रारेड थर्मोमिटर समेत बजारमा आयात हुन सकेको छैन । कोरोनाको संक्रमण बढ्दै गएका बेला यो थर्मोमिटर नै प्रयोग गर्नुपर्ने अवस्थामा यसैको अभाव रहेको कृष्ण सर्जिकल, त्रिपुरेश्वरकी सञ्चालिकाले जानकारी दिइन् ।
Mar 6, 2020
https://www.abhiyandaily.com/newscategory-detail/363345
news
514,862
527,640
kinmel/employment
शोषण गरिएको भन्दै टेलिकममा श्रमिक युनियनको धर्ना
आफूहरुलाई चरम शोषण गरिएको भन्दै नेपाल टेलिकम श्रमिक युनियनले प्रमुखको कार्यकक्षबाहिर धर्ना दिई विरोध जनाएको छ। केही दिनदेखि नै प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको कक्षबाहिर युनियन श्रमिकले विरोध गर्दै आएका छन्। आफ्ना मागलाई बेवास्ता गरिए कडा कदम चाल्ने युनियनले चेतावनी दिएको छ। श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयन नगरी आफूहरुलाई ज्यालादारी, करार तथा बाह्य स्रोतबाट काममा लगाइएको युनियनको आरोप छ। विभिन्न समयमा आधिकारिक ट्रेड युनियनसँग गरिएको सम्झौता कार्यान्वयन नगरिएको, कर्मचारी बिनियमावली आधिकारिक ट्रेड युनियनको चुनाव भएको ५ महिना हुँदासम्म संशोधन नभएको लगायतका विषयलाई उठाउँदै एनटिसी वर्कर युनियनले विरोधस्वरुप धर्ना दिएको हो। मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर संजाल विस्तारमा ढिलाई गरिएको, विभिन्न परियोजनाका काममा ढिलाई गरिएको, सेवा खस्किँदै गएको लगायतका विषयलाई समेत उठाएर युनियनले विरोध जनाएको छ। युनियनका कार्यवहाक अध्यक्ष नन्दकुमार कार्कीले आफूहरुलाई व्यवस्थापन पक्षले अझैसम्म वार्तामा नबोलाएको भन्दै थप कडाईका कार्यक्रमहरु ल्याउने चेतावनी दिए।  
बुधबार, असार १३, २०७५, ०७:३३:००
https://setopati.com/kinmel/employment/162508
economy
1,873,259
1,887,705
राजनीति
कुनैपनि नागरिकको घर पुनर्निमाण नभएको भए प्राधिकरणमा जानकारी गराउन आग्रह
काठमाडौं, ६ माघ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनैपनि नागरिकको घर पुनर्निमाण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमबार काठमाडौंमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै भूकम्प पीडितहरुको प्रश्नको जवाफ दिंदै ज्ञवालीले प्राधिकरणले अहिलेसम्म जनताको घर बन्ने कुरामा प्रेरित गरिराखेको र कसैको घर बन्न नसकेको भए जानकारी गराउन आग्रह गर्नुभएको हो । उहाँले सरकारले दिएको रकमले आफुले चाहे जस्तो घर बनाउन रकम नपुग भए वाणिज्य बैंकहरुमार्फत सहुलियत ब्याजदरमा निश्चित समयका लागि ३ लाख रुपैयाँ सम्म कर्जा लिन सक्ने व्यवस्थाको सदुपयोग गर्न समेत आग्रह गर्नुभयो । भूकम्प पीडितहरुले आफ्नो घर पुनर्निमाणका लागि भएका समस्याको सम्बन्धमा प्रश्न गरेका थिए ।
माघ ६, २०७६
https://emountaintv.com/ne/91483/
politics
166,286
166,512
आहा रारा गोल्डकप फुटबल सुरु हुँदै, १२ टिमबीच भिडन्त
पोखरा । १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । उदघाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब भिड्दै छन् ।   उदाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग क्वार्टरफाइनलमा खेल्नेछ । प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागिय टिमसहित १२ टिमको सहभागिता रहेको छ ।    प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक रुपैयाँ तथा उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पुरस्कार जित्ने क्लवका महासचिव एवं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए ।   प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।    प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।   
२०७३ माघ ४ मंगलबार
https://hamrakura.com/news-details/19203/2021-12-25
misc
1,884,875
1,899,321
राजनीति
null
काठमाडौं, २९ असोज । नेपाल वायुसेवा निगमले बिभिन्न पदमा २७० जना कर्मचारी माग गरेको छ। एक राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाअनुसार २१ दिनभित्र योग्यता पुगेकाहरूले आवेदन दिन सकिनेछ।
असोज २९, २०७४
https://emountaintv.com/ne/13169/
politics
846,973
861,412
null
नेकपा विवाद : एकअर्कालाई दबाएरै जाने रणनीतिमा ओली र दाहाल–नेपाल समूह
काठमाडौँ — आफूमाथि राजनीतिक र सांगठनिक दबाब हुँदा विगतमा जस्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो वार्ता गरे । ओलीले नेपालसँग सहकार्यका सम्भावित विकल्पमा समेत छलफल गरे ।/nयद्यपि एक्लै भेट्दा पहिलाजस्तै गलत सूचना प्रवाह हुने भयका कारण नेता नेपाल आफूनिकट तीन नेतालाई सँगै लिएर बालुवाटार पुगेका थिए । भेटमा ओलीले पार्टी एकता बचाउन भूमिका खेल्न गरेको आग्रहमा नेपालले उल्टै प्रश्न गरे, ‘पार्टी एकता बचाउने तपाईंसँग के प्रस्ताव छ ?’ ओलीले उनलाई महाधिवेशनपछि पार्टी अध्यक्ष वा चुनावपछि प्रधानमन्त्री बनाउने आश्वासन दिए ।/nपार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसाग निकै नै तनाबपूर्ण सम्बन्ध देखिएको र सचिवालयका बहुमत सदस्यले लिखित रूपमै बैठक बोलाउन आग्रह गरेकै बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपालसँग गरेको भेट राजनीतिक सन्देश दिने एउटा रणनीतिक कदम थियो । अझ उनले नेपाललाई दिएको आश्वासन त दाहाल–नेपाल समीकरण तोड्ने राजनीतिक ‘कार्ड’ थियो ।/nत्यसको अघिल्लो दिन शनिबार मात्रै कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई बालुवाटारमै भेटेर बैठक आह्वानको माग गर्दै दुई पेज लामो पत्र दिएका थिए । ओलीको कार्यशैलीलाई लिएर नेता नेपालले पटक–पटक प्रश्न उठाउँदै आएका छन् ।/nनेकपामा ओली र दाहाल–नेपालसमूहले पछिल्लो केही दिनयता चालेका हरेक कदम एकअर्कामाथि दबाब बनाउने अस्त्रका रूपमा देखिएका छन् । आआफ्नो भूमिका र शक्तिअनुसार ओली र दाहाल–नेपालसमूह अर्को पक्षमाथि दबाब बनाउने रणनीतिमा जुटेका छन् । दुवै पक्षले कतै नयाँ समीकरणको प्रस्ताव, कतै अभिव्यक्ति, कतै अनौपचारिक बैठक, छुट्टाछुट्टै वार्ता त कतै आफ्नो समूहको भेलामार्फत दबाब बनाइरहेका छन् ।/nकेन्द्रीय सदस्य विष्णु रिजाल नेकपामा दाउपेचको राजनीति चलिरहेको बताउँछन् । ‘नेताहरूबीच दाउपेच, प्रचारबाजी र ध्यान मोड्न गरिएका वार्ताले कुनै निकास निस्किँदैन । कसैलाई एक्ल्याउने, फकाउने वा गलाउने उद्देश्य भएसम्म पार्टी दुश्चक्रमा घुमिरहन्छ,’ उनले भने, ‘कुनै दुई जना मिलेर खोज्ने निकास पनि नेकपाको हितमा छैन । नेकपामा तीनवटा शक्तिसमूह हुन् । तीनवटाको बीचमा उचित ढंगको पावर सेयरिङ नभएसम्म नेकपा अगाडि बढ्न सक्दैन ।’/nनेकपामा दाउपेचको पछिल्लो राजनीति खास गरी कात्तिक ४ मा ओली र दाहालबीचको तिक्ततापूर्ण संवादपछि चल्न थालेको हो । त्यस दिन दुवै नेताले कर्णाली विवादमा सचिवालयबाट भिन्नाभिन्नै प्रेस नोट जारी गरेर एकअर्कामाथि दबाबको ‘अस्त्र’ पड्काउन सुरु गरेका थिए । त्यसै रात ओली र दाहालबीच एकअर्काका कदमलाई लिएर टेलिफोनमा निकै तनाबपूर्ण संवाद भएको थियो । सोही दिन ओलीले वरिष्ठ नेता नेपालसाग भेटेर दाहालमाथि दबाबको अस्त्र सोझ्याए । ओलीले आफूसाग मिलेर जान नेपाललाई आग्रह गरेका थिए ।/nअर्को दिन ओलीले कर्णालीका मुख्यमन्त्रीलाई पत्र लेखेर दाहाल–नेपालसमूहमाथि दबाब बनाउन खोजे । कात्तिक ५ मा ओलीले लेखेको पत्रमा उल्लेख थियो, ‘अनुशासित तरिकाले प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेकपा प्रदेशसभा दल कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथि तपाईंले गरेको कारबाही फिर्ता लिन र उहाालाई पूर्ववत् प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु ।’/nकात्तिक ५ मा नै स्वयम्भूस्थित एक निजी घरमा दाहाल र नेपाल संवादमा बसे । संवादमा उनीहरूनिकट स्थायी कमिटीका अन्य केही नेता पनि सहभागी थिए । स्थायी कमिटीका निर्णय कार्यान्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले तत्परता नदेखाएको निष्कर्षसहित नेताहरू आपसी विश्वास र थप रणनीति निर्माणका लागि संवादमा बसेका थिए ।/nत्यसै दिन भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री ओलीको भेटले राजनीतिक तरंग पैदा भयो । यसको विरोध गरेर दाहाल–नेपाल समूहले ओलीमाथि दबाब बनायो ।/nपर्साको विन्ध्यवासिनीमा कात्तिक ६ मा भएको झडपमा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएपछि अपराधीलाई कारबाहीको पक्षमा दाहाल–नेपाल समूह एक ठाउामा उभियो । दाहाल–नेपाल समूहले प्रदेश–२ मा ओलीसमूहमाथि दबाब बनाउन खोज्यो । जाहेरी दर्तामा सरकारले अलमल गरेको भन्दै दाहालले विज्ञप्ति नै निकाले ।/nकर्णाली विवादमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई निर्देशन दिएको पर्सिपल्ट कात्तिक ७ मा दाहालले ओलीको होइन, आफ्नो निर्देशन लागू गर्न भन्दै प्रदेशका पार्टी इन्चार्जलाई पत्र काटे । दाहालको पत्रमा थियो, ‘दुई अध्यक्षबीच कात्तिक ४ मा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको थियो । यो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरूको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन दिन्छु ।’/nकात्तिक ११ दिउँसो ओलीले बालुवाटारमै नेता नेपालसाग झन्डै तीन घण्टा वार्ता गरे । दाहालसँग भेटघाट र संवाद रोकिएकै बेला ओलीले नेपालसाग विश्वासको वातावरण बनाउने र पार्टीका आन्तरिक मुद्दामा सहकार्यको बाटो खोल्ने कोसिस गरेका थिए ।/nएकअर्कामाथि दबाबको रणनीतिकै बीच कात्तिक १५ मा ११ दिनको संवादहीनता तोड्दै ओली र दाहालबीच संवाद भयो । तर, त्यो संवाद तिक्ततापूर्ण रह्यो । भेटवार्तामा ओलीले अलग अलग जाऔं भन्ने प्रस्ताव गरेपछि दाहाल–नेपाल समूह दबाबमा पर्यो । ओलीले कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भए आफूले कडा कदम चाल्ने चेतावनी पनि दाहाललाई दिए ।/nकात्तिक १६ मा दाहालले नेपाललगायत सचिवालयका चार नेतालाई आफ्नो निवास खुमलटार बोलाएर ओलीको चेतावनीबारे ‘ब्रिफिङ’ गरे । ओलीको चेतावनी बावजुद उनीमाथि दबाब बनाउन कर्णाली प्रदेशमा दाहाल–नेपालसमूहको सहमतिअनुसार मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरे । कर्णालीको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्री ओलीले कात्तिक १६ मै दाहाललाई फोन गरे । उनले दाहाल–नेपालसमूह एक कदम अगाडि बढे आफूले दस कदम चाल्ने चेतावनी दिए । त्यसैको परिणाम, कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन तत्काललाई रोकियो । /nतर कात्तिक १९ को बिहान प्रधानमन्त्री ओलीले अचानक आफ्नो राजीनामा मागिएको खुलासा गरे । गैरराजनीतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक सन्देश दिादै कुनै पनि हालतमा आफूले राजीनामा नदिने अभिव्यक्ति दिए । जबकि भदौ २६ यता पार्टीका नेताहरूले नउठाएको राजीनामाको विषय ओलीले सार्वजनिक रूपमा उठाएर दाहाल–नेपालमाथि दबाबको अर्को अस्त्र फ्यााके । /nत्यसै साँझ ओलीले एकाएक प्रदेश १ का आफूनिकट नेता र कार्यकर्तासँग ‘भर्चुअल’ छलफल गरेर नेकपाको संकट टार्ने एउटै उपाय जनताको बहुदलीय जनवाद (जबज)का पक्षधरहरू एकढिक्का हुनुपर्ने बताएका थिए । ओलीले यो अस्त्रमार्फत पूर्वएमाले एक ठाउा हुन सक्ने भन्दै दाहाललाई संकेत गरेका हुन् । जबकि एमाले र माओवादीबीचको एकीकरणबाट नेकपा गठन हुादा जबज र तत्कालीन माओवादीले भन्दै आएको ‘२१ औं शताब्दीको जनवाद’लाई एकता महाधिवेशनसम्म थाती राख्ने, त्यतिन्जेल पार्टीको सिद्धान्त ‘जनताको जनवाद’लाई मान्ने सहमति भएको थियो ।/nमहाधिवेशनअगाडि यसलाई बल्झाउनु दबाबको रणनीतिकै एउटा हिस्सा मानिएको छ । जबज मान्नेहरू एक ठाउा हुनुपर्ने भन्दै मदन भण्डारी फाउन्डेसनका नाममा भएका ओली समूहका गतिविधिप्रति नेता नेपालले आइतबार ओलीसागको भेटमा आपत्ति जनाएका थिए । ओली र उनीनिकटका नेताहरूले जबजका विषयमा विभिन्न कार्यक्रम गरिरहेका छन् । शुक्रबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ मा भएको ओली समूहको भेला र त्यसमा ईश्वर पोखरेलको सम्बोधन पनि दाहाल–नेपाल समूहमाथि दबाब बढाउने रणीनीतिअन्तर्गतकै कदम हो ।/nओलीले लगातार दबाब बनाउन थालेपछि दाहाल–नेपाल समूह ओलीमाथि दबाब बनाउन र उनले चाल्न सक्ने संवैधानिक कदममाथि छलफल गर्न आफूनिकट कानुन व्यवसायीसहित पेरिसडाँडामा जम्मा भए । उता ओली यहीबीचमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफलमा जुटे ।/nपेरिसडाँडामा छलफल चलिरहँदा ओलीले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । सोही बैठकमा ओलीले पेरिसडाँडा छलफलतिर लक्षित गरी सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी हुँदै भन्दै त्यसलाई निस्तेज पारिने ‘ब्रिफिङ’ गरे । ओलीले सरकार सञ्चालनमा आफ्नै पार्टीबाट सहयोग नपाएको गुनासो गर्दै आएका छन् । /nत्यसै दिन दाहालले ओलीसँग संवाद गरे । त्यो संवाद पनि तिक्ततापूर्ण नै रहेपछि अर्को दिन कात्तिक २१ मा ओलीमाथि दबाब बनाउन कार्यकारी अध्यक्षको हैसियतले दाहालले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाए । त्यो बैठकमा ओलीलगायत चार नेता उपस्थित भएनन् । बहुमत सदस्यहरूको अनौपचारिक बैठकले एकताको रक्षाका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय लियो । पार्टीको औपचारिक बैठक बोलाउने विषयमा सहमतिका लागि अर्का अध्यक्ष ओलीलाई सामूहिक रूपमा भेटेर आग्रह गर्ने निर्णय पनि त्यहाँ भयो ।/nत्यही निर्णयअनुसार कात्तिक २२ गते बिहान पार्टी कार्यालयमा सचिवालयका बहुमत सदस्यहरूको अनौपचारिक बैठक बस्यो । त्यही बैठकमा लिखित पत्र तयार गरी लगत्तै कार्यकारी अध्यक्ष दाहालसहितका पाँच नेता ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरूले ओलीलाई पत्र बुझाउँदै बैठकका लागि ४८ घण्टे अल्टिमेटम दिएका छन् । सोमबार त्यसको समयसीमा सकिँदै छ ।/nओलीले आफू पहिलो अध्यक्ष भएकाले कार्यकारी अध्यक्ष रहेको भन्दै दाहालको कार्यकारी भूमिकालाई नजरअन्दाज गरेका छन् । यो पनि भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले तय गरेको कार्यविभाजनसँग मेल खाएको छैन । यसलाई ओलीले दाहालमाथि दबाब बनाउने अर्को अस्त्र बनाएका छन् । उता दाहालले जानीबुझी केही समययता ओलीसँगको संवाद घटाउँदै लगेका छन् ।/nभदौ २६ मा स्थायी कमिटी बैठक सकिएको केही दिनमै नेकपामा विवाद सुरु भएको हो । यसैका कारण बैठकका निर्णयहरू अलपत्र छन् । चैतमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेको छ । सचिवालय बैठक बोलाउने/नबोलाउनेमा नेताहरूबीच ठूलो विवाद छ । पार्टी महासचिव विष्णु पौडेलले समेत पार्टीको एकता संकटमा परेको बताइसकेका छन् । यही बेला नेकपा विवादलाई लिएर शीतलनिवासको सक्रियता पनि हृवात्तै बढेको छ । शीतलनिवासमा नेकपा नेताहरूको आवतजावत बाक्लिएको छ ।/nओलीनिकट मानिने नेता शंकर पोखरेलले पार्टीलाई एकताबद्ध राख्ने सूत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो बैठकका निर्णयमै निहित रहेको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘एकताको मर्म र भावनाविपरीतको खेलले कसैलाई जित्न दिँदैन । एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमतिभन्दा बाहिरबाट जित्ने कोसिस एकताविरुद्धको खेल साबित हुनेछ ।’
2020
https://ekantipur.com/news/2020/11/09/160490140964146281.html
news
501,567
514,195
sports/cricket
नेपाललाई जिम्बावेको ३८१ रनको चुनौती
एक दिवसीय आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालविरूद्ध\xa0 जिम्बावेले तीन सय एकासी रनको लक्ष्य दिएको छ।५० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै जिम्बावेले तीन सय असी रन बनाएको छ। जिम्बाबेका लागि सिकन्दर राजाले सर्वाधिक\xa0 १२३ रन बनाएका छन्। यस्तै\xa0 ब्रेडेन टायरले १०० रन बनाएका छन्।\xa0अन्य खेलाडीमा सोलोमन मिरेले अर्धशतक बनाउँदै ५२ रन बनाए भने सेफास झुवाओले ४१ रन बनाए।सुरूवातमा विस्फोटक ब्याटिङ गरेको जिम्बाबेले त्यसपछि मध्यम गतिमा उत्कृष्ट लय कायम राखेको थियो। नेपालका लागि\xa0वसन्त रेग्मी र सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिएका छन्।\n
आइतबार, फागुन २०, २०७४, ०६:१८:०५
https://dev.setoparty.com/sports/cricket/138051
sports
1,015,888
1,030,327
null
दाहाल र बाबुरामलाई माओवादीमा बस्ने अधिकार छैनः गजुरेल
सिन्धुली — माओवादीका सचिव सीपी गजुरेलले क्रान्तिको बाटो छाड्ने अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराइलाई माओवादी भित्र बस्ने अधिकार नभएको बताएका छन् ।
2011
https://ekantipur.com/Other/2011/10/25/337517.html
misc
61,942
62,006
खेल
एम्बाप्पे र काभानीको ह्याट्रिकमा पिएसजीको कीर्तिमानी जित 
बिबिसी । केलीन एमबाप्पे र एन्डीसन काभानीको ह्याट्रिकमा पिएसजीले फ्रेन्च लिग वानमा गुइनग्याम्पविरुद्ध ९–० को कीर्तिमानी जित निकालेको छ । यसअघि पिएसजीले गतवर्ष पार्स डेस प्रिन्सेसलाई ८–० को गोलअन्तरले पराजित गरेको थियो । १९९४ मा फेन्च कपमा ठूलो जित निकाल्ने क्रममा १०–० ले विजयी भएको थियो । आफ्नै कीर्तिमान तोड्दै नयाँ इतिहास बनाएको पिएसजीका लागि ब्राजिलियन स्टार नेयमारले दुई गोल गरेका थिए । १० दिनअघि गुइनग्याम्पले पिएसजीलाई फ्रेन्च कपमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर शनिबार गुइनग्याम्पले त्यो लय कायम राख्न सकेन ।  ११ औं मिनेटमा नेयमारको गोलमार्फत् पिएसजीले अग्रता लिएको थियो । एमबाप्पेले उपलब्ध गराएको पासमा नेयमारले गोल गरेका थिए । पहिलो हाफको अन्तिमतिर एमबाप्पेले पिएसजीको अग्रता तेब्बर पारेका थिए । ३७ औं मिनेटमा गोल गरेका एमबाप्पेले ४० मिनेटमा ब्यक्तिगत दोस्रो तथा ८० औं मिनेटमा ह्याट्रिक गरे । ६८ औं मिनेटमा नेयमारले दोस्रो गरेका थिए । ५९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका काभानीले ६६ औं मिनेटमा दोस्रो तथा ७५ औं मिनेटमा ह्याट्रिक गरे । पिएसजीका म्युनियरले ८३ औं मिनेटमा एक गोल थपेका थिए । जितसँगै पिएसजीले लिग वानमा आफ्नो अपराजित यात्रालाई १९ खेलसम्म लम्ब्याएको छ । १७ जितमा जित र २ मा बराबरीको नतिजासहित पिएसजी ५३ अंकसहित शिर्षस्थानमा छ । पराजित गुइनग्याम्प २१ खेलबाट १४ अंकसहित पुछारमा छ । 
आइतबार, माघ ६, २०७५
https://baahrakhari.com/news-details/172648
sports
1,553,004
1,567,443
खेलकुद समाचार
आन्द्रे रसेलमाथि लाग्यो एक वर्षे प्रतिवन्ध
१९ माघ, काठमाडौं । वेष्टइण्डिजका अलराउण्डर आद्रे रसेलमाथि एक वर्षे प्रतिवन्ध लागेको छ । डोपिङ टेष्टमा लगातार तीन पटक अनुपस्थित भएपछि उनी कारबाहीमा परेका हुन् । टेष्टका लागि उनलाई जमैका एन्टी डोपिङ कमिसनले फोन कल गर्नुका साथै इमेल र लिखित पत्र समेत पठाइएको थियो । तर, २०१५ को जनवरी १, जलाई १ र जुलाई २५ मा डोपिङ टेष्टका लागि उपस्थित भएनन् । त्यही कारण उनीमाथि प्रतिवन्ध लागेको छ । मंगलबारदेखि लागू भएको प्रतिवन्ध २०१८ जनवरी ३० सम्म कायम रहनेछ । प्रतिवन्धविरुद्ध अपील गर्नेसहितका सबै विकल्पमा छलफल भइरहेको रसेलका वकिलले बताएका छन् । यो प्रतिवन्धको पहिलो असर फेब्रअरीमा हुने पाकिस्तान सुपर लिथ र अप्रिलमा हुने आईपीएलमा उनी देखिने छैनन् । उनले २०१६ मा वेष्ट इण्डिजबाट टी-२० विश्वकप जितेका थिए ।
२०७३ माघ १९ गते २१:१५ मा प्रकाशित
https://www.onlinekhabar.com/2017/02/537171
sports
969,965
984,404
null
प्राइमद्वारा मोर्गन पराजित
काठमाडौ — प्राइमको महिला टिमले मोर्गन कप १० औं पुरुष तथा नवौं महिला राष्ट्रिय बास्केटबलमा बिहीबार पनि आफ्नो सफल यात्रालाई कायमै राखेका छन् ।
2011
https://ekantipur.com/sports/2011/07/22/332914.html
sports
1,225,411
1,239,850
editorial
पुनर्निर्माणमा पहल
२०७२ सालको विध्वंशकारी भूकम्पले क्षति पुर्‍याएको सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको पुनर्निर्माण सकिएर सोमबार उद्घाटन भएको छ । मुलुकको प्रमुख प्रशासनिक भवनकारूपमा रहेको प्रधानमन्त्री कार्यालयको प्रबलीकरण गरिएको हो जसमा पूर्वी, उत्तरी र दक्षिणी मोहडाको  काम सम्पन्न भएको छ । भौतिक पूर्वाधार क्षेत्रमा क्षति भएका अन्य संरचनाको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ । पुनर्निर्माणसँगै यस्ता संरचनाको रूप बदलिएको छ । चाहे रानीपोखरी होस् वा सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय नै पुनर्निर्माणपछि भव्य र आकर्षक देखिएका छन् । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा शिलान्यास गरिएको रानीपोखरी अहिले उनैले उद्घाटन गर्ने अवसर पाएका छन् । त्यस्तै अवस्था धरहराको पनि हुँदैछ । धरहराको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ जबकि यो परियोजनाको शिलान्यास पनि अघिल्लो कार्यकालमा ओलीले नै गरेका थिए । अघिल्लो कार्यकालमा शिलान्यास गरे पनि रानीपोखरीदेखि धरहरासम्मको पुनर्निर्माणले गति पाएको यही पछिल्ला तीन वर्षमा हो । तर यही अवधिमा अन्य विकास आयोजनाले भने अपेक्षित गति लिन नसक्नु दुभाग्र्यपूर्ण अवस्था हो ।  वर्षाैँदेखि मर्मतसम्भार नपाएर जीर्ण स्वास्थ्य चौकी, विद्यालय भवनदेखि सरकारी कार्यालयहरूको पुनर्निर्माणले स्वरूप परिवर्तन भएको छ । ती संरचना आकर्षक मात्रै छैनन्, भूकम्प प्रतिरोधीसमेत छन् । अहिले पुनर्निर्माणको क्षेत्रमा भएका कामलाई उल्लेखनीय उपलब्धिकै रूपमा लिनुपर्छ । भूकम्पपछिको पुनर्निर्माणले फड्को मारेपनि अन्य आयोजना यही अवधिमा सुस्त देखिनुलाई भने सामान्य मान्न सकिन्न ।  पुरातात्विक महत्वका रानीपोखरीदेखि धरहरासम्मको पुनर्निर्माण सुरुवाती वर्षमा चाहिँ कस्तो र कसरी बनाउने भन्ने विवादमै अल्झियो । महानगरपालिका, पुरातत्व विभाग, सम्पदा अभियन्तादेखि स्थानीय समुदायबीचको विवादमा परे, यी संरचना । पुनर्निर्माण प्राधिकरणले ती सबैका माग सम्बोधन गर्दै विगतमा भएजस्तै शैली तर बलियो संरचना तयार गर्ने आधार प्रस्तुत गरेसँगै निर्माण कार्यले तीव्रता पाएको हो । ओली आफैँले ‘अघिल्लो कार्यकालमा शिलान्यास गरिएको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी वर्तमान सरकार गठन हुँदासम्म जहाँको तहीँ भएको’ बताउनुले पनि पुनर्निर्माण कार्यमा भएको अल्झन प्रष्ट हुन्छ । बृहत् टुँडिखेल गुरुयोजनाअन्तर्गत रानीपोखरीको थप सौन्दर्यकरणको कार्य भइरहेको छ । यता २२ तले धरहराको पनि २१ औं तल्लाको ढलान सम्पन्न भइसकेको छ भने यस हिसाबले अबको केही महिनामा निर्माण कार्य पूरा हुनेछ । त्यसैले पुनर्निर्माणमा भएको यो प्रगतिबाट कुनै पनि आयोजना सुरु गर्नुभन्दा अघि त्यसमा आइपर्न सक्ने संभावित अवरोधलाई पहिल्यै सम्बोधन गर्न सके मात्रै निर्माणले गति लिन्छ भन्ने देखिएको छ । नेपालको सन्दर्भमा आयोजनाहरूले गति लिन नसक्नुको मुख्य कारण निर्माण कार्य सुरु गर्नु भन्दा अघि मुआब्जादेखि अन्य किसिमका विवाद पहिल्यै नसल्ट्याउनु नै हो । ढिलै भए पनि पुनर्निर्माण आयोजना सम्पन्न हुनुले भने नागरिकलाई सन्तोषको सास फेर्ने अवसर दिएको छ ।   रानीपोखरी, धरहरादेखि सिंहदरवारसम्मको पुनर्निर्माण झट्ट हेर्दा देखिने ठूला संरचना हुन् । यसका साथै पुनर्निर्माणको अन्य पक्षले पनि उत्तिकै गति लिएको छ । अहिले ५ लाख ५९ हजार ४ सय ६१ वटा निजी निवास पुनर्निर्माण भएको छ जसमा अधिकांश पछिल्लो तीन वर्षमा नै थपिएको हो ।पुनर्निर्माण गर्नुपर्ने सरकारी निकायका ४ सय १५ भवनमध्ये ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । १९ वटा भवन मात्रै निर्माणाधीन अवस्थामा छन् । सुरक्षा निकायका भवन पनि यो अवधिमा १ सय ६३ वटा थप भएको छ भने पुनर्निर्माण गरिएका यस्ता भवनको संख्या २ सय ७ पुगेको छ । पुनर्निर्माण भएका विद्यालयको भवन २ हजार ९ सय ८५ वटा थप भई ६ हजारभन्दा बढी पुगेको छ । त्यसो त मुलुकको सबैभन्दा पुरानो दरबार हाइस्कुलको पुनर्निर्माण कार्य पनि पछिल्लो तीन वर्षकै अवधिमा सम्पन्न भएको हो । त्यस्तै स्वास्थ्य संस्थाका ६ सय ९८ भवनको निर्माण सम्पन्न भएको छ भने ५ सय ६५ पुरातात्विक सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएको देखिन्छ । यसका साथै ४ हजार ७ सय २० वटा आवास निर्माण गरी जोखिमयुक्त बस्तीको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सिंहदरबारको पश्चिम मोहोडा, वसन्तपुर दरबार क्षेत्र, बबरमहल, केशरमहलजस्ता ठूला भवनहरूको प्रबलीकरण कार्य अन्तिम चरणमा पुगेको छ भने काष्ठमण्डप निर्माण कार्यले पनि गति लिएको छ । यस हिसाबले पुनर्निर्माण प्राधिकरणको म्याद सकिनुअगावै बाँकी रहेका पुनर्निर्माणका काम सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ ।   वर्षाैँदेखि मर्मतसम्भार नपाएर जीर्ण स्वास्थ्य चौकी, विद्यालय भवनदेखि सरकारी कार्यालयहरूको पुनर्निर्माणले स्वरूप परिवर्तन भएको छ । ती संरचना आकर्षक मात्रै छैनन्, भूकम्प प्रतिरोधीसमेत छन् । अहिले पुनर्निर्माणको क्षेत्रमा भएका कामलाई उल्लेखनीय उपलब्धिकै रूपमा लिनुपर्छ । भूकम्पपछिको पुनर्निर्माणले फड्को मारेपनि अन्य आयोजना यही अवधिमा सुस्त देखिनुलाई भने सामान्य मान्न सकिन्न । प्रधानमन्त्री ओलीले सोमबार आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गरे पनि ती सबै जनआकांक्षाको तुलनामा नगण्य देखिन्छन् । त्यसमाथि जति पनि उपलब्धि देखाएका छन्, भूकम्पछिको पुनर्निर्माणका काम हावी भएको देखिन्छ । अन्य विकासका कामको चर्चा गर्दा पूर्ववर्ती सरकारहरूले गरेजस्तै निरन्तरता मात्रै दिएका हुन्, उल्लेखनीय काम भएको होइन । त्यसैले यो अवस्थामा आगामी दिनमा आयोजनाहरूको प्राथमिकीकरण गरी भूकम्पपछिको पुनर्निर्माणकै गति वा त्यसभन्दा पनि तीव्र गतिमा अघि बढाउन जरुरी छ । त्यसमाथि सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय बनिसकेको अबको अवस्थामा प्रधानमन्त्री दैनिक शासन सञ्चालनका लागि त्यहाँसम्म पुगेर विभिन्न निकायबीचको समन्वयमा मात्रै ध्यान दिए भने पनि केही न केही परिवर्तन आउनेछ । अहिले प्रधानमन्त्री ओलीले बालुवाटारबाटै शासन चलाइरहेका कारण पनि सरकारी निकायबीच समन्वयको अभाव देखिन्छ । कम्तीमा आगामी दिनमा यो पक्षमा समेत ध्यान दिँदै विकास निर्माणका कामलाई तीव्रता दिन सके मात्र पनि भिन्न अनुभव हुन्छ ।
५ फाल्गुन २०७७
https://nagariknews.nagariknetwork.com/editorial/459731-1613543027.html?click_from=category
editorial
2,111,213
2,127,217
प्रमुख-समाचार
परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता
डोटी- डोटीको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं २ बगलेकमा ९१४, वडा नं ३ गैरागाउँमा ९६८, वडा नं ४ सानागाउँमा ९९६, वडा नं ५ काडमाडौँमा एक हजार ४९२, वडा नं ६ गाँजरीमा एक हजार ७२ र वडा नं ७ पोखरीमा एक हजार २६३ गरी कूल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिए । सबैभन्दा बढी वडा नं ५ काठमाडौँमा एक हजार ४९२ र सबैभन्दा कम वडा नं २ बगलेकमा ९१४ ले नाम दर्ता गराएका छन् । यो अभियानमा १६ दर्ता अपरेटर, सात वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीको संलग्न रहेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।
2021
https://www.khabarhub.com/2021/12/260148/
news
895,541
909,980
null
कोरोना प्रकोप : फ्रान्समा मृतकको संख्या १० हजार नाघ्यो
पेरिस — कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या फ्रान्समा ह्वात्तै बढेको छ । फ्रान्सेली सञ्चार माध्यमका अनुसार मंगलबार फ्रान्समा ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।/n/n/nफ्रान्समा हालसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या करिब १० हजार ३ सय ४३ पुगिसकेको छ । अधिकारीका अनुसार संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ ।/n/n‘हामी यस महामारीको अन्त्यमा पुगिसकेका छैनौं,’ स्वास्थ्यमन्त्री ओलिभर भेरनले भने । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ६ सय ५ जनाको अस्पतालमा र २ सय २८ जना नर्सिङ होममा मृत्यु भएको हो । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले उच्च हो ।/n/n‘यो अझै टुंगिएको छैन । त्योभन्दा पनि यसको बाटो लामो छ । तथ्यांकहरूले यो देखाइरहेको छ,’ भेरनले भने, ‘घरैमा बस्नुस् र सरकारको प्रयासमा बल पुर्‍याउनुहोस् ।’ उनका अनुसार सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको संख्या भने १.३ प्रतिशतले मात्र बढेको छ ।/n/nयुरोपका सबैभन्दा बढी प्रभावित इटाली र स्पेनमा पछिल्लो समय संक्रमितको संख्या क्रमश: कम हुँदै गएको छ । केही दिनयता दुवै देशमा मृतकको संख्यामा कमी आएको जनाइएको थियो । तर सोमबार इटालीमा मृत्यु हुनेको संख्या केही बढेको छ ।/n/nमहामारीबाट युरोपमा मात्रै हालसम्म ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । सबैभन्दा बढी प्रभावित इटालीमा मृत्यु हुनेको संख्या १७ हजार एक सयभन्दा बढी छ । विश्वकै दोस्रो बढी प्रभावित स्पेनमा हालसम्म १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।/n/nकोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विभिन्‍न ४ वटा देशमा १० हजारभन्दा बढीको ज्यान गएको छ । मंगलबार बिहानसम्म अमेरिकामा १२ हजार ८ सय ९३, स्पेनमा १४ हजार ४५, इटालीमा १७ हजार २७ र फ्रान्समा १० हजार ३ सय ४३ को मृत्यु भएको छ । त्यस्तै बेलायतमा ६ हजार एक सय ७१ को मृत्यु हुँदा जर्मनीमा २ हजार १६ र चीनमा ३ हजार ३ सय ३७ को मृत्यु भएको छ । /n/nडेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिक्सेनले अप्रिल १५ बाट प्राथमिक विद्यालयहरू खुला हुने घोषणा गरेकी छन् । उनका अनुसार संक्रमितको संख्या नबढेको तथा आम नागरिकले सामाजिक दूरी कायम गरेको खण्डमा मात्र यो सम्भव छ ।/n/nअस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले पनि प्रतिबन्धहरू हटाउने तथा अत्यावश्यकबाहेकका पसलहरू पनि इस्टरपछि हटाउनेबारे विचार गरिरहेको जनाएका छन् ।/n/nआर्थिक सहयोग गर्न जर्मनी तयार/nजर्मन चान्सलर एन्जेला मर्केलले कोभिड–१९ को महामारीले युरोपेली संघमाथि अभूतपूर्व चुनौती आइपरेको भन्दै संघमा आबद्ध देशलाई आर्थिक सहयोग गर्नका लागि आफ्नो देश तयार रहेको बताएकी छन् ।/n/n‘यदि युरोप तयार छ भने जर्मनीले राम्रैसँग सहयोग गर्नेछ,’ मर्केलले भनिन् । उनको भनाइलाई कोभिड–१९ को महामारीबाट बढी प्रभावित दक्षिणी युरोपका देशबीच ऐक्यबद्धताका लागि आह्वानका रूपमा अथ्र्याइएको छ । उनका अनुसार ती देशमा जर्मनीले आपत्कालीन सेवा सुविधाको प्रवाह र अर्थतन्त्रको पुनर्निर्माणका लागि भूमिका खेल्नेछ ।
2020
https://ekantipur.com/world/2020/04/08/158631326993459.html
world
806,520
820,948
सम–सामयिक
सडक निर्माणमा ढिलाइ गरेको भन्दै स्थानीयले गरे हरिसिद्धीमा सडक अवरुद्ध [तस्वीरहरू]
सडक निर्माणमा ढिलाइ गरेको भन्दै ललितपुरको सातदोबाटो–गोदावरी सडक खण्डको हरिसिद्धि क्षेत्रमा सडक अवरुद्ध पारिएको छ ।  स्थानीय नागरिकहरूले बाटो कालोपत्रे गर्नुपर्ने मागसहित बाटो बन्द गरेका हुन् । उनीहरूले बाटाे कालोपत्रे नभएसम्म अनिश्चितकालका लागि बन्द गरिएको जनाएका छन् । बाटो बन्द हुँदा त्यो बाटो भएर हिँड्ने सवारीसाधनहरू समस्यामा परेका छन् ।  सडक समयमै निर्माण नहुँदा मूल सडकमा धूलो उड्ने गरेको छ, जसकारण मानिसहरूले सास्ती भोग्नु परिरहेको छ । 
मंसिर ६, २०७८
https://lokaantar.com/story/163552/2021/12/22/sports/cricket-
misc
176,746
177,033
सरकारलाई सुरक्षा संयन्त्र समन्वयात्मक रुपमा परिचालन गर्न निर्वाचन आयोगको निर्देशन  
काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सबै सुरक्षा संयन्त्र समन्वयात्मक रुपमा परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ ।  आयोग उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा मतदाता र उम्मेदवारसहित सबैमा सुरक्षाको प्रत्याभूति दिलाई ढुक्क हुने वातावरण बनाउन, उपयुक्त समयसम्म सीमा बन्द गर्न, मतदान केन्द्रमा प्रवेश गर्दा उच्चस्तरीय जाँचको प्रबन्ध मिलाउन र मतदान केन्द्रमा पर्याप्त उद्धार टोलीको व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिए ।  डा यादवले तराई–मधेसमा बाढी, डुबान र कटानका कारण यातायात अवरुद्ध भएकामा छोटो समयमै सेनाले पुनः निर्माण गरी आवागमन सहज तुल्याएको बताउँदै भने, ‘नेपाली सेनाको यो कार्यबाट बाढी प्रभावित मधेशका जनता र नेपाली सेनाबीच आत्मीयता अभिवृद्धि भएको छ ।’  आयुक्त ईश्वरीप्रसाद पौड्यालले सुरक्षा निकायले राजनीतिक दलका कार्यकर्ताबीच हुन सक्ने अन्तरद्वन्द्व घटाउन र खुला सिमानाको संवेदनशीलतालाई विचार गरी कार्यसम्पादन गर्न सुझाव दिए ।  आयुक्त सुधीरकुमार शाहले नेपाली सेनाले छोटो समयमा यातायात सहज बनाउन पाएको सफलताप्रति आभार व्यक्त गरे ।  कामु प्रधानसेनापति बलदेवराज महतले स्थानीय तह निर्वाचनका लागि सबै सुरक्षा निकायबीच समन्वयात्मक रुपमा काम भइरहेको र सुरक्षाको सबै प्रबन्ध मिलाइएको जानकारी दिए ।  आयोगका सचिव वेगेन्द्र शर्माले केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षा अंगबीच निरन्तर सम्पर्क, सहकार्य र समन्वयात्मक रुपमा काम गर्नुपर्ने औँल्याए ।  आयोगका प्रवक्ता नवराज ढकालले बाढी, डुबान र कटानबाट प्रदेश नं २ का जिल्लामा आवागमन अरुद्ध भएकामा सेनाले पुनः निर्माण द्रुतगतिमा गरिरहेको बारे जानकारी दिँदै अधिकांश जिल्लामा यातायात सञ्चालन गर्ने कार्य सम्पन्न भएको तथा बाँकी जिल्लामा यही भदौ २८ गतेसम्ममा यातायात सञ्चालन गरी मतदानलाई सहज बनाउने लक्ष्यका साथ काम भइरहेको बताए ।  सो अवसरमा आयुक्त इला शर्मा र नरेन्द्र दाहाल, गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी पनि सहभागी थिए । रासस 
२०७४ भदौ २७ मंगलबार
https://hamrakura.com/news-details/29922/2021-12-25
misc
2,312,517
2,328,521
society
अफगानिस्तानबाट आएका १२७ जनालाई सेनाको आइसोलेसनमा लगियो, रिपोर्ट नेगेटिभ आए आजै घर पठाइने
अफगानिस्तानबाट आइपुगेका १२७ जनालाई सामाखुसीस्थित नेपाली सेनाको आइसोलेसनमा लगिएको छ।  बिहान सवा १० बजे कुवेत हुँदै जजिरा एयरलाइन्सबाट ११८ जना नेपाली र नेपालीमूलका ९ जना भारतीय नागरिक काठमाडौं आएका थिए। तीमध्ये एक जना नेपाली महिला हुन्।  उनीहरुलाई अमेरिकी सेनाले विमान चार्टर गरेर काठमाडौं ल्याइदिएको हो। काबुलस्थित अमेरिकी मिशनमा कार्यरत नेपालीलाई पहिलो पटक उद्धार गरिएको हो।  अमेरिकी सेनाले आफ्नो मिसनमा कार्यरत विदेशीलाई पनि उद्धार गरिरहेको छ। यसबाहेक झण्डै चार सय नेपालीलाई दोहा पु¥याएको छ।  उनीहरुलाई पनि काठमाडौं आउने व्यवस्था अमेरिकी सेनाले नै गर्ने भएको छ। काठमाडौं आइपुगेका सबैलाई कोरोना परीक्षणका लागि सामाखुसीस्थित सेनाले सञ्चालन गरेको आइसोलेसनमा लगिएको छ। आइसोलेसनमा लैजान सेनाले १३ वटा बस विमानस्थल पठाएको थियो।  सुरुमा एन्टिजेन परीक्षण गरिने नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए। एन्टिजेनमा रिपोर्ट पोजेटिभ आएकाहरुको पुनः पीसीआर गरिनेछ। पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आउनेलाई त्यही आइसोलेसनमा राखिनेछ।  रिपोर्ट नेगेटिभ आएकाहरुलाई भने सीसीएमसीका प्रतिनिधिको रोहबरमा आजै घर पठाउने व्यवस्था गरिने सेनाले जनाएको छ। त्यसरी घर जानेहरु होम आइसोलेसनमा बस्नेछन्।  अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका प्रवासीहरु श्वदेश फर्किन थालेका हुन्। अमेरिकी सेनाले पनि अफगानिस्तान छाड्ने निर्णय गरिसकेको छ। आफू फर्किंदा आफूसँगै मिसनमा काम गर्ने विदेशीलाई पनि उद्धार गरेको हो।  यस्तै सरकारले अन्य नियोगहरुलाई पनि नेपालीको उद्धारका लागि आग्रह गरेको छ। जुन नियोगमा काम गरिरहेका छन्, तिनै नियोगले घरसम्म पठाउने व्यवस्था गर्न भनिएको छ।  व्यक्तिगत श्रम स्वीकृति लिएर गएका र अहिले अप्ठ्यारोमा परेकालाई अनलाइनबाट विवरण दर्ता गर्न भनिएको छ।  उनीहरुको उद्धारका लागि भने सरकारले आफ्नै विमान पठाउने निर्णय गरेको छ। सोमबार साँझ ६ बजेसम्ममा १३४ जनाले विवरण दर्ता गरेका छन्।  म्यानपावर कम्पनीबाट रोजगारीका लागि त्यहाँ पुगेकाहरुलाई पनि उद्धार गर्नका लागि म्यानपावर कम्पनीलाई सरकारले निर्देशन दिएको छ।  म्यानपावर कम्पनीहरुले भने ३३० जना दोहा आइपुगेको र झण्डै साढे चार सय काबुल विमानस्थलमा फर्किने प्रतीक्षामा रहेको जानकारी गराएका छन्।
August 17, 2021
https://nepalkhabar.com//society/103634-2021-8-17-12-55-22
society
510,570
523,348
kinmel/banking
१३ अंकले बढ्यो नेप्से 
दिनभरको उतारचढावका बाबजुत सेयर बजारको परिसूचक नेप्से बुधबार १३ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २१७८ अंकमा कायम भएको छ।  यस दिन ४ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बजारको पुँजीकरण २९ खर्ब ३४ अर्ब कायम भएको छ। बैंकिङ ११, होटल ०.८, विकास बैंक २२, फाइनान्स ३, निर्जीवन बीमा ११२, उत्पादन ३०, अन्य ६, माइक्रोफाइनान्स ५६, जीवन बीमा २४ अंकले बढेका छन्। ब्यापार २० र जलविद्युत समूह १२ अंकले घटेका छन्।  कालिका माइक्रोक्रेडिटको मूल्य सबैभदा धेरै १० प्रतिशतले बढेको छ। जनउत्थान लघुवित्त, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।  कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको शिखर इन्स्योरेन्सको २० करोडको किनबेच भयो।  नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक समूहको मूल्य सबैभन्दा धेरै ८. ५ प्रतिशतले घटेको छ। त्यस्तै जोशी हाइड्रोको मूल्य ५ प्रतिशतले घटेको छ।   
बुधबार, पुस २२, २०७७, ०६:१९:३७
https://setopati.com/kinmel/banking/225835
economy
25,771
25,771
खेल
महिला भलिबलको उपाधि एपीएफलाई 
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ । बुधबार भएको फाइनल खेलमा प्रदेश ३ लाई सोझो सेटमा हराउँदै एपीएफले उपाधि उचालेको हो ।  पहिलो सेट २५–११ ले जितेको एपीएफले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित्न सफल भयो । प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भएको छ भने गण्डकी प्रदेशले सान्त्वनामा चित्त बुझाएको छ ।
बुधबार, वैशाख ११, २०७६
https://baahrakhari.com/news-details/192027
sports
1,526,502
1,540,941
राष्ट्रिय समाचार
कांग्रेस महासमिति बैठकस्थलमा सेल्फी प्वाइन्ट
२७ मंसिर, काठमाडौं । यही मंसिर २९ गते तीनदिनसम्म काठमाडौंमा बस्ने नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । बैठकमा सहभागी हुने सदस्यहरु काठमाडौं प्रवेश गर्ने क्रम सुरू भइसकेको कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बैठकस्थलको समेत तयारी अन्तिम चरणमा पुगेको कांग्रेस केन्द्रीय कार्यालय सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । बैठकस्थलमा सेल्फी प्वाइन्ट र फ्री वाईफाईको व्यवस्था गरिंदैछ । सामाजिक सञ्जालका माध्यमबाट पनि पार्टीको प्रचारका लागि सेल्फी प्वाइन्ट र फ्री वाईफाईको व्यवस्था गर्न लागिएको सचिव पराजुलीको भनाइ छ । ‘पार्टीको प्रचारका लागि सेल्फी प्वाइन्ट निर्माण गर्न लागिएको हो । बैठकस्थलमै कांग्रेससंग सम्बद्ध फोटो पनि प्रदर्शन गरिने छ ।’ खर्च कटौती गर्ने प्रयास बैठकमा खर्च कटौती गर्ने अधिकतम प्रयास गरिएको कांग्रेसले बताएको छ । तीन दिनसम्म संचालन हुने बैठकमा एक करोडभन्दा कम खर्च हुने स्थानीय व्यवस्थापन समितिका संयोजक तथा काठमाडौंका सभापति सरोज बानियाँले दावी गरे । साँझको खाना र बस्ने व्यवस्था सहभागी आफैले गर्ने भएकोले खर्च सोचेभन्दा पनि कम हुने संयोजक बानियाँको भनाइ छ । सहभागीलाई विहानको विहान खाजा, खाना र दिउँसो चिया र विष्कुटको व्यवस्था भने हुनेछ । सबै खर्च पार्टी केन्द्रको आन्तरिक कोषबाटै हुने संयोजक बानियाँले बताए । ७ वटा दस्तावेज प्रस्तुत हुने एक हजार ६०० को सहभातिगा हुने बैठकमा ५ वटा दस्तावेजहरु प्रस्तुत हुनेछन् । राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधि, सांगठानिक दस्तावेद महामन्त्री डाक्टर शंशाक कोइराला, विधान संशोधन प्रस्ताव सहमहामनत्री पूर्णबहादुर खड्का, आर्थिक दृष्ट्रिकोण सम्बन्धी प्रस्ताव डा. प्रकाशसरण महत र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्ने छन् । उद्घाटन सत्र पश्चात प्रस्तुत हुने दस्तावेजको ७ वटा प्रदेशस्तरीय समूहमा छलफल भएपछि मात्रै खुला रुपमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यो बैठकले कांग्रेसभित्र नयाँ ऊर्जा पैदा हुने प्रवक्ता शर्माको दावीसमेत छ ।
२०७५ मंसिर २७ गते १७:०१ मा प्रकाशित
https://www.onlinekhabar.com/2018/12/726707
news
1,988,931
2,004,935
health
डायलासिसका बिरामी मर्कामा
तनहुँ, चैत १८ । लकडाउन भएपछि तनहुँमा मिर्गौलाको डायलासिसका गर्नुपर्ने बिरामी मर्कामा परेका छन् । अत्यावश्यक बाहेक अन्य सवारी साधन नचल्दा दमौली अस्पताल परिसरमा रहेको डायलासिस युनिटमा डायलासिस गराउन आउने बिरामी मर्कामा परेका हुन् । एम्बुलेन्सको पहुँच भएकालाई समस्या नभएपनि अन्यले भने निकै समस्या झेल्दै आएका छन् । अन्य सवारी नचल्दा भनेको समयमा डायलासिस बिरामीले सवारी साधनसमेत नपाउदा ज्यानै जोखिममा पर्ने खतरा बढेको छ । गत बिहिबार लमजुङबाट डायलासिस गराउन आउन लागेका एक जना बिरामी सवारी साधन नपाएपछि घर फर्किएको र उनको सोही साँझ मृत्यु भएको शत्रुघ्न मन्जु डाइलिसिस युनिटले जनाएको छ । तनहुँसहित गोरखा, लमजुङलगायतका जिल्लाबाट डायलासिस गराउन बिरामी दमौली आउने गरेका छन् । शत्रुघ्न मन्जु डायलासिस यूनिटमा अहिले ६७ जना बिरामीले सेवा लिँदै आएका छन् ।
१८ चैत्र २०७६, मंगलवार २०:२५
https://www.imagekhabar.com/news/30351/
health
167,970
168,207
नेपाली सेनाले सेना दिवस मनाउँदै, टुडिखेलमा विशेष कार्यक्रम
काठमाडौं । नेपाली सेनाले विशेष कार्यक्रमका बीच सेना दिवस मनाउँदैछ । हरेक वर्ष शिवरात्रीका दिन मनाइने सेना दिवस राजधानीको सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रम हुने गर्दछ ।    सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले विशेष समारोह गर्न लागेको हो । सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् ।   सेना दिवसको खुसियालीमा शुक्रबार साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसंगीत पनि प्रस्तुत गर्ने छ ।   कार्यक्रममा सहभागी हुने जो कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  
२०७३ फागुन १३ शुक्रबार
https://hamrakura.com/news-details/20933/2021-12-25
misc
734,942
749,268
बैंक/सेयर
एनआईसी एशिया बैंक र टीथ सेभर्सबीच सम्झौता
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र टीथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच एनआईसी एसिया बैंकका ग्राहकलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँत सम्बन्धी उपचार गराउँदा १५% सम्म छूट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले टीथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् । सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख प्रवीण रेग्मी र टीथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरे ।  बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १८ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
कात्तिक १५, २०७६
https://lokaantar.com/story/90702/2021/12/22/sports/cricket-
economy
2,224,860
2,240,864
समाचार
छोरी जन्मे लगत्तै हत्या : आमा बुवासहित चार जना पक्राउ
मोरङ, ३० असार । मोरङमा नवजात शिशुको हत्या अभियोगमा आमासहित परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन् । तर उनले बच्चीलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र उनका बुवाले संचालन गरेको रंगेली ५ स्थित चाँदनी चोकमा रहेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको अभियोगमा खुस्वुका श्रीमान २८ वर्षीय अरुण मण्डल, बुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मिला मण्डल पक्राउ परेका हुन् । उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
३० असार २०७८, बुधबार
https://www.nayapage.com/archives/326651
news
2,433,566
2,449,570
music
‘किड्स अफ द इयर इन्टरनेशनल’ का लागि ४० प्रतियोगी छनौट
‘किड्स अफ द इयर इन्टरनेशनल नेपाल २०२१’ का लागि ४० प्रतियोगी छानिएका छन् । शनिबार बनेपास्थित लिटिल स्टार फन पार्क विथ फ्यामिली क्याफेमा आयोजित छनौट चरणको अडिसनमा करिब ९० बढी सहभागीले अडिसन दिएका थिए । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्दै आएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । ७ बर्षदेखि १३ बर्ष सम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहने प्रतियोगिताको अडिसनबाट छानिएका प्रतियोगी अब प्रशिक्षणमा जुट्नेछन् । प्रशिक्षणको क्रममा उनले व्यक्तित्व विकास, नृत्य तथा अभिनय प्रशिक्षण, ड्रेस सेन्स लगायत विभिन्न प्रशिक्षण लिनसक्ने आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताए । फैजुकै कोरियोग्रफी रहने प्रतियोगितामा श्रीषा बैदार फैजुले प्रतियोगीको ड्रेस डिजाइन तयार गर्नेछिन् । शीर्षसहित विभिन्न उप–विजेता समेत प्रतियोगिताको विजेताले इन्डोनेसियाको बालीमा आयोजना हुने ‘किड्स अफ द इयर इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । यसको अलवा विजेताले विभिन्न उपहारसमेत प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । 
मंसिर ५, २०७८
https://ratopati.com/story/207638/2021/11/21/kids
entertainment
1,061,420
1,075,859
null
चार सय वर्ष पुरानो युद्ध सामग्री भेटियो
राजविराज — सप्तरीको धरमपुर गाविसस्थित चुरे वन क्षेत्रको 'ढुंगालडे' भन्ने ठाउँमा चार सय वर्ष पुरानो प्राचीनकालीन युद्ध सामग्री भेटिएको छ । धरमपुरका प्रेमबहादुर विश्वकर्माले चुरेबाट घाँस ल्याउन घाँसे हँसिया चलाउने क्रममा उक्त प्राचीनकालीन युद्ध सामग्री भेटिएको हो ।
2013
https://ekantipur.com/Other/2013/04/11/366065.html
misc
1,933,368
1,947,814
health
सोलुखुम्बुमा ५१ हजार बढीले लगाए खोपको पूर्ण मात्रा
सन्तोष राउतसोलुखुम्बु, मङ्सिर २३ गते । पछिल्लो चरणको खोप लगाइसक्दा सोलुखुम्बुमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५१ हजार नाघेको छ । जिल्लामा विभिन्न चरणमा सञ्चालन भएको खोप अभियानमा १८ वर्ष माथिका ५१ हजार १८७ जनालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयकाअनुसार सोलुखुम्बुमा १८ वर्ष माथिको जनसंख्याको यो करिब ७० प्रतिशत रहेको छ । कात्तिक महिनासम्म जिल्लामा ४६ हजार ९८७ जनाले मात्रै पूर्ण खोप लगाएका थिए । जिल्लामा भेरोसेल, कोभिशिल्ड, जोनसन एण्ड जोनसोन, एस्ट्राजेनेका खोप लगाइएको हो । अब १२ देखि १७ वर्ष उमेर समुहका किशोरकिशोरीलाई पनि खोप लगाउनेबारे छलफल भइरहेको बताइएको छ । कोरोनाको दोस्रो लहरकाकारण सोलुखुम्बुमा बाह्र जना बढीले ज्यान गुमाइसकेका छन् । खोप लगाउन पाएपछि ढुक्क भएको स्थानीयको भनाई छ ।
  मंसिर २३ २०७८
https://gorkhapatraonline.com/health/2021-12-09-52497
health
2,078,202
2,094,206
राजनीति
आज उपनिर्वाचन, मतदान बिहान सात बजेदेखि
काठमाडौं- प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि आज (शनिवार) उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले आह्वान गरेका छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकिकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ । अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरिएको छ । निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ । कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ भने बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
2019
https://www.khabarhub.com/2019/30/105585/
politics
1,538,651
1,553,090
राष्ट्रिय समाचार
यस्तो छ घट्टेकुलोमा विस्फोट स्थलको भिडियो
१२ जेठ, काठमाडौं । आइतबार दिउँसो घट्टेकुलोमा बम विस्फोट भएको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । व्यक्तिको घरभित्र विस्फोट भएको हो । तस्वीर : चन्द्र आले/ कमल प्रसाइ /अनलाइनखबर  घट्टेकुलोको विस्फोटबारे हेर्नुहोस् भिडियो  सुकेधारा विस्फोटबारे हेर्नुहोस् भिडियो 
२०७६ जेठ १२ गते १७:२२ मा प्रकाशित
https://www.onlinekhabar.com/2019/05/768515
news
1,643,287
1,657,726
national
५ हजारको ट्रायल लिँदा ४ सयमात्रै छपार्इ! कहिले पर्ला अढाई लाख चालकको हातमा स्मार्ट लाइसेन्स?
काठमाडौं :  देशभरबाट परम्परागत लार्इसेन्स हटाएर स्मार्ट लार्इसेन्स कार्यान्वयनमा आएपनि चालकहरुले स्मार्ट लाइसेन्स पाउन लामै  प्रतिक्षा गरिरहेका छन्। साढे दुर्इलाख सवारीसाधनका चालकले ट्रायलपास गरी प्रक्रिया पूरा गरेपनि  स्मार्ट लार्इसेन्स हात पार्न सकेका छैनन्।  अहिले यातायात व्यवस्था विभागमा ४ वटा स्मार्ट कार्ड छाप्ने मेसिन छन् जसमा एउटा मेसिन पूर्ण रुपले विग्रिएको  छ भने भएका तीनवटा मेसिनले पनि राम्रोसँग काम गर्न सकेका छैनन्।  यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार स्मार्ट लार्इसेन्स छाप्न आवश्यक कार्डको नै अभाव छ।  स्मार्ट लार्इसेन्स वितरण थालेदेखि  नै अभाव भएकाले यस्तो समस्या देखिएको  पाण्डेले बताए। स्मार्ट लार्इसेन्स कार्यान्वयनमा ल्याउनु अघि आवश्यक पूरा तयारी नहुँदा यस्तो समस्या देखिएको उनको भनार्इ छ। दिनमा  ५ हजारले ट्रायलको प्रक्रिया पूरा गर्छन् तर विभागले मुस्किलले ३र४ सय मात्रै स्मार्ट लार्इसेन्स छाप्ने गरेको छ। देशैभरिबाट स्मार्ट लाइसेन्स वितरण  हुने गरेको भएपनि स्मार्ट लाइसेन्सको छपार्इ यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालयमा मात्रै हुनुले पनि थप समस्या भएको देखिन्छ। स्मार्ट लाइसेन्स बितरणमा समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ आइतबार विभाग पुगिन्।  उनले तत्कालै लाइसेन्सको समस्या समाधान गर्न निर्देशनसमेत दिइन्। सरकारको काम जनतालार्इ सर्वसुलभ सेवा दिने हो सास्ती  दिने होर्इन भन्दै राज्यमन्त्री गुरुङले लार्इसेन्स समस्या समाधानका लागि फास्ट ट्रयाकमा काम गर्न निर्देशन दिइन्।  उनले आवश्यक परे नाइट सिफ्टमा समेत काम गरेर भएपनि लार्इसेन्स वितरण प्रभावकारी बनाउन भनेकी थिइन्। तर यहि गतिमा काम भइरहे स्मार्ट लार्इसेन्सको समस्या पूर्ण रुपमा निवारण गर्न   झण्डै वर्ष दिन लाग्ने यातायात व्यवस्था विभागका एक उच्च अधिकारीले बताएका छन्। अधिकारीले विभाग सेन्सेटिभ भएर सकेसम्म छिट्टै स्मार्ट कार्ड दिने गरी काम गरेपनि कम्तीमा एक बर्ष लाग्ने दावी दावी गरे।   गत साउन १ गते बाट यातायात व्यवस्था विभागले  देशभरिका सबै यातायात कार्यालयहरुलार्इ परम्परागत हस्त लिखित लार्इसेन्स खारेज गरि स्मार्ट लार्इसेन्स कार्यान्वयन गर्न लिखित आदेश दिएको थियो। परम्परागत लार्इसेन्स खारेज भएपनि स्मार्ट लार्इसेन्स पुर्ण रुपमा कार्यान्वयनमा त आयो तर ट्रायल पास गरिसके पछि लार्इसेन्स लिन लामो समय कुनुपर्ने सास्तीको अन्त्य भने हुन सकेन।   २ महिनामा लार्इसेन्सको समस्या पूर्ण रुपले समाधान हुन्छ : विभाग  यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले दुर्इ महिनामा स्मार्ट लार्इसेन्सको समस्या हट्ने दाबी गरे। उनले भारतीय कम्पनी मद्रास प्रिन्टर्ससंग साढे सात लाख कार्ड १ महिनाभित्रमा  विभागलार्इ उपलब्ध गराउने सम्झौता भएकाले ढिलोमा दुर्इ महिनामा यो समस्या समाधान हुने बताए। महानिर्देशक भट्टरार्इले कार्ड आउने बित्तिकै सबै कार्यालयमा तत्कालै पठाएर समस्या समाधान गरिने जानकारी दिए। आम नागरिक सर्वसुलभ सेवा एग्रेसिभ भएर काम गरिहेको उनको भनार्इ छ। उनले तत्कालकालागि साढे सात लाख कार्ड मगाएको तर आगामी वर्ष २० लाखका लागि टेण्डर गर्ने योजना बनाएको बताए। यसका लागि छिट्टै ग्वोबल टेण्डर हुने जानकारी दिए। सस्तो र गुणस्तरीय कार्ड उपलब्ध गराउने कम्पनीलार्इ उक्त टेण्डर दिर्इने उनको भनाइ छ। विभागले अहिलेसम्म करिब ६ लाख सवारी चालकलार्इ स्मार्ट लार्इसेन्स वितरण गरिसकेको छ भने यो वर्ष थप  साढे सात लाख सवारीचालकलार्इ स्मार्ट लार्इसेन्स वितरण गर्ने तयारी भएको विभागले जनाएको  छ। त्यसैगरी विभागले परिचय खुल्ने फोटो सहितको कार्ड र ट्रायल पास गरेपछि विभागले दिने चिट(रसिद)संगै लिएर हिँडे कारवाही नहुने बताएको छ। परिचयपत्र र रसिद लिएर हिडेका सवारीचालकलार्इ कारवाही नगर्न  ट्राफिक प्रहरीलार्इ निर्देशन दिएको यातायात व्यवस्था विभागले जनाएको छ।   
25th December 2017 | १० पुष २०७४
https://pahilopost.com/content/-44295.html
national
2,534,166
2,550,170
international
इन्डोनेसियामा निरन्तर आक्रमण, बुधबार प्रहरी मुख्यालयमै हमला
एजेन्सी– इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ ।  इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ ।  बुधबार बिहान राजधानी जकार्ताबाट केही परको रियाउ प्रान्तको प्रहरी मुख्यालयमा आतंककारीहरुले बम हमला गरेका थिए । सो हमलामा भने तीनजना हमलाकारीकै मृत्यु भएको थियो ।  प्रहरीकाअनुसार सो प्रहरी चौकीमा प्रहरीको सेतो भ्यानमा आएका आठजना आतंककारी हतियारधारीले बम आक्रमण गरेका थिए । तर त्यस आक्रमणमा चार जना आत्मघाती हमलाकारी नै मारिएका छन् ।  अरु केही घाइते भएका छन् । प्रहरीको कारबाहीबाट केही घाइते भएका तथा भागेका बताइएको छ । यस आक्रमणबाट प्रहरीतर्फ भने कुनै क्षति भएको छैन ।  उता इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा गएको आइतबार मात्र तीनवटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका ११ जनाको ज्यान गएको प्रहरीले जनाएको थियो ।  आतंककारीहरुले सोमबार र मंगलबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए ।  बुधबार हमला गर्ने आत्मघातीको परिचय खुलेको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको पूर्वसन्ध्यामा बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ ।  इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले विभिन्न समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाली मुस्लिमले यसै हप्ता रमादानको ब्रत बस्ने तयारी गरिरहेका छन् ।  त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो ।   
जेठ २, २०७५
https://ratopati.com/story/45159/2018/5/16/news
global
2,216,457
2,232,461
समाचार
सहायक प्रजिअलाई कोरोना पुष्टि भएपछि सीडीओ कार्यालय बन्द
हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक साताका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै कार्यालयले एक साताका लागि सम्पूर्ण प्रशासनिक काम बन्द गरिएको जानकारी दिएको हो । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि संक्रमण न्युनीकरणका लागि प्रशासनिक काम बन्द गरिएको हो । यस अवधिमा नागरिकतालगायत कुनै पनि सेवा प्रदान नगरिने कार्यालयले जनाएको छ । प्रशासनमा सेवाग्राहीको भीडभाड बढी हुनुका साथै सङ्क्रमण थप फैलन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह गर्दै एक साताका लागि कार्यालय बन्द गरिएको सूचनामा उल्लेख छ । सहायक प्रजिअ राईमा कोरोना पुष्टि भएपछि उनी होमआइसोलोशनमा बसेका छन् । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । कोरोनाको तेस्रो लहर हुम्लामा पहिलोपटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ र एक मालपोत कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो । यसअघिका सङ्क्रमित निको भएर सबै घर गइसकेका छन् । हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमित संख्या १० पुगेको छ । प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ । रासस
१८ माघ २०७८, मंगलवार
https://www.nayapage.com/archives/372613
news
1,710,366
1,724,805
investment
वेष्टर्न बैङ्कले थप्यो हकप्रदमा आवेदन दिने म्याद
पुस २५, काठमाडौं(अस) । वेष्टर्न डेभलपमेण्ट बैङ्क लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद माघ १२ गते सम्म थप गरेको छ । बैङ्कको हकप्रद निष्कासन तथा  विक्री बन्द माघ १२ गते हुनेछ । बैङ्कले १ बराबर १ को अनुपातमा १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको थियो । बैङ्कको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।              
Jan 9, 2017
https://www.abhiyandaily.com/newscategory-detail/90502
economy
1,370,265
1,384,704
छुटाउनुभयो कि?
गोलीसँग खेल्नु र ओलीसँग खेल्नु !
एक जमाना यस्तो पनि थियो, कमरेड प्रचण्डको नाम लिँदा ‘जनयुद्धका सर्वोच्च कमाण्डर कमरेड प्रचण्ड’ भनेर अलि लामै विशेषण जोड्ने गरिन्थ्यो । हो पनि । जनयुद्धको कमाण्डिङ गर्नु निश्चय पनि गार्‍है काम हुनुपर्छ । छिनछिनमा बन्दुक बोक्नुपर्ने । छिनछिनमा गोली पड्काउनुपर्ने । रातदिन गोलीसँग खेलेर उनले जनयुद्ध लडेका थिए । अब जनयुद्ध सकियो । गोलीसँग खेल्ने जमाना पनि सकियो । तर, शान्तिपूर्ण बाटोमा आएपछिचाहिँ गोली होइन, ओलीसँग भिड्नु परिरहेको छ । अहिले हेर्नोस्, पार्टीमा उहाँको भिडन्त ओलीसँग चलिरहेको छ । प्रचण्डको गोलीसँग लड्ने दिन पो सकिएको रहेछ, ओलीसँग लड्न त बाँकी नै छ नि । अहिले हरेक दिन ओलीसँग भिड्ने बाहेक प्रचण्डको अरु कामै छैन जस्तो छ । बिहान उठ्यो, दाँत-साँत माझ्यो, बालुवाटार गयो, ओलीसँग भिड्यो । अनि लखतरान भएर लुरुलुरु फर्क्यो । तर, अहिलेसम्मको भिडन्तमा शायद  उनले राम्रै महसुस गरिसकेको हुनुपर्छ कि ओलीसँग खेल्नु भनेको गोलीसँग खेल्नु जति सजिलो होइन रहेछ । गोलीसँग त जसरी लडे पनि हुन्छ । गोली हान्यो, अनि भाग्यो । फेरि हान्यो, फेरि भाग्यो । हान्यो, भाग्यो । भाग्यो, हान्यो । सजिलो छ । तर, ओलीसँग यसरी लडेर हुँदैन । ओलीलाई हानेर भाग्ने होइन, उल्टो ओलीले नै भगाउला जस्तो देखिइरहेको छ । गोलीको हरेक मोर्चामा जितेका कमरेड प्रचण्ड अहिले ओलीको चाहिँ हरेक मोर्चामा हार व्यहोरिरहेका छन् । गोलीसँगको युद्ध त दसै वर्षमा टुंगिएको थियो । ओलीसँगको युद्धचाहिँ त्योभन्दा पनि लामो होला जस्तो छ । कि कसो ? आफ्नो रक्षा र रक्षा मन्त्री नेकपाको सचिवालय बैठक पार्टी कार्यालयमा बसौँ भन्दा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको कारण देखाई पार्टी कार्यालयमा बैठक बस्न नसकिने बताउनुभएको रहेछ । तर, यो ‘सुरक्षा थ्रेट’ कस्तो प्रकारको थ्रेट हो, त्योचाहिँ अझै थाहा हुन सकेको छैन । थाहै नभएको थ्रेट भए पनि आफ्नो रक्षा गर्नु उहाँको दायित्व हो । किनभने, उनी यो देशको प्रधानमन्त्री मात्र होइन, रक्षा मन्त्री पनि हुन् । रक्षा मन्त्री भएको नाताले अरु कसैको रक्षा गर्न नसके पनि आफ्नो रक्षा त उनले गर्नै पर्छ । होइन भने मान्छेले भन्न सक्छ, जाबो आफ्नो त रक्षा गर्न नसक्नेले अरुको के रक्षा गर्ला र ? अतः त्यसरी भन्न नदिन पनि उनले आफ्नो रक्षा गर्नै पर्छ । उनी भन्दा अघि रक्षा मन्त्री कमरेड ईश्वर पोखरेल थिए । तर, रक्षा मन्त्री ईश्वर पोखरेल र प्रधान सेनापतिबीच टकराव आएपछि उनले ईश्वर पोखरेललाई रक्षा मन्त्रीबाट हटाए । त्यसो त रक्षा मन्त्रीसँग टक्कर लिएको निहुँमा हटाउनुपर्ने त प्रधान सेनापतिलाई हो । तर, प्रधान सेनापतिलाई हटाए भने अन्तिम नतिजा के हुन्छ भन्ने कुरा उनले कमरेड प्रचण्डबाट पटक-पटक नै सुनेको हुनुपर्छ । त्यसैले उनले प्रधान सेनापति नहटाइकन रक्षा मन्त्री ईश्वर पोखरेललाई हटाइदिए । त्यो हटाएका कारण उनको प्रधानमन्त्री पदको रक्षा भयो । यसरी चतुरतापूर्वक आफ्नो पदको रक्षा गर्न समर्थ भएका कारण देशको रक्षा मन्त्री पद ओली आफैंले लिए । लिएको राम्रो पनि भयो । रक्षा मन्त्री त त्यही हुने हो जसले आफू, आफ्नो पद, आफ्नो परिवार, आफ्नो नातागोता र आफ्नो गुटको रक्षा गर्न सक्छ । रक्षै नगर्नेलाई रक्षा मन्त्री बनाएर के काम ? उपहारको उचाइ सगरमाथाको उचाइ बढेको समाचारले सबै नेपालीहरूको छातीको नाप पनि बढेको छ । अब त पुरानो लुगा लगाउँदा जम्मैको छातीतिर कस्सिएर सास्ती होला कि भन्ने पो पिर पर्न थालेको छ । सगरमाथाको उचाइ पहिले ८८४८ मिटर थियो । अहिले त्यसमा दशमलव ८६ मिटर थपिएर आएको छ । सगरमाथाको उचाइमा यो दशमलव ८६ मिटर कहाँबाट आयो ? यो भने खोजीको विषय बनेको छ । यसपटक सगरमाथाको उचाइ घोषणा गर्दा चीन पनि साथै थियो । त्यसैले यो दशमलव ८६ मिटर चीनले नै दिएको हुनुपर्छ । अर्थात, सगरमाथाको उचाइमा थपिएको यो दशमलव ८६ मिटर जो छ, त्यो चीनले नेपाललाई दिएको उपहार पनि हुन सक्छ । चीनले यति उपहार दिए वापत अब नेपालले कति उपहार उता पठाउने होला, अनुमान गर्न सकिएला ?
२०७७ मंसिर २८ गते १२:०८ मा प्रकाशित
https://www.onlinekhabar.com/2020/12/915195
misc
45,348
45,412
देश
मालपोत कार्यालयविरुद्ध अदालतमा रिट
कर्णाली । जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अधिवक्ता खत्रीले मालपोतले सहजरूपमा सेवा नदिई सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गरेको, मालपोतको सेवा सुधार गर्न सरोकारवाला निकायले बेवास्ता गरेको र कर्मचारीले बिचौलियामार्फत सेवा प्रवाह गर्ने गरेकाले अदालतमा रिट दायर गर्नुपरेको बताए । साबिकको क्षेत्रीय सदरमुकामसमेत रहेको प्रदेश राजधानीमा घरजग्गाको कारोवारमा अत्यधिक वृद्धि भएसँगै मालपोतमा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । रासस 
बिहीबार, मंसिर १८, २०७७
https://baahrakhari.com/news-details/299517
national
232,606
244,979
null
थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो 
काठमाडौं, असोज २० : नेपालमा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।   मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १५५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। संक्रमितमध्ये ६७ हजार ५४२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५६३ जनाको मृत्यु भएको छ।   प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर २३४० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
Tuesday, 6th October 2020 10:04:00 pm
https://kathmandupress.com/news/23753
news
2,707,403
2,723,407
समाज
बारामा लकडाउन उल्लंघन गर्ने १४ जना पक्राउ
बारा : कोरोना भाइरसको जोखिमलाई ख्याल गरेर सरकारले आह्वान गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी भएको निषेधाज्ञा आदेशलाई उल्लंघन गर्ने १४ जना पक्राउ परेका छन्। बारा : कोरोना भाइरसको जोखिमलाई ख्याल गरेर सरकारले आह्वान गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी भएको निषेधाज्ञा आदेशलाई उल्लंघन गर्ने १४ जना पक्राउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई संक्रमक रोग ऐन २०२० अनुसार कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा पठाइएकोमा कार्यालयबाट जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।प्रहरीले अवज्ञा तथा उल्लंघन गर्ने २३ वटा मोटरसाइकल पनि नियन्त्रण लिएको छ। पक्राउ परेका सवारी साधन समेत नियन्त्रणमा लिई जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ। जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई संक्रमक रोग ऐन २०२० अनुसार कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा पठाइएकोमा कार्यालयबाट जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। प्रहरीले अवज्ञा तथा उल्लंघन गर्ने २३ वटा मोटरसाइकल पनि नियन्त्रण लिएको छ। पक्राउ परेका सवारी साधन समेत नियन्त्रणमा लिई जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ।
चैत २३, २०७६ आइतबार
https://thahakhabar.com/news/95208
society
1,824,821
1,839,267
null
पार्टी फुटाउन माधव नेपाललाई उचाल्दै बामदेव गौतम
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बैठकमा माधव नेपाल पक्षले विद्रोह गर्न सक्ने परिस्थिति बनिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाललाई पार्टी विभाजन गर्न उक्साउने किसिमको अभिव्यक्ति दिएका छन् । उनले यदि माधव नेपालले पार्टी विभाजन गरे आफू माधव नेपालको पक्षमा लाग्ने बताएका छन् । माधव नेपाल पक्ष पार्टीभित्र महिनौंदेखि असन्तुष्ट रहेको र एमाले विभाजन हुन सक्ने आँकलन गरिएका बेला गौतमको ‘आगोमा घिउ थप्ने’ खालको अभिव्यक्ति आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताको विन्दुबाट अघि बढ्न आग्रह गर्दै आएका गौतमले अध्यक्ष ओली त्यो विन्दुमा फर्किन असहमत भएपछि माधव नेपालतिर जाने संकेत गरेका हुन् । स्मरणीय छ बामदेव गौतमले यसअघि पनि नेकपा एमाले विभाजन गरिसकेका छन् । तत्कालीन समयमा मनमोहन अधिकारी आलंकारिक अध्यक्ष र माधवकुमार नेपाल कार्यकारी महासचिव रहेका बेला गौतमले २०५४ सालमा एमाले विभाजन गरेका थिए । तर, पछि बामदेव एमालेमै फर्किएका हुन् ।
२०७८ वैशाख २७ गते १३:४२
https://www.dcnepal.com/2021/05/249847/
null
997,664
1,012,103
null
औद्योगिक क्षेत्रमा हडताल नगर्ने सहमति
काठमाडौं — आगामी चार वर्षसम्म उद्योग व्यवसाय क्षेत्रमा बन्द हडताल नगर्ने बाचा गर्दै रोजगारदाता र मजदुरले संयुक्त रूपमा औद्योगिक शान्ति वर्ष घोषणा गरेका छन् ।
2011
https://ekantipur.com/Other/2011/03/25/326974.html
misc
1,933,177
1,947,623
mustread
यात्रुबस दुर्घटना, १२ जनाको मृत्यु, ११ जना घाइते
अर्घाखाँची समाचारदाता अर्घाखाँची, मङ्सिर ११ गते । अर्घाखाँचीको सन्धिखक बाट बुटवलतर्फ गएको बस नरपानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन्र। लु २ ख २१४८ नम्वर बस सडकबाट करीब पाँच सय मिटर तल खसेका सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले बताउनुभायो । मृतककाे संख्या बढ्रन सक्ने बताइएकाे छ । 
  मंसिर ११ २०७६
https://gorkhapatraonline.com/mustread/2019-11-27-4753
misc
1,543,007
1,557,446
विजनेश-फिचर
वाइडबडी खरिदमा सन्तुष्ट छु : सुगतरत्न कंसाकार
२१ जेठ, काठमाडौं । नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंसाकार वाइडबडी विमान खरिद प्रकरणलाई लिएर विवादित बन्दै आएका छन् । विमान खरिदमा अनियमितता भएको आरोप एकातर्फ लागिरहेको छ । अर्कोतिर कंसाकारको पहलमा खरिद गरिएका जहाजले नेपाल एयरलाइन्सलाई ‘अजम्बरी बुटी’ को काम गरेको तर्कसमेत गर्न थालिएको छ । कंसाकारले निगमका लागि कति काम गरे, कति अनियमितता या भ्रष्टाचार गरे, त्यो हेर्ने आधिकारिक निकाय छन् । उनीहरुले यसबारेमा नै फैसला गर्लान् । तर, करीव ३ दशकसम्म जहाज नभित्र्याएर निगमलाई धरासायी बनाउने प्रवृत्तिविरुद्ध भने कंसाकारले खुट्टा कमाएनन् । निगमलाई अहिले ४ वटा नयाँ जहाज ल्याएर एक सक्षम कम्पनी बन्ने आधार भने बनाइदिएका छन् । अब आगामी नेतृत्वले यी जहाजलाई कसरी उपयोग गर्छ, त्यो भने हेर्न बाँकी छ । धन्न नेपालले बोइङ किनेन ! पूर्वसचिव भीम उपाध्यायले १४ जेठमा ट्वीट गरे– सुगत कंसाकारले अरुको दबावमा परी एयरवस वाइडबडी नकिनेर अहिले विश्वभरि ग्राउण्डेड भएको बोइङ वाइडबडी किनेको भए नेपालको अहिले के हालत हुने रैछ है ! पशुपतिनाथले नै नेपालको रक्षा गरेछन् । हुन पनि, इन्डोनेसियाको लायन एयर र इथियोपियाको इथियोपिन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज एक वर्षका अन्तरमा एउटै प्रकृतिको प्राविधिक त्रुटीका कारण दुर्घटनामा परेपछि यी मोडलका जहाज संसारभर ग्राउण्डेड छन् । थुप्रै देशले बोइङ ७३७ म्याक्सलाई उडान प्रतिवन्ध लगाएका छन् । नेपाल एयरलाइन्सले जहाज किन्ने प्रक्रिया थाल्दा विश्वमा यही मोडल लोकप्रिय थियो । बोइङ कम्पनीको ब्यापार उच्च गतिमा चलिरहेको थियो । त्यही मेसोमा नेपाल वायु सेवा निगमले पनि बोइङ ७३७ म्याक्स किनेको भए अहिले के हुने थियो होला भन्ने भीम उपाध्यायको प्रश्न आफैंमा अर्थपूर्ण छ । इन्जिनियरदेखि महाप्रबन्धकसम्म नेपाल एयरलाइन्सका महाप्रवन्धकका रुपमा विवादास्पद दोस्रो कार्यकाल बिताएर सुगतरत्न कंसाकार बिदा भएर जाँदाजाँदै उनले आधिकारिक सामाजिक सञ्जालमार्फत आफ्नो विदाई भाषण सार्वजनिक गरे । जहाँ उनले भनेका छन्, ‘नेपाल भ्रमण वर्ष २०११ अगावै जसरी भए पनि कम्तिमा एउटा नयाँ टल्केको विमान काठमाडौंमा अवतरण गराउने महान लक्ष्य लिएर युद्धस्तरमा खरिद प्रकृया बढाएँ । तर, निगमलाई कुनै हालतमा उँभो लाग्न नदिने केही तत्वले अनर्गल प्रचार–प्रसार गरी विमान खरिद प्रकृयामा अवरोध खडा गरिदियो र मुद्दा मामिलामा अल्झाएर दुईवटा न्यारोबडी ए३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन गयो ।’ सरकारी सेवामा करीव ४१ वर्ष बिताएका इञ्जिनियर कंसाकारलाई नेपालको खरीद प्रक्रियाको जञ्जाल थाहा नहुने कुरै भएन । त्यो खुबीले पनि नेपाल टेलिकममा उनको नेतृत्व सफल भयो । वायुसेवा निगममा चाहीँ उनी धेरै विवादित बन्न पुगे । त्यसो किन भयो त ? विमान कारोबारका जानकारहरुका भनाइमा, नेपालमा विमान निर्माता कम्पनीहरु बोइङ र एयरबसको व्यापारिक स्वार्थ जोडिएको कुनै पनि निर्णय निर्विवाद हुन गाह्रो छ । उनीहरुका अनुसार, जहाज व्यापारमा मध्यस्तकर्ताका रुपमा कमिसन खान चाहनेहरुले निगमको खरीद प्रक्रियालाई जहिल्यै विवादित बनाउँछन् । कंसाकार पहिलो पटक ०६५ मंसिरमा निगमको महाप्रवन्धक नियुक्त भएका थिए । सरकारी सेवामा ३४ वर्षे अनुभव लिएर निगम प्रवेश गर्नासाथ उनले नयाँ जहाजलाई नै लक्ष्य बनाएका थिए । निगमले ०४४ सालयता जहाज थप्न सकेको थिएन । अर्कोतर्फ भएका जहाज बिक्री गर्ने र भाडाका जहाज उडाउने खेलले निगमलाई धराशयी बनाउन लागेको अवस्था थियो । यसबीचमा धमिजादेखि लाउडासम्मका काण्ड भएका थिए । कंसाकार आएको पाँचौं महिनामा निगमले नयाँ जहाज किन्न टेण्डर आह्वान गर्‍यो । त्यो निर्णयलाई निगमको पुनरागमन मान्नेहरु अहिले पनि भेटिन्छन् । तर, त्यो निर्णयबाट जहाज खरिद प्रक्रिया शुरु हुनासाथ कंसाकार विवादमा तानिए । मामिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्यो । अख्तियारले छानविन थाल्दा निगमले एयरबस कम्पनीलाई प्रतिवद्धता वापत पाँच करोड ७३ लाख ७५ हजार रुपैयाँ पठाइसकेको थियो । त्यसमा अनियमितता भएको भन्दै अख्तियारले ९ पुस २०६७ मा विशेष अदालतमा मुद्दा दायर गर्‍यो । त्यो मुद्दा कसरी, कहाँ पुग्यो भन्नेमा कंसाकार खासै मतलब राख्दैनन् । ‘त्योबेला योजना अनुसार ६ वटा विमान ल्याउन दिएको भए आज निगमसँग घटीमा १० वटा जेट विमान हुन्थे, सन् २०१३ को शुरुमै जापान र युरोप उडान भइसक्थ्यो’, उनी भन्छन्, ‘मतलब राख्नुपर्ने कुरा त यो हुनुपर्ने हो नि !’ त्यो हुन सकेको भए आज नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र यूरोपेली यूनियन (इयू)को कालो सूचीमा पनि नपर्ने कंसाकारको भनाई छ । ‘हामी उनीहरुको ब्ल्याक लिस्टमा परेको सन् २०१३ को अन्त्यतिर हो’, उनी भन्छन्, ‘किनभने, सेवा सञ्चालन भैसकेका गन्तव्यहरुमा ब्ल्याक लिस्टको असर पर्दैनथ्यो ।’ पहिलो कार्यकालमा कंसाकारमाथि लागेको भष्ट्राचार मुद्दामा सर्वोच्च अदालतले १२ बैशाख ०६९ मा फैसला सुनाउँदै जहाज खरीद प्रक्रिया ऐन–कानून बमोजिम नै रहेको भन्दै आरोपित सबैलाई सफाई दियो । त्यसबेला सर्वोच्चको फैसलाको एक वाक्यलाई कंसाकारले आफ्नो बिदाई मन्तव्यमा उद्धृत गरेका छन् । जसमा भनिएको छ–‘व्यवस्थापनको प्रतिभा, क्षमता र नेतृत्वदायी भूमिकाको जिम्मामा धेरै ठूलाठूला आयोजना जिम्मा लगाउने हुनाले उनीहरु पनि राष्ट्र र समाजका पूँजी हुन भन्ने सकारात्मक दृष्टिकोणले उनीहरुको सम्बन्धमा जिम्मेवारीका साथ र विधिसम्वत निर्णय लिने सोच सबैमा हुन जरुरी छ । ’ त्यसबेला एयरबसले पनि कंसाकारको पक्षमा ठूलै निर्णय गरेको थियो । निगमले जहाज खरीद प्रतिवद्धतावापत पठाएको बैना रकम उसले फिर्ता दिएको थियो । सामान्यतः यस्तो रकम फिर्ता हुँदैन । मुद्दा शुरु भएपछि कंसाकार जिम्मेवारीविहीन भए, अनौपचारिक कुराकानीका क्रममा उनी भन्ने गर्छन, ‘त्यो काण्डपछि एयरबसको हेडअफिसमा सुगत कंसाकार भन्ने नेपालीको नाम खुब चल्यो ।’ कंसाकारले शुरु गरेको प्रक्रियाबाटै २०१५ फेबु्रअरीमा न्यारोवडी ए ३२०–२०० जहाज काठमाडौं ओर्लियो, जसलाई निगमले २८ वर्षपछि ब्राण्डन्यू राष्ट्रिय ध्वजाबाहकको रुपमा स्वागत गर्‍यो । निगमले यससँगै २८ वर्षपछि ब्रान्ड न्यू जहाज भित्रायो । नेपालसँग त्यसअघि अमेरिकी कम्पनी बोइङका दुई जहाज थिए । निगमले यूरोपमा निर्माण हुने जहाज एयरबस कम्पनीमा जाने निर्णय गर्‍यो । अझ भन्ने हो भने उक्त जहाज नेपाल आएपछि नेपालमा बोइङ यूग नै समाप्त भयो । अबको केही वर्ष निगम बोइङमा फर्कने छैन । किनकि एउटा वायुसेवा कम्पनीमा फरक फरक ब्राण्डका जहाज राख्दा त्यसको सञ्चालन खर्च दोब्बरले बढ्ने भएकाले अन्तरराष्ट्रिय स्तरमै सकेसम्म एउटै ब्राण्डका जहाज चलाउने प्रचलन हुन्छ । दोस्रो कार्यकाल र वाइडबडीको विवाद नेपाल सरकारले सुगतरत्न कंसाकारलाई १४ जेठ ०७२ मा पुनः नेपाल एयरलाइन्सको महाप्रवन्धक नियुक्त गर्‍यो। त्योबेला उनले चारवर्षभित्र नयाँ जहाज किन्ने र भएका जहाजहरुलाई पूर्ण क्षमतामा चलाउने योजना सार्वजनिक गरेका थिए । पहिलो कार्यकालमा विवादित बनेका कंसाकारको दोस्रो कार्यकाललाई धेरैले चासोका साथ हेरेका थिए । उनी निर्णय गर्न हिच्किचाउँदैनन्, राजनीतिक–प्रशासनिक नेतृत्वलाई ‘कन्भिन्स’ गर्ने क्षमता राख्छन् भन्ने भएकाले पनि निगममा उनको दोस्रो कार्यकाल धेरैका लागि चासोको बिषय बनेको थियो । नभन्दै, उनले लामो दूरीमा उडान भर्ने वाइडबडी जहाज खरीद प्रक्रिया शुरु गरे । ०७२ असोजबाट थालिएको खरिद प्रक्रिया अनुसार १४ असार ०७५ मा पहिलो वाइडबडी विमान काठमाडौं ओर्लियो । त्योसँगै कंसाकार पुनः विवादित बने । महालेखा परीक्षकको कार्यालयले वाइडबडी जहाज खरीद प्रक्रियामा कैफियत देखाएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उप–समिति बनाएर छानविन गर्‍यो । उप–समितिले वाईडबडी विमान खरिदमा चारअर्ब रुपैंयाभन्दा बढी अनियमितता भएको आरोप लगाएपछि कंसाकार चर्काे आलोचनाको निशानामा परे । तत्कालीन नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी र दुई पूर्वमन्त्री पनि यो ‘घोटाला’मा मुछिए । यो प्रकरण अहिले अख्तियारको टेवलमा पुगेको छ । ‘निगम संसारको प्रतिस्पर्धी कम्पनी बन्छ’ ‘अरु कुरा जति छन् ती सबै पछि स्पष्ट होला’, कंसाकारले अनलाइनखबरसँग भने, ‘म आफूचाहिँ आफ्नो काम र कार्यकालबाट बढी सन्तुष्ट कम दुःखी छु ।’ ‘भ्रष्टाचारले अति गाँजेको मुलुक भएर होला नेपालमा भ्रष्टाचारको बिल्ला झुण्डाइदिएर थला पार्न सकिन्छ भन्ने प्रवृत्ति हावी छ,’ उनी भन्छन्, ‘एउटा आरोप लगाएर त्यसलाई ‘इस्यू’ बनाउने अनि त्यसकै आधारमा व्यक्तिको छवि धमिल्याउने प्रवृत्तिले देशको हित गर्छ जस्तो लाग्दैन ।’ आधिकारिक निकायले छानविन गरिरहेको वाइडबडी खरिद प्रकृयाबारे टिप्पण गर्न अनुपयुक्त हुने उनले बताए । आफूले चाहिँ नेपाल वायु सेवा निगमका लागि आधार बनाइदिएको उनी बताउँछन् । कंसाकार भन्छन्, ‘अब निगमलाई पछाडि फर्कनुपर्ने छैन, नयाँ जहाजहरु थपेर संसारको प्रतिस्पर्धी कम्पनी बन्न सक्छ ।’ त्यसो त वाइडबडी खरिद प्रक्रियामा गडबडी भएको महालेखा परीक्षकको प्रतिवेदन र संसदीय समितिले औंल्याएका छन् । उता प्रधानमन्त्री केपी ओलीले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी यो प्रकरणमा निर्दोष रहेको सार्वजनिक कार्यक्रमहरुमा बताइरहेका छन् । सरकारले वाइडबडी खरिद प्रक्रियामाथि छानविन गर्छु पनि भनिरहेको छ । यसक्रममा कंसाकारमाथि पनि छानविन हुने/हुनुपर्ने बताइँदै आएको छ । तर, सरकार अहिलेसम्म वाइडबडीको विषयमा किन कानमा तेल हालेर बसिरहेको छ ? यसरी मौन बस्नुको कारण कतै वाइडबडीको खरिद प्रक्रिया ठीकै थियो भन्ने सरकारको निश्कर्ष हो ? यो प्रश्नको जवाफ दिने आधिकारिक निकाय अब सरकार वा अख्तियार नै हो । आखिर जे भए पनि बाइडबडी खरिद प्रकरणमा के कसो भएको हो, चाँडै यथार्थ विवरण बाहिर ल्याएको खण्डमा सुगतरत्नले पनि ‘न्याय’ पाउने थिए कि ? भलै अनुसन्धानका क्रममा उनी दोषी नै सावित किन नहुन् ।
२०७६ जेठ २१ गते १३:४५ मा प्रकाशित
https://www.onlinekhabar.com/2019/06/770767
economy
133,594
133,667
राजनीति
संवैधानिक इजलासमा चिया ब्रेक : रिट निवेदक पक्षको ४५ मिनेट बाँकी
संसद विघटनसँग सम्बन्धित रिटहरुमाथि वहस भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा चिया ब्रेक भएको छ । चिया ब्रेकअघि रिट निवेदक पक्षका वकिलहरुले वहस गरेका छन् ।  चिया ब्रेक हुनुअघि निवेदक पक्षका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले वहस गरे । उनले कांग्रेस सभापति शेर बहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्नका लागि परमादेश जारी हुनुपर्ने बताए ।  वरिष्ठ अधिवक्ता खरेलले भने, ‘बहुमतको समर्थन रहेका देउवालाई ७६(५) अनुसार नियुक्त गर्नु भनेर परमादेश जारी गर्नु पर्छ, यो बाध्यकारी अवस्था हो । यसअघि भएको फैसला अदालतको अभिलेखमा छ ।’ वहसका क्रममा खरेलले राष्ट्रपतिले उच्चारण गरेको शब्द ‘त्यो पर्दैन’ भन्ने शब्द उच्चारण गर्न मिल्छ भन्दै प्रश्न गरे ।  सांसदहरु जाँदा कुराएर राख्ने अनि ओलीले गरेका निर्णय चाहिँ मध्यरातमा सदर हुने विषयमा पनि उनको प्रश्न थियो । खरेलको वहससँगै इजलासमा चिया ब्रेक भएको छ । चिया ब्रेकपछि वहसका लागि रिट निवेदक पक्षको ४५ मिनेट समय बाँकी रहेको छ ।   
१३ असार, २०७८
https://farakdhar.com/story/55202
politics
1,993,655
2,009,659
sports
आईपीएलमा चेन्नाई सुपर किंग्सको विजयी सुरुआत
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजय सुरुआत गरेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई चेन्नाईले ५ विकेटले पराजित गरेको हो । युएईको अबुधाबीमा शनिबार भएको उदघाटन खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नाईले १९ दशमलब २ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । चेन्नाईका लागि अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले अविजित रहदै ५५ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो । मुम्बईका लागि सौरव तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्वीन्टन डि कक ३२ रनमा पेभेलियन फर्किएका थिए । केरोन पोलार्ड १८ तथा सूर्य कुमार यादव १७ रनमा आउट भए । कप्तान रोहित शर्मा १२ रन बनाउँदा पहिलो विकेटको रुपमा आउट भएका थिए । चेन्नाईका लागि लुंगि एनगिडीले तीन विकेट लिँदा दीपक चहार र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । एजेन्सी
४ आश्विन २०७७, आईतवार ०७:३१
https://www.imagekhabar.com/news/177491/
sports
1,308,594
1,323,033
health
कोरोना भाइरसको परीक्षण शुल्क घटेपछि गुणस्तर कायम रहन्छ?
पीसीआर परीक्षणका निम्ति आवश्यक पर्ने रिएजेन्टलगायतका सामग्रीको उपलब्धता बढेको र बजार भाउ घटेको भन्दै सरकारले कोरोना भाइरस परीक्षण शुल्क अधिकतम दुई हजार रुपैयाँ कायम गरेको छ।   निर्णयपछि केही निजी अस्पतालहरूले विज्ञप्ति जारी गर्दै घाटा पर्ने र कमसल परीक्षण प्रविधिलाई बढावा दिने दाबी गरेका छन्। कतिपय प्रयोगशालाले भने सरकारले पछिल्लो शुल्क तोक्नुअगावै कम मूल्यमा परीक्षण गर्न थालिसकेका थिए। परीक्षणको शुल्क कम भएपछि गुणस्तरहीन सामानको प्रयोग हुने र विश्वसनीयता कम हुने आशङ्का पनि व्यक्त भएका छन्। गुणस्तर कायम राख्नका लागि सरकारले कसरी अनुगमन गर्छ त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले परीक्षणको सामग्रीको आयातदेखि नै मन्त्रालयको निगरानी रहने बताए। 'गुणस्तरहीन सामानको आयात नै हुन नदिने गरी सुरुदेखि नै प्रबन्ध गर्छौँ। यस्तो सम्वेदनशील विषयमा विश्वसनीयता गुम्न नदिन प्रयोगशालाले कसरी परीक्षण गरिरहेका छन् र मापदण्ड पूरा गरेका छन्/छैनन् भन्ने निगरानी पनि मन्त्रालयले निरन्तर गर्छ,' डा अधिकारीले बीबीसीलाई भने। 'परीक्षण गर्दा कुनै प्रयोगशालामा कोरोना भाइरसको नतिजा पोजिटिभ र कुनैमा त्यही नमुनाको परीक्षण नेगेटिभ आयो भने मन्त्रालयको टोली सम्बन्धित प्रयोगशालामा गएर ती नमुनाहरूको थप परीक्षण गर्छ। प्रयोगशालामा वा नमुना सङ्कलनमा कहाँ कमी कमजोरी भएका रहेछन् अनुगमन गरेर सुधार गर्छौं।' परीक्षणसम्बन्धी गुणस्तर नियमन अन्तर्गत कुनै पनि प्रयोगशालामा परीक्षण गरिएका नमुनाका नेगेटिभ नतिजा आएका पाँच प्रतिशत र पोजिटिभ आएका १० प्रतिशत नमुना थप परीक्षणका गरिने नियम रहेको उनले बताए। 'त्यसबाहेक मन्त्रालयको विज्ञ टोलीले बेलाबेलामा अनुगमन गर्ने र नमुना ल्याएर परीक्षण गर्ने नियम भएकोले गुणस्तरको पाटोमा सर्वसाधारणहरू ठगिने अवस्था आउँदैन,' उनले भने।
२ आश्विन २०७७
https://nagariknews.nagariknetwork.com/health/338871-1600433090.html?click_from=category
health
856,240
870,679
null
असिनापानीले गहुँमा क्षति
स्याङ्जा — असिनाले जिल्लाको पश्चिम भेगको गहुँ बालीमा ठूलो क्षति पुगेको छ । कालीगण्डकी गाउँपालिकाका विभिन्न स्थानमा असिनापानीले नोक्सान पारेको किसानले बताएका छन् ।/n कल्से डहरका पूर्ण भट्टराईले बाली उठाउनै नसकिनेगरी असिनाले सोत्तर बनाएको बताए । ‘चामलको काम गहुँले नै धान्दै आएको थियो । काटेर भित्र्याउने बेला असिनाले बर्बादै पार्‍यो,’ उनले भने, ‘बीउ पनि बचाउन पाइएन ।’ /n/nकरिब सय रोपनीमा फैलिएको खेतमा गहुँ बाली काट्नै नमिल्नेगरी असिनाले सोत्तर बनाएको उनले सुनाए । यहाँका करिब ७० घरपरिवारले गहुँ खेती गर्दै आएका छन् । /n/nगहुँखेतीका लागि यहाँको माटो उर्वर भएकाले बर्सेनि किसानले लगाउने गरेका छन् ।/n
2018
https://ekantipur.com/business/2018/04/18/152406262782458663.html
business
566,225
579,053
social
वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा
वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसमक्ष खरेलले आज राजीनामा पत्र बुझाएका हुन्। खरेलले राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जनाएको छ। केही समयअघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराईले मातहतका निकाय प्रमुखहरुलाई बोलाएर प्रभावकारी रुपमा काम गर्न नसक्ने अवस्था भएमा पदबाट राजीनामा दिएर बाटो खोल्न आग्रह गरेका थिए। २०७५ भदौमा मात्रै उनलाई निगमको अध्यक्षमा नियूक्त गरिएको थियो। वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसमक्ष खरेलले आज राजीनामा पत्र बुझाएका हुन्। खरेलले राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जनाएको छ। केही समयअघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराईले मातहतका निकाय प्रमुखहरुलाई बोलाएर प्रभावकारी रुपमा काम गर्न नसक्ने अवस्था भएमा पदबाट राजीनामा दिएर बाटो खोल्न आग्रह गरेका थिए। २०७५ भदौमा मात्रै उनलाई निगमको अध्यक्षमा नियूक्त गरिएको थियो।
आइतबार, माघ ५, २०७६, ०७:३८:००
https://www.setopati.com/social/197980
society
1,054,545
1,068,984
null
बाबु र केकी पूर्वमा
काँकडभिट्टा — शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म 'बितेका पल' का नायक-नायिका र निर्माता मंगलबार बिर्तामोडमा थिए । फिल्म प्रमोसनको सिलसिलामा हिँडेका उनीहरूले पत्रकार भेटघाट पनि गर्न भ्याए ।
2014
https://ekantipur.com/entertainment/2014/01/15/382489.html
entertainment
720,758
734,901
११ सय २० जनामा कोरोना पोजिटिभ, ४१ हजार नाघ्यो संक्रमितको सँख्या
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय २० जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार मुलुकभरि कोरोना संक्रमितको उक्त सँख्या थपिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जना महिला र ८ सय जना पुरुष गरी कुल ११ सय २० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको सँख्या ४१ हजार ६ सय ४९ जना पुगिसकेको छ । पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।  
२०७७ भदौ १७ बुधबार
https://hamrakura.com/news-details/86086/2021-12-25
misc
1,799,607
1,814,053
null
फौजको मनोबल गिराउने गतिविधि किमार्थ क्षम्य हुँदैनः प्रधानसेनापति शर्मा (भिडियोसहित)
काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चित, अस्थिर र जटिल रहेको वर्तमान परिस्थितिमा हाम्रा सामु थप चुनौती देखापरेको बताएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि पहिलो पटक आज सकल दर्जालाई सम्बोधन गर्दै उनले जटिल परिस्थितिमा संवैधानिक दायित्व सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण एवं प्रवर्द्धन गर्नका लागि सदैव तयार रहनु सेनाको पहिलो कर्तव्य भएको स्पष्ट गरेका छन् । प्रधानसेनापति शर्माले भने, “राष्ट्रियहितलाई दृष्टिगत गरी सरकारद्वारा राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति जारी भइसकेको छ । सोही अनुरुपका राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूल ग्रन्थ पुनरावलोकन गरिने छ ।’’ नीति÷रणनीति र मूलग्रन्थलाई आधार मानेर रणनीति, अप्रेशनल र टयाक्टिकल तहबीच सामान्यतया कायम हुने गरी तीन जोड एक कार्यान्वयन गरिदै लैजाने दृढता व्यक्त गर्दै उनले भने, “सेना लामो कालखण्डदेखि नै प्रणाली र पद्धतिमा आधारित सङ्गठन थियो, आज पनि छ, भोली पनि रहनेछ ।” सङ्गठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप काम गरिनेमा जोड दिँदै प्रधानसेनापति शर्माले यसै वर्षबाट सबै अङ्ग सहभागी हुने गरी युनिट तहसम्म सामूहिक तालिमलाई विशेष महत्व दिइने जानकारी दिए। द्रूतमार्ग निर्धारित समयमा पूरा गर्न विशेष पहल हुन्छ उनले भने, “आगामी तीन वर्षभित्रमा सबै फर्मेसन र युनिटमा सबै तालिममा सहभागी हुने व्यवस्था मिलाइने छ । दू्रतमार्गलाई निर्धारित समयमा सम्पन्न गर्न विशेष पहल गरिने छ ।” उनले कल्याणकारी कोष सबै हिताधिकारीको साझा र महत्वपूर्ण सरोकारको विषय भएकाले स्वास्थ, शिक्षा, स्वरोजगारलाई विशेष महत्व, १० वर्षे सेवा गरेका वहालवालालाई आवासका निम्ति रु २५ लाखसम्म सहुलीयत कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । संस्थागत हितको अभिप्रायलाई दिइने विवेकपूर्ण जोखिम तथा अनुशासित पहललाई हरहमेसा प्रोत्साहित गरिने उनले स्पष्ट पारे । प्रधानसेनापति शर्माले भने, “तर सैनिक अनुशासन, पदीय मर्यादा, आचरण विपरितका गतिविधि र सङ्गठनको तेजोबोध हुने गरी सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवान्छित गतिविधि भने किमार्थ क्षम्य हुने छैन ।”
२०७८ भदौ २५ गते २१:५०
https://www.dcnepal.com/2021/09/283025/
null
2,023,300
2,039,304
politics
‘विदेशमा रहेका नेपालीको उद्धारमा पनि तदारुकता बढाउन जरुरी’
काठमाडौं, वैशाख १३ । नेपाली कांग्रेसले विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुकबाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ । कांग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका करिब ५० लाख नेपालीको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमबारे छलफल गरी विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई पनि राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी रहेको उल्लेख गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक वक्तव्यमार्फत् विदेशमा रहेका नेपालीबारे कांग्रेसका तर्फबाट नेपाल सरकारसमक्ष प्रधानमन्त्री एवं पराराष्ट्रमन्त्रीको तहमा पटक–पटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएको उल्लेख गरेका छन् । हालसम्म विश्वभर करिब एक हजार २०० भन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएका र करिब ५० नेपालीको मृत्यु भइसकेको उल्लेख गर्दै उनले नेपालीलाई संक्रमणबाट जोगाउने र संक्रमित भएकाको उपचारमा ढिलाइ हुन नदिन संगठित पहल जरुरी रहेको बताएका छन् । कांग्रेसले सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र संगठित गर्न जरुरी रहेको उल्लेख गर्दै नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्नुपर्ने जनाएको छ । ‘रोजगारी गुमाएका या रोजगारी खतरामा परेका विदेशका नेपालीबारे नेपाल सरकारले यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण र कार्यान्वयन गर्न जरुरी छ’–विज्ञप्तिमा उल्लेख छ । केही मुलुकले विदेशी श्रमिक फर्काउने घोषणा गरिसकेका सन्दर्भमा त्यस्ता देशमा रहेका नेपालीका सम्बन्धमा नेपालले आफ्नो धारणा बनाइ उद्धार र तत्पश्चात्को आवश्यक बन्दोबस्तमा लाग्नुपर्ने कांग्रेसको सुझाव छ । प्रवक्ता शर्माले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका या फर्काउनुपर्ने स्थिति बनेका नेपालीका सम्बन्धमा आवश्यक कदम चाल्न सरकारले तत्कालै अध्ययन र उद्धार कार्यदल निर्माण गरी हरसम्भव व्यावहारिक प्रक्रियाको थालनी गर्नुपर्ने बताएका छन् । यसैगरी, महाकाली पारी धार्चुलामा रहेका नेपाली नागरिक तथा भारतका विभिन्न सहरबाट आएर नेपालको सीमानाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थितरुपले प्रवेश गराएर तीनै तहका सरकारको आपसी समन्वयमा ‘क्वारेन्टाइन’मा राख्नुपर्ने सरकारको कर्तव्य भएको कांग्रेसले जनाएको छ । उनले भनेका छन्–‘विदेशमा रहेका विद्यार्थीलाई राहत, घर फिर्ती, शुल्क तिर्न अभिभावकले नेपालमा तीर्न सक्ने गरी सहुलियत ऋण या अनुदान आदि प्रबन्ध गरेर सरकारले उच्च आत्मियता, ढाडस र अभिभावकत्व प्रस्तुत गर्नै पर्दछ ।’ साथै, सरकारले कोरोनाको जोखिम सामना गर्न स्वदेशमा रहेका साना–ठूला व्यवसायीलाई व्यावसायिक सहजताको प्याकेज निर्माण गर्न जरुरी रहेको र विदेशमा रहेका नेपाली व्यवसायीका सन्दर्भमा पनि मुलुक र व्यक्तिगत परिस्थिति हेरी आवश्यक उच्चस्तरीय पहल र अभिभावकत्व अनुभूति गराउन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता शर्माले कोरोनासँगको आजको संघर्ष एवं यो संघर्षपछिको नेपालका लागि स्वदेश र विदेशका सबै वौद्धिक मस्तिष्कले तत्कालीन र दीर्घकालीन पुनःउत्थान गर्न आवश्यक बहस र संवाद प्रारम्भ गर्न जरुरी रहेको बताएका छन् । साथै, उनले विदेशमा रहेका पार्टीका नेपाली जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई थप एकता र गतिका साथ तत्कालीन र दीर्घकालीन प्रश्नमा आवश्यक समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन् । रासस 
१३ बैशाख २०७७, शनिबार २०:४८
https://www.imagekhabar.com/news/31831/
politics
2,451,044
2,467,048
pradesh-five
नवलपरासी प्रहरीद्वारा अवैध सामान बरामद
परासी । प्रहरीले नवलपरासीको सिमावर्ती क्षेत्रबाट १ लाख ९० हजार ५ सय मूल्य बराबरको विभिन्न सर–सामान बरामद गरेको छ ।  प्रहरीले सरावल गाउँपालिका ७ भुजहवाँबाट ६ वटा खशी बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको उक्त ६ वटा खशी गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद ९० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले पाल्हीनन्दन गाउँपालिका २ बाट ११ बोरा क्यानेडियन मदर बरामद गरेको छ । बरामद मटर ५५ हजार मूल्य बराबर रहेको छ । स्थानीय तस्करहरुले उक्त मटर नेपालबाट भारत भित्र्याउन खोज्दा प्रहरीले बरामद गरेको हो । कारोबारीहरु प्रहरीलाई देखेर फरार भएका थिए । त्यसैगरी प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरिया मल पनि बरामद गरेको छ ।  व्यापारीले भारतबाट भन्सार छली घरमा लुकाई राखेको उक्त युरिया मल विशेष सुराकीको आधामार प्रहरीले बरामद गरेको हो ।  बरामद मल ४५ हजार ५ सय मूल्य बराबर रहेको र व्यपारीले मल किसानहरुलाई बढी मूल्यमा बेच्न राखेको प्रहरीले जनाएको छ । बरामद मालसमानहरु आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 
साउन ४, २०७७
https://ratopati.com/story/139121/2020/7/19/parasi-
national
1,200,371
1,214,810
social-affairs
मर्दी हिमाल जान नयाँ पदमार्ग
कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ। गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ र जनसहभागिताबाट एक लाख गरी ११ लाखमा उक्त बाटो निर्माण सुरु गरिएको हो। बाटो निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारीका अनुसार पदमार्ग निर्माणअन्तर्गत मेलबोटदेखि अस्तामसम्म बाटोको झाँडी फाँड्ने, कूल २३० मिटर बाटोमा सिँढी हाल्ने र ५० मिटर रेलिङ निर्माण गरिनेछ। मेलबोटदेखि अस्तामसम्म करिब पाँच किलोमिटर बाटोको निर्माण हुनेछ। मङ्सिरको पहिलो हप्ताबाट सुरु गरिएको उक्त बाटो निर्माणका लागि दैनिक २० देखि २५ मजदूर खटिएका छन्। पछिल्लो समय पर्यटकीय पदमार्ग मोटरेबल बाटोले विस्थापित हुँदै गइरहेको अवस्थामा नयाँ बन्दै गरेको पदमार्गले पदयात्रामा रमाउने पर्यटक लाभान्वित हुने उनको विश्वास छ। “लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा पार्क, सुनझाँक्रीको थान, अस्ताम देउराली माइको मन्दिरलगायत धार्मिक तथा पर्यटकीय र जैविक विविधतासहित पर्यावरणका हिसाबले पनि यो क्षेत्र उपयुक्त रहेकाले पदमार्गबाट पर्यटक लाभान्वित हुनेछन्”, अधिकारीले भने।   उनका अनुसार यस क्षेत्रमा पोखराबाट करिब दुई किलोमिटरको दूरीमा सुन्दर लालीगुराँस देख्न सकिन्छ। यो पाँच दिनदेखि सात दिनसम्मको पदमार्ग हो। मर्दी हिमाल र माछापुच्छ्रे नमूना ट्रेकलाई जोड्नका साथै संसारको सबैभन्दा उच्च स्थानमा साइकल लान सक्ने वातावरणका लागि यस पदमार्गले सहयोग पुग्ने उनको भनाइ छ। अधिकारीले प्रदेश सरकारको १० लाख रुपैयाँ बजेटबाट काम सुरु गरिएको र यसका लागि सङ्घीय सरकारले समेत बजेट छुट्टाएको जानकारी दिए। “अहिले सीमित बजेटमा जनसहभागितामार्फत बाटो निर्माणमा जुटेका छौं, सङ्घीय सरकारको बजेट आएपछि यसमार्गले पूर्णता पाउनेछ।”   ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले उक्त पदमार्गलाई टान मोडल ट्रेकसँग जोड्न संस्थागत अभ्यास गरिसकेको बताए। यस पदमार्गले ‘भिलेज टु भिलेज कनेक्टिभिटि’ हुने र छोटो दूरीका हाइकिङ र लामो दूरीको ट्रेकिङ दुवैको लागि उत्तिकै सहज हुने उनको भनाइ छ। उक्त पदमार्ग हेम्जाको मेलबोट सुनझाँक्री, अस्तामदेखि धम्पुस हुँदै मर्दी हिमाल पुग्नेछ। कोभिड–१९ को महामारीबीच पनि आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको मर्दी हिमालमा नयाँ पदमार्ग निर्माणले आगामी दिनमा पर्यटकको बसाई लम्बाउने र यस क्षेत्रका पर्यटकीय गतिविधिलाई बढाउने विश्वास माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गानाले बताए। रासस
१० मंसिर २०७७
https://nagariknews.nagariknetwork.com/social-affairs/389271-1606289036.html?click_from=category
society
2,296,652
2,312,656
politics
राष्ट्रियसभाको बैठक पनि स्थगित
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ। बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए। त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए। त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिए। उनले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुन विरोधी सभामुख सापकोटाको भूमिको रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरु नरहेको धारणा समेत राखे। सचेतक भट्टराईले बोलिसक्ने वित्तिकै एमाले सांसदहरुले उठेर संसद बैठक सूचारु हुन दिएनन्।  यता, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढ्नुपर्ने भन्दै एमाले सांसदहरुलाई बैठक सूचारु गराउन सहयोग गरिदिन पटकपटक आग्रह गरे। तर एमाले सांसदहरुले नमानेपछि उनले सो बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको घोषणा गरे।
September 08, 2021
https://nepalkhabar.com//politics/105593-2021-9-8-17-6-32
politics
164,496
164,703
सुरु भएन मेलम्ची आयोजनाको काम
काठमाडौं । सुन भेटिएको आशंका गर्दै बन्द गरिएको मेलम्ची सुरूङ मार्गको निर्माण कार्य अझै सुरू हुन सकेन । गत विहीबार कामगर्दै गर्दा सुन जस्तो पहेँलो धातु भेटिएपछि बन्द गरिएको काम अझै सुरू नभएको मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख घनश्याम भट्टराईले जानकारी दिए ।    बिहीबार नै काम रोकेर परीक्षणको लागि खानी विभाग पठाउने तयारी गरिएको भएपनि परीक्षणको लागि आईतबार मात्रै स्याम्पल खानी तथा भूगर्भ विभागमा आईपुगेको थियो । विभागले २४ घण्टासम्म प्रयोगशालामा राखेर गरेको परीक्षणबाट सुन नरहेको पुष्टि गरेको थियो । आयोजनाका प्रतिनिधि, स्थानीय र प्रहरी समेतको संलग्नतामा ल्याईएको उक्त बस्तु बाटैबाट साँटेर ल्याईएको भनेर स्थानीयले विभागमा नै आपत्ति पनि जनाएका थिए ।    उता, आयोजना प्रमुख भट्टराईलाई आयोजनाको काम सुरू भएको नभएकोबारे बुझ्नखोज्दा उनले काम सुरू नभएको पुष्टि गरे । सुन नभएको पुष्टि हुँदा पनि किन काम सुरू भएन त काम भन्दा  यस विषयमा साँझ मात्रै जानकारी दिन सकिने बताए । ‘म अहिले यस विषयमा कुरा गर्न सक्दिन बैठक बसिरहेका छौं साँझ मात्रै यसको जानकारी दिन सक्छौं ।’ उनले हाम्राकुरा सँग भने ।    आयोजनाको सुरुङ मार्गमा सुन भेटिएको आशंका भएसँगै काठमाडौंबासीमा भने कतै मेलम्ची आयोजनाको निर्माण कार्य पनि प्रभावित बन्ने त होईन भन्नेमा आशंका सुरू भईसकेको थियो । उक्त बस्तु धातु भएको खण्डमा सो क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरियो भने त्यसपछि काठमाडौ बासीको वर्षौदेखिको आशाको केन्द्र मेलम्ची आयोजनाको भविष्य के होला भन्ने आम मानिसको चासोको विषय बनेको हो । तर सो बस्तु सुन नभएको पुष्टि भईसकेको छ ।   
२०७३ मंसिर २१ मंगलबार
https://hamrakura.com/news-details/17350/2021-12-25
misc
93,649
93,713
null
सेतो पदार्थ तान्नेलाई विमानबाटै निकालियो
विमानभित्र कुनै पनि बेला नाकबाट केही तान्नु वा फाल्नु राम्रो बानी मानिँदैन । उडिरहेकै विमानमा एकजना यात्रुलाई कुनै शंकास्पद धूलो तथा सेतो पदार्थ नाकले तान्दै गरेको देखिएपछि उनीविरुद्ध गम्भीर अभियोग लगाइने भएको छ । साथै, ती पुरुषले मास्क लगाउन अस्वीकार गर्दै अन्य यात्री र चालक दलका सदस्यहरूसँग आक्रामक व्यवहार गरेको पाइएको छ । आइतबार अमेरिकाको न्युयोर्कबाट सान फ्रान्सिस्कोतर्फ उडिरहेको जेटब्ल्यु एयरलाइनकोे विमानभित्र यो अप्रिय घटना घटेको एबीसी–७ ले जनाएको छ ।नाम नखुलाइएका ती व्यक्तिका कारण विमानलाई मिन्निपोलिसतर्फ डाइभर्ट गरेर मिन्निपोलिस–सेन्ट पाउल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । उनलाई विमानबाट ओरालेर स्थानीय सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । उनले एउटा झोलाभरि राखेको सेतो धूलो पदार्थ छिन–छिनमा नाकबाट तान्ने गरेका थिए । उनले छुरा प्रहार गर
आइतबार ०९, जेठ २०७८
https://dhangadhikhabar.com/news/31429
news
832,287
846,726
null
सरकार जनताका अधिकार खोस्न लागीपरेको देउवाको आरोप
बुटवल — कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार जनताका अधिकार खोस्न लागीपरेको आरोप लगाएका छन् । सरकारले प्रेस, न्यायपालिका र मानवअधिकार आयोगलाई समेत नियन्त्रणमा राख्न खोजेको उनले आरोप लगाए । /nकांग्रेस रुपन्देहीको प्रथम सम्मेलनको शनिबार रुपन्देहीमा उद्घाटन गर्दै सभापति देउवाले स्वतन्त्र रुपमा लेख्ने पत्रकारको अधिकार कटौती गर्न सरकारले मिडिया विधेयक ल्याएको बताए । लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि काम कांग्रेसलाई मान्य नहुने भन्दै उनले यसविरुद्ध पार्टी एक भएर अघि बढ्नुको विकल्प नभएको बताए । /n/nकांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली नेतृत्वको सरकारबाट अब जनताले अपेक्षा गर्ने कुनै ठाउँ नरहेको धारणा राखे । उनले पार्टीका सबै नेता कार्यकर्ता मिलेर कम्युनिष्ट सर्वसत्तावाद आउन नदिन र आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन अहिलेदेखि नै लाग्न सुझाव दिए । /n/nकेन्द्रीय सदस्य बालकृष्ण खाँडले ओली नेतृत्वको सरकारबाट संविधान र राष्ट्रियताविपरीत काम भइरहेको जिकिर गर्दै यसबाट मुलुकलाई मुक्त गर्नु पर्ने बताए । /n
2019
https://ekantipur.com/news/2019/06/01/155939065861128358.html
news
2,213,742
2,229,746
null
प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ
काठमाडौं । मोरङमा प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ८ थान गरी जम्मा १ लाख ४ हजार भारतीय रुपैयाँ सहित झापा दमक नगरपालिका-९ पाडाँजुगी बस्ने ३१ वर्षीय अजय बलकोटिलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेका अजयलाई अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
२०७७,माघ,२१,बुधबार १७:२३
https://www.lokpath.com/story/364759
misc
1,487,458
1,501,897
null
इन्दुको अर्धशतकको मद्दतमा कतारलाई नेपालले दियो १४७ रनको लक्ष्य
३० कात्तिक, काठमाडौं। इन्दु बर्माले अर्धशतक प्रहार गरेपछि पहिलो टी-२० खेलमा नेपाली महिला क्रिकेट टिमले कतारलाई १४७ रनको लक्ष्य दिएको छ । पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १४६ रन बनाएको हो । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा इन्दुले ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् । इन्दुको अर्धशतक नेपालले महिला टी-२० अन्तर्राष्ट्रियमा प्रहार गरेको पहिलो अर्धशतक हो । तेस्रो नम्बरमा ब्याटिङ गरेकी इन्दुले ४५ बल खेल्दै ४ चौकाको मद्दतमा ५० रन बनाएकी थिइन् । ४७ बल खेलेकी उनले कुल ५ चौका प्रहार गरिन् । यस्तै ओपनर सीता राना मगरले ३३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन जोडिन् । ओपनर काजल श्रेष्ठ ३ रनमै आउट भएपनि इन्दु र सीता राना मगरले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । जुन नेपालको लागि कीर्तिमानी साझेदारी गरे । यसअघि सीता र इन्दुले २०१९ मा इन्डोनेसियाविरुद्ध दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । नेपालका लागि सरिता मगरले २१ बलमा २१ रन जोडिन् । कप्तान रुबिना क्षेत्री खाता नखोली रनआउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । कविता जोशी र संगीता राईले यसै खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरे ।
१ मिनेट अगाडि
https://www.onlinekhabar.com/2021/11/1039749
null
1,931,110
1,945,556
featured
त्रिदेशीय महाबु सडकखण्डको काम सदरमुकामबाट शुरु
दैलेख, साउन ९ गते । सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम सदरमुकामबाट शुरु हुने भएको छ । महाबु सडकखण्डमा यस वर्ष रु २० करोड विनियोजन भएको छ । गत वर्षदेखि नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत रकम विनियोजन भई काम शुरु गरिएको हो । गत वर्ष विनियोजन गरिएको रु ८० करोड मुगु र डोल्पा सडकखण्डमा खर्च गरिएको थियो । यस वर्ष विनियोजन गरिएको रु ६० करोडमध्ये मुख्य समस्या मानिएको दैलेख सदरमुकामको काँडाचौरबाट महावु सडकखण्डका लागि रु २० करोड विनियोजन गरिएको छ । गत वर्षदेखि निरन्तर यस अभियानमा लागेको र यस वर्षबाट सडक स्तरोन्नतिसँगै, सडक चौडा, नाली, ग्याबिन र कालोपत्रका लागि क्रमागत योजनाअन्तर्गत दैलेख खण्डमा रु २० करोड विनियोजन भएको प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत उक्त रकम खर्च गरिने भएको छ । कूल रु ६० करोडमध्ये रु २० करोड महावु सडकखण्डकै लागि भनेर विनियोजन भएर रेडबुकमा आइसकेको छ । सोहीअनुसार ठेक्का खोल्ने र काम अगाडि बढाउने तयारी भएको सुर्खेत सडक डिभिजनका इञ्जीनियर तुलाराम शर्माले जानकारी दिनुभयो । तीन सडक खुल्दै कर्णालीका पाँच जिल्ला जोड्नका लागि दैलेख सदरमुकामको तीन स्थानबाट सडक सञ्चालन हुने भएको छ । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । सुर्खेत माथिल्लो डुगेश्वर, दुल्लु भैरवी हुँदै कालिकोट र जुम्ला जोड्ने सडकमा पनि प्रदेश र केन्द्र सरकारले रकम विनियोजन गरेर धमाधम काम शुरु भइरहेको छ । सदरमुकामबाट महावु हुँदै कालिकोट जुम्ला जोड्ने अर्को सडकको काम पनि यस वर्षदेखि शुरु हुने भएको छ । तीनवटै सडक सञ्चालनमा आए दैलेखको आर्थिक अवस्था सुधारसँगै पर्यटन प्रवद्र्धनमा निकै ठूलो टेवा पुग्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले जानकारी दिनुभयो । जिल्लाका ठूला विकासे योजना तीव्रगतिमा निर्माण सम्पन्न हुनुपर्ने भन्दै सबै जिम्मेवार निकायले कामको प्रभावकारिता, गुणस्तरीयताबारे खबरदारी गर्न सांसद शर्माले आग्रह गर्नुभएको छ । जबसम्म ठूला विकासे पूर्वाधार जिल्लामा बन्दैनन् तबसम्म रोजगारी सिर्जना हुँदैन । जिल्लाका नागरिकको आर्थिक अवस्था सुधारका लागि ठूला विकास जरुरी भएकाले जिल्लाको पूर्वपश्चिमका सबै जनताको जीवनस्तर सुधार गर्नैपर्नेमध्ये पहाडी सडक, कर्णालीका जिल्ला छुने दुईवटा महत्वपूर्ण सडक महावु हुँदै कालिकोट, जुम्ला र भैरवी बेहुली हुँदै कालिकोट जुम्ला जाने सडक, पेट्रोल उत्खनन र माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि जनप्रतिनिधि, राजबहादुर बुढा, पार्वती बिसुन्केले प्रभावकारी भूमिका खेलेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल गृहजिल्ला दैलेख आउनेबित्तिकै रोकिएको मध्यपहाडीको कामले तीव्रता पाएको छ । विभिन्न स्थानमा भएका समस्याको बारेमा समाधान गर्न प्रजिअ आफैँले सहजीकरण गरिदिएपछि समस्या समाधानमा सहयोग पुगेको हो । “आफू स्थानीय भएकाले जिल्लामा हुने सबैखाले विकासमा गुणस्तरीयता कायम गर्न निकै कडाइका साथ निर्देशन दिएको छु”, उहाँले भन्नुभयो । गल्ती भेटिएमा तत्काल कारवाही प्रक्रिया पनि अघि बढाएका छौँ । कुनै पनि विकास गतिविधि कसैका कारण अवरोध हुनुहुँदैन भन्ने मान्यताका साथ जिल्ला प्रशासनले काम गरेको प्रजिअ प्याकुरेलको भनाइ छ ।
   असार ९ २०७८
https://gorkhapatraonline.com/featured/2021-06-23-40359
misc
750,492
764,844
विश्व/प्रवास
अस्वस्थ भनिएका किमले सिरियाली राष्ट्रपतिलाई किन पठाए धन्यवाद म्यासेज ?
उत्तर कोरियाली शासक किम जोङ उनले सिरियाका राष्ट्रपतिलाई धन्यवाद म्यासेज पठाएका छन् । किमको स्वास्थ्यस्थिति असामान्य रहेको खबर फैलिरहेको बेलामा उनले चिठी लेख्दै सिरियाका राष्ट्रपति बसल अल असादलाई धन्यवाद भनेको केसीएनए (कोरियन सेन्ट्रल न्युज एजेन्सी)ले जनाएको छ । उनले आफ्नो हजुरबुबाको जन्मदिवसका दिन सिरियाली राष्ट्रपतिले दिएको वक्तव्यका लागि धन्यवाद भन्दै चिठी पठाएका हुन् ।    
बैशाख ११, २०७७
https://lokaantar.com/story/106516/2021/12/22/sports/cricket-
prabash
1,450,892
1,465,331
अर्थनीति
सडकको ओटासिलसँगै एकै वर्षमा बग्यो साढे ६ अर्ब
९ वैशाख, काठमाडौं । ओटासिल प्रविधिलाई सहीसँग प्रयोग नगरिँदा एकै वर्षमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी खेर गएको छ । अहिले पनि सम्झौता भइसकेका सडकमा यो प्रविधिमा सडक कालोपत्रे गर्ने काम भने जारी छ । विश्व बैंकले ग्रामीण सडकका लागि उपयोगी भन्दै ओटासिल प्र्रविधि नेपालमा भित्र्याएको थियो । नेपालको सडकमैत्री नभएको यो प्रविधिमा ठेकेदार कम्पनीले पनि राम्रोसँग काम नगर्दा हरेक सडकमा समस्या आएको छ । महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले भने सरकारी निकायको बेवास्ताका कारण पनि ओटासिल असफल भएको जनाएको छ । ओटासिलको प्रविधिको उपयोगिता नेपाली सडकमा हुँदै नभएको भन्दै सडक विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले अब नयाँ आयोजनाहरुमा यसको प्रयोग नगर्ने निर्णय गरिसकेका छन् । गत आर्थिक वर्षमा सडक कालोपत्रे, मर्मत र स्याण्डसिल गर्न ६७ योजनामा ओटासिल प्रविधि प्रयोग भएको छ । जसमा ६ अर्ब ६ अर्ब ३९ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यो रकम बालुवामा पानी खन्याएजस्तै भएको छ । महालेखाको प्रतिवेदनअनुसार ओटासिल प्रविधिले अपेक्षित नतिजा दिन नसक्ने अवस्था हुँदाहुँदै मकवानपुरको कुलेखानी-फाखेल-हुमानेभञ्ज्याङ सडक पहिलो चरणमा भएको त्रुटी पनि नसच्याई काम हुँदा लगानी खेर गयो । अत्यधिक वर्षा तथा हिमपात हुने मकवानपुरको दामन डाँडाबास बैकुण्ठ खैराङ्ग काँकडा सडकमा पनि त्यही समस्या देखियो । धेरै पानी पर्नेे र सवारी चाप बढी हुने कास्कीको सराङकोट-नौडाडा-कास्कीकोट सडकमा पनि सरकारले पैसा मात्रै खन्यायो । ओसिलो भूगोल भएको पाल्पाको हार्थोक-छहरा-टिंग्रे सडक, अत्यधिक नदीजन्य सामाग्री ढुवानी हुने कपिलवस्तुको सिवलवा-लबनी-एमआरएम सडक, अत्यधिक सवारी साधन चल्ने नवलपरासीको दलदले मुन्दे सडक र सवारी चाप, ग्रेड र घुम्ती धेरै भएको तनहुँको दुलेगौडा-साँखे-राईपुर लगायत सडकमा कामै नलाग्ने गरी ओटासिल बिछ्याइएको छ । लागत अनुमान तथा ठेक्का व्यवस्थापनको समयमा सिआरएम लेयरको मोटाइ १० सेन्टिमिटर कायम हुनुपर्ने हो । तर धेरैजसो सडकमा १५ सेन्टिमिटर कायम गरी तथा अति भिरालो र घुम्तीमा डबल ओटासिल गर्ने गरी भेरियसन आदेश जारी गरेको अवस्था पनि पाइएको महालेखा परीक्षकको कार्यलयले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी अवैज्ञानिक रुपमा मोटाइ बढाउँदा लागत मात्रै बढेको छैन, सडकको दुरावस्था पनि काम नसक्दै निम्तिएको छ । विगतमा ग्रामीण पहुँच सुधार कार्यक्रममा प्रयोग भएको प्रविधिमा सिआरएम लेयर र स्याण्ड सिल थप गरी प्रयोग गरे पनि ओटासिल गरेको ४०-४५ दिनपछि मात्रै स्याण्डसिल गर्न सकिने अवस्था हुन्छ । ओटासिलका लागि न्यूनतम तापक्रम १७ डिग्री सेन्टिग्रेड चाहिन्छ । त्यसअनुसार भदौ-कात्तिक र फागुन-जेठको समयमा यसको काम गर्नु उपयुक्त हुन्छ । तर, अधिकांश सडकमा मनलाग्दी समयमा काम भएका छन् । घुम्ती, ओसिलो एवं भिरालो भूगोल ओटासिलका लागि उपयुक्त हुँदैन । सर्फेस गरेको १९ दिनपछि पानी नपरेको अवस्थामा मात्र ओटासिल गर्न सकिन्छ । तर, त्यही सर्फ]{ गरेपछि सडकमा सवारी आवागन रोक्न नसकिने सडकमा पनि ओटासिल प्रविधि जबरजस्ती प्रयोग गरिएको ठहर महालेखा परीक्षकको प्रतिवेदनले पनि गरेको छ । सडकमा सवारी चापको अवस्थालगायतका विषयमा पर्याप्त विश्लेषण नगरी ओटासिल प्रविधि प्रयोगमा ल्याएको पाइएको महालेखा परीक्षकको पनि ठहर छ । ‘प्रयोग गरेको प्रविधिबाट उच्च नतिजा प्राप्त गर्ने गरी आधारभूत मापदण्ड बमोजिमका कार्य सम्पन्न हुने व्यवस्था गर्नुपर्छ,’ प्रतिवेदनले भनेको छ । महालेखाले ओटासिलका लागि सम्झौता भएका सडकहरुमा तोकिएको समयमै काम हुन नसकेको विषय पनि औंल्याएको छ । यो पनि पढ्नुहोस् असफल भएपछि सडकबाट ओटासिल प्रविधि ‘फेज-आउट’
२०७५ वैशाख ९ गते १०:३८ मा प्रकाशित
https://www.onlinekhabar.com/2018/04/673914
economy